समाचार

ओली अघिअघि, कांग्रेस पछिपछि

२०७१ पुष २४ गते ५:५२

काडमाण्डु, २४ पुस– एमाले अध्यक्ष केपी शर्मा ओलीको संघीयतासम्बन्धी मान्यतामा कांग्रेसले पनि विमति नराख्ने देखिएको छ । संघीयताका सम्बन्धमा पूर्वका झापा, मोरङ र सुनसरी तथा सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लालाई पहाडी क्षेत्रसँगै जोड्नुपर्ने एमाले अध्यक्ष ओलीको  सार्वजनिक अडानमा नेपाली कांग्रेस उभिएको हो । संघीय प्रदेशहरुलाई पहिचानका...

आमाको पक्षमा संविधानसभाबाहिर प्रदर्शन

२०७१ पुष २४ गते ५:३३

काठमाण्डु, २४ पुस– नयाँ संविधानमा आमाको नामबाट पनि नागरिकता पाउने व्यवस्था गर्न माग गर्दै बिहीबार बिहान प्रदर्शन गरिएको छ । संविधानसभा भवन रहेको नयाँ बानेश्वरस्थित सडकमा बिहान अधिकारकर्मीहरुले एक घण्टा सिठी जुलुस निकालेका हुन् । नयाँ संविधानका लागि तयार पारिएको मस्यौदामा वंशजका आधारमा नागरिकता...

बालिका बलात्कार गर्नेलाई १० वर्ष कैद

२०७१ पुष २४ गते ५:१८

राजविराज, २४ पुस– पुनरावेदन अदालत सप्तरीले नाैँ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै कञ्चनपुर गाविस ९ का हरेन्द्र देवलाई १० वर्र्षको कैद र ७५ हजार जरिवानाको फैसला सुनाएको छ । अदालतले जिल्ला अदालतको फैसलालाई आंशिक उल्टी गर्दै १० वर्र्ष कैद सजाय सुनाएको रजिस्ट्रार हरिशचन्द्र...

नौँ सय लाइसेन्समा प्वाल !

२०७१ पुष २४ गते ५:११

विराटनगर, २४ पुस– जिल्ला ट्राफिक कार्यालय मोरङले चालु आवको पाँच महिनामा नौँ सय बढी चालक अनुमतिपत्र (लाइसेन्स)मा प्वाल पारेको छ । मादक पदार्थ सेवन गरी सवारी चलाउनेको साउनदेखि नौँ सय सवारी चालक अनुमतिपत्रमा प्वाल पारिएको कार्यालयले जनाएको छ । सो कारबाहीबाट नौँ लाखभन्दा बढी...

कार्यान्वयन हुने खालको वन नीति बन्दै

२०७१ पुष २४ गते ४:०१

काठमाण्डु, २४ पुस– सरोकारवाला निकायको सुझाव लिएर मात्र वन नीतिको मस्यौदालाई अन्तिम रुप दिने वन तथा भू–संरक्षण मन्त्रालयले तयारी गरेको छ । ग्रिन मिडिया नेपाल र समुदायमा आधारित वन सहजकर्ता सञ्जालले मंंगललबार आयोजना गरेको ‘वन नीतिः निर्माण प्रक्रिया र वनका सवालहरु’ विषयक अन्तरसंवादमा वन...

खुकुरी प्रहार गरी गम्भीर घाइते बनाउनेलाई १० वर्ष जेल

२०७१ पुष २४ गते ३:३९

कञ्चनपुर, २४ पुस– कञ्चनपुरको बेल्डाँडीका बलदेव विष्टमाथि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएर फरार भएका जयबहादुर विष्ट ६ वर्षपछि पक्राउ परेका छन् । सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयको क्षेत्रीय अपराध अनुसन्धान टोलीले विष्टलाई पक्राउ गरेको हो । बेल्डाँडी बजारमा विष्टको नेतृत्वमा तीन जनाले २०६५ मा...

