मुस्ताङ, २१ पुस– पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षमा करिब साढे ४१ हजार पर्यटकले भ्रमण गरेका छन् । सन् २०१४ को जनवरीदेखि डिसेम्बरसम्म ४१ हजार दुइ सय १९ विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मुस्ताङका प्रमुख विदुर कुइँकेलले जानकारी दिए ।...
धनुषा, २१ पुस– धनुषा प्रहरीले सात लाख ३० हजार मूल्यबराबरको १२ किलो पाँच सय ग्राम चाँदीसहित दुई भारतीयलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरु भारत जयनगरका दीपककुमार गुप्ता र विकासकुमार साह हुन् । प्रहरीले उनीहरुसँग रहेको बिआर ३२ के ००३५३ नम्बरको भारतीय मोटरसाइकल समेत...
काठमाण्डु, २१ पुस– पौष शुक्लपूर्णिमाका दिनदेखि सुरु हुने श्री स्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना साँखुस्थित शालीनदीमा सोमबार बिहानैदेखि आरम्भ भएको छ । प्रत्येक वर्ष आजैका दिनदेखि स्वस्थानी व्रतकथा सुरु भई माघ शुक्लपूर्णिमाका दिनसम्म एक महिना लाग्ने गर्दछ । यो समयमा व्रतालु तथा...
महोत्तरी, २१ पुस– महोत्तरीको मनरा गाविसमा सोमबार बिहान आफ्नै दाजुको ज्वाइँले अण्डकोषमा हान्दा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा मनरा गाविस ३ बस्ने भरत ठाकुर बरही रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । भारत विहार राज्यको सीतामढी जिल्ला घर भएका दाजुको...
काठमाण्डु, २१ पुस– प्रमुख प्रतिपक्षी एकीकृत माओवादीसहितको ३० दलीय मोर्चाले १० प्रदेशको साझा प्रस्ताव तयार गरेको छ । संघीय संरचनाका विषयमा प्रमुख दलहरुबीच सहमति खोज्न मोर्चाले पहिचानसहितको १० प्रदेशको प्रस्ताव ल्याएको हो । सोमबार बिहान सिंहदरबारमा बसेको बैठकले संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्याय...
उदयपुर, २१ पुस– उदयपुर जिल्लाको पूर्वी क्षेत्रमा ३५ वर्षका बाबुले आफ्नै १४ वर्षीया छोरीलाई पटक–पटक करणी गर्दा छोरीले सात महिनाको गर्भ बोक्न बाध्य भएकी छिन् । कक्षा ५ मा अध्ययन गर्दै आएकी उक्त बालिकालाई बाबुले घरमा श्रीमती नभएको मौका पारेर लामो समयदेखि करणी गर्दै...
धनगढी, २१ पुस – एक प्लेट मःम बिक्री भएबापत एक रुपैयाँ क्रिकेट खेलको विकासका लागि सङ्कलन गरिने नयाँखालको योजना धनगढीमा सुरु गरिएको छ । स्थानीय बजारको अति व्यस्त मानिने एल एन चोकस्थित कैलोरी भेज मःम सेन्टरका सञ्चालक सचितानन्द गुप्ताले यो योजना सुरु गरेका हुन्...
महोत्तरी, २१ पुस– सोमबार महोत्तरीको किसाननगर गाविसकी एक महिलाको चिसोबाट मृत्यु भएपछि जिल्लामा यस वर्ष चिसोबाट मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । मृत्यु हुनेमा किसाननगर घर भई हाल बर्दिबास नगरपालिका ४ बस्ने ४५ वर्षीया सुमित्रादेवी ठाकुर रहेको प्रहरीले जनाएको छ । जिल्लामा विगत...
प्युठान, २१ पुस– एकीकृत माओवादीका महासचिव कृष्णबहादुर महराले संविधान निर्माणमा सभामुख सुवास नेम्वाङले अलोकतान्त्रिक हस्तक्षेप गर्न खोजेको बताएका छन् । महासचिव महराले नेम्वाङलाई त्यस्तो हस्तक्षेप गर्ने अधिकार नभएको भन्दै आलोचना समेत गरे । क्रान्तिकारी पत्रकार सङ्घ प्युठानले आज विजुवारमा गरेको पत्रकार सम्मेलनमा उनले संविधान...
नवलपरासी, २१ पुस– नवलपरासीको विकट पहाडी गाविस नरममा एक महिलाको धारिलो हतियार प्रयोग गरी हत्या भएकोे छ । नरम गाविस ९ मधुकोटकी ४५ वर्षीय नउसरी गाहाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा घरभन्दा केही पर रहेको गोठमा शव फेला परेको प्रहरीले जनाएको छ...
इलाम, २१ पुस–जिल्ला पशु सेवा कार्यालय इलामले युवा लक्षित विशेष पशु उत्पादन कार्यक्रमअन्तर्गत यस वर्ष १० जना युवालाई १८ लाख अनुदान दिने भएको छ । कार्यालयले आठवटा गाई फार्म तथा दुईवटा बङ्गुरपालनका लागि अनुदान दिने भएको हो । बेरोजगार युवा तथा वैदेशिक रोजगारीबाट फर्किएका...
लहान, २१ पुस– पुर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको बडहरामालास्थित सडकमा नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । सवारीसाधनको ठक्करबाट नामथर खुल्न नसकेकी अन्दाजी ४५ वर्षीया महिलाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले जनाएको छ । राति ९ बजेतिर सवारीसाधनको ठक्करबाट कालो...