रौतहट, १९ पुस– वर्षासँगै परेको चट्याङका कारण रौतहटको कनकपुर गाविसमा शनिबार दिउँसो एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा कनकपुर गाविस २ का हेमन्तीदेवी दास रहेको प्रहरीले जनाएको छ । सोही घटनामा परी गम्भीर घाइते भएकी सरोजदेवी दासलाई...
सप्तरी, १९ पुस– सप्तरीको बैरबा गाविसमा तीन बालबालिकाको शब फेला परेको प्रहरीले जनाएको छ । बैरवा गाविस ३ स्थित कोसी नदीको पश्चिम तटबन्धको पूर्वतर्फ जमेको पानीमा बालबालिकाको शव फेला परेको हो । अन्दाजी छ वर्षीय बालक, तीन वर्षीया बालिका र छ महिनाकी काखे...
काठमाण्डु, १९ पुस– संविधान जारी गर्न तोकिएको समयसीमा माघ ८ आउन तीन साता पनि बाँकी नरहेका बेला प्रमुख दलले छलफललाई तीव्रता दिएका छन् । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले दलहरु सहमति जुटाउन असफल भएकाले ‘कालकुट विष’ पिएरै भए पनि आफूले एक्लै संविधानको मस्यौदा तयार पार्ने...
बुटवल, १९ पुस–नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले संविधानका लागि सहमति रटिरहनुको कुनै अर्थ नभएको बताएका छन् । धौलागिरि बहुउद्देश्यीय सहकारी संस्थाको १५ औँ वार्षिक साधारणसभा तथा आठाैँ अधिवेशनलाई बुटवलमा सम्बोधन गर्दै उनले प्रक्रियाबाटै भएपनि माघ ८ मा संविधान आउन नसक्ने जिकिर गरे ।...
ताप्लेजुङ, १९ पुस– मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीको ताप्लेजुङ जिल्ला कमिटी नेक्रविक्रम चन्द नेतृत्वको माओवादीमा विलय भएको छ । वैद्य माओवादीका जिल्ला इन्चार्ज सुमन लिम्बूले सदरमुकामस्थित पार्टी कार्यालयमा शनिबार पत्रकार सम्मेलन गरी सिंगो जिल्ला कमिटी विप्लवको पक्षमा गएको घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा लिम्बूले...
काठमाण्डु, १९ पुस– नेपाल स्टक एक्सचेन्ज लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वका क्रममा संस्थाको २२औँ वार्षिकोत्सवको अवसरमा इच्छुमती खोला (टुकुचा) सरसफाइ गरेको छ । काठमाण्डु महानगरपालिकाको सहयोगमा भएको सरसफाइ कार्यक्रममा पुँजी बजार क्षेत्रका सिडिएस एन्ड क्लियरिङ लिमिटेडका सदस्य दलाल व्यवसायी, लगानीकर्ता सङ्घका सदस्यको सहभागिता थियो...
दमौली, १९ पुस– व्यास नगरपालिका ८ साँगे ठूलोटारमा शुक्रबार राति बञ्चरोले हानी ज्वाइँले ससुरा र अन्य एकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । हत्या गरिएका ७१ वर्षीय शङ्कर विक र उनकी १६ वर्षीया नातिनी मनिषा विक रहेको प्रहरी उपरीक्षक मोहनकुमार आचार्यले...
काठमाण्डु, १९ पुस– प्रहरीले सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्यामा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । घटनाको साढे दुई वर्षपछि प्रहरीले बमका हत्यारा पक्राउ गरेको हो । पक्राउ पर्नेमा चुरे भावर राष्ट्रिय एकता पार्टीका कार्यकर्ता सर्लाही मिलचोक ढुंगोखोलाका बाबु थापा भन्ने...
कञ्चनपुर, १९ पुस– शुक्लाफाँटा वन्यजन्तु आरक्षको विस्तारित क्षेत्रभित्रपर्ने जैविक विविधताले भरिपूर्ण तारा ताल सुक्दै जान थालेको छ । आरक्षको मध्यवर्ती क्षेत्रका स्थानीय बासिन्दाले तालमा माछा मार्ने, तालबाट जथाभावी माटो निकाल्ने र तालमा संरक्षित जलचरलाई मार्न थालेपछि तालको अस्तित्व लोप हुने सङ्घारमा पुगेको हो ।...
काठमाण्डु, १९ पुस– प्रधानमन्त्री सुशील कोइरालाले तीन दिनभित्र संविधान निर्माणका सम्बन्धमा परिणाम निस्कने बताएका छन् । महोत्तरी परिवार काठमाण्डुले प्रधानन्यायाधीश रामकुमारप्रसाद साहको सम्मानमा राजधानीमा शनिबार गरेको कार्यक्रममा उनले संविधान निर्माण अहिलेको प्राथमिकता भएको बताए । कोइरालाले संविधान जारी हुन नसके मुलुकले दुस्परिणाम भोग्नुपर्ने भन्दै...
झापा, १९ पुस– असहाय वृद्धवृद्धाका लागि झापा जिल्लाको अनारमनि गाविस वडा नं ८ विराटपोखरमा सुविधा सम्पन्न आश्रम निर्माण हुने भएको छ । आश्रम निर्माणका लागि समाजसेवी गिरीराजकुमारी प्रसार्इंले एक बिगाह १७ कट्ठा जग्गा निःशुल्क प्रदान गरेसँगै पाँच करोड भन्दा बढीको लागतमा विराट भरत विश्रान्ति...
जनकपुर, १९ पुस–शनिबार जनकपुर उपमहानगरपालिका वकिलटोलस्थित आर डी निकेतन विद्यालयको छात्रावासमा प्रेसर कुकर विष्फोट हुँदा १२ जना विद्यार्थी घाइते भएका छन् । घाइतेहरुमा वर्ष १० का सोनु यादव, वर्ष ८ का अनिल यादव, वर्ष १० का अशोक शर्मा, वर्ष ११ का मुकेश झा, वर्ष...