समाचार

निर्वाचन सफल भएकामा प्रचण्डको जनतालाई बधाई

२०७० मंसिर ४ गते १२:३९

काठमाण्डु, ४ मंसिर– एकीकृत माओवादी अध्यक्ष प्रचण्डले दोस्रो संविधानसभा निर्वाचन शान्तिपूर्ण र व्यापक जनसहभागितामा सम्पन्न भएकामा आम नेपालीलाई बधाई दिएका छन् । मतदानकार्य सकिएलगत्तै मंगलबार एक सन्देश जारी गर्दै उनले नेपाली जनताले निर्वाचनमा विवेकपूर्ण प्रदर्शन गरेकामा प्रसन्नता व्यक्त गरेका हुन् । ‘संविधानसभाको निर्वाचन–२०७० छिटफुट...

काँग्रेस उम्मेदवारद्वारा बुथ प्रमुखको ज्यान लिने धम्की

२०७० मंसिर ४ गते ११:४५

लमजुङ, ४ मंसिर– लमजुङ क्षेत्र नं. १ का काँग्रेस उम्मेदवार टकराज गुरुङले एक बुथ प्रमुखलाई ज्यान मार्ने धम्की दिएका छन् । लमजुङ धमिलीकुवास्थित मतदान केन्द्रकामतदान अधिकृत हरिप्रसाद डवाडीलाई बुथमै गएर धम्की दिएका थिए । सोमबार पनि काँग्रेस उम्मेदवार गुरुङले मतदान अधिकृतलाई धम्की दिएको लमजुङबाट...

आफ्नोमा मत बढाउन गगनले लिए घैंटेको साहारा

२०७० मंसिर ४ गते ११:०७

काठमाण्डु, ४ मंसिर– काठमाण्डु क्षेत्र नं ४ का काँग्रेस उम्मेदवार गगन थापाले मतदान केन्द्रमा गुण्डागर्दीमा कुख्याती कमाएका डनहरु परिचालन गरेको खुलेको छ । उनले आफ्नो पक्षमा मत पार्नका लागि मतदाताकाबीचमा डनहरुको उपस्थिति गराएका हुन् । स्वच्छ राजनीतिको कुरा गरिरहने गगन थापाले देशकै ठूलो मतदान...

काँग्रेसद्वारा बुथ क्याप्चरको प्रयास, प्रहरीद्वारा हवाई फायर

२०७० मंसिर ४ गते १०:५१

काठमाण्डु, ४ मंसिर– संविधानसभाको निर्वाचनको क्रममा देशका केही जिल्लाका मतदान केन्द्रहरुमा काँग्रेस कार्यकर्ताले बुथ क्याप्चर गर्ने असफल प्रयास गरेका छन् । काँग्रेसले बुथ क्याप्चर गर्ने प्रसास विफल बनाउन प्रहरीले हवाइ फायर समेत गरेको छ । रौतहटको क्षेत्र नं ५ को टनकपुर मावि र पर्वतको...

संविधान बनेरै छाड्छः ओली

२०७० मंसिर ४ गते १०:३०

भक्तपुर, ४ मंसिर । नेकपा (एमाले)का नेता केपी शर्मा ओलीले यस निर्वाचनबाट गठन हुने संविधानसभाले संविधान बनाउने विश्वास व्यक्त गरेका छन् । अघिल्लो संविधानसभाले संविधान बनाउन नसकेको पीडादायक अनुभव आफूहरुसँग भएको भन्दै अब बन्ने संविधानसभाले संविधान बनाएरै छाड्ने ओलीले बताएका हुन् । भक्तपुरको बालकोट...

भोट हालेपछि मृत्यु

२०७० मंसिर ४ गते १०:२३

वीरगन्ज, ४ मंसिर– मतदानका क्रममा पर्सा क्षेत्र नं १ वीरगन्ज उपमहानगरपालिका श्रीपुरस्थित नेसनल ट्रेडिङ लिमिटेड मतदान केन्द्रमा मतदान गरिसकेपछि एक वृद्धको मंगलबार मृत्यु भएको छ । बिहान करिब ८ बजे मतदान गरेर बाहिर आएपछि अचानक बेहोस भएर लडेका ७३ वर्षीय गौरीशङ्कर मानन्धरको उपचारका क्रममा...

