समाचार

हतियार सहित मोष्टवान्टेड पक्राउ

२०७० मंसिर १३ गते ५:४९

बाँके, १३ मंसिर–प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका तराई जनतान्त्रिक पार्टी मधेशका पश्चिम कमाण्ड प्रमुख सिकन्दर अलि खाँ र सलिम खाँ पक्राउ परेका छन् । अर्जुन सिंह भनिने मुकेश चौधरी नेतृत्वको समूहका सदस्य रहेका उनीहरुलाई प्रहरीले बुधबार राति हतियार र गोलि सहित बाँकेको नेपाल–भारत सीमा...

प्रधानाध्यापकमाथि छुरा प्रहार

२०७० मंसिर १३ गते ५:१३

नेपालगन्ज, १३ मंसिर–बाँकेको नेपालगन्जस्थित महेन्द्र नमुना उच्च माविका प्रधानाध्यापक दिलीपकुमार शाहलाई एक विद्यार्थीले छुरा हानेर घाइते बनाएका छन् । सोही विद्यालयमा अध्ययनरत रोशन परियारले शाहमाथि छुरा प्रहार गरेको वडा प्रहरी कार्यालयले जनाएको छ । छुरा प्रहारबाट घाइते प्रधानाध्यापक शाहको स्थानीय नेपालगन्ज शिक्षण अस्पतालमा उपचार...

प्रचण्ड भारत प्रस्थान

२०७० मंसिर १३ गते ४:३२

काठमाण्डु, १३ मंसिर–एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विहीबार भारत गएका छन् । उनी बिहान १० बजे एयर इण्डियाको जहाजमार्फत् नयाँदिल्ली प्रस्थान गरेका हुन् । प्रचण्ड क्यान्सर पीडित जेठी छोरी ज्ञानु दाहाललाई भेट्न भारत गएका हुन् । लामो समयदेखि क्यान्सरबाट पीडित ज्ञानुको दिल्लीस्थित...

जनअधिकार फेरि सामन्तको हातमाः सापकोटा

२०७० मंसिर १३ गते ४:१९

सिन्धुपाल्चोक, १३ मंसिर– एकीकृत माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले आउन लागेको जनताको अधिकार पुनः सामन्तवादको हातमा पुगेको ठोकुवा गरेको छ । देशैभरी आफ्नो पार्टीका उम्मेदवार हराउन देशी–विदेशी शक्ति लागिपरेको दोहोर्‍याउँदै भयानक पराजयले माहान विजयको ढोका खुल्ने उनले दावी गरे । सिन्धुपाल्चोक–२ बाट संविधानसभा सदस्यमा निर्वाचित...

म्यादी प्रहरीले उपचार पाएनन्

२०७० मंसिर १३ गते ४:०१

कञ्चनपुर, १३ मंसिर–निर्वाचनमा सुरक्षा दिन खटिएका एक म्यादी प्रहरी उपचारबाट वञ्चित भएका छन् । कञ्चनपुरबाट बैतडी खटिएका भीमदत्त नगरपालिका–७ हल्दुखालका म्यादी प्रहरी राजेन्द्र चन्द बैतडीको दशरथ चन्द नगरपालिका सुन्दरखालीस्थित दशरथ उच्च माविमा ड्युटीमा खटिएका बेला दुईतलाबाट खसेका थिए । दुईतलाबाट खस्दा चन्दको अघिल्तिरका तीनवटा...

जोताहामुखी भूमिसुधारका पक्षमा संबिधान लेख्न माग

२०७० मंसिर १३ गते ३:३०

कञ्चनपुर, १३ मङ्सिर–राष्ट्रिय भूमि अधिकार मञ्च कञ्चनपुरले अब बन्ने नयाँ संविधानमा जोताहामुखी भूमिअधिकारको प्रत्याभूति गर्नुपर्नेमा जोड दिएको छ । मञ्चले भूमिहीन किसान, सुकुम्वासी, बाढीपीडित, ऐलानी, आरक्षपीडित, गरिब, दलित, महिला, हलिया, कमैया, लोपोन्मुख जातिलगायतको माग सम्बोधन हुने गरी नयाँ बन्ने संविधानमा व्यवस्था गर्न यहाँका विजयी...

