समाचार

उपेन्द्र यादवले सोधे– माघ ८ कै जबर्जस्ती किन ?

२०७१ पुष २० गते ८:१०

पर्सा, २० पुस– मधेसी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले माघ ८ गते नै संविधान ल्याउनुपर्छ भनेर जबर्जस्ती गर्नुपर्ने आवश्यकता नभएको विचार व्यक्त गरेका छन् । उनले माघ ८ मा संविधान आउने सम्भावना नरहेको भन्दै सोही मितिको जबर्जस्ती गर्नुको कुनै अर्थ नभएको बताए ।...

प्रधानमन्त्रीले किन भेटे प्रचण्डसँग छुट्टै ?

२०७१ पुष २० गते ७:२८

काठमाण्डु, २० पुुस– प्रमुख दलहरुको बैठकअघि प्रधानमन्त्री सुशील कोइरालाले एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । ओली र प्रचण्डसँग संयुक्त भेटघाट गरेपछि प्रधानमन्त्री कोइरालाले केहीबेर प्रचण्डसँग एक्लै पनि भेटेका छन् । प्रचण्ड र कोइरालाबीच के विषयमा...

नारायणकाजी श्रेष्ठमाथि लागेका ८ आरोप र श्रेष्ठका ८ प्रतिवाद

२०७१ पुष २० गते ६:३२

आरोप १ पहिलो संविधानसभा विघटन हुँदै गर्दा बालुवाटार बैठकबाट बाहिर आएर तपाईं क्यामराका अगाडि धुरुधुरु रुनुभयो । जनयुद्धकालमा माओवादीले घाइते बनाएकी परी थापाकी श्रीमतीलाई हेर्न जाँदा पनि तपाईं घाइतेभन्दा बढी रुनुभएको थियो । तर, तपाईंको रुवाइ कुनै भावुकता नभएर ढोंग मात्र हो । जनताका...

नेम्वाङको प्रस्तावप्रति मस्यौदा समितिको आपत्ति

२०७१ पुष २० गते ६:२८

काठमाण्डु, २० पुुस– संविधान मस्यौदा समितिको बैठकले संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले राखेको प्रस्तावप्रति आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाको नेतृत्वमा रहेको समितिको बैठकले मस्यौदा निर्माण आफ्नो कार्यक्षेत्रभित्र पर्ने दाबी गरेको छ । आइतबार बसेको बैठकले नेम्वाङको प्रस्ताव बेठीक भएको जनाएको छ...

अठ्तीस किलो गाँजासहित पक्राउ

२०७१ पुष २० गते ६:०८

गौशाला, २० पुस– महोत्तरी प्रहरीले महोत्तरी जिल्लाको सीतापुर गाविसबाट ३८ किलो अवैध लागुऔषध गाँजासहित वडा नं ४ बस्ने शम्भु साह तेलीका १७ वर्षीय छोरा मुकेशकुमारलाई आइतबार बिहान पक्राउ गरेको छ । प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठका अनुसार निकै पहिलेदेखि लागुऔषध गाँजाको कारोबार गर्दै आएका...

एमाओवादी कोषाध्यक्षले भने– ‘कांग्रेस–एमालेले राजा ल्याउन खोज्दैछन्’

२०७१ पुष २० गते ५:५०

झापा, २० पुस– प्रमुख प्रतिपक्षी दल एकीकृत माओवादीका कोषाध्यक्ष हरिबोल गजुरेलले सत्तारुढ दलहरु विगतको सहमतिबाट पछि हट्दै गएको आरोप लगाएका छन् । कोषाध्यक्ष गजुरलले कांग्रेस–एमालेको पश्चगमनले राजालाई नै पुनस्थापना गर्न खोजेको समेत बताए । बिर्तामोडमा भएको क्रान्तिकारी पत्रकार संघको कार्यक्रममा बोल्दै नेता गजुरेलले आन्दोलनका...

आजदेखि स्वास्थानी ब्रत सुरु

२०७१ पुष २० गते ४:२३

काठमाण्डु, २० पुस– एक महिना लामो स्वस्थानी ब्रतकथा आजबाट सुरु भएको छ । हरेक वर्ष पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूणिर्मासम्म विवाहित महिलाले पतिको दिर्घायुको कामना गरेर र अविवाहतिले असल पति पाउँ भनी स्वास्थानी ब्रत बस्ने गर्दछन् । स्कन्द पुराणका अनुसार सत्ययुगमा भगवान् विष्णुको...

मंगला–साहना पुनःस्थापना केन्द्र स्थापना हुने

२०७१ पुष २० गते ४:०३

काठमाण्डु, २० पुस– विभिन्न हिंसाका कारण शारीरिक तथा मानसिक यातना पाएका व्यक्तिलाई दीर्घकालीन रुपमा पुनःस्थापना गर्ने उद्देश्यले सरकारले ‘मंगला–साहना दिगो विकास पुनःस्थापना केन्द्र’ स्थापना गर्ने भएको छ । केन्द्रको स्थापनाका लागि सरकारले रु ५० लाख बजेट विनियोजन गरिसकेको महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले जनाएको...

चियाबगान निजी क्षेत्रलाई सुम्पनु गल्ती : नेता खनाल

२०७१ पुष २० गते ४:००

इलाम, २० पुस– नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले नेपालका सबैभन्दा पुराना चिया बगान त्यतिबेला निजी क्षेत्रलाई सुम्पनु गल्ती भएको स्विकारेका छन् । जिविस इलामद्वारा शनिबार आयोजित ‘जिल्लामा विकासको स्थिति’ विषयको अन्तक्र्रियामा नेता खनालले यस्तो धारणा राखेका हुन् । खनालले पूर्वी पर्यटकीयस्थल कन्याममा हालै...

डडेलधुरा सदरमुकाममा भीषण आगलागी, १९ घर जलेर नष्ट

२०७१ पुष २० गते ३:१९

डडेलधुरा, २० पुस– डडेलधुरामा सदरमुकाममा भीषण आगलागी भएको छ । आगलागीमा १९ पक्की घर जलेर नष्ट भएका छन् । राति २ बजेबाट सुरु भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । विद्युत सर्ट भएका कारण आगलागी भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । सदरमुकामको...

देशैभर भएको हिमपातले जनजीवन कष्टकर

२०७१ पुष २० गते ३:१६

मुस्ताङ, २० पुस– भारी हिमपातका कारण मुस्ताङको जनजीवन अस्तव्यस्त बनेको छ । बिहीबार दिउँसोदेखि परेको हिउँका कारण दुई दिनदेखि विद्युत् आपूर्ति ठप्प छ भने हवाइ उडान रोकिएको छ । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने ७६ किमी बेनी–जोमसोम सडक पूर्ण रुपमा बन्द भएको छ । शुक्रबार...

बाघलाई पानी खुवाउन पोखरी निर्माण

२०७१ पुष २० गते ३:०६

कञ्चनपुर, २० पुस– कञ्चनपुरको एक संरक्षित वनमा बाघलाई पानी पिउनका लागि पोखरी निर्माण गरिएको छ । लालझाँडी मोहना संरक्षित वनमा बाघ संरक्षण गर्ने उद्देश्यका साथ पोखरी निर्माण गरिएको जिल्ला वन कार्यालय कञ्चनपुरका प्रमुख वन अधिकृत पशुपति कोइरालाले जानकारी दिए । सामुदायिक वनका पदाधिकारी र...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us