काठमाण्डु, १७ पुस– एकीकृत माओवादी संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले राष्ट्रिय सरकार गठन नभए माघ ८ मा संविधान आउनै नसक्ने ठोकुवा गरेका छन । रिपोर्टर्स क्लबले बिहीबार गरेको साक्षात्कारमा उनले दलहरुबीच राष्ट्रिय सहमतिको सरकार गठन गर्न आन्तरिक गृहकार्य भइरहेको खुलासासमेत गरे । रायमाझीले संविधान...
गोरखा, १७ पुस– द सेवा नेपाल नामक गैरसरकारी संस्थाले मान्छेको पिसाब सङ्कलन गरेर किसानलाई वितरण गरेको छ । बुधबार गोरखा जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा कार्यक्रममा उपस्थित भएका मानिसको पिसाब सङ्कलन गरेको द सेवाले बिहीबार गोरखाका किसानलाई पिसाब वितरण गरेको हो । जर्किनमा सङ्कलन...
जुम्ला, १७ पुस–कर्णाली यातायात मजदुर सङ्गठन जुम्लाले यातायात मजदुरमाथि दैलेख प्रशासनले न्याय नगरे कर्णाली राजमार्ग बन्द गर्ने निर्णय गरेको छ । जुम्लाको बसलाई नियन्त्रणमा लिई दैलेख प्रशासनले चालक र सहचालकलाई सच्चिने मौका नदिई सार्वजनिक मुद्दा लगाएर मजदुरको ढाड सेक्ने काम गरेको भन्दै विरोधमा बिहिबार...
काठमाण्डु, १७ पुस– संविधान सभा अध्यक्ष सुवास नेम्वाङले भारतसँग राम्रो सम्बन्ध भएका भनिएका कांग्रेस नेता अमरेशकुमार सिंहलाई भेटेका छन् । बिहीबार दिउँसो सिंहदरबारमा सभामुखको कार्यकक्षमै बोलाएर नेम्वाङले सिंहलाई भेटेका हुन् । बिहीबार बिहान भएको शीर्ष नेताहरुको बैठकमा संविधान निर्माणमा मस्यौदा तयारीको जिम्मा आफैलाई दिन...
काठमाण्डु, १७ पुस– खानी सञ्चालनका लागि अनुमतिपत्र लिने क्रममा कबोल गरेका सर्त पूरा नगरेको र वातावरणमा ठूलो क्षति पुगेको भन्दै अर्घाखाँची चुनढुङ्गा खानी बन्द गर्न स्थानीय बासिन्दाले माग गरेका छन् । विसं २०५५ देखि अनुमति पाई सञ्चालनमा रहेको अर्घाखाँची सिमेन्ट उद्योग प्रालि यसअघि स्थानीय...
काठमाण्डु, १७ पुस– संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले आफूलाई संविधानको मस्यौदा बनाउने अधिकार दिन दलहरुलाई अनुरोध गरेका छन् । उनले दलहरुले चाहेरै खिलराज रेग्मीलाई पनि प्रधानमन्त्री बनाएको नजिर सम्झाउँदै त्यसरी नै सहमतिमा आफूलाई जिम्मा दिन आग्रह गरेका हुन् । बिहीकार बिहानको कार्यव्यवस्था समिति बैठकमा आफूले...
भक्तपुर, १७ पुस– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संविधान जारी गर्नका लागि केही विषय थाँती राख्न सकिने बताएका छन् । उनले प्रदेश, शासकीय स्वरुप र स्थानीय निकायको विवादलाई थाती राखेर अरु विषयमा सहमति गरी संविधान जारी गर्न सकिने बताएका हुन् । रफत...
नवलपरासी, १७ पुस–नवलपरासीको रामनगर १ भुमहीमा आगलागी हुँदा ६२ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार त्रिनेत्र अटो भिलेजबाट निस्केको आगोले सँगै रहेका रामु कुँवर टेक्टर पार्टस्, विशाल टायर, शर्मा होटल एण्ड इन्डियन ढावा, गोरखकाली ग्रिल उद्योग र...
काठमाण्डु, १७ पुस–पश्चिमी भू–मध्यसागरबाट उच्च वायुमण्डलमा न्यून चापीय क्षेत्र बनेर उत्पन्न भएको बादल तथा अरब सागरबाट उत्पन्न वायुको प्रभावका कारण बिहिबार मौसम बदली भई उपत्यकासहित देशभर चिसो बढेको छ । न्यून चापीय क्षेत्रको बादल सिरिया, इरान, अफगानिस्तान र भारतको जम्मु, काश्मिर तथा उत्तराखण्ड हुँदै...
काठमाण्डु, १७ पुस– केही साता यता एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच वाक्युद्ध चलिरहेको थियो । तर, आजको कार्यव्यवस्थाको बैठकबाट निस्केका प्रचण्डले ओलीबारे कुनै टिप्पणी गर्न चाहेनन् । अघिल्लो साता ओलीले प्रचण्डलाई ‘देशलाई रुवान्डा बनाउन खोजेको’ भन्दै आलोचना गरेका...
काठमाण्डु, १७ पुस– तपाईंलाई थाहा छ, नेपालको सबैभन्दा लोकप्रिय व्यक्ति को हो ? ट्वीटरमा पछ्याइनुलाई आधार मान्ने हो भने सबैभन्दा लोकप्रिय व्यक्ति हुन् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई । अनि उनको पछिपछि छन् अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की । सही नाममा ट्वीटर एकाउन्ट...
सिरहा, १७ पुस–सिरहाको लहान नगरपालिका १ स्थित सहिद चोकमा नेपाली काँग्रेस र एमाले कार्यकर्ताबीच गएराति पटक–पटक झडप भएको छ । झडपमा दुईजना घाइते भएको बताइएको छ । दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलका अनुसार झडपका...