आज राष्ट्रिय क्षयरोग दिवस

२०७० मंसिर १३ गते ३:०९

काठमाण्डु, १३ मंसिर– ‘क्षयरोग मुक्त समाज, सबैका लागि जीबन’ भन्ने नाराकासाथ ६० औं राष्ट्रिय क्षयरोग दिवस विहीबार नेपालमा बिभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपाल क्षयरोग निवारण संस्था स्थापना भएको दिनको सम्झनामा हरेक बर्ष मंसिर १३ गते राष्ट्रिय क्षयरोग दिवस मनाउने गरिन्छ । क्षयरोग...

बसको ठक्करबाट एकजनाको मृत्यु

२०७० मंसिर १३ गते २:५६

काठमाण्डु, १३ मंसिर– काठमाण्डुको कलंकीमा बसले मोटरसाइकललाई ठक्कर दिदा एकजनाको मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् । बा २२ प ४१०२ नम्बरको मोटरसाइकललाई लु १ ख ८००३ नम्बरको बसले गएराती ठक्कर दिदा मोटरसाइकलको पछाडि बसेका नुवाकोटका २५ बर्षीय दीपेन्द्र अधिकारीको...

गोरखा र चितवनमा भैंसी आतंक

२०७० मंसिर १३ गते २:१२

गोरखा, १३ मंसिर–रोगी भैंसीको मासु खाँदा गोरखा र चितवनका गाउँले आतङ्कित भएका छन् । चितवनको दारेचोक–७ स्थित कुरिनघाटमा रहेको साही सप्लायर्सले यही मंसिर ३ गते रेबिज रोग लागेको शंका गरिएको भैंसी काटेर मासु बेचबिखन गरेको भन्दै मासु प्रयोग गर्ने आम जनसमुदायमा त्रास फैलिएको हो...

शान्ति र संविधानप्रति प्रतिबद्ध छौं : विष्टमगर

२०७० मंसिर १३ गते २:०७

बाबियाचौर, १३ मंसिर–एकीकृत नेकपा माओवादी मगराँत राज्य समिति इन्चार्ज लोकेन्द्र विष्टमगरले आफ्नो पार्टी शान्ति र संविधान निर्माणमा प्रतिबद्ध रहेको बताएका छन् । संविधानसभा निर्वाचनमा म्याग्दी जिल्लामा उम्मेदवार बनी पराजित भएका नेता विष्टले राज्य समितिको तर्फबाट प्रेस विज्ञप्ति जारी गर्दै आफूहरु शान्ति र संविधान निर्माणमा...

राष्ट्रपति राख्ने र हटाउनेबारे एमालेभित्र विवाद

२०७० मंसिर १२ गते १७:२०

काठमाण्डु १२ मंसिर-संविधानसभाको दोस्रो निर्वाचन परिणामले दोस्रो पार्टी बनेको एमाले भित्र वर्तमान राष्ट्रपति कायम राख्ने वा हटाएर नयाँ ल्याउने भन्नेमा तीव्र विवाद देखिन थालेको छ । एमाले उपाध्यक्ष बामदेव गौतमले बर्तमान राष्ट्रपति रामवरण यादवलाई हटाएर ताजा जनादेशका आधारमा नयाँ राष्ट्रपति चयन गर्नुपर्ने धारणा व्यक्त...

नीलकण्ठले देखाए अदालतको बाटो

२०७० मंसिर १२ गते १३:०८

काठमाण्डु, १२ मंसिर– प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले निर्वाचनमा धाँधली भएको भए संविधानसभा निर्वाचन अदालतमा जान सुझाव दिएका छन् । एमाओवादी नेतृत्वको संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले संविधानसभाको निर्वाचन धाँधलीपूर्ण भएको भन्दै ज्ञापनपत्र बुझाउने क्रममा उप्रेती अदालत जान भनेका हुन् । ज्ञापनपत्र बुझाउन एमाओवादी अध्यक्ष...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us