कसले भन्यो पम्फा भुसाललाई कमल थापाकी प्रवक्ता ?

काठमाण्डु टुडे २०७१ पुष १६ गते १२:०२ मा प्रकाशित

काठमाण्डु, १६ पुस– नेकपा–माओवादीभित्र संघीयता, पहिचान र धर्मनिरपेक्षताका बारेमा फरक–फरक मत सार्वजनिक भइरहेका छन् । माओवादीका एक केन्द्रीय सदस्यले पार्टी प्रवक्ता पम्फा भुसाललाई ‘कमल थापाकी प्रवक्ता’ भन्दै सार्वजनिक आलोचना समेत गरे ।

Pampha-Bhusal1
केही समयअघि संविधानबारेको सार्वजनिक अवधारणामा माओवादीले धर्म परिवर्तन गर्न नपाइने संवैधानिक व्यवस्था गर्न उल्लेख गरेको थियो । त्यसै प्रसंगमा केही संचारमाध्यमहरुमा प्रवक्ता पम्फा भुसालले माओवादी पार्टी हिन्दु धर्मको विरोधी नभएको बताएकी थिइन् ।
‘हामीले हिन्दु धर्मको विरोध गरेका छैनौं,’ भुसालले भनेकी थिइन् । उनले जनयुद्धकालमा पनि माओवादीले हिन्दु धर्मविरोधी नभएको स्पष्टिकरण दिएकी थिइन् ।

RishiRaj Comrade ko Twitter
भुसालको हिन्दू धर्मप्रतिको पक्षपोषणहरु सार्वजनिक रुपमा आउन थालेपछि पार्टीभित्र उनको आलोचना भएको हो । पार्टीका एक केन्द्रीय सदस्यले त सामाजिक सञ्जाल ट्वीटरमा पम्फा भुसाले कसकी प्रवक्ता हुन् भनेर समेत लेखे । ‘धर्मका सम्बन्धमा पम्फा भुसाल माओवादीकी प्रवक्ता हुन् कि कमल थापाकी छुट्याउनै गारो भयो,’ माओवादीका केन्द्रीय सदस्य ऋषिराज बरालले केही दिनअघि ट्वीटरमा लेखेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us