समाचार

‘विदेशको नक्कली दुध महँगोमा बेच्न सरकारले भाउ बढायो’

२०७१ पुष २१ गते ६:१०

काठमाण्डु, २१ पुस– सरकारले एकै पटकमा प्रतिलिटरमा ८ रुपैंयासम्म दुधको भाउ बढाएकोमा किसानहरुले विरोध गरेका छन् । किसानले प्राप्त गर्ने मूल्यमा परिवर्तन नगरी उपभोक्ताका लागि मात्रै दुधको भाउ बढाएको भन्दै किसान संगठनले मूल्यवृद्धि फिर्ता लिन समेत आग्रह गरेको छ । ‘विगत लामो समयदेखि एकातिर...

किसानलाई दिइने सरकारी पुरस्कारको नाम ‘राष्ट्रपति पुरस्कार’ !

२०७१ पुष २१ गते ५:३६

ललितपुर, २१ पुस– खेती किसानीमा उत्कृष्ट उत्पादनको काम गर्ने किसानलाई दिइने पुरस्कारबाट ललितपुरमा यस वर्ष तीनजना किसान पुरस्कृत भएका छन् । ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ का नाममा झरुवारासी गाविस–८ का प्रेमराज कार्की, छम्पी गाविस–१ का कृष्णबहादुर घिमिरे र ठूलादुर्लुङ गाविस–६ का मीठाराम जमकट्टेललाई दिइएको...

५६ कुकुरको बन्ध्याकरण गरियो

२०७१ पुष २१ गते ५:१७

 इलाम, २१ पुस–जिल्ला पशुसेवा कार्यालय इलामअन्तर्गत दानावारी पशुसेवा (क) केन्द्रमा सञ्चालन भएको दुईदिने निःशुल्क शिविरमा सडक तथा सामुदायिक घरबाट छाडा छोडिएका ५६ कुकुरको बन्ध्याकरण गरिएको छ । पशुसेवा कार्यालय इलाम र हिमालयन एनिमल रेस्क्यु ट्रस्ट हार्ट पोखराको संयुक्त आयोजनामा सञ्चालन गरिएको शिविरमा ट्रस्टका १२...

दुई जर्नेलका साथ विप्लवले छाडे राजधानी

२०७१ पुष २१ गते ४:५१

काठमाण्डु, २१ पुस- मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीबाट अलग भएर नेत्रविक्रम चन्द विप्लव नेतृत्वमा गठित नेकपा माओवादीका अधिकांश नेताले राजधानी छाडेका छन् । पार्टीको प्रथम राष्ट्रिय सम्मेलनमा सहभागी हुन विप्लव आफ्ना दुई जर्नेल खड्गबहादुर विक र धर्मेन्द्र बास्तोलाका साथ काठमाण्डुबाट हिंडेका छन् । यस्तै नेताहरु...

एमाओवादी नेृत विशंखेले गरिन् दोश्रो बिहे

२०७१ पुष २१ गते ४:३५

काठमाण्डु, २० पुस– एकीकृत माओवादी नेतृ अञ्जना विशंखेले विवाह गरेकी छन् । ३८ वर्षीया विशंखेले रुकुम छिवाङका पार्टी समर्थक ३५ वर्षीय कुबेर ढकालसँग विवाह गरेकी हुन् । ढकाल पेशाले व्यवसायी हुन् । काठमाण्डुको पेप्सीकोलास्थित एमाओवादी नेता विश्वनाथ साहको घरमा २८ मंसिरमा केही शुभेच्छुकहरुको उपस्थितिमा...

नाता जोडेर धनमाल लुट्ने यो कस्तो काइदा ?

२०७१ पुष २१ गते ४:२३

चितवन, २१ पुस-चितवनको विभिन्न स्थानमा मानिसलाई बेहोस बनाई रु १३ लाखभन्दा बढी रकम लुटपाट गर्ने एक समूहलाई प्रहरीले पक्राउ गरेको छ । अस्पताल, सार्वजनिक स्थानमा आउने वृद्धवृद्धा, सोझा मानिसलाई फकाएर नाता लगाई खानामा विभिन्न बेहोस हुने औषधि मिसाई बेहोस बनाएर गरगहना तथा पैसा लुट्ने...

