समाचार

शीर्ष बैठक किन अनिश्चित भयो ?

२०७१ पुष १८ गते ५:४१

काठमाण्डु, १८ पुस– संविधान निर्माणको तोकिएको मिति नजिकै आउँदा प्रमुख दलहरुको बैठक भने अनिश्चित हुँदै गएको छ । बिहीबारको बैठकमा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले चार दिनभित्र सहमतिमा पुग्न वा आफूलाई जिम्मा दिन आग्रह गरेका थिए । त्यसयता शीर्ष दलको बैठकको मिति तय हुन सकेको...

कल बाइपास गर्ने पक्राउ

२०७१ पुष १८ गते ५:०८

पर्सा, १८ पुस– केन्द्रीय अनुसन्धान व्युरोको टोलीले बिहीबार वीरगन्जको पानमण्डीमा छापामारी कल बाइपास गर्ने अभियोगमा एक बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । वीरगन्ज उपमहानगरपालिका १२ पानमण्डीमा रहेको मकबुल मियाँको घरमा छापामारी  कलबाइपास गर्ने विभिन्न उपकरणसहित उनलाई  पक्राउ गरिएको हो । मियाँको घरमा कोठा भाडामा...

दाङमा छ लेनको सडक निर्माण सुरु

२०७१ पुष १८ गते ४:०१

दाङ, १८ पुस– दाङको तुलसीपुर र घोराही बजार क्षेत्रमा छ लेनको सडक निर्माण कार्य सुरु भएको छ । पहिलो चरणमा तुलसीपुरको हात्तीखौवादेखि वीरेन्द्रचोकसम्मको ९ सय मिटर र घोराहीमा कटुवाखोलादेखि तुलसीपुर चोकसम्मको १ हजार ५ सय मिटर सडक छ लेनको बनाइने सडक डिभिजन कार्यालय दाङका...

म्याग्दीमा वर्षासँगै हिमपात

२०७१ पुष १८ गते ३:३७

म्याग्दी, १८ पुस– म्याग्दीका विभिन्न गाविसमा बिहीबार बेलुकीदेखि वर्षासँगै बाख्लो हिमपात सुरु भएको छ । जिल्लाका गुर्जा, कुइनेमंगले, मुदा, मुना, ताकम, बरंजा, भकिम्ली, राम्चे, शिखलगायतका दुई दर्जनभन्दा बढी गाविसमा हिमपात भइरहेको स्थानीयवासीले बताएका छन् । हिमपात हुने क्रम शुक्रबार बिहान पनि जारी छ ।...

अज्ञात रोगका कारण चौपायाको मृत्यु

२०७१ पुष १८ गते ३:२१

रौतहट, १८ पुस– रौतहटको चन्द्रपुर नगरपालिका– ३ गैंडाटारमा केही दिनदेखि फैलिएको अज्ञात रोगका कारण एक दर्जन चौपाया मरेका छन् । पशुपालनको पकेट क्षेत्रको रुपमा घोषणा गरिएको गैंडाटार क्षेत्रमा देखापरेको रोगका कारण चौपाया धमाधम मरिरहेको बताइएको छ । स्थानीय बासिन्दाका अनुसार अज्ञात रोगका कारण गैंडाटारका...

कुश्माबासी तीन सातादेखि अन्धकारमा

२०७१ पुष १८ गते ३:१९

पर्वत, १८ पुस– पर्वत सदरमुकाम कुश्माबजार तीन सातादेखि अन्धकार बनेको छ । कुश्माबजार– ८ र ९ मा जडित ट्रान्सफर्मर मर्मत नहुँदा कुश्माको आधा बस्तीका बासिन्दा तीन सातादेखि अध्यारोमा बस्न बाध्य छन् । गत मंसिर २८ गते दुर्लुङचोकमा रहेको ट्रान्सफर्मर जलेर विद्युत् अवरुद्ध भए पनि...

खराब मौसम ‘शनिबारसम्मै’

२०७१ पुष १८ गते ३:०१

काठमाण्डु, १८ पुस– अरेबियन र भू–मध्यसागरमा विकास भएका दुई मौसम प्रणाली पश्चिम नेपालबाट एकैचोटि भित्रन थालेपछि पुसको ठिही पारिलो घामले भगाइरहेका सर्वसाधारण बिहीबार निकै चिसिए । मौसमविदका अनुसार अझै दुई दिन हावापानीमा सुधार आउने छाँट छैन, अधिकतम र न्युनतम तापक्रम घट्दा थप चिसोको सामना...

मदिराले मातेर लफडा गर्ने दुई सैनिक अधिकृत प्रहरीद्वारा पक्राउ

२०७१ पुष १७ गते १५:१७

नेपालगन्ज, १७ पुस- नेपालगन्जमा प्रहरीले सेनाका दुई अधिकृतलाई नियन्त्रणमा लिएको छ । नयाँ वर्ष मनाउने क्रममा प्रहरीसँग विवाद गरेपछि बुधबार राति प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । कारकाँदोस्थित सिद्धार्थ होटलमा अंग्रेजी नयाँ वर्ष मनाउने क्रममा विवाद गरेपछि प्रहरीले रुद्रध्वज दल इमामनगरस्थित राझाँ ब्यारेकका सेनानी...

वैद्यजीसँग अब छिटै एकता हुन्छ : प्रचण्ड

२०७१ पुष १७ गते १३:०७

काठमाण्डु, १७ पुुस– एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसँग छिटै एकता हुने बताएका छन् । क्रान्तिकारी पत्रकार संघ, धादिङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै बिहीबार प्रचण्डले पार्टी एकताका लागि तयारी भइरहेको समेत दाबी गरे । दुई माओवादीबीच एकता कहिले...

कलबाइपासमा संलग्न बंगलादेशी पक्राउ

२०७१ पुष १७ गते १२:३१

वीरगन्ज, १७ पुस– प्रहरीले भिओआईपी कलबाइपासमा संलग्न एक बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ‘सीआईबी’ ले वीरगन्ज–१२ पानमण्डीस्थित मकबुल अहमदको घरमा छापा मारी उनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेको नाम खुलाइएको छैन । पक्राउ परेका बंगलादेशी नागरिकले एक सय...

एमाओवादीले षड्यन्त्र गरेको गगन थापाको आरोप

२०७१ पुष १७ गते १२:३०

धनगढी, १७ पुस– नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले संविधान बन्न नदिन एमाओवादी र मधेसी मोर्चाले षड्यन्त्र गरेको आरोप लगाएका छन् । उनले धेरै समय घर्किइसकेकाले अब आगामी माघ ८ गते संविधान जारी हुने सम्भावना टरेको बताए । नेपाल प्रेस युनियनले बिहीबार धनगढीमा आयोजना गरेको...

ओखलढुंगामा ट्याक्टर दुर्घटना, चालकसहित चारको मृत्यु

२०७१ पुष १७ गते १२:२३

ओखलढुंगा, १७ पुस– ओखलढुंगा सदरमुकाममा बिहीबार भएको ट्याक्टर दुर्घटनामा चार जनाको मृत्यु भएको छ । रुम्जाटारतर्फ जाँदै गरेको स १ त २०४६ नम्बरको ट्याक्टर सिद्धिचरण नगरपालिका– १ बर्णालीस्थित सडकबाट करिब डेढ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । तीन जनाको घटनास्थलमै...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us