समाचार

सूचनाको हकका लागि पहलकदमीमा जोड

२०७० मंसिर १४ गते १२:२४

ललितपुर, १४ मंसिर– सूचना तथा सञ्चार मन्त्री माधव पौडेलले सूचनाको हकको लागि नागरिक सचेतना आवश्यक पर्ने बताउँदै त्यसका लागि सरकारलगायत सरोकारवाला पक्षले पहल गर्नुपर्नेमा जोड दिएका छन् । मन्त्री पौडेलले मुलुकमा राजनीतिक निकासको वातावरण सिर्जना भइसकेकाले अब बन्ने सरकारले सञ्चार क्षेत्रलाई थप गतिशील तुल्याउने...

कमल थापाले भनेः राष्ट्रपति फेर्नुपर्छ

२०७० मंसिर १४ गते १०:५७

काठमाण्डु, १४ मंसिर– संविधानसभा निर्वाचनपछि चौथो राजनीतिक शक्ति बनेको राप्रपा नेपालका अध्यक्ष कमल थापाले नयाँ निर्वाचनको जनादेश अनुसार संवैधानिक पद र अन्य सरकारी अंगहरुको नियुक्ति नयाँ गरिनुपर्ने बताएका छन् । राष्ट्रपति, उपराष्ट्रपति लगायतका पदमा नयाँ संविधानसभाले परिवर्तन गर्नुपर्ने भन्दै राप्रपा नेपाल राष्ट्रपति फेर्ने पक्षमा...

एसएलसीको रुटिनसँगै परीक्षा नियन्त्रकमा आए द्वारे

२०७० मंसिर १४ गते १०:१५

काठामाण्डु, १४ मंसिर– शिक्षा मन्त्रालयले परीक्षा नियन्त्रक कार्यालय, सानोठिमीको नियन्त्रकमा सहसचिव विष्णुबहादुर द्वारेलाई नियुक्त गरेको छ । यसअघिका नियन्त्रक खगराज बराल शिक्षा मन्त्रालयमा सरुवा भएका छन् । बिहीबार बसेको परीक्षा नियन्त्रण बोर्डको बैठकले यस वर्षको प्रवेशिका परीक्षाका आगामी चैत ६ गतेदेखि हुने निर्णय गरेपछि...

हावा र हात्तीले पुर्‍याए स्कुललाई चउरमा

२०७० मंसिर १४ गते १०:१४

सप्तरी, १४ मंसिर– हावाहुरीले विद्यालयको छाना लडाएपछि र हात्तीले विद्यालय भत्काएपछि सप्तरीको एक ग्रामीण भेगको विद्यालयका बालबालिका डेढ वर्षदेखि चौरमा बसेर पढ्न बाध्य छन् । विद्यालय भवनको अभावमा कमलपुर गाविस–४ मलाहा टोलमा रहेको राष्ट्रिय प्राथमिक विद्यालयमा अध्ययन गर्ने बालबालिका डेढ वर्षदेखि चौरमा बसेर पढ्न...

मनोरञ्जन थलोका कारण काभ्रेमा एचआइभी फैलिँदै

२०७० मंसिर १४ गते १०:०२

बनेपा, १४ मंसिर । विदेश गएका श्रीमानसँगको यौन सम्पर्क र यौनकर्मीसँग भएको यौन सम्बन्धका कारण काभ्रेमा एचआइभी सङ्क्रमित बढ्दै गएका छन् । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. अर्जुन सापकोटाका अनुसार गत वर्ष २२८ जनामा एचआइभी सङ्क्रमित रहेको काभ्रेमा अहिले २५ जना बढेर २५३...

राष्ट्रपतिबारे काँग्रेस-एमालेका नेताबीच विवाद

२०७० मंसिर १४ गते ९:१२

काठमाण्डु, १४ मंसिर– नेकपा एमालेका सचिव शंकर पोखरेलले अहिलेकै राष्ट्रपतिलाई निरन्तरता दिने भए पनि फ्रेस म्याण्डेड अनुसार चल्नुपर्ने बताएका छन् । निर्वाचनले फ्रेस म्याण्डेड दिएको भन्दै राष्ट्रपतिको विषयलाई पनि सोही अनुसार टुङग्याउनु पर्ने उनले बताएका हुन् । नेता पोखरेलले भने, ‘नयाँ राष्ट्रपति बनाउने वा...