बूढाबूढीलाई घरघरमै वृद्धभत्ता

२०७१ पुष २१ गते ४:१४

मोरङ २१ पुस- मोरङको सुन्दर दुलारी नगरपालिकाले नगरपालिका क्षेत्रभित्र रहेका ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएकालाई घरदैलोमा नै बैंकिङ प्रणालीमार्फत सामाजिक भत्ता उपलब्ध गराउने अभियान थालनी गरेको छ । सुन्दर दुलारी नगरपालिका, जनता बैंक लिमिटेड र जिल्ला विकास समितिको सहकार्यमा अभियान थालनी गरिएको...

बोक्सी आरोपमा कुटिएका आमाछोरीको अवस्था नाजुक

२०७१ पुष २१ गते ४:०७

पर्सा, २१ पुस-पर्साको झौवागुठी गाविस–७ का स्थानीय एक आमाछोरीलाई स्थानीय केही व्यक्तिले गएराति कथित बोक्सीको आरोपमा निर्धात कुटपिट गरेकामा उनीहरुको स्वास्थ्य अवस्था बिग्रँदै गइरहेको छ । वीरगन्जको नेसनल मेडिकल कलेजमा उपचार गराइरहेका मञ्जुदेवी सुनारी र उनकी छोरी ममताको स्वास्थ्य अवस्था नाजुक बन्दै गइरहेको पीडितका...

समाधिस्थल जाने बाटोमा पक्की पुल निर्माण

२०७१ पुष २१ गते ३:०२

झापा, २१ पुस– झापाको लखनपुर–१ स्थित सावित्राचोकमा पर्ने समाधिस्थल जाने बाटोमा स्थानीय जातीय संस्थाको सक्रियतामा पक्की पुल निर्माण गरिएको छ । विभिन्न दाताको संयुक्त प्रयासबाट करिब रु ८ लाखको लागतमा पक्की पुल बनाएका हुन् । आइतबार नवनिर्मित पुलको स्थानीय ९६ वर्षीय श्रीप्रसाद कुरुम्बाङले उद्घाटन...

दलित तथा विपन्न परिवारलाई न्यानो कपडा वितरण

२०७१ पुष २१ गते २:५७

रौतहट, २१ पुस– रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–३ राजपेडामा आइतबार एक कार्यक्रमबीच ६ सय दलित तथा विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको छ । रकम अभावका कारण तराईको चिसोमा न्यानो कपडा लगाउन नपाएका निम्नवर्गका बासिन्दालाई राहतस्वरुप कपडा वितरण गरिएको हो । काठमाण्डुस्थित न्यानो नेपाललगायत सामाजिक...

सरकारी निकायबाट नै सेवाग्राही मर्कामा

२०७१ पुष २१ गते २:५०

ललितपुर, २१ पुस– मानवअधिकार सञ्जाल ललितपुरले सरोकारवाला सरकारी निकायबाट नै सहज तरिकाबाट सेवाग्राहीले सेवा नपाएको गुनासो गरेको छ । मानवअधिकार सञ्जाल ललितपुरद्वारा आइतबार आयोजित कार्यक्रममा मानवअधिकारकर्मीले सरकारी निकाय स्वास्थ्य, यातायात, खाद्यलगायत क्षेत्रमा आम सेवाग्राहीले धेरै समस्या भोग्नुपरेको बताएका छन् । ललितपुरका प्रमुख जिल्ला अधिकारी...

उपरथी थापा राष्ट्रसंघीय मिसनको फोर्स कमाण्डर

२०७१ पुष २० गते १५:४४

काठमाण्डु, २० पुस- नेपाली सेनाका उपरथी पूर्णचन्द्र थापा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत फोर्स कमाण्डर नियुक्त भएका छन् । उक्त जिम्मेवारी राष्ट्रसंघको सहायक महासचिवस्तरको हो । यसअघि सोही जिम्मेवारीमा रहेका पवनजंग थापा ६ वर्षअघि फर्केका थिए । त्यसयता नेपाली सेनाले त्यो स्तरको जिम्मेवारी पाएको थिएन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us