रुपन्देही, २७ पुस– जिल्ला प्रशासन कार्यालय रुपन्देहीको मुख्य ढोका अगाडिका दुई सार्वजनिक चौपारी लेखापढी गर्नेहरुले प्रयोग गर्न थालेपछि सर्वसाधारण बाटोमा बस्न बाध्य भएका छन् । दैनिक सयौँको सङ्ख्यामा जिल्ला प्रशासन कार्यालय र जिविस रुपन्देहीमा आउने चौपारी लेखापढी गर्नेले प्रयोग गर्न थालेपछि बाटोमा भिडभाड गरी...
सिरहा, २७ पुस– जनतान्त्रिक तराई मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष डा मनोज मुक्तिले बन्दी जीवन बिताइरहेका आफ्ना कार्यकर्तालाई रिहा गरेमात्र हतियार बुझाउने बताएका छन् । लहानमा आइतबार बिहान पत्रकार सम्मेलन गरी उनले सरकारसँगको वार्ता सकारात्मक रहेको बताए । अहिले करिब दुई सय जना मोर्चाका कार्यकर्ता...
काठमाण्डु, २७ पुस– सत्तारुढ दलले कुनै पनि हालतमा बहुमतबाट संविधान ल्याउने तयारी गरिरहेकै बेलामा प्रतिपक्षी दलहरुले पनि ‘जसरी पनि’ प्रक्रिया रोक्ने निर्णय गरेका छन् । प्रमुख प्रतिपक्षी एकीकृत माओवादीसहितको ३० दलीय मोर्चाले आइतबार यस्तो निर्णय गरेको हो । एमाओवादीको संसदीय दलको कार्यालयमा बसेको बैठकले...
काठमाण्डु, २७ पुस– नवगठित नेकपा माओवादीको पहिलो राष्ट्रिय सम्मेलनले नेत्रविक्रम चन्द ‘विप्लव’लाई महासचिव चयन गरेको छ । सम्मेलनले पदाधिकारीविहीन केन्द्रीय समितिको एकल नेतृत्व विप्लवलाई सुम्पेको हो । विप्लव यसअघि एकीकृत माओवादीबाट विभाजित भएको नेकपा–माओवादीमा सचिव पदमा थिए । एकीकृत माओवादीमा उनी स्थायी समिति सदस्य...
काठमाण्डु, २७ पुस– पृथ्वीनारायण शाहको जन्मदिनलाई राष्ट्रिय एकता दिवस मान्ने कि नमान्ने भन्ने बहस चलिरहेकै बेला सरकारले शान्ति सुरक्षामा खलल आउन सक्ने भन्दै निगरानी बढाएको छ । सडक–सडकमा राजतन्त्रका पक्षमा बोल्दै र नेपाली झण्डा बोकेर हिंड्ने लक्ष्मण खड्कालाई सरकारले शनिबार पक्राउ गरेको छ ।...
बनेपा, २७ पुस– काभ्रेपलाञ्चोकको फलामेटार गाविस १ निवासी १७ वर्षीय पवन लामा पनौती नगरपालिका ५ स्थित आफू बस्दै आएको घरमा मृतावस्थामा फेला परेका छन् । इलाका प्रहरी कार्यालय बनेपाले दिएको जानकारीअनुसार उनको घरमा गिजर चलाउने क्रममा उनको मृत्यु भएको हो । घटनाको थप अनुसन्धान...
कञ्चनपुर, २७ पुस– क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले गुणस्तरहीन खाद्य पदार्थ बिक्री गर्ने कञ्चनपुरका १४ व्यवसायीविरुद्ध मुद्दा दर्ता गरेको छ । जिल्ला प्रशासन कार्यालयमा चालु आवको पाँच महिनाको अवधिमा ती मुद्दा दायर गरिएको कार्यालयका निमित्त प्रमुख रवीन्द्र झाले बताए । व्यवसायीविरुद्ध...
काठमाण्डु, २७ पुस– एमाले अध्यक्ष केपी शर्मा ओलीले मधेसी समुदायलाई होच्याएको भन्दै उनले माफी नमागेसम्म एमालेसँग बैठकमा नबस्ने निर्णय गरेका मधेसी दलहरु आइतबारको बैठकमा सहभागी छन् । अध्यक्ष ओलीले सार्वजनिक माफी नमागेसम्म एमाले सहभागी कुनै पनि बैठकमा नबस्ने मधेसी मोर्चाले निर्णय नै गरेको थियो...
भद्रपुर, २७ पुस– एकीकृत नेकपा माओवादी र सङ्घीय लिम्बुवान पार्टी नेपालसहित ३० दलीय मोर्चाको आह्वानमा आइतबार गरिएको बन्दले मेची अञ्चलभरि यातायात ठप्प भएको छ । मोर्चाले अरुण–सप्तकोसी पूर्व र पश्चिम क्षेत्र बन्द गरेको सङ्घीय लिम्बुवान् पार्टी नेपालका नेता खेसेहाम खजुमले जानकारी दिए । नौबुँदे...
सिरहा, २७ पुस– गोलबजार नगरपालिकामा शनिबार राति श्रीमतीसँग झगडा पर्दा एक व्यक्तिले आफ्नै १० वर्षीय छोराको हत्या गरेका छन् । तेतरियाका रामस्वरुप सदायले छोरा विजयको टाउकामा बन्चरो प्रहार गरी हत्या गरेको देखिएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी नायब निरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।...
बर्दिया, २७ पुस– शीतलहरका कारण बाढीपीडित शिविरमा बस्दै आएकी एक महिलाको आइतबार मृत्यु भएको छ । गुलरिया नगरपालिका २ सङ्गमबस्तीमा बस्दै आएकी ५७ वर्षीया सुमेली थरुनीको मृत्यु भएको टोलका अध्यक्ष दीपेन्द्रबहादुर बस्नेतले बताए । केही दिनदेखि चलेको शीतलहरका कारण यस क्षेत्रको जनजीवन कष्टकर बनेको...
काठमाण्डु, २७ पुस– पृथ्वी जयन्तीमा बोले ज्ञानेन्द्रले मुलुकमा पछिल्लो समय पृथ्वीनारायण शाहको आवश्यकता थप बढेर गएको बताएका छन् । पारिवारिक भ्रमणका क्रममा झापामा हरेका ज्ञानेन्द्रले २ सय ९३ औं पृथ्वी जयन्तीको अवसर पारेर आइतबार जारी गरेको विज्ञप्तिमा सबैले पृथ्वीनारायणको पदचाप पछ्याउनुपर्ने उल्लेख गरेका छन्...