काठमाण्डु– राष्ट्रिय सभामा सुकुमवासी महिलाको अवस्थाबारे उठेको प्रश्नमा गृहमन्त्री सुधन गुरुङले गृहमन्त्रालय सबै महिलाका लागि खुला रहेको बताएका छन् ।
मंगलबार राष्ट्रियसभा बैठकमा नेकपा सांसद रेणु चन्दले सुकुम्बासी विस्थापनपछि समस्यामा परेका महिलाले पनि गृहमन्त्रालयलाई माइती ठान्न सक्ने अवस्था छ कि छैन भनेर प्रश्न गरेकी थिइन् ।
जवाफमा गृहमन्त्री गुरुङले महिलाका आवाज सुन्न मन्त्रालय सधैं तयार रहेको प्रतिबद्धता जनाए ।
उनले महिलासम्बन्धी हरेक विषयमा संवेदनशील भएर काम भइरहेको दाबी गर्दै गृहमन्त्रालय पहिलेजस्तो नागरिकका लागि बन्द नभएको जिकिर गरे ।
गुरुङले सुकुम्बासी सी व्यवस्थापनका क्रममा कतै कमजोरी भएको भए त्यसलाई सुधार्दै अघि बढ्ने प्रतिबद्धता पनि जनाए ।
उनका अनुसार सरकारले सुकुम्बासीको विषयलाई गम्भीरतापूर्वक लिएर सरकार समस्या समाधानको दिशामा अघि बढेको छ ।
गृहमन्त्री गुरुङले यसअघि गृह मन्त्रालय महिलाका लागि माइती भएको बताएका थिए ।