राष्ट्रिय सभामा मन्त्रीको स्वीकारोक्ति : मूल्यवृद्धिमा बिचौलियाको प्रभाव छ

काठमाण्डु टुडे २०८३ असार २३ गते २३:०३ मा प्रकाशित

काठमाडौं- राष्ट्रिय सभाको मंगलबारको बैठकमा सांसदहरूले बजारमा भइरहेको मूल्यवृद्धिबारे उठाएको प्रश्नको जवाफ दिँदै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री

हालका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले मूल्यवृद्धिमा बिचौलियाको प्रभाव रहेको स्वीकार गरेकी छन् ।

प्रश्नोत्तरका क्रममा मन्त्रीले उत्पादकदेखि उपभोक्तासम्म वस्तु पुग्ने प्रक्रियामा बिचौलियाको प्रभावका कारण मूल्य बढ्ने अवस्था रहेको बताइन् ।

यद्यपि मूल्यवृद्धिको कारण बिचौलिया मात्र नभई उत्पादन लागत, ढुवानी खर्च र आपूर्ति व्यवस्थालगायत अन्य पक्ष पनि जिम्मेवार रहेको उनको भनाइ थियो ।
मन्त्रीले बजार अनुगमनलाई थप प्रभावकारी बनाइएको, कृत्रिम अभाव सिर्जना गर्ने र अनुचित नाफा लिने प्रवृत्तिमाथि कडाइ गरिरहेको बताउँदै उपभोक्ताको हित संरक्षण सरकारको प्राथमिकतामा रहेको उल्लेख गरिन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us