जनकपुरधाम, ६ मंसिर– एकीकृत माओवादी मधेस व्युरो इन्चार्ज तथा धनुषा क्षेत्र नं १ का उम्मेदवार रामचन्द्र झाले संविधानसभा निर्वाचनपछि षड्यन्त्र भएकाले आफूहरु संविधानसभामा सहभागी नहुने बताए । एमाओवादी धनुषाद्वारा विहिबार आयोजित पत्रकार सम्मेलनमा नेता झाले संविधानसभाको निर्वाचन शान्तिपूर्ण भएपनि मतपेटिका सिल गर्ने, मतगणना स्थलसम्म...
काठमाण्डु, ६ मंसिर– राप्रपाका उम्मेदवार डा प्रकाशचन्द्र लोहनीले मतदान अधिकृत बाटै धाधली भएको भन्दै नुवाकोट क्षेत्र नम्बर १ मा पुन मतदान गर्न माग गरेका छन् । विहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर लोहनीले क्षेत्रको लिखु गाविसमा खटिएका मतदान अधिकृत केशव तिमल्सिनाले नेपाली काँग्रेसका...
काठमाण्डु, ६ मंसिर- सरकारले मध्यकालीगण्डकी जलविद्युत् आयोजनालाई सर्वेक्षणका लागि अनुमतिपत्र दिएको छ । विद्युत् विकास विभागका सूचना अधिकृत गोकर्णराज पन्थका अनुसार कुल २५ मेगावाट क्षमताको सो आयोजनालाई केही दिन पहिले सर्वेक्षण अनुमतिपत्र दिइएको हो । सो आयोजनाको निर्माणस्थल पर्वत जिल्लामा पर्छ । हाइड्रो सपोर्ट...
काठमाण्डु ६ मंसिर–नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एकीकृत माओवादीलाई संबिधानसभा निर्वाचनको मतगणना बहिस्कार गर्ने निर्णय फिर्ता लिइ संबिधान निर्माण प्रक्रियामा सहभागी हुन आब्हान गरेका छन । अचानक मतगणना प्रकृया बहिस्कार गर्ने, संविधानसभामा सहभागी नहुने जस्तो जनमतलाई अपमानित गर्ने गलत निर्णय एकीकृत माओवादी गरेको आरोप...
काठमाण्डु, ६ मंसिर–एकीकृत नेकपा माओवादीले देशभर जारी संविधानसभा निर्वाचनको मतगणना पुनरावलोकन गर्न माग गरेको छ । अन्यथा संविधानसभामा सहभागी नहुने एमाओवादीको धारणा छ । विहीबार विहान बसेको केन्द्रीय कार्यालयको बैठकको निर्णय सार्बजनिक गर्न पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा भएको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले मतगणनामा धाँधली...
काठमाण्डु, ६ मंसिर– नेपाली काँग्रेसले दोस्रो संविधानसभा निर्वाचन परिणाम स्वीकार गर्न एकीकृत माओवादीलाई आग्रह गरेको छ । सभापति सुशील कोइरालाले बाँके र उपसभापति रामचन्द्र पौडेलले राजधानीमा बिहीबार पत्रकार सम्मेलन गरी जनताले गरेको फैसला स्वीकार गर्न माओवादी नेतृत्वलाई आग्रह गरेका हुन् । नेपालगञ्जमा भएको पत्रकार...
काठमाण्डु, ६ मंसिर– युरोपेली युनियनको निर्वाचन पर्यवेक्षण टोलीले नेपालमा स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित वातावरणमा संविधानसभा निर्वाचन सम्पन्न भएको बताएको छ । पर्यवेक्षक टोली प्रमुख ईभा जोलीले बिहीबार पत्रकार सम्मेलन गरी निष्पक्ष र स्वतन्त्र निर्वाचन गराएकामा निर्वाचन आयोगका अधिकारीलाई धन्यवाद दिइन् । उनले निर्वाचन निर्वाचन...
काठमाण्डु, ६ मङ्सिर–संयुक्त राष्ट्र सङ्घका महासचिव बान–कि मुनले शान्तिपूर्ण ढङ्गले संविधानसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाली जनताप्रति हार्दिक बधाई ज्ञापन गरेका छन । निर्वाचनमा मतदाताको उत्साहपूर्वक सहभागिताले शान्तिप्रक्रियालाई अघि बढाउने उनीहरूको इच्छाशक्ति प्रस्तुत भएको महासचिवका प्रवक्ताले बिहिवार न्यूयोर्कमा जारी गरेको वक्तव्यमा उल्लेख छ ।...
काठमाण्डु, ६ मंसिर–नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले जनताको मतको कदर गरी लोकतान्त्रिक संस्कार देखाउन एमाओवादीलाई आग्रह गरेका छन् । उनले स्वतन्त्र र निष्पक्ष निर्वाचन भएको दावी गर्दै निर्वाचन बहिष्कार गर्छु भन्नु अलोकतान्त्रिक चरित्र भएको धारणा राखे । मतगणनास्थल अन्तराष्ट्रिय सम्मेलन केन्द्र परिसरमा विहीबार पत्रकारसँग...
काठमाण्डु, ६ मंसिर–नेपाल कम्युनिस्ट पार्टी (मसाल)ले बहुमतको निर्णयलाई स्वीकार्न एनेकपा (माओवादी)लाई सुझाव दिएकोे छ । सो पार्टीले विहीबार विज्ञप्ति जारी गर्दै पार्टीले चुनावको मतगणनालाई अगाडि बढ्न दिएर त्यसको परिणाम स्वीकार्न अनुरोध गरेको हो । एमाओवादीद्वारा संविधानसभाको मतगणना बहिष्कार गर्ने निर्णयलाई गम्भीर रुपमा लिएको सन्दर्भमा...
काठमाण्डु, ६ मंसिर–नेपाली काँग्रेसका टेकबहादुर गुरुङ १ हजार ५२७ मत प्राप्त गरी मनाङबाट संविधानसभा सदस्यमा निर्वाचित भएका छन् । गुरुङ दोस्रो संविधानसभा निर्वाचनमा विजयी घोषित हुने पहिलो उम्मेदवार हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका त्रिपल्पी गुरुङले ११९२ मत पाएका छन् । राप्रपा नेपालका भुजुङ...
काठमाण्डु, ६ मंसिर–नेकपा एमालेले स्याङ्जा जिल्लाको निर्वाचन क्षेत्र नं ३ का ९ मतदान केन्द्रमा धाँधली गरेको भन्दै नेपाली कांग्रेसले पुन: मतदानको माग गर्दै निर्वाचन आयोगमा उजुरी दर्ता गरेको छ । नेपाली कांग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नं ३ का उम्मेदवार मोहनप्रसाद पाण्डेले नेकपा एमालेले ती...