दुवै माओवादी साथमा लिनुपर्छः नेपाल

२०७० मंसिर १४ गते ९:०८

पर्सा, १४ मंसिर । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले दुवै माओवादी र मधेसवादी दलहरुलाई पनि साथमा लिएर एक वर्षभित्र संविधान जारी गर्नुपर्ने बताएका छन् । एमाले पर्साले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले काँग्रेस र एमालेलाई जनताले सँगै मिलेर जान मत दिएका कारण...

पशुपतिको महास्नान घर सङ्ग्रहालय बन्दै

२०७० मंसिर १४ गते ७:२९

काठमाण्डु, १४ मंसिर– पशुपति क्षेत्र विकास कोषले चाँडै पशुपति सङ्ग्रहालय सञ्चालन गर्ने भएको छ । करिब दश हजार वर्गफिटको क्षेत्रफलमा फैलिने सङ्ग्रहालयमा पशुपतिनाथको उद्भवसम्बन्धी कथाप्रसङ्गका भित्तेचित्र, सो क्षेत्रमा असरल्ल परेका विभिन्न प्रस्तर तथा काष्ठकलासम्बन्धी मूर्ति र वृत्तचित्रसमेत राखिने कोषका सदस्यसचिव डा. गोविन्द टन्डनले जानकारी...

संविधान जारी नभएसम्म राष्ट्रपति फेरिंदैन: सिटौला

२०७० मंसिर १४ गते ७:११

झापा, १४ मंसिर– कांग्रेस महामन्त्री कृष्ण सिटौलाले नयाँ संविधान जारी नभएसम्म रामवरण यादव नै राष्ट्रपति कायम रहने बताएका छन् । संविधानसभा निर्वाचनमा झापा–१ बाट विजयी भएका सिटौलाले मतदातालाई धन्यवाद दिन जिल्लाको जलथल गाविस पुगेका बेला सञ्चारकर्मीसँग यस्तो बताएका हुन् । संविधानसभाबाट नयाँ संविधान जारी...

नेताहरुले पारिश्रमिकबाट बालबालिका पढाउने

२०७० मंसिर १४ गते ४:५५

गुल्मी, १४ मंसिर–गुल्मीका दुई पार्टीका केन्द्रीय सदस्यले शिक्षाको उज्यालोबाट वञ्चित बालबालिकालाई पढाउन आफ्नो पारिश्रमिक खर्चिने बताएका छन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी र एकीकृत नेकपा (माओवादी)का केन्द्रीय सदस्य बामदेव क्षेत्रीले आफ्नो पारिश्रमिक बालबालिका पढाउनमा खर्च गरिने प्रतिबद्धता जनाएका हुन् । नेपाली काँग्रेसका...

यस वर्षको एसएलसी चैत ६ देखि

२०७० मंसिर १४ गते ४:३९

काठमाण्डु, १४ मंसिर – यस वर्षको एसएलसी परिक्षा चैतको ६ गतेदेखि हुने भएको छ । एसएलसी परिक्षा बोर्डको बैठकले चैतको ६ गतेदेखि १४ गतेसम्म परिक्षा सन्चालन गर्ने निर्णय गरेको हो । गत वर्ष चैतको १ गतेबाट परिक्षा भएको थियो । एसएलसीलाई उच्च शिक्षा अध्ययनको...

शल्य चिकित्सा सम्मेलनमा नेपाली कार्यपत्र

२०७० मंसिर १४ गते ३:२६

काठमाण्डु, १४ मंसिर–काठमाण्डुमा जारी सार्क क्षेत्रका शल्य चिकित्सकहरुको सम्मेलनमा शुक्रबार बिभिन्न बैज्ञानिक कार्यपत्रहरुमाथि छलफल भैरहेको छ । नेपालका तर्फबाट डा. उपेन्द्र देवकोटाले ब्रेन डेथका बारेमा र डा. सुनिल शर्माले पेङ्क्रियाजका बारेमा कार्यपत्र प्रस्तुत भएको नेपाल शल्य चिकित्सक समाजका महासचिव प्रा.डा. रामेश्वर पोख्रेलले जानकारी दिए...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us