कञ्चनपुर, १६ पुस– दोदा र वनहरा नदीको बाढीले जग्गा कटान गरी घरबारविहीन बनाएपछि कञ्चनपुरको देखतभूली ६ तिलकीका बासिन्दा सात वर्षदेखि गाउँ नजिकैको सामुदायिक वनमा बस्दै आएका छन् । गाउँ नजिकैको डिलासैनी सामुदायिक वनको वन्तरियामा २०६५ साल देखि ३२ परिवार झोपडी बनाएर बस्दै आएका हुन्...
काठमाण्डु, १६ पुस– कांग्रेस–एमालेले बहुमतका आधार संविधान घोषणा गर्ने तयारी गरिरहेकै बेला उनीहरुका युवा सभासद्हरुले पनि माघ ८ गतेभित्रै संविधान लेख्नुपर्छ भन्दै धर्नालगायतका आन्दोलनका कार्यक्रम गर्ने बताएका छन् । संविधान लेखनका लागि दबाब दिने भन्दै कांग्रेस–एमाले लगायतका सत्तारुढ दलका युवा सभासद्हरुले घेराउ, धर्ना, हस्ताक्षरलगायतका...
गोरखा, १६ पुस–उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमल माघ ८ मा सरकारले जसरी पनि संविधान जारी गर्ने बताएका छन् । नेकपा एमाले गोरखाले पार्टी कार्यालयले आयोजना गरेको कार्यक्रममा बोल्दै गृहमन्त्री गौतमले संविधान जारी गरेपछिको परिस्थितिको सामना गर्न सरकारले गृहकार्य पूरा गरेको उल्लेख गरे । सकेसम्म...
सिन्धुपाल्चोक, १६ पुस–सिन्धुपाल्चोक जिल्लाबाट रोजगारीको सिलसिलामा विभिन्न मुलुक गएर फर्किएकालाई यौन शिक्षाका साथै कण्डम दिन थालिएको छ । वैदेशिक रोजगारीबाट फर्केका युवायुवतीबाट नेपालमा यौनजन्य रोग भित्र्याउन नदिन यस्तो सुरुवात गरिएको हो । पछिल्ला केही वर्षदेखि विदेश गएर फर्केकामा एचआइभी सङ्क्रमण देखिन थालेपछि महिला आत्मनिर्भरता...
संखुवासभा, १६ पुस– मत्स्यपोखरी गाविसको देविटारमा अज्ञात व्यक्तिको गोली प्रहारबाट एक शिक्षकको हत्या गरिएको छ । श्री धर्मदेवी माध्यमिक विद्यालयका शिक्षक लोकमणी पौडेललाई बुधबार बिहान साढे ९ बजे विद्यालय जाने क्रममा मत्स्यपोखरी–९ को हात्तीखर्कमा गोली हानी हत्या गरिएको संखुवासभाका प्रहरी प्रमुख डिएसपी कमल...
कपिलवस्तु, १६ पुस–भारतको मुम्बइस्थित भिवन्डीमा जलेर ज्यान गुमाएका मृतकका परिवारले नेपालमै शवको सत्गत् गर्ने व्यवस्था मिलाइदिन इच्छा जाहेर गरेका छन् । गत पुस ११ गते काठ उद्योगमा जलेर कुशहवा ८ सतभराका पाँच र बरइपुरका दुई गरी सातजनाको मृत्यु भएको थियो भने सतभाराकै तीनजना सख्त...
उदयपुर, १६ पुस–जिल्लाको जोगिदह गाविस¬ ६ मा निर्माण सुरु हुन लागेको जोगिदह सगरमाथा विमानस्थल निर्माण कार्य सुरु हुने भएपछि सो क्षेत्रको आसपासमा स्थायी रुपमा बसोवास गर्दै आएका नौ घर स्थानीयवासी पूर्णरुपमा विस्थापित हुने भएका छन् । नेपाल सरकार नागरिक उड्डयन प्राधिकरण विभागबाट हवाई मैदान...
काठमाण्डु, १६ पुस– एमाले अध्यक्ष केपी ओली र राप्रपा नेपालका अध्यक्ष कमल थापा नआएका कारण आज डाकिएको कार्यव्यवस्था परामर्श समितिको बैठक भाँडिएको छ । संविधानसभा अध्यक्ष सुवास नेम्वाङ्ले संविधान निर्माण गर्ने क्रममा कार्यतालिका परिमार्जन, प्रक्रियामा जाने अथवा सहमति कायम गर्ने भन्ने विषयमा शीर्ष दलका...
दाङ, १६ पुस–राप्ती अञ्चलमा आत्महत्याका घटना अन्य अपराधको तुलनामा बढिरहेको एक तथ्याङ्कले जनाएको छ । यस आर्थिक वर्षको हालसम्म राप्ती अञ्चलमा घटेका विभिन्न तिन सय ६० वटा आपराधिक घटनामा एक सय २५ वटा आत्महत्याका घटना रहेका छन् । जसमा सबैभन्दा बढी दाङ जिल्लामा...
इलाम, १६ पुस–सन् २०१४ मा इलाममा दुई सय २१ वटा मानवअधिकार उल्लङ्घनका घटना भएको जनाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले गरेको वार्षिक समीक्षाका क्रममा सो जानकारी गराइएको हो । इन्सेक प्रतिनिधि कोकिला ढकालका अनुसार सन् २०१४ मा जिल्लामा बलात्कार १९, बहुविवाह नौ,...
काठमाण्डु, १६ पुस– प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले बहुमतीय प्रक्रियामै गएर संविधान ल्याउने निर्णय गरेको छ । सहमतीय संविधानका लागि प्रतिपक्षी दलहरुबाट दबाब आइरहेका बेला कांग्रेसले यस्तो निर्णय गरेको हो । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारीको बैठकले माघ ८ मै संविधान ल्याउन...
इलाम, १६ पुस–एक साताअघि साङरूम्वा ९ जीतपुरे बजारमा भएको आगलागी पीडितलाई इलाम सोसियल इनिसिएटिभ ग्रुपले लत्ताकपडा वितरण गरेको छ । आगलागीमा लत्ताकपडा र धनमाल गुमाएका तीन जनाको परिवार र आसपासका विपन्न परिवारलाई दुई सय ५० थान लत्ताकपडा वितरण गरिएको इनिसिएटिभ ग्रुपका सचिव विभूषण राईले...