दुई ट्याक्टर वन कार्यालयको नियन्त्रणमा

२०७१ पुष २४ गते ३:२५

कैलाली, २४ पुस– कैलाली चुरे क्षेत्रबाट अवैध रुपमा ट्याक्टरमा ढुंगा लोड गरी ल्याइँदै गरेको अवस्थामा सेक्टर वन कार्यालय पहमानपुरले दुई वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । कैलालीको पहलमानपुरको निजकै सिमली खोलाबाट ढुंगा लोड गरी ल्याउँदै गरेको से१त ५२५६ र से१त ५९६० को ट्याक्टर सेक्टर...

नलसिंह गाड जलविद्युत् आयोजनाको काम सुरु

२०७१ पुष २४ गते ३:१८

जाजरकोट, २४ पुस–नलसिंह गाड जलविद्युत् आयोजनाले जग्गा अधिकरण कार्य सुरु गरेको छ । आयोजना विकास समितिले पहिलो चरणमा शिविर र पावर हाउस क्षेत्रको जग्गा अधिकरण गर्न लागेको हो । विंसं २०७० माघमा सरकारको सचिवस्तरको निर्णयअनुसार आयोजनाले जग्गा अधिकरणका लागि मुआब्जा वितरणबारे साताअघि सूचना प्रकाशन...

बालश्रम अन्त्य गर्ने अभिभावकलाई सहयोग

२०७१ पुष २४ गते ३:०१

नेपालगन्ज, २४ पुस– नेपालगन्ज नगरपालिकामा कार्यरत बालश्रमिकका अभिभावकलाई आयआर्जन कार्यक्रम सञ्चालनका लागि आवश्यक सामग्री उपलब्ध गराइएको छ । आयस्रोतको अभावमा आफ्ना बालबालिकालाई विद्यालय नपठाइ श्रममा लगाउने त्यस्ता परिवारका अभिभावकलाई रोजगार सञ्चालन गरी आफ्नो सन्तानलाई विद्यालय पठाउने उद्देश्यका साथ ती सामग्री उपलब्ध गराइएको हो ।...

गाउँमा सडक पुर्‍याउन मुठ्ठीदान अभियान सञ्चालन

२०७१ पुष २४ गते २:५१

म्याग्दी, २४ पुस– म्याग्दीको दुर्गम मराङ गाविसमा सडक सुविधा पुर्‍याउनका लागि स्थानीयवासीले मुठ्ठीदान अभियान सञ्चालन गरेका छन् । भौगोलिक रुपमा विकट र पहाडी ठाउँमा सडक निर्माणका लागि सरकारी निकायबाट पर्याप्त बजेट विनियोजन हुन नसकेपछि मुठ्ठीदान र चन्दा संंकलन अभियान सञ्चालन गरिएको हो । गाउँका...

घाइते खातुनको उपचारको क्रममा मृत्यु

२०७१ पुष २४ गते २:४२

रौतहट, २४ पुस– शीतलहर लागेको बेला घर अगाडि बालेको आगो ताप्ने क्रममा गम्भीर घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । जयनगर गाविस–९ बस्ने ६० वर्षीया मोतीया खातुनको उपचारको क्रममा बुधबार नेसनल मेडिकल कलेज वीरगन्जमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय...

अगाडिबाटै लड्न आउन काँग्रेस-एमालेलाई विप्लवको निम्तो

२०७१ पुष २३ गते १५:५३

दाङ, २३ पुस- नेत्रविक्रम चन्द विप्लव नेतृत्वमा नवगठित नेकपा माओवादीको प्रथम राष्ट्रिय सम्मेलन बुधबारबाट दाङको तुलसीपुरमा सुरु भएको छ । तुलसीपुरस्थित एक फिल्म हलमा सुरु सम्मेलनको चन्दले मसाल बालेर उदघाटन गरे । सम्मेलनको उदघाटन सत्रमा बोल्दै उनले आफूहरु राज्य सत्तामा सम्मानजनक हिस्सेदारीका लागि शान्ति...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us