समाचार

गच्छदारविरुद्ध किर्ते गरेको आरोपमा मुद्धा

२०७० मंसिर १९ गते ११:१३

काठमाण्डु, १९ मंसिर- मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारमाथि किर्ते गरेको आरोप लागेको छ । संविधानसभाको निर्वाचनमा सुनसरी क्षेत्र नं ३ बाट किर्ते गरेर जितेको भन्दै बुधबार उनका निकटतम प्रतिद्वन्द्वीले संविधानसभा अदालतमा मुद्धा हालेका छन् । उनीविरुद्ध एमालेका उम्मेदवार भगवती चौधरीले मतपेटिका साटेर...

थप १० प्रतिशत महिला सभासद बनाउन माग

२०७० मंसिर १९ गते १०:३३

काठमाण्डु, १९ मंसिर– अन्तर पार्टी महिला सञ्चालले समानुपातिक तर्फबाट दलहरुले संविधानसभा सदस्यका लागि नाम सिफारिस गर्दा १० प्रतिशत थप गरेर सिफारिस गर्नु पर्ने माग गरेको छ । बुधवार पत्रकार सम्मेलन गरेर सञ्जालले समानुपातिक तर्फबाट एक सिट प्राप्त गर्ने दलले अनिवार्य महिला पठाउनुपर्ने, बिजोर संख्यामा...

सहर घुम्दा विजेता खेलाडीहरुको आँखा बोल्यो

२०७० मंसिर १९ गते १०:१८

काठमाण्डु, १९ मंसिर– टि–२० विश्वकपमा नेपाललाई पुर्‍याउन सफल नेपाली राष्ट्रिय क्रिकेट टिमलाई नागरिक अभिनन्दनका लागि सहर परिक्रमा गराईयो । क्रिकेट एसोसिएसन नेपाल (क्यान)ले नक्सालबाट खेलाडीहरुलाई सहर परिक्रमा गराउँदै त्रिपुरेश्वर पुर्‍याए । सडकमा शुभच्छुक, प्रशंसकहरुको ताँती खेलाडीहरुको पछि पछि लागेको थियो । सडकमा हिँडिरहेकाहरु, मोटरसाइकलमा...

जबर्जस्ती ट्याक्टर पुर्‍याएपछि भव्य स्वागत

२०७० मंसिर १९ गते १०:११

बाजुरा, १९ मंसिर– ट्याक्टर र जिप सेवा पहिलो पटक पाण्डुसैन पुगेको तीनदिन पछि पाण्डुसैनकै चाफा रुखमा पहिलो पटक ट्याक्टर सेवा पुगेको छ । जबरजस्ती भएपनि गाउँमा ट्याक्टर पुर्‍याइएपछि स्थानीय खुसी भएका छन् । उनीहरुले मंगलबार पहिलोपटक पुगेको से १ प ४९२३ नम्बरको ट्याक्टर र...

नातेदारलाई नियुक्ति दिएकोमा उजुरी

२०७० मंसिर १९ गते १०:१०

काठमाण्डु, १९ मंसिर । युवा तथा साना व्यवसायी रोजगार कोषका पीडित परामर्शदाता कर्मचारीले आफूलाई अवकाश दिई आफ्नै नातेदारलाई नियुक्ति दिएकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । पीडित कर्मचारीले आव २०६९/०७० मा २३ जनाको रिक्त दरबन्दी पूर्तिका लागि गत पुस २ गते सूचना...

दल जिम्मेवार हुनुपर्ने सञ्चारमन्त्रीको भनाइ

२०७० मंसिर १९ गते १०:००

काठमाण्डु, १९ मंसिर– सूचना तथा सञ्चारमन्त्री माधवप्रसाद पौडेलले संविधानसभा निर्वाचन सम्पन्न भइसकेकाले दल जिम्मेवार भएर मुलुकलाई सही दिशा दिनुपर्ने बताएका छन् । प्रेस चौतारी नेपालले बुधबार आयोजना गरेको ‘स्थानीय भाषाका पत्रकारको क्षमता अभिवृद्विको प्रश्न’ विषयक कार्यक्रमको उद्घाटन गर्दै उनले तोकिएको मितिमा नै नयाँ संविधान...

