समाचार

प्रचण्ड मोर्चाले संविधानसभाभित्रै खोल्ने भो फायर

२०७१ पुष २० गते १५:३०

काठमाण्डु, २० पुस– एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको ३० दलीय मोर्चाले काँग्रेस–एमालेले मुलुकलाई मुठभेडतर्फ लैजान चाहेको निष्कर्ष निकालेको छ । मोर्चाको आइतबार बसेको बैठकले गणितीय बलमा सत्ता पक्षले मुठभेड निम्त्याउन चाहेको भन्दै त्यसको प्रतिरोधका लागि तयार रहने निर्णय गरेको हो । ‘काँग्रेस–एमाले सहमतिभन्दा...

प्रहरी हिरासतको शौचालयमा लडेर थुनुवाको मृत्यु

२०७१ पुष २० गते १५:२४

काठमाण्डु, २० पुस- जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा रहेका एक थुनुवाको शौचालयमा लडेर ज्यान गएको छ । शौचालयमा चिप्लिएर लडेका रामेछाप कठजोर-४ का ३५ वर्षीय कृष्ण बुढाथोकीको उपचारका क्रमममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरीका प्रवक्ता नायब उपरीक्षक दीपक...

बिसे नगर्चीका लेखकको ‘भावालय’

२०७१ पुष २० गते १३:४८

काठमाण्डु, २० पुस– जनआन्दोलनको समयमा ‘बिसे नगर्चीको बयान’ कविताबाट बहुचर्चित बनेका कवि श्रवण मुकारुङको निबन्ध कृति सार्वजनिक भएको छ । ‘माथिमाथि सैलुंगेमा’ लगायतका दर्जनौं चर्चित गीतका स्रष्टा समेत रहेका मुकारुङको ‘भावालय’ शीर्षकको निबन्धकृति आइतबार विमोचन भएको हो । हाल नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ समेत...

छानबिन हुने भएपछि सोह्र शिक्षकले दिए राजीनामा

२०७१ पुष २० गते १२:३८

रौतहट, २० पुस– जिल्ला शिक्षा कार्यालय रौतहटले शिक्षकको प्रमाणपत्र छानबिनका लागि बुझाउन परिपत्र गरेपछि विभिन्न विद्यालयमा कार्यरत १६ जना शिक्षकले राजीनामा दिएका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको निर्देशनपछि जिशिका रौतहटले विभिन्न तहका सबै शिक्षकको शैक्षिक योग्यताको प्रमाणपत्र सङ्कलन गरी छानबिन सुरु गरेपछि राजीनामाको...

फेसबुक र ट्वीटरमा सर्यो लडाइँ : डा. भट्टराई

२०७१ पुष २० गते १२:१३

काठमाण्डु, २० पुस– पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सञ्चार जगतको लडाइँ अब फेसबुक र ट्वीटरमा सरेको बताएका छन् । युवा–विद्यार्थीहरुबीच सामाजिक सञ्जालको प्रयोगबारे आइतबार आफ्नै निवासमा भएको छलफलमा डा. भट्टराईले आन्दोलनका पक्षमा फेसबुक र ट्वीटरबाट अभियानै चलाउनुपर्ने आवश्यकता औंल्याएका हुन् । ‘फेसबुक वा ट्वीटर...

सत्तापक्षीय सदभादद्वारा नेम्वाङलाई दबाब

२०७१ पुष २० गते ११:२७

काठमाण्डु, २० पुस– सरकारमा रहेका नेपाली काँग्रेस र एमाले लगायत दलका सभासद्हरुको एक समूहले तोकिएकै समय माघ ८ गतेभित्र संविधान ल्याउन दबाब दिँदै आइतबार संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई भेट गरेका छन् । सभासद्हरूले कार्यतालिका अनुसार समयमा संविधान ल्याउन दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने जनाउ पनि...

