काठमाण्डु, २६ पुस– तराई मधेस राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ता र नेकपा (नेकपा माओवादी) का संयोजक मातृका यादव नेतृत्वको संयुक्त मधेसी राष्ट्रिय आन्दोन समितिबीच सहकार्य हुने भएको छ । राजधानीमा शनिबार संयुक्त पत्रकार सम्मेलन गरी गुप्ता र यादवले सहकार्यको घोषणा गरेका हुन् । पत्रकार...
गोरखा, २६ पुस– संवैधानिक–राजनीतिक तथा संवाद समितिका सभापति डा बाबुराम भट्टराईले ठूला दलका शीर्ष नेताहरु जिम्मेवार भएर वार्तामा प्रस्तुत भएकाले केही दिनभित्र सहमति जुट्ने बताएका छन् । विवादित विषयमा शुक्रबारदेखि नै शीर्ष दलका नेताहरुसँग छलफल सुरु गरेको भन्दै डा भट्टराईले शीर्ष नेता सकारात्मक तवरले...
विराटनगर, २६ पुस– मोरङको रिजाल ग्यास उद्योगको सिलिन्डरमा कम तौल पाइएपछिस्थानीय प्रशासनले बिक्री वितरणमा रोक लगाएको छ । जिल्ला प्रशासन, वाणिज्य र गुणस्तर तथा नापतौल कार्यालयका प्रनिनिधि सम्मिलित टोलीले शुक्रबार उद्योगमा रहेका अधिकांश त्यस्ता सिलिन्डरमा सिल गरेको हो । जिल्लास्थित वाणिज्य कार्यालयले बिहीबार...
रसुवा, २६ पुस– प्रहरीले सङ्कलन गरेको सवारी चालक इजाजत पत्रको परीक्षणबाट सयौँं चालक नक्कली भेटिएका छन् । प्रहरीको सार्वजनिकसुनुवाइ र जिविसको नागरिक सुनुवाइ कार्यक्रममा नेपाल प्रहरी रसुवाले सार्वजनिक गरेको कार्यक्रममा सय बढी सवारी चालक इजाजत अनुमतिपत्र अभिलेखमै नभेटिएको जिल्ला प्रहरी प्रमुख प्रवीण पोखरेले जानकारी...
काठमाण्डु, २६ पुस– संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाभित्र एमाले सहभागी बैठकमा जाने/नजानेबारे विवाद देखिएको छ । प्रधानमन्त्री सुशील कोइरालाले संविधानका विवादित विषयमा छलफल गर्न शनिबार बालुवाटारमा बोलाएको चार पक्षका शीर्ष नेताको बैठकमा जाने वा नजाने भन्नेबारे मत बाझिएको हो । स्रोतका अनुसार मोर्चा संयोजकसमेत रहेका...
काठमाण्डु, २६ पुस– नेकपा– माओवादीका अध्यक्ष मोहन वैद्य किरणले पार्टी विभाजन गरेर नयाँ पार्टी खोलेका नेत्रविक्रम चन्दको राजनीतिक–वैचारिक र व्यक्तिगत पाटामाथि गम्भीर प्रश्न उठाएका छन् । ११ देखि १४ पुससम्म काठमाण्डुमा भएको राष्ट्रिय भेलामा वैद्यले पेस गरेको राजनीतिक प्रस्तावमा विप्लवको विश्लेषण गरिएको छ ।...
काठमाण्डु, २६ पुस– नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ की पुत्री चेतनाले आफ्ना बाबुलाई ‘जँड्याहा’ को आरोप लगाइएकामा आक्रोश पोखेकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले ‘आफैं कुहिएर सिद्धिएका मानिसहरुले’ आफ्ना बाबुमाथि ‘जँड्याहा’ आरोप लगाएको भन्दै रोष प्रकट गरेकी हुन् । पूर्वमाओवादी नेता रवीन्द्र श्रेष्ठले...
काठमाण्डु, २५ पुस– हास्य अभिनेता मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संघीयताले देश सिसाझैं टुक्रन सक्ने भन्दै मधेस प्रदेश बनाउन नहुने बताएका छन् । शुक्रबार राजधानीमा नागरिक समूहले गरेको कार्यक्रममा उनीहरुले विचार नपुर्याएमा देश घनले हानेको सिसाजस्तो हुने तर्क गरे । कलाकार आचार्यले पूर्व झापादेखि...
दाङ, २५ पुस– नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीको तुलसीपुरमा जारी राष्ट्रिय सम्मेलनका प्रतिनिधिले पार्टी नेतृत्व क्रान्तिका लागि तयार हुनुपर्ने भन्दै दबाब दिएका छन् । राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथिको समूहगत छलफलका क्रममा उनीहरुले मुखले मात्र नभई व्यहारमै क्रान्तिको सुरुआत गर्न संयोजक चन्दसहित पार्टी नेतालाई दबाब...
काठमाण्डु, २५ पुस– एमाले अध्यक्ष केपी ओलीले केही दिनअघि बालुवाटारमा बसेको प्रमुख तीन दल र मधेसी मोर्चाको बैठकमा दिएको विवादास्पद अभिव्यक्तिप्रति भारतीय पक्षले आपत्ति जनाएको छ । नेपालका लागि भारतीय राजदूत रञ्जित रेले भेटेर ओलीसँग स्पष्टीकरणको शैलीमा सोधपुछ गरेका हुन् । रेले ओलीलाई बालकोटस्थित...
काठमाण्डु, २५ पुस– एकीकृत माओवादी नेता विस्वभक्त दुलाल ‘आहूती’ ले आफ्नी पूर्वपत्नी अञ्जना बिसंखेले दोश्रो बिहे गरेकामा खुसी लागेको बताएका छन् । उनले बिसंखे जोडीको वैवाहिक जीवन सफल र सुखमय रहोस् भन्ने कामना पनि गरेका छन् । ‘एउटा सहकर्मी र एक समय सँगै जीवन...
कास्की, २५ पुस– उद्योगमन्त्री महेश बस्नेतले आफ्ना एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुनुपर्ने बताएका छन् । पोखराको चिप्लेढुङ्गामा शुक्रबार भएको एक कार्यक्रममा उनले माघ ८ गतेपछि ओलीको नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्नुपर्ने बताएका हुन् । ‘माघ ८ गतेपछि केपी ओलीको नेतृत्वमा सरकार गठन हुनुपर्छ’,...