कपिलवस्तु, २३ पुस– लगाताररुपमा परेको तीनदिने वर्Èाको कारणले कपिलवस्तुमा तयारी अवस्थामा रहेका तीन करोडभन्दा बढीका काचा इँटा नष्ट भएका छन् । जिल्लाभरका ४७ वटा इ“टाभट्टामा बनाइएका का“चा इ“टा नष्ट भएको इँटा व्यवसायी सङ्घ कपिलवस्तुले जनाएको छ । इँटा व्यवसायी सङ्घका जिल्ला अध्यक्ष सफर मियाले...
काठमाण्डु, २३ पुस– एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले दोस्रो संविधानसभा पनि पहिलेकै निरन्तरता भएको दाबी गरेका छन् । उनले यसले पनि पहिलेका सहमतिलाई निरन्तरता दिनुपर्ने बताए । उनले नैतिक कारणले पनि आफूले संविधान ल्याउनमा भूमिका खेल्नुपर्ने बताएका छन् । ‘प्रचण्डका कारणले संविधान आउँदैन भन्ने बाहिर...
काठमाण्डु, २३ पुस– नुवाकोटमा बास माग्न गएर बालिका अपहरण गर्ने व्यक्तिले २० हजार पैसाका लागि आफू अपहरणमा संलग्न भएको बताएका छन् । रसुवाका शंकर नेपालीले आइतबार तुप्चेका रामजी पुडासैनीकी चार वर्षीया छोरी अपहरण गरेका थिए । नेपालीले प्रहरीलाई अरु कसैलाई बालिका बुझाउने र २०...
दार्चुला, २३ पुस– माथिल्लो दार्चुलाका एक दर्जन गाविसमा हिमपातसँगै अत्यधिक चिसो बढ्न थालेपछि स्थानीयवासी बेंसी झर्न थालेका छन् । गत साता चार दिन परेको भारी हिमपातपछि बढेको चिसोले जनजीवन कष्टकर बनेपछि यहाँका एरकोटे, घुसा, खण्डेश्वरी, राप्ला, सुन्सेरा, सिप्टी, व्यासलगायतका माथिल्ला भेग तथा कैलाश मानसरोवर...
कैलाली, २३ पुस– कैलाली जिल्लाको मध्य क्षेत्रमा रहेको दोदोधारा गाउँ विकास समितिको कार्यालयमा अज्ञात समूहले तोडफोड गरेको छ । प्राप्त समाचारअनुसार मङ्गलबार राति अज्ञात समूहले कार्यालयको ढोका र दराजमा तोडफोड गर्नुका साथै दराजमा रहेका महत्वपूर्ण कागजात कोठामै छरपस्ट फ्याँकेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय...
काठमाण्डु, २३ पुस– माघ ८ भित्रै संविधान जारी गर्ने सहमतिका लागि भन्दै कांग्रेस–एमालेले तत्काल संघीयताको मुद्दा थाँती राख्ने प्रस्ताव अघि सारेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख दलहरुको शीर्ष बैठकमा सत्तारुढ दलले संघीयता बाहेकको शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीका विषयमा लचकता...
झापा, २३ पुस– एक बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका बावुछोरालाई जेल चलान गरिएको छ । चौध वर्षीय बालिकालाई यौन शोषणको आरोपमा पक्राउ परेका ती दुइलाई जिल्ला अदालत झापाले पुर्पक्षकालागि थुनामा राख्ने आदेश दिएको हो । यसरी थुनामा पर्नेहरुमा भद्रपुर १० का ७० वर्षीय...
दाङ, २३ पुस- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीको राष्ट्रिय सम्मेलन आजदेखि तुलसीपुरमा सुरु हुँदैछ । एक सिनेमा हलमा तीन दिनसम्म चल्ने सम्मेलनको संयोजक चन्दले उद्घाटन गर्नेछन् । सम्मेलनले पार्टीको भावी कार्यदिशा तय गर्ने प्रवक्ता खड्गबहादुर विकले जानकारी दिए । सम्मेलनमा देशभरबाट...
काठमाण्डु, २२ पुस संविधानका विवादित विषयमा सहमति खोज्न भन्दै मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन दल र मधेसी मोर्चाका शीर्ष नेताको बैठक बिनानिष्कर्ष सकिएको छ । बुधबार निर्णायक छलफल गर्ने सहमतिका साथ बैठक सकिएको नेताहरुले बताएका छन् । बैठकमा प्रधानमन्त्री सुशील कोइरालाले अघि...
रोल्पा, २२ पुस- नेकपा-माओवादीका महासचिव रामबहादुर थापा बादलले हतियार उठाउँदैमा कोही पनि क्रान्तिकारी नहुने टिप्पणी गरेका छन् । रोल्पा सदरमुकाममा मंगलबार भएको पत्रकार भेटघाटमा उनले पार्टीबाट अलग भएका नेत्रविक्रम चन्द विप्लवप्रति कडा रुपमा प्रस्तुत भए । उनले विप्लवमाथि महत्वाकांक्षी र दक्षिणपन्थी खोल ओढेको उग्रवामपन्थीको...
बागलुङ, २२ पुस- काँग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडुले तोकिएकै मिति माघ ८ मा संविधान जारी गर्न तयार भए एमाओवादी अध्यक्ष प्रचण्डलाई राष्ट्रपति दिन तयार रहेको बताएका छन् । प्रेस युनियन बागलुङले मंगलबार गरेको पत्रकार भेटघाटमा प्रवक्ता बडुले लेनदेनमा संविधान जारी गर्न तयार भए प्रचण्डलाई राष्ट्रपति...
नुवाकोट, २२ पुस– नुवाकोटमा एक युवकले बास माग्ने बहानामा नाबालिका अपहरण गरेका छन् । रसुवा ठुलोगाउँका १८ वर्षीय शंकर नेपालीले तुप्चे–२ अक्करेका रामजी पुडासैनीकी चार वर्षीया छोरी श्रृष्टिको अपहरण गरेका हुन् । उनले आइतबार राति बालिका अपहरण गरेका थिए । पाहुनासँगै छोरी हराएपछि बालिकाकी आमा सुशीलाले गाउँलेसँग हारगुहार...