चेपाङ समुदायका लागि ९८ आवासगृह निर्माण सुरु

२०७० मंसिर १९ गते ९:०१

हेटौँडा, १९ मङ्सिर– मकवानपुरको ४३ गाविसमध्ये दोस्रो चरणमा थप १७ गाविसका जनता आवास कार्यक्रमअन्तर्गत पिछडिएका चेपाङ समुदायका लागि अहिले ९८ वटा नयाँ आवासगृहको निर्माण सुरु गरिएको छ । हाल ती चेपाङ समुदायलाई नयाँ आवासगृह निर्माणका लागि रु ४० लाख १० हजार स्थानीय उपभोक्ता समितिलाई...

१७ किलो सुनसहित तीनजना पक्राउ

२०७० मंसिर १९ गते ६:१२

सिन्धुपाल्चोक, १९ मंसिर– चीनबाट अवैध रुपमा नेपाल भित्राउँदै गरेको अवस्थामा १७ किलो सुन सहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक नेपाली महिला र दुई चिनियाँ नागरिक रहेका छन् । तातोपानी भन्सार नाकाबाट लुकाइ छिपाइ सुन नेपाल भित्राउन लागेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको...

‘सबैको सहमतिमा सरकार र संविधान’

२०७० मंसिर १९ गते ५:२४

काठमाण्डु, १९ मंसिर–नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधानसभा निर्वाचनबाट प्राप्त जनादेशको आधारमा सहमतिको सरकार गठन गरी संविधान लेखन कार्य शुरु गर्ने बताएका छन् । निर्वाचन परिणामप्रति असन्तुष्ट दलहरुसँग पनि सहमति कायम गरिने पौडेलको भनाइ छ । नेपालका लागि अमेरिकी कार्यवाहक राजदुत चाल्र्स कारबाईलसँग बुधबार...

छुट्टा छुट्टै घटनामा तीनजनाको मृत्यु

२०७० मंसिर १९ गते ४:१८

इलाम, १९ मंसिर–इलामका छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । इलाम नगरपालिका–३ स्थित पदम तामाङको घरमा रङ लगाउँदै गर्दा विद्युत्को पोलमा ठोक्किएर इलाम नगरपालिका–६ तिल्केनीका टीका खवासको मृत्यु भएको छ । रङ लगाउँदै गर्दा विद्युत्को पोलमा ठोक्किएर भुइँमा लडेर घाइते भएका खवासको...

संविधान र विकास सँगसँगै : नेम्वाङ

२०७० मंसिर १९ गते ४:१६

मङ्गलबारे, १९ मंसिर । इलाम क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्यमा निर्वाचित एमाले नेता सुवासचन्द्र नेम्वाङले संविधान निर्माण प्रक्रिया र विकास गतिविधि सँगसँगै हुँदै जाने बताएका छन् । इलामको इभाङ–६ स्थित मतदातासँगको भेटघाट कार्यक्रममा नेम्वाङले दलहरूबीच सहमति गरेर एक वर्षमा संविधान बनाउने र विकास...

गण्डक सम्झौताको ५४ बर्ष

२०७० मंसिर १९ गते ३:५४

काठमाण्डु, १९ मंसिर– पाँच दशकभन्दा अघि नेपाल र भारतबीच भएको गण्डक सम्झौता पुनरावलोकन गर्न नवलपरासीका सुस्ताबासीले माग गरेका छन् । सन् १९५९ डिसेम्बर ४ तारिकमा नेपाल र भारतबीच गण्डक सम्झौता भएको थियो । आजभन्दा ५४ बर्ष अघि भएको विभेदकारी गण्डक सम्झौतापछि नेपाली पक्षले सैयौं...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us