समाचार

भारतबाट उद्धार गरिएका बालक अभिभावकको जिम्मा

२०७१ पुष २५ गते ५:५२

रौतहट, २५ पुस– भारतको विभिन्न सहरमा जोखिमपूर्ण काम गर्दै आएका १५ जना बालकलाई जिल्ला बालकल्याण समिति रौतहटले उद्धार गरी अभिभावकको जिम्मा लगाएको छ । भारतको ब्याङ्लोर सहरमा रहेको ब्याग बनाउने कारखाना र मुम्बईका विभिन्न कारखानामा जोखिमपूर्ण काम गरिरहेका १० देखि १५ वर्ष उमेरका बालकलाई...

नेकपा–माओवादीले गर्‍यो पूर्वाञ्चल बन्द

२०७१ पुष २५ गते ३:३४

सिरहा, २५ पुस– मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले बिहीबार पूर्वाञ्चल बन्द गराएको छ । संविधानसभाबाट आउने संविधानले सबैको प्रतिनिधित्व नगर्ने र त्यसका लागि सर्बपक्षीय गोलमेच सम्मेलन गर्नुपर्ने भन्दै माओवादीले बिहीबार पूर्वाञ्चल बन्दको आह्वान गरेको हो । बन्दका कारण पूर्वको जनजीवन प्रभावित बनेको छ । बिहानैबाट...

सूचना आयोगका प्रमुख आयुक्तमा बाँस्कोटा

२०७१ पुष २५ गते ३:०९

काठमाण्डु, २५ पुस– सरकारले राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा पूर्वसचिव कृष्णहरि बाँस्कोटालाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले लामो समयदेखि रिक्त आयोगका आयुक्तमा किरणकुमार पोखरेल र यशोदादेवी तिम्सिनालाई नियुक्त गर्ने निर्णय गरेको हो । सभामुख सुवास नेम्वाङको संयोजकत्वमा रहेको छनोट समितिको सिफारिसका...

रुख ढाल्ने क्रममा च्यापिएर युवकको मृत्यु

२०७१ पुष २५ गते २:५८

अछाम, २५ पुस–मंगलसेन नगरपालिका– २ कुन्तीवण्डाली मिस्तुर निवासी–१५ वर्षीय युवक वीरेन्द्र बोगटीको रुखले च्यापिएर बिहीबार मृत्यु भएको छ । माघेसंक्रान्तिका लागि ताप्ने मुढा काट्न भन्दै घर नजिकैको तिखाडा वनमा रुरुख ढाल्न गएका उनीको रुखले च्यापिएर घटनास्थलमै मृत्यु भएको  आफन्तले बताएका छन् । मृतक बालक खम्म...

खाना पकाउने ग्यासबाट आगलागी हुँदा एक महिलाको मृत्यु

२०७१ पुष २५ गते २:४६

पर्सा, २५ पुस– खाना पकाउने ग्यास सिलिन्डरबाट भएको आगलागीमा परी एक महिलाको मृत्यु भएको छ । पर्साको बहुवरीपिडरी–१ निवासी लालबाबु रौनियारकी ३१ वर्षीया श्रीमती ज्ञावतीदेवी रौनियारको बिहीबार ग्यासबाट अगलागी हुँदा मृत्यु भएको हो । ग्यास खुल्लै छोडीएको र पूजाका लागि सलाई कोर्दा ग्यास सल्किइ...

सशस्त्र प्रहरीद्वारा ३५ किलो सुपारी बरामद

२०७१ पुष २५ गते २:३८

इनरुवा, २५ पुस– सशस्त्र प्रहरीले भारततर्फ लाँदै गरेको ३५ केजी सुपारी सुनसरीको सीमावर्ती क्षेत्र घुस्की नाकाबाट बिहीबार साँझ बरामद गरेको छ । जिल्लाको घुस्की हुँदै घुर्ना बस्मतीया लाने क्रममा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सुनसरीको टोलीले सो सुपारी बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक...

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला फागुनमा हुने

२०७१ पुष २४ गते १३:०१

काठमाण्डु, २४ पुस– नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजनामा आगामी फागुन २८ देखि चैत २ गतेसम्म राजधानीको भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने भएको छ । नेपाल सरकार, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा विभिन्न जिल्लाका उद्योग वाणिज्य सङ्घ एवम्...

विद्यार्थी संगठन र त्रिवि प्रशासनबीच तत्काल सेमेस्टरमा नजाने सहमति

२०७१ पुष २४ गते १२:५३

काठमाण्डु, २४ पुस– आन्दोलनरत तीन प्रमुख विद्यार्थी संगठन र त्रिभुवन विश्वविद्यालयबीच केन्द्रीय क्ययाम्पस बाहेक उपत्यकाका अन्य क्याम्पसमा तत्काल सेमेस्टर प्रणाली लागू नगर्ने समझदारी भएको छ । बिहीबार विद्यार्थी संगठनका नेता र भिसी तथा रेक्टरबीच भएको वार्ता यस्तो निर्णयमा पुगेको हो । भौतिक पूर्वाधार पूरा नभएको,...

विवादित विषय फेरि बाबुरामकै समितिमा फर्काइने

२०७१ पुष २४ गते १२:४०

काठमाण्डु, २४ पुस– संविधानका मुख्य विवादित विषयलाई  सर्तसहित डा. बाबुराम भट्टराई सभापति रहेको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा पुनः पठाउने बारेमा प्रमुख तीन दल सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको प्रमुख दलहरु नेपाली काँग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादीको बैठकले सहमति नभए प्रक्रियामा...

कृषि क्षेत्रको द्रुत विकासका लागि इजरायलले सघाउने

२०७१ पुष २४ गते १२:२०

काठमाण्डु, २४ पुस– कृषि प्रविधिमा विश्वभर प्रसिद्धि कमाएको इजरायलले नेपालको कृषि क्षेत्रको द्रुत विकासका लागि प्रविधि हस्तान्तरणलगायत माध्यमबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । नेपालको दुईदिने औपचारिक भ्रमणमा रहेका इजरायलका कृषि तथा ग्रामीण विकासमन्त्री याइर समिरले कृषि विकास मन्त्रालयमा भएको नेपाल–इजरायल मन्त्रिस्तरीय...

हतारहतार भारतीय राजदूतलाई घरमै बोलाए ओलीले

२०७१ पुष २४ गते १२:१७

काठमाण्डु, २२ पुस– एमाले अध्यक्ष केपी शर्मा ओलीले भारतीय राजदूत रणजीत रेलाई निजी निवासमा बोलाएर छलफल गरेका छन् । बुधबार मधेसी मोर्चाका नेताहरुलाई अपमानपूर्ण अभिव्यक्ति दिएपछि विवादमा परेका ओलीले बिहीबारको बालुवाटार बैठकमा आफूले माफी नमाग्ने अड्डी लिएका थिए । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई...

मधेसी मोर्चासँग आत्मालोचना नगर्ने ओलीको अड्डी

२०७१ पुष २४ गते १२:१५

काठमाण्डु, २४ पुस– मधेसी नेताहरुलाई होच्याएको आरोप खेपिरहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले माफी नमाग्ने अड्डी लिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार सद्भावना पार्टीका अध्यक्षलाई ‘युपी र विहार पनि मधेससँग जोड्न’ भन्दै गरेको टिप्पणीलाई लिएर मधेसी मोर्चाले आपत्ति जनाएको थियो । अध्यक्ष ओलीले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us