समाचार

विजय र्‍याली भइरहँदा बम विष्फोट

२०७० मंसिर ८ गते ९:५८

हुम्ला, ८ मंसिर– हुम्लाको माथिल्लो बजारमा अज्ञात समूहले राखेको दुई वटा बम पड्किएको छ । काँग्रेसले निकालेको विजय जुलुसले बजार परिक्रमा गरिरहेको अवस्थामा ब पड्किएको हो । घटनामा कुनै क्षति नभएको बताइएको छ । सोही ठाउँ नजिक राखेको अर्को बमलाई भने नेपाली सेनाको बम...

काठमाण्डुमा समानुपातिक मतगणना सुरु

२०७० मंसिर ८ गते ९:००

काठमाण्डु, ८ मंसिर– संविधानसभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको काठमाण्डु जिल्लाको मतगणना शनिबारदेखि बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सुरु भएको छ । जिल्ला निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत अच्यूत विष्टले काठमाण्डु जिल्लाका दसवटै निर्वाचन क्षेत्रका समानुपातिक निर्वाचन प्रणालीको मतगणना सुरु भएको जानकारी दिए । काठमाण्डु जिल्लामा पहिलो...

निर्णय पुनरावलोकन गर्न एमाओवादीलाई कोइरालाको आग्रह

२०७० मंसिर ८ गते ८:१३

चितवन, ८ मङ्सिर–नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले मतगणनाको पुनरावलोकन सम्भव नभएको बताएका छन । चितवनको क्षेत्र नं ४ मा विजयी प्रमाणपत्र बुझेपछि सोही कार्यक्रममा सभापति कोइरालाले एकीकृत नेकपा (माओवादी)ले आफ्नो निर्णयलाई पुनरावलोकन गर्नु जरुरी रहेको बताए । स्वदेशी र विदेशी समुदाय शान्तिपूर्ण निर्वाचन सम्पन्न...

जनअभिमत स्वीकार्न प्रचण्डलाई नागरिक समाजको सुझाव

२०७० मंसिर ८ गते ८:११

काठमाण्डु,८ मङ्सिर–संविधानसभाको निर्वाचनमा जनता जनार्दनले दिएको अभिमतलाई सहर्ष स्वीकार्न एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नागरिक समाजका अगुवाहरुले सुझाव दिएका छन । निर्वाचनमा जनताले प्रकट गरेको मतलाई लिएर एनेकपा (माओवादी)बाट सार्वजनिक भएको  प्रतिक्रियालाई उनीहरुले आवेगपूर्ण अभिव्यक्तिको सङ्ज्ञा दिएका छन । मुलुकमा मात्र नभई...

जवाफी कारबाही गर्ने चेतावनी

२०७० मंसिर ८ गते ८:१०

काठमाण्डु ८ मंसिर–अनेरास्ववियू क्रान्तिकारीका केन्द्रीय सदस्य मदन भट्टराई माथि आक्रमण गर्ने माथि घाइते बनाउने काँग्रेस कार्यकर्तालाई कारवाही नगरेमा जवाफी कारबाही गर्ने चेतावनी दिएको छ । अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले भट्टराइको शिघ्र स्वास्थ लाभको कामना गर्दै शनिवार त्यस्तो चेतावनी दिएका हुन । भट्टराई माथि...

शान्ति प्रक्रिया र संविधान लेखन प्राथमिकता

२०७० मंसिर ८ गते ८:०७

इलाम ८ मङ्सिर–नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले जनताको समर्थनबाट आफूहरूलाई बढी जिम्मेवारी थपिएको बताएका छन । उनले भने,“शान्ति प्रक्रिया र संविधान लेखन कार्य हाम्रो प्राथमिकता हो ।” इलाम चोकबजारमा शनिवार आयोजित विजयी सभालाई सम्बोधन गर्ने क्रममा नेता खनालले शान्ति प्रक्रिया र संविधान निर्माण अझै...

जङ्गली हात्तीको आतङ्क

२०७० मंसिर ८ गते ७:५९

वीरगन्ज, ८ मङ्सिर– पर्साको शङ्करसरैयामा हात्तीको एक समूहले गएराति आतङ्क मच्चाएको छ । हात्तीको समूहले स्थानीयको ३० मुरी धान खाएर नष्ट गरिदिएको छ । शङ्करसरैया गाविस वडा नं २ हरैया टोल निवासी वीरबहादुर थापाको भकारी भत्काएर धान खाएर नष्ट गरिदिएको स्थानीयले जानकारी दिएका छन्...

उत्तेजित नहुन एमाओवादीलाई ओलीको आग्रह

२०७० मंसिर ८ गते ५:३२

भद्रपुर, ८ मङ्सिर–नेकपा (एमाले)का नेता एवम् नवनिर्वाचित सभासद् केपी शर्मा ओलीले लोकतन्त्रको प्रणालीअन्तर्गत निर्वाचनमा सहभागी भएपछि त्यसको परिणामलाई सहजतापूर्वक स्विकार्नु सबैको लागि आवश्यक रहेको बताएका छन । भmापा क्षेत्र नं ७ बाट विजय भएपछि आयोजित कार्यक्रममा एमाओवादीलाई निर्वाचनको परिणामप्रति असन्तृष्टि प्रकट गरी आवेशमा नआउन...

पराजय अर्को ठूलो विजयको संकेतः भट्टराई

२०७० मंसिर ८ गते ४:२४

काठमाण्डु, ८ मंसिर– एकीकृत माओवादीका नेता डा. बाबुराम भट्टराईले संविधानसभा निर्वाचनमा आफ्नो पार्टी पराजित भए पनि पार्टीले उठाएको एजेन्डाको पराजयको रुपमा नलिएको बताएका छन् । उनले भनेका छन्, ‘यसपालिको मेरो र हाम्रो पार्टीको पराजयलाई हामीले अर्को ठूलो विजयको सङ्केतको रुपमा ग्रहण गरेका छौं । मूलतः...

समानुपातिक मतको गणना आजदेखि

२०७० मंसिर ८ गते २:४१

काठमाण्डु, ८ मङ्सिर– संविधानसभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको काठमाण्डुको मतगणना शनिवारदेखि बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुदैछ । जिल्ला निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत अच्यूत विष्टले समानुपातिक निर्वाचन प्रणालीको मतगणना कार्य भोलिदेखि सम्मेलन केन्द्रमा सुरु हुने जानकारी दिनुभयो । काठमाण्डु जिल्लामा पहिलो निर्वाचित हुने निर्वाचनको...

विजय जुलुसबाट फर्केको गाडी दुर्घटना: एकको मृत्यु,११ जना घाइते

२०७० मंसिर ८ गते २:३५

गजुरी,८ मङ्सिर– विजय जुलुुसबाट घर फर्कँदै गरेको गाडीमध्ये चैनपुर गाविस वडा नं ९ हुलाभन्ज्याङ नजिकै शुक्रबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने  १० जना घाइते भएका छन् । धादिङबेंसीबाट चैनपुरका लागि छुटेको बा३च २९२५ नं को गाडी ब्रेक फेल भएर आएको ...

एमाओवादी अध्यक्ष प्रचण्ड विजयी

२०७० मंसिर ८ गते १:३१

सिरहा, ८ मंसिर–एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संविधानसभा सदस्यमा सिरहा–५ बाट विजयी भएका छन् । उनी १५ हजार २ सय ४४ मत प्राप्त गरी विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी लीला श्रेष्ठले १४ हजार ३ सय २३ पाएका छन् । यसअघि प्रचण्ड काठमाडु–१०...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us