दाङ, ११ मंसिर–नेपाली काँग्रेस दाङ क्षेत्र नं. ४ र ५ का नवनिर्वाचित संविधानसभा सदस्यहरुले यस क्षेत्रको विकासका लागि पहल थाल्ने बचन दिएका छन् । उद्योग वाणिज्य संघ तुलसीपुरले आयोजना गरेको स्वागत एवम् बधाई ज्ञापन कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा क्षेत्र नं. ५ का...
कपिलवस्तु, ११ मंसिर–सर्वाधिक खोजीको सूचीमा रहेका एक जना आरोपीलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ । जनतान्त्रिक तराई मुक्ति मोर्चा भगतसिंह समूहमा संलग्न रही जिल्लाका विभिन्न स्थानमा आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले कपिलबस्तुको वीरपुर–८ का ३० वर्षीय राजु कोरी चमारलाई पक्राउ गरेको हो ।...
दमक, ११ मंसिर–खाना पकाउन इन्धनका रुपमा प्रयोग गरिने कोइला शरणार्थी शिविरमा पुनः वितरण गर्न थालिएको छ । विगत चार महिनादेखि कोइला वितरण नगर्दा शिविरमा ठूलो समस्या देखापरेको थियो । शिविर सचिव सन्चहाङ सुब्बाले समयमा कोइला नदिएपछि शिविरमा भएका पुराना घरको भाटा, हँसिया, दुम्से सामुदायिक...
काठमाण्डु, ११ मंसिर– संविधानसभा निर्वाचनको अन्तिम परिणाम आउन बाँकी नै छँदा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री बन्ने कसरत थालेका छन् । नेपालले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सोमबार कोटेश्वरस्थित आफ्नै निवासमा भएको भेटमा आफूलाई प्रधानमन्त्री बनाउने काममा अग्रसर भइदिन आग्रह गरेका हुन् ।...
काठमाण्डु, ११ मंसिर–संविधानसभा निर्वाचनमा सुरक्षा प्रदान गर्न भर्ना गरिएका म्यादी प्रहरी घर फर्किन थालेका छन् । निर्वाचनलाई शान्तिपूर्ण बनाउन देशैभरि खटाइएका म्यादी प्रहरी घर फर्किन थालेका हुन् । म्यादी प्रहरीको समयावधि डेढ महिना हो, जसअनुसार मंसिर १५ गते सबै म्यादी प्रहरीले अवकाश पाउँछन् ।...
काठमाण्डु, १० मंसिर– एकीकृत माओवादी, मधेसी दलहरुलगायतको संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन पुनः सक्रिय भएको छ । संविधानसभाको निर्वाचनमा पछि परेपछि गठबन्धन सक्रिय भएको हो । एमाओवादी तथा मधेसी लगायतका दलहरु जुट्दै गठबन्धनको सोमबार बेलुकी बसेको बैठकले मतपेटिका ल्याउने क्रममा षडयन्त्र गरी धाँधली भएको भन्दै उच्चस्तरीय...
खोटाङ, १० मंसिर– खोटाङमा बलात्कार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । जिल्लाको उत्तरी गाविस बाक्सिला–६ का २३ वर्षीय अतित राई पक्राउ परेका हुन् । फेदी–३ की १६ वर्षीषा परियार थरकी एक युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी...
इलाम, १० मंसिर- इलामको एकतप्पा–६ का रामप्रसाद लिम्बूको ६० मुरी धान भएको कुन्यूमा अचानक आगलागी हुँदा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । साठी मुरी धान फल्ने खेतमा दुईवटा कुन्यू लगाएकोमा दुवै जलेर नष्ट भएकाले अब वर्षदिनभरी के खाने भन्ने चिन्ताले सताएको लिम्बूले दुःखेसो...
काठमाण्डु, १० मंसिर– कांग्रेस र एमालेका केही नेत्रीहरुले सहमतिकै आधारमा नयाँ सरकार र संविधान निर्माण हुनु पर्ने धारणा राख्दै आ–आफ्नो पार्टीका नेता प्रधानमन्त्री हुनु पर्ने जिकिर गरेका छन् । काठमाण्डुमा आयोजित साक्षात्कारमा नेत्रीहरुले जुन दलको बहुमत आएपनि दुई तिहाईको खेलमा नलागेर सहमतिको राजनीति गर्न...
काठमाण्डु, १० मंसिर– संविधानसभाको निर्वाचनमा विजयी दश महिलाले नत्रीले महिला अधिकारका लागि सशक्त रूपमा संघर्ष गर्ने प्रतिवद्धता जनाउका छन् । निर्वाचित सभासदमध्ये ४.१६ प्रतिशत रहेका ती महिला सभासदले महिला अधिकारका लागि प्रतिवद्धता जनाएका हुन् । कास्की ४ बाट निर्वाचित सीता गिरी ओलीले पितृसत्तात्मक मुलुकमा...
काठमाण्डु, १० मंसिर– चुनावको समिक्षा गर्दै एकीकृत माओवादीको केन्द्रीय समितिको बैठकले चुनावको धाँधलीबारे अध्ययन गर्न ५ सदस्यीय समिति गठन गरेको छ । सोमबार पेरिसडाँडामा बसेको एमाओवादी केन्द्रीय समिति बैठकले वर्षमान पुन अनन्त, रामचन्द्र झा, खिमलाल देवकोटा, जनकलाल जोशी र रामनारायण विडारी सदस्य रहनेगरी छानबिन...
काठमाण्डु, १० मंसिर–नेकपा एमालेले आगामी सरकार गठनका तीन विकल्प अघि सारेको छ । एमालेको नेतृत्वमा काँग्रेस, एकीकृत माओवादी र वैद्य माओवादीको सहभागीतामा सरकार गठनलाई उसले पहिलो प्राथमिकतामा राखेको छ । दोस्रो विकल्पमा काँग्रेसको नेतृत्वमा सरकार गठन गर्ने र एमाले विपक्षमा बस्ने तथा तेस्रो विकल्पमा...