करेन्ट लागेर महिलाको मृत्यु

२०७१ पुष २० गते ११:१८

झापा, २० पुस– उत्तरी झापाको खुदुनाबारीमा आइतबार बिहान करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा खुदुनाबारी–८ निवासी ३० वर्षीया मनिता राई रहेको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायव उपरिक्षक सञ्जीवबहादुर राउतले जानकारी दिए । उनलाई लुगा सुकाउने क्रममा करेन्ट लागेको बताइएको...

अख्तियारको डरले किनुवा प्रमाणपत्रधारी १६ शिक्षकले दिए राजीनामा

२०७१ पुष २० गते ११:१४

रौतहट, २० पुस– जिल्ला शिक्षा कार्यालय रौतहटले शिक्षकको प्रमाणपत्र छानबिनका लागि बुझाउन परिपत्र गरेपछि विभिन्न विद्यालयमा कार्यरत १६ जना शिक्षकले राजीनामा दिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनपछि जिशिका रौतहटले विभिन्न तहका सबै शिक्षकको शैक्षिक योग्यताको प्रमाणपत्र सङ्कलन गरी छानबिन सुरु गरेपछि राजीनामाको...

मलेसियामा अलपत्र ४० नेपालीको उद्धार, कम्पनीले काममा बोलायो

२०७१ पुष २० गते १०:४५

काठमाण्डु, २० पुस– रोजगारीका सिलसिलामा मलेसिया पुगेका धौलागिरिका चारजना सहित चितवन, गुल्मी र नुवाकोट जिल्लाका ४० जना नेपालीको दुई महिनापछि उद्धार गरिएको छ । गत कात्तिक १९ गते काठमाण्डु सामाखुसीको डोसलिङ म्यानपावर कम्पनीबाट मलेसिया पुगेका म्याग्दीको बेनी नगरपालिका–३ ज्यामरुककोट विमिराबोटका राजन थापा, भकिम्ली–२ का...

बोक्सी आरोपमा परिवारै कुटिए

२०७१ पुष २० गते १०:३६

वीरगञ्ज २० पुस– पर्साको झौवागुठी– ६ की एक महिलामाथि बोक्सी आरोपमा दुव्र्यवहार भएको छ । स्थानीय रामनारायाण साह सोनारकी श्रमती मञ्जुवेदीमाथि गत १९ पुसमा गाउँलेले दुव्र्यवहार गरेका हुन् । रामनारायण घरमा नभएको मौका छोपी स्थानीय एकवालीप्रसाद साह, ध्रुपप्रसाद साह, कृष्णप्रसाद साह र भरतप्रसाद साह...

खम्पा विद्रोहमा हतियार सप्लाई गर्नेको नेपालमा गैरसरकारी संस्था !

२०७१ पुष २० गते ९:५४

काठमाण्डु– ‘हामी एक चीन नीतिको पक्षमा प्रतिबद्ध छौं, नेपालको भूमि चीनविरोधी गतिविधिमा प्रयोग हुन दिँदैनौं’, यो नेपालका राजनीतिक नेता र सरकारी अधिकारीहरुको ‘रेडिमेड’ थेगो नै हो । नेपालको राजनीतिक र प्रशासनिक नेतृत्वले जतिसुकै एक चीन नीतिको विरोध गरे पनि नेपालमा खेलेआम चीनविरोधी गतिविधि हुने...

कान्तिपुरका पत्रकारद्वारा पत्रकार क्षेत्रीको उपचारका लागि रकम सहयोग

२०७१ पुष २० गते ८:४८

काठमाण्डु, २० पुस– ब्रेन ट्युमर भएपछि उपचारका लागि नयाँदिल्लीमा रहेका पत्रकार सूर्यकुमार क्षेत्रीको उपराचारार्थ कान्तिपुर टेलिभिजनका पत्रकारले आर्थिक सहयोग गरेका छन् । नेपाल पत्रकार महासंघ कान्तिपुर प्रतिष्ठान शाखाले २३ हजार ८ सय ५ रुपैयाँ सहयोग गरेको हो । कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकारहरुबाट संकलित उक्त...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us