इलाम, २२ पुस– बहुविवाहको आरोपमा पक्राउ परेकालाई जिल्ला अदालत इलामले जनही एक÷एक वर्ष कैद र पाँच÷पाँच हजार जरिमाना तोकेको छ । जिल्ला न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले इलाम जमुना ८ का ३१ वर्षीय शिवकुमार तामाङ र जमुनाकै २१ वर्षीया डिकमाया पाण्डेलाई कैद सजायको फैसला सुनाएको...
काठमाण्डु, २२ पुस– नेपाल महिला न्यायाधीश मञ्चद्वारा बलात्कारविरुद्ध अभियानअन्तर्गत कीर्तिपुरस्थित पांगा माध्यमिक विद्यालयमा बालबालिकालाई दुई दिने सचेतना कार्यक्रमको आयोजना गरियो । प्रमुख अतिथि तथा युनिसेफकी पूर्व कार्यक्रम अधिकृत शान्ता खड्गीले सो कार्यक्रमको सोमबार उद्घाटन गर्दै स्कुल, काम गर्ने ठाउँ, सार्वजनिक ठाउँमा दिनप्रतिदिन बढ्दै गइरहेको...
नवलपरासी, २२ पुस– पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा ट्रक पल्टिदा एक जनताको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रकका सहचालक कलदीप सिंह रहेका छन् । आर जे २७ जि ए ३४ ९६ नम्बरको भारतीय मालबाहक ट्रक अनियन्त्रित भएर पल्टिएको ईलाका प्रहरी कार्यालय नवलपुरले जनाएको...
ललितपुर, २२ पुस– जिल्ला शिक्षा कार्यालय ललितपुरले न्युन विद्यार्थी संख्या भएका र भौगोलिक रुपमा विकट स्थानमा रहेका २४ विद्यालयलाई गाभ्ने प्रक्रिया सुरु गरेको छ । गत वर्ष जम्मा तीन विद्यालयलाई मात्र गाभिएको थियो भने यस वर्ष २४ विद्यालयलाई गाभ्नका लागि जिल्ला शिक्षा कार्यालयले विद्यालयलाई...
मोरङ, २२ पुस– प्राथमिक स्वास्थ्य केन्द्र झुर्कियाको आधुनिक बहिरंग भवनको एक समारोहबीच स्वास्थ्यमन्त्री खगराज अधिकारीले सोमबार शिलान्यास गरे । सहरी विकास तथा भवन निर्माण विभागको रु ५ करोड ६५ लाखको लागतमा २५ शैयााको भवन निर्माण गर्न लागिएको हो । कन्काई इन्टरनेसनल विल्डर्स प्रालिले ठेक्का...
रौतहट, २२ पुस– हस्यकलाकार मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यले सोमबार रौतहटमा शीतलहरबाट पीडित दलित, विपन्न अवस्थामा रहेका सय घरपरिवारलाई न्यानो कपडा वितरण गरेका छन् । कलाकारद्वयले विभिन्न सञ्चारमाध्यममा रौतहटका सर्वसाधारण प्रभावित भएको भन्ने खबर पाएपछि थोरै भए पनि सहयोग गर्न पाउँदा खुसी लागेको बताए...
दि बैंकर म्यागेजिनले सोमबार पूर्वअर्थमन्त्री रामशरण महतलाई विश्वकै उतकृष्ट अर्थमन्त्री घोषित गरेपछि सामाजिक संजालमा विभिन्न प्रतिक्रिया आएका छन् । धेरैजसो सामाजिक संजाल ट्वीटर र फेसबुक प्रयोगकर्ताले महतको विषयमा टिका टिप्पणी गर्दै यसविषयलाई कजाक बनाएका छन् । भने कतिपयले उनलाई धन्यावाद दिँदै सकारात्मक टिप्पणी गरेका...
काठमाण्डु, २१ पुस– संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले नया“ संविधानमा महिलाका अधिकार संस्थागत गर्न आ–आफ्ना पार्टी नेतृत्वको ध्यानाकर्षण गराउन अन्तरपार्टी महिला सञ्जाललाई आग्रह गरेका छन् । नयाँ संविधानमा महिलाको अधिकार संस्थागत हुनुपर्ने मागसहित ध्यानाकर्षण गराउन पुगेको अन्तरपार्टी महिला सञ्जालको प्रतिनिधि...
काठमाण्डु, २१ पुस– एमाले सविच योगेश भट्टराईले माघ ८ गते नै संविधान जारी हुने दाबी गरे । उनले संविधानसँगै एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुने पनि ठोकुवा गरे । सचिव भट्टराईले सहमति हुन नसके प्रक्रियाबाट संविधान जारी हुने भन्दै सभामुखको प्रस्तावलाई गलत रुपमा नबुझ्न...
काठमाण्डु, २१ पुस– सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले सञ्चारकर्मीहरुलाई आफू मन्त्री हुन्जेल आन्दोलन नगर्न आग्रह गरेका छन् । नेपाल पत्रकार महासङ्घले आफ्ना विभिन्न मागलाई तुरुन्त कार्यान्वयनमा ल्याउन भनेपछि रिजालले यस्तो आग्रह गरेका हुन् । मन्त्री रिजाललाई महासङ्घका अध्यक्ष महेन्द्र विष्टसहितको प्रतिनिधिमण्डलले सञ्चार मन्त्रालयमा सोमबार...
काठमाण्डु, २१ पुस– आफै सरकारमा बसेको नेकपा एमालेले डडेलधुरामा भएको आगलागीबाट पीडित हुनेलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । एमाले सचिव पृथ्वी सुब्बा गुरुङले सोमबार विज्ञप्ती जारी गर्दै आगलागीको घटनाबाट पीडित जनतालाई तत्कालीन र दीर्घकालीन राहतको व्यवस्था गर्न नेपाल सरकारसँग माग गरेको...
काठमाण्डु, २१ पुस– व्यवस्थापिका–संसद्अन्तर्गतको विकास समितिले चीनको रेल सञ्जालसँग नेपाललाई जोड्न रसुवा–केरुङको सम्भाव्य रेल लाइनको तत्काल विस्तृत अध्ययन गरी काम अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकमा नेपालमा रेल्वे यातायातको विकासको संभावना, देशको समग्र आर्थिक विकास एवम् भौतिक...