समाचार

सुरु भयो अंग्रेजी नयाँ वर्ष २०१५ !

२०७१ पुष १७ गते ८:१७

काडमाण्डु, १७ पुस–अंग्रेजी नयाँ वर्ष २०१५ आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष जनवरी पहिलो तारिखका दिन नयाँ वर्ष सुरु हुने गर्दछ । नयाँ वर्ष शुरुसंगै विभिन्न देशहरुमा यो पर्व उमंगका साथ मनाइने गरिन्छ । यो पर्व विशेषगरि अस्ट्रेलिया, सिडनी, बेलायत, फिजी, न्युजिल्याण्ड, जापान,...

सुवास नेम्वाङले बोल्न दिएनन् राप्रपा नेपालका प्रतिनिधिलाई

२०७१ पुष १७ गते ८:०९

काठमाण्डु, १७ पुस– बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले राप्रपा नेतालाई बोल्न रोकेका छन् । राप्रपा नेपालका प्रवक्ता दिलनाथ गिरी प्रतिनिधिका रुपमा बैठकमा सहभागी थिए । कांग्रेस, एमाले, एमाओवादीका नेताहरुले बोलिसकेपछि नेता गिरीले बोल्न खोजका थिए । तर, सभाध्यक्ष...

ओलीले भने– ‘प्रचण्डले उत्ताउला कुरा गरिरहेका छन्’

२०७१ पुष १७ गते ७:४७

काठमाण्डु, १७ पुुस– एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्ताउला कुरा गर्दै हिंडेको बताएका छन् । अध्यक्ष ओलीले प्रचण्डलाई संविधान बन्न नदिने खेलमा लागेको भन्दै आलोचना समेत गरे । बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै ओलीले प्रचण्ड...

छोरीका बलात्कारीले हाने बाबुमाथि गोली

२०७१ पुष १७ गते ७:३०

बाँके, १७ पुस– छोरी बलात्कार गर्नेविरुद्ध प्रहरीमा उजुरी दिएका एक बाबुमाथि बाँकेमा गोली प्रहार भएको छ । बाँके हिलमिनिया–५ का ६५ वर्षीय गोबरे कोरीमाथि बुधबार मध्यरातमा घरमै सुतिरहेका बेला गोली प्रहार भएको हो । राति १२ बजेको समयमा हतियारसहित आएका तीन जनाको समूहले उनीमाथि...

पत्रकार भट्टले हरेक दिन एक डलर नेपालमा दु:ख पाएकालाई खर्च गर्ने

२०७१ पुष १७ गते ६:५७

काठमाण्डु, १७ पुस– अमेरिकामा रहेका पत्रकार रामचन्द्र भट्टले आफ्नो कमाइबाट हरेक दिन एक डलर नेपालमा दु:ख पाएका व्यक्तिको सहयोगमा खर्चने भएका छन् । अँग्रेजी महिनाको नयाँ वर्ष २०१५ का अवसरमा उनले वर्षको ३ सय ६५ रुपैयाँ नेपालमा दु:ख पाएका व्यक्ति र आफ्नो जन्मथलो नुवाकोटमा...

दाङमा २० देखि ४० वर्षसम्म उमेरकाले गराउँछन् गर्भपतन

२०७१ पुष १७ गते ६:३७

दाङ, १७ पुस–सरकारले राप्ती अञ्चल अस्पताललाई गर्भपतनका लागि मान्यता दिएपछि अहिले सो अस्पतालमा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि भएको छ । यस आर्थिक वर्षको हालसम्ममा सो अस्पतालबाट ८० जना महिलाले उक्त सेवा लिएको अस्पतालले जनाएको छ । विसं २०६५ मा जनस्तरबाट स्थापित भएको अस्पतालले...

तिब्बत–गोरखा सीमामा सुरक्षा क्याम्प राखिने

२०७१ पुष १७ गते ६:२६

गोरखा, १७ पुस–तिब्बतसँग सीमाना जोडिएको गोरखाको सामागाउँ गाविसमा सशस्त्र प्रहरीको क्याम्प राख्ने तयारी थालिएको छ । उत्तरी क्षेत्र हुँदै तिब्बत नाकाबाट बहुमूल्य जडीबुटी, लोपोन्मुख जनावर, पक्षीको हाडखुर तस्करी हुने क्रमशः बढेपछि तिब्बतसँग सीमा जोडिएको सामागाउँको सीमा क्षेत्रमा सशस्त्र प्रहरीको क्याप राख्ने तयारी थालिएको गोरखाका...

पार्टी फुटपछि पहिलोपटक भेटेका वैद्य र विप्लवबीच के भयो कुरा ?

२०७१ पुष १७ गते ६:१४

काठमाण्डु, १७ पुस–नवगठित नेकपा माओवादीका संयोजक नेत्रविक्रम चन्द ‘विप्लव’ ले माउ पार्टी नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यलाई अस्पतालमा भेटेका छन् । दम बढेपछि अस्वस्थ भएका वैद्य केही दिनयता थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराउँदै आएका छन् । विप्लव र वैद्यबीच करिब २० मिनेट कुराकानी भएको थियो...

९६ जनालाई सीमानाकाबाट उद्धार

२०७१ पुष १७ गते ५:२६

धनगढी, १७ पुस–माइती नेपाल आवधिक गृह धनगढीले गएको एक वर्षको अवधिमा जोखिमपूर्ण अवस्थामा यात्रा गरिरहेका महिला र बालबालिका गरी ९६ जनालाई सीमानाकाबाट उद्धार गरेको तथ्याङ्क सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा गृहका कार्यक्रम संयोजक शिवचरण चौधरीले उद्धार गरिएकालाई मानव बेचविखन र सुरक्षित बसाइँसराइबारे जानकारी...

सुदूरपश्चिममा औषधि अभाव, बिरामी रित्तो हात फर्कन बाध्य

२०७१ पुष १७ गते ५:१९

भीमदत्तनगर, १७ पुस–सुदूरपश्चिमका स्वास्थ्य संस्थामा सरकारले उपलब्ध गराउने निःशुल्क औषधिको अभाव भएको छ । क्षेत्रीय मेडिकल स्टोरमा नै औषधि नभएपछि जिल्लाका स्वास्थ्य संस्थामा औषधिको अभाव भएको हो । निःशुल्क औषधि नपाउँदा बिरामी मर्कामा परेका छन् । औषधि नहुँदा स्वास्थ्यकर्मीले बिरामीलाई परामर्श मात्रै दिएर फर्काउनुपर्ने...

लागुऔषधसहित दुई युवक पक्राउ

२०७१ पुष १७ गते ५:०८

लहान, १७ पुस–प्रहरीले सिरहाको बरियारपट्टी ५ बाट लागुऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको जानकीनगर २ निवासी २० वर्षीय अजितकुमार राय र मकवानपुर भीमफेदी २ निवासी १७ वर्षीय मनिष रानामगर रहेका छन् । इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको टोलीले जाँच गर्ने...

३ सय २५ विद्यार्थीले गरे आँखा परीक्षण

२०७१ पुष १७ गते ३:२७

तनहुँ, १७ पुस– लायन्स क्लब अफ तनहुँको आयोजना र लियो क्लबको सहकार्यमा काँहुशिवपर–१ झापुटारस्थित शुक्ला माविमा बुधबार सञ्चालित एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । शिविरमा ३२५ विद्यार्थीको आँखा परीक्षण गरिएको क्लबका सहसचिव धनबहादुर शाहीले बताए । दमौली अस्पतालमा रहेको आँखा उपचार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us