समाचार

सभासद छान्दै एमाले

२०७० मंसिर २० गते ३:४८

काठमाण्डु, २० मंसिर– नेकपा एमालेले समानुपातिक सभासद छनौटको गृहकार्य जारी राखेको छ । सभासद छनौटको लागि विहीबार पनि स्थायी कमिटी बैठक बस्दै छ । पार्टी मुख्यालय बल्खुमा दिउँसो बस्ने बैठकले सभासद छनोटको मापदण्ड तयार पारेर योग्य व्यक्ति चयन गर्ने उपाध्यक्ष बामदेव गौतमले जानकारी दिए...

महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाइदै

२०७० मंसिर २० गते ३:२५

काठमाण्डु, २० मंसिर– दशौं राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस विहीबार विभिन्न कार्यक्रम गरी मनाइदै छ । महिला स्वास्थ्य स्वयंसेविकाले स्वस्थ समाज निर्माणको लागि पुर्याएको योगदानको कदरमा यो दिवस मनाउने गरिन्छ । नेपालमा २०४६ सालबाट महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम शुरु भएको हो । देशमा अहिले...

न्याय परिषदको बैठक बस्दै

२०७० मंसिर २० गते २:४५

काठमाण्डु, २० मंसिर– न्यायाधीश नियुक्ति लगायत विषयमा छलफल गर्न न्याय परिषदको बैठक विहीबार बस्दै छ । दिउँसो साढे १ बजे बस्ने बैठकमा सर्बोच्च अदालत र पुनरावेदन अदालतमा रिक्त पदमा न्यायाधीश नियुक्तीबारे छलफल हुने छ । सर्बोच्च अदालतमा ९ जना अस्थायी न्यायाधीशको पद रिक्त छ...

ट्रक दुर्घटनामा एकजनाको मृत्यु, दुईजना घाइते

२०७० मंसिर २० गते २:४२

कावासोति, २० मंसिर–पूर्वपश्चिम राजमार्ग अन्तरगत नवलपरासीको तम्सरीयामा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अन्य दुईजना घाइते भएका छन् । ना ३ ख २७५१ नम्बरको ट्रक तम्सरिया–५ फूलबारी घुम्तिमा गएराति ११ बजेतिर अनियन्त्रित भई पल्टिदा उदयपुर घर भएका ६४ बर्षीय ट्रक धनि खड्क...

पूर्वयोजना तर्जुमा गोष्ठी अवरुद्ध

२०७० मंसिर २० गते २:०६

जुम्ला, २० मंसिर–जिल्ला विकास समिति जुम्लाले आर्थिक वर्ष २०७१÷७२ का लागि आयोजना गरेको पूर्वयोजