समाचार

गोरखाको छेकम्पारमा हिमपहिरो, बुढीगण्डकी नदी थुनियो

२०७१ पुष १९ गते ४:११

गोरखा, १९ पुस– गोरखा जिल्लामा लगातारको हिमपातपछि उत्तरी गोरखाको छेकम्पारमा हिमपहिरो गएको छ । गएरातिको हिमपहिरोले नीले लघु जलविद्युत आयोजना क्षतिग्रस्त बनाएको स्थानीय बासिन्दा निमा लामाले जानकारी दिए । ‘हिमपहिरोले नीले लघु जलविद्युत आयोजना क्षतिग्रस्त भयो । हिजोदेखि गाउँभरी विद्युत् अबरुद्ध भएको छ’ लामाले...

कोलकातामा माघेसंक्रान्ति शिविर

२०७१ पुष १९ गते ३:२८

काठमाण्डु, १९ पुस– संयुक्त नेपाली केन्द्रीय सेवा संघ कोलकाता भारतले यस वर्ष पनि माघेसंक्रान्तिका अवसरमा गंगासागर मेलाका तीर्थयात्रीलाई सहयोग र सेवा दिने भएको छ । गंगासागर मेलाका अवसरमा गंगा र सागरको संगममा स्नान गरी कपिलमुनिको आश्रममा पूजा गर्ने परम्परा छ । सांख्यदर्शनका प्रणेता कपिलमुनिको...

प्रदेशको संख्यामा लचकता देखाउन एमाले तयार छ : शाक्य

२०७१ पुष १९ गते ३:२०

कञ्चनपुर, १९ पुस– एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अन्य विषयमा सहमति भए प्रदेशको संख्यामा एमालेले लचकता अपनाउन तयार रहेको बताएकी छन् । एमाले कञ्चनपुरद्वारा शुक्रबार आयोजित ‘समयमै नयाँ संविधान जारी’ विषयको भेलामा उनले प्रदेशको संख्यामा एमाले लचिलो बन्ने बताएकी हुन् । ‘संविधान जारी गर्ने समय...

थारु समुदायमा ‘माघी’ को रौनक, कतै पीडा त कतै उल्लास

२०७१ पुष १९ गते ३:०८

नेपालगन्ज, १९ पुस– नेपालका थारु समुदायका गाउँबस्तीमा अहिले बालबालिकादेखि वृद्धवृद्धालाई माघी पर्वको रौनकले छपक्कै छोपेको छ । माघ १ गतेदेखि सुरु हुने सप्ताहव्यापी यो पर्वका लागि थारु समुदायले कुटानीपिसानी गर्ने, लत्ताकपडा किन्ने र गाउँघरको सरसफाइ गर्ने काम धमाधम गरिरहेको देखिन्छ । माघी पर्वका अवसरमा...

एमाओवादी र मधेसी मोर्चाले भन्दैमा संविधान रोकिँदैन : तिमिल्सिना

२०७१ पुष १९ गते ३:००

पर्वत, १९ पुस– नेकपा एमालेका पोलिट्ब्युरो सदस्य गणेश तिमिल्सिनाले मुलुकलाई अराजकतातर्फ जानबाट जोगाउनका लागि माघ ८ मा संविधान जारी गर्नाको विकल्प नभएको बताए । नेकपा एमाले पर्वतले शुक्रबार आयोजना गरेको ‘संविधानका अन्तर्वस्तुमा एमालेको दृष्टिकोण’ विषयको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै तिमिल्सिनाले एमाओवादी र मधेसी...

सरकारी चिया खाएर बालुवाटारबाट बाहिरिए शीर्ष नेता

२०७१ पुष १८ गते १४:३७

काठमाण्डु, १८ पुस- संविधानका विवादित विषयमा सहमति खोज्ने भन्दै शुक्रबार पनि प्रमुख दलका शीर्ष नेताको बैठक बस्यो । बैठकमा विवादित विषयको टुंगो लगाउने विधिबारे छलफल भए पनि सहमति नभएको नेताहरुले बताए । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सहभागी काँग्रेस, एमाले, एमाओवादी र मधेसी...

