समाचार

त्रिभुवनदेखि प्रचण्डसम्मलाई मिठाई खुवाउने शर्मा रहेनन्

२०७१ पुष २७ गते ४:५३

काठमाण्डु, २७ पुस– क्याटरिङ व्यवसायी बीएल शर्माको ९१ वर्षको उमेरमा निधन भएको छ । शर्माको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आइतबार बिहान निधन भएको पारिवारिक श्रोतले जनाएको छ । उनी लामो समयदेखि क्याटरिङ व्यवसायमा थिए । शर्मा प्रधानमन्त्री निवास बालुवाटारमा मिठाई पुर्‍याउने व्यापारीका रुपमा...

प्रचण्ड मोर्चाको बन्दले पश्चिमाञ्चल ठप्प

२०७१ पुष २७ गते ४:३१

बुटवल, २७ पुस– एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले आह्वान गरेको बन्दका कारण पश्चिमाञ्चलको जनजीवन प्रभावित भएको छ । बन्दका कारण कपिलबस्तु, नवलपसारी, रुपन्देही, गुल्मी, अर्घाखाँची, पाल्पा, स्याङजा, पर्वत, तनहुँ, कास्की, म्याग्दी, बागलुङ, मनाङलगायत जिल्लाको जनजीवन बिहानैदेखि प्रभावित भएको हो । बन्दका कारण ती जिल्लामा...

प्रचण्डदेखि रुक्मांगद कटवालसम्म कमल थापाको पाहुना !

२०७१ पुष २७ गते ४:०८

काठमाण्डु, २७ पुस– राप्रपा नेपालले पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको छ । दिउँसो १ बजेदेखि ४ बजेसम्म भृकुटी मण्डपमा चियापान आयोजना गरिएको राप्रपा नेपालका केन्द्रीय सदस्य एवम् सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । चियापानमा पार्टी कार्यकर्ता र अतिथि गरी तीन हजारलाई...

१९ दलको बैठक बीचैमा छाडेर नारायणकाजीले पत्रकारलाई भने, ‘केही दिन नेताहरुका समाचार रोकिदिनुस्’

२०७१ पुष २७ गते ३:४५

काठमाण्डु, २७ पुस– एकीकृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले केही दिन नेताहरुको समाचार प्रकाशन/प्रसारण नगरिदिन सञ्चार माध्यमलाई आग्रह गरेका छन् । सिंहदरबारस्थित एमाओवादी संसदीय दलको कार्यालयमा १९ दलीय मोर्चाको बैठक जारी रहेकाबेला बैठकस्थलबाट बाहिर आएर उनले त्यस्तो आग्रह गरेका हुन् । ठूलादेखि सानासम्म सबै मिडियाले...

एमाओवादी र वैद्य माओवादीबीच कार्यगत एकता गर्ने सहमति

२०७१ पुष २७ गते २:४७

नुवाकोट, २७ पुस– केन्द्रमा पार्टी एकीकरण प्रक्रिया अघि बढिरहेका बेला एकीकृत माओवादी र मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीबीच नुवाकोटमा कार्ययगत एकता हुने भएको छ । दुई पार्टीले जिल्लामा कार्यगत एकता समिति समेत गठन गरेका छन् । एकीकृत माओवादीका जिल्ला अध्यक्ष हिरानाथ खतिवडा र नेकपा–माओवादीका जिल्ला...

माधव नेपालले सिकाए प्रचण्डलाई यस्तो आइडिया

२०७१ पुष २६ गते १३:३०

काठमाण्डु, २६ पुस– एमाले नेता माधवकुमार नेपालले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अप्ठेरो आफूले बुझेको बताएका छन् । पार्टी मुख्यालय बल्खुमा शनिबार सञ्चारकर्मीसँग उनले प्रचण्ड कसैको दबाबमा रहेको बताए । यद्यपि कसको दबाबमा भन्ने चाहिं उनले खुलाएनन् । आफू नियमित छलफलमा रहेको भन्दै...