होहल्लापछि गोली चल्दा ३ घाइते

२०७० मंसिर ४ गते १०:१५

पर्वत, ४ मंसिर- ठूलीपोखरी गाविसस्थित जनता सुदर्शन उच्च मावि मतदान केन्द्रमा तीन राउन्ड हवाई फायर भएको छ । प्रहरीका अनुसार तीन राउन्ड हवाई फायर भएको हो । मतदान भइरहेका केही राजनीतिक कार्यकर्ताले होहल्ला गर्न थालेपछि हवाई फायर भएको हो । सो क्रममा भएको भागदौडमा...

पत्रकार महासंघ रोल्पाका अध्यक्ष वैद्य माओवादीको कब्जामा

२०७० मंसिर ४ गते ९:०९

लिवाङ, ४ मंसिर–नेपाल पत्रकार महासंघ अध्यक्ष मौसम रोकामगरलाई वैद्य माओवादी कार्यकर्ताहरुले नियन्त्रणमा लिएका छन् । मतदान गर्न भनेर आफ्नो गाउँ थवाङ गएका रोकामगरलाई वैद्य माओवादी कार्यकर्ताहरुले नियन्त्रणमा लिएका हुन् । रोकामगर रोल्पाको लिवाङस्थित रेडियो जलजला रोल्पाको स्टेशन म्यानेजर समेत हुन् । उनको अवस्था अज्ञात...

थवाङमा अझै मत खसेन

२०७० मंसिर ४ गते ८:४८

रोल्पा, ४ मङ्सिर–थवाङमा अहिलेसम्म पनि कुनै मतदाता मतदानका लागि आएका छैनन् । बिहानदेखि कर्मचारी तथा सुरक्षाकर्मी खटिएको भए पनि कुनै पनि मतदाता नआएको बताइएको छ । थवाङमा एक हजार ८७८ मतदाता छन् । सोमबार करिब ५० जना स्थानीयवासीले मतदाता परिचयपत्र लगेको जनाइएको छ ।...

संविधानसभा चुनाव भएकोमा अमेरिका खुसी

२०७० मंसिर ४ गते ८:३३

काठमाण्डु, ४ मंसिर–अमेरिकाले नेपालमा संविधानसभा चुनाव हुन लागेकोमा खुशी व्यक्त गरेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता जेन साकीले विज्ञप्ति निकालेर नेपालको संविधानसभा निर्वाचनबाट खुसी व्यक्त गर्दै शान्तिप्रकृया टुंगोमा पुग्ने विश्वास समेत व्यक्त गरेका हुन् । नेपालस्थित अमेरिकी दुतावासले दिएको जानकारी अनुसार प्रवक्ता जेन...

एक सय १० र ११२ वर्षीय वृद्धले भने-यसपटक पक्कै संबिधान बन्छ

२०७० मंसिर ४ गते ८:१०

जनकपुर, ४ मङ्सिर–अर्काे संविधानसभा सदस्य निर्वाचनका क्रममा धनुषा क्षेत्र नं ३ अन्तर्गत राष्ट्रिय प्राथमिक विद्यालय जटही मतदान केन्द्र क र ख बाट ११० र ११२ वर्षका नागरिकले मतदान गरेका छन । मतदान गर्नेमा जटही–५ स्थायी बसोबास गर्ने ११२ वर्षीय माथवर यादव र ११० वर्ष...

बैद्यलाई संबिधानसभामा सहभागी गराउने प्रचण्डको बचन

२०७० मंसिर ४ गते ८:०५

चितवन, ४ मङ्सिर– एकिकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब बन्ने संविधानसभामा मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीलाई पनि कुनै न कुनै रुपमा सहभागी गराइने बताएका छन । चितवन–३ अन्र्तगत भरतपुरको लक्ष्मी उच्चमाध्यमिक विद्यालय लंकुबाट मतदान गरेपछि प्रचण्डले बहिष्कार गर्नेको कुनै अर्थ नरहेको बताए । निर्वाचनमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us