एमाओवादी र मधेसीले भनेजस्तो हुँदैन : झलनाथ

२०७१ पुष १८ गते १३:४४

विराटनगर, १८ पुस– नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले एक मधेस एक प्रदेशको नारा र एमाओवादीले खोजेको संघीयता असम्भव रहेको बताएका छन् । एमाले कोशी अञ्चल समन्वय समितिद्वारा आज विराटनगरमा आयोजित ‘माघ ८ भित्रै जनमुखी संविधान, एमालेको अभियान’ विषयक बृहत कार्यकर्ता भेलामा उनले माघ...

तेलको भाउ फेरि घट्यो

२०७१ पुष १८ गते १३:१४

काठमाण्डु, १८ पुस– पेट्रोलियम पदार्थको मूल्य फेरि घटेको छ । नेपाल आयल निगमको संचालक समितिको शुक्रबारको बैठकले मूल्य घटाउने निर्णय गरेको हो । निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ५० पैसा र डिजेल तथा मटितेलमा २ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको छ । नयाँ मूल्य...

‘कालकुट विष’ शब्द संविधानसभामा प्रतिबन्धित

२०७१ पुष १८ गते १३:०४

काठमाण्डु, १८ पुस– संविधानसभा अध्यक्ष सुवास नेम्वाङले संविधानसभा नियमावली निलम्बन गर्न आफूले कार्यव्यवस्था परामर्श समितिमा राखेको प्रस्तावबारे संविधानसभामा बहस गर्न रोक लगाएका छन् । संविधानसभाको शुक्रबारको बैठकमा उनले त्यसबारे टिप्पणी नगर्न सभासदहरुलाई रुलिङ नै गरे । काँग्रेस सभासद गोपालमान श्रेष्ठले बोल्दै गर्दा बीचैमा रोकेर...

नेम्वाङलाई अधिकार दिनेबारे अधिवक्ताहरु के भन्छन् ?

२०७१ पुष १८ गते १२:४९

काठमाण्डु, १८ पुस– संविधानसभाका नियमावलीहरु निलम्बन गरेर पहिलो मस्यौदा आफै बनाउन खोजेका संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई त्यस्तो अधिकार दिन हुन्छ कि हुँदैन ? अधिवक्ताहरुको धारणा भने यस विषयमा फरक–फरक पाइएको छ ।   जसरी राजनीतिक दलहरुबीच अध्यक्ष नेम्वाङलाई अधिकार दिने विषयमा मत बाझिएको छ,...

काँग्रेस प्रक्रियातर्फ अघि बढेको छः महामन्त्री सिंह

२०७१ पुष १८ गते १२:१७

 काठमाण्डु, १८ पुस– उपप्रधानमन्त्री प्रकाशमान सिंहले संविधानका विवादित विषयमा सहमति नभए प्रक्रियामा गएर भएपनि आफ्नो पार्टी माघ ८ मा संविधान जारी गर्ने गरी अघि बढेको बताएका छन् । सानेपामा आयोजित ‘दलित समुदायको उत्थान र विकासको लागिःनेपाली काँग्रेसको राष्ट्रिय अभियान’ विषयक दुई दिवसीय अन्तक्र्रिया तथा...

आगलागीमा २१ लाख स्वाहा

२०७१ पुष १८ गते ११:३९

  धनकुटा, १८ पुस– धनकुटा नगरपालिका–१ मुलाबारी बस्ने रोयत आले र बिष्णु आलेको घरमा करेन्ट सर्ट भएर शुक्रबार विहान आगलागी हुँदा झण्डै १४ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । जलेर नष्ट हुनेमा रोयत आलेको सात र बिष्णु आलेको ६ लाख ५०...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us