‘सन्काहा मधेसी’ सँग मैले होइन, उनीहरुले माफी माग्नुपर्छ: ओली

२०७१ पुष २६ गते १३:१३

काठमाण्डु, २६ पुस– एमाले अध्यक्ष केपी ओलीले मधेसी नेतासँग आफूले माफी नमाग्ने बताएका छन् । पार्टी मुख्यालय बल्खुमा शनिबार पत्रकार सम्मेलन गरी ओलीले ‘अनाहकमा सन्केर हिँड्ने’ मधेसी नेतासँग माफी नमाग्ने बताएका हुन् । आफूले माफी माग्नुपर्ने कुनै कामै नगरेको तर्क उनको थियो । आफूले...

सुमार्गीले किनेपछि एबीसीका पत्रकारले बुझे एकैपटक ११ महिनाको तलब

२०७१ पुष २६ गते १३:०६

काठमाण्डु, २६ पुस– विवादास्पद व्यापारी अजयराज सुमार्गीले किनेपछि एबीसी टेलिभिजनले त्यहाँ कार्यरत पत्रकार र कर्मचारीको बाँकी तलब दिएको छ । टेलिभिजन व्यवस्थापनले पुसबाहेक बाँकी ११ महिनाको तलब एकमुष्ट भुक्तानी दिएको एक कर्मचारीले जानकारी दिए । लामो समयदेखि तलब नपाएका कारण पेशाबाटै निराश भएका पत्रकार...

कसले बनायो शीर्ष नेतालाई बानेश्वरमै बन्धक बनाउने योजना ?

२०७१ पुष २६ गते १२:५४

काठमाण्डु, २६ पुस– विभिन्न दलका युवा सभासदले तोकिएकै मिति माघ ८ मा संविधान जारी नहुने अवस्था आए शीर्ष नेतालाई संविधानसभाभित्रै थुन्ने योजना बनाएका छन् । समयमै संविधान जारी गर्न दबाब दिने उद्देश्यले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा काँग्रेस सभासद रामहरि खतिवडाले युवा सभासद् मिलेर...

हिन्दू राष्ट्र चाहियो भन्दै निकालियो र्याली

२०७१ पुष २६ गते १२:१४

विराटनगर, २६ पुस– नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने माग गर्दै शनिबार विराटनगरमा र्याली  गरिएको छ । स्वधर्म संस्कृति संरक्षण अभियान युवा समिति मोरङले स्थानीय गोग्राहा उमावि परिसरबाट सुरु गरेको र्याली नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । सो अवसरमा र्याली का सहभागीले हिन्दू राज्य...

संविधानमा जनजातिको हक सुनिश्चित हुन्छः उपप्रधानमन्त्री सिंह

२०७१ पुष २६ गते ११:५२

ललितपुर, २६ पुस– उपप्रधानमन्त्री प्रकाशमान सिंहले नयाँ संविधानमा आदिवासी जनजातिको हक अधिकारलाई सुनिश्चित गरिने बताएका छन् । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा आयोजित प्रतिष्ठानको १३ औँ सञ्चालक परिषद्को बैठकमा उनले नेपालमा बसोवास गर्ने आदिवासीलगायत सबै जातजातिको अधिकार एवम् पहिचानलाई संविधानमा समान रुपमा राखिनुपर्नेमा जोड...

फोनिज अध्यक्ष गुरुङलाई जनजाति पुरस्कार

२०७१ पुष २६ गते ११:५०

काठमाण्डु, २६ पुस– नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ‘फोनिज’ अध्यक्ष डण्ड गुरुङ भद्रकुमारी घले जनजाति पुरस्कारबाटसम्मानित हुनुभएको छ । भद्रकुमारी घले सेवा सदनको १० औं वार्षिकोत्सवको अवसरमा शनिबार काठमाण्डुमा आयोजित कार्यक्रममा गुरुङलाई पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशी १० हजार रुपैयाँ रहेको छ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us