गोरखा, १६ पुस–उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमल माघ ८ मा सरकारले जसरी पनि संविधान जारी गर्ने बताएका छन् ।
नेकपा एमाले गोरखाले पार्टी कार्यालयले आयोजना गरेको कार्यक्रममा बोल्दै गृहमन्त्री गौतमले संविधान जारी गरेपछिको परिस्थितिको सामना गर्न सरकारले गृहकार्य पूरा गरेको उल्लेख गरे ।
सकेसम्म सबै दलको सहमति समेटेर संविधान जारी गर्ने भन्दै उनले असहमतिको बुँदामा सहमति जुट्न नसके प्रक्रियामा गएर भए पनि संविधान जारी गर्ने बताए ।
‘माघ ८ मा संविधान जारी गरेपछि उत्पन्न हुने जस्तोसुकै कठिन परिस्थितिको पनि सरकारले सामना गर्छ’ उनले भने, ‘सरकारको तर्फबाट पूरा तयारी भएको छ ।’