दार्चुला, १७ पुस– दार्चुलाको उकु गाविसको जोलजीविमा महाकाली नदी माथि नेपाल–भारत जोड्ने झोलुंगे पुल निर्माण सुरु भएको छ । पुल निर्माणका लागि ठेक्का स्वीकृत भएको करिब १० महिनापछि बुधबारबाट पुल निर्माण सुरु भएको हो । स्थानीय विकास मन्त्रालयअन्तर्गतको डोलीडार विभागले पुल निर्माणका लागि नेपालगन्जको...
झापा, १७ पुस– पूर्वी नाका काँकडभिट्टा भएर सन् २०१४ मा ९ हजार ९ सय ४९ जना पर्यटक नेपाल भित्रिएका छन् । अध्ययागमन कार्यालय झापाका प्रमुख रामप्रसाद फुयाँलले दिनुएकोे जानकारीअनुसार सन् २०१४ को जनवरी १ देखि डिसेम्बरको अन्त्यसम्ममा काँकडभिट्टा नाका भएर ती पर्यटक नेपाल भित्रिएका...
सुर्खेत, १७ पुस– सुर्खेतमा एक वर्षमा ३ सय ४१ महिलाको सुरक्षित गर्भपतन गरेका छन् । नेपाल परिवार नियोजन सुर्खेतमा ती महिलाले गर्भपतन गरेका हुन् । बुधबार वीरेन्द्रनगरमा आयोजना गरिएको सञ्चारकर्मी संघको अन्तरक्रियामा कार्यालयका वरिष्ठ शाखा प्रबन्धक हरि विष्टले विगतको तुलनामा सुरक्षित रुपमा गर्भपतन गराउनेको...
काठमाण्डु, १६ पुस– एकीकृत माओवादी स्थायी समिति सदस्य गोपाल किरातीले पार्टीको मोर्चा–विभागको इन्चार्जबाट राजीनामा दिएका छन् । पार्टी हेर्डक्वाटरबाट धोका भएको भन्दै किरातीले उक्त जिम्मेवारीबाट राजीनामा दिएका हुन् । उनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनमा ‘जातीय फोर्स’हरुको गठन गरेको भए पनि केन्द्रीय समितिबाट अनुमोदन...
काठमाण्डु, १६ पुस– माघ ८ मै संविधान जारी गराउन युवा सभासदले दबाबमुलक आन्दोलन घोषणा गरेका छन् । युवा सभासदहरुको भेलाले संविधान जारी नभएसम्म संविधानसभा नछाड्ने घोषणा गरेको हो । ५० वर्षमुनिका युवा सभासदहरुको बुधबार सिंहदरबारमा भएको भेलाले प्रमुख नेतालाई संविधानसभाभित्रै घेराबन्दी गर्ने निर्णय गरेको...
सुनसरी, १६ पुस– काँग्रेस नेतृ सुजता कोइरालाले एमाओवादी र मधेसी मोर्चाका कारण संविधान निर्माणमा बाधा उत्पन्न भएको बताएकी छन् । काँग्रेस सुनसरी क्षेत्र नम्बर–१ ले बुधबार धरानमा गरेको ३९ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस कार्यक्रममा उनले प्रक्रियामै गएर भए पनि माघ ८ मा...
काठमाण्डु, १६ पुस–संविधानसभाको बुधबारको बैठकमा पनि सभासद्हरुले संविधानका विवादित विषयमा आ–आफ्नै दलीय धारणा प्रस्तुत गरेका छन् । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले पेस गरेको प्रतिवेदनउपर गत मङ्सिर २९ गतेदेखि सभासद्ले आ–आफ्ना धारणा प्रस्तुत गर्दै आएका हुन् । छलफलमा...
इटहरी, १६ पुस–सुनसरीको इटहरी उपमहानगरपालिकाको पकलीमा रहेको हिमालयन कत्था उद्योगमा बुधबार मध्याह्न विद्युत् चुहिएर भीषण आगलागी हुँदा कम्तिमा आठ करोडभन्दा बढीको नोक्सानी भएको छ । अकस्मात् उद्योगको पछिल्लो भागमा रहेको रोजिन, तारपिन र खोटो भण्डारण गरिएको क्षेत्रमा दिउँसो १ बजेबाट सुरु भएको आगलागीले त्यहाँ...
काठमाण्डु, १६ पुस– शरीर र उमेरले विश्राम मागे पनि सक्रिय राजनीतिमा दौडिरहेका प्रधानमन्त्री सुशील कोइराला र नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ले नर्भिक अस्पतालमा बुढेसकाले गफ गरेर एकअर्काको स्वास्थ्य लाभको कामना गरेका छन् । सोमबार साँझ स्वासप्रस्वासमा समस्या देखिएपछि राजधानीको नर्भिक अस्पतालमा भर्ना भएका किरणलाई...
काठमाण्डु, १६ पुस– नेकपा–माओवादीभित्र संघीयता, पहिचान र धर्मनिरपेक्षताका बारेमा फरक–फरक मत सार्वजनिक भइरहेका छन् । माओवादीका एक केन्द्रीय सदस्यले पार्टी प्रवक्ता पम्फा भुसाललाई ‘कमल थापाकी प्रवक्ता’ भन्दै सार्वजनिक आलोचना समेत गरे । केही समयअघि संविधानबारेको सार्वजनिक अवधारणामा माओवादीले धर्म परिवर्तन गर्न नपाइने संवैधानिक व्यवस्था...
काठमाण्डु, १६ पुस– कांग्रेसले बालुवाटारमा बसेर बहुमतकै आधारमा संविधान बनाउने निर्णय गरेकै दिन एमाओवादी लगायतका विपक्षी दलहरुले ललितपुरमा बसेर आन्दोलनलाई सशक्त पार्ने निर्णय गरेका छन् । एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’को डेरा हरिसिद्धिमा बसेको एमाओवादी, मधेसवादी लगायतका दलहरुको बैठकले बहुमतीय आधारमा संविधान बनाउने कांग्रेस–एमाले...
काठमाण्डु, १६ पुस– प्रधानमन्त्री सुशील कोइरालाले विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयको पनि जिम्मेवारी सम्हालेका छन् । त्यही मन्त्रालयका सचिव डा. कृष्णचन्द्र पौडेलले पत्रकारलाई हप्कीदप्की र अपमानपूर्ण व्यवहार गरेका छन् । मन्त्रालयको जिम्मेवारी सम्हालेर पनि प्रधानमन्त्री एकपटकसम्म मन्त्रालय नपुगेको सम्बन्धमा रिपोर्टिङ गर्न गएका एक पत्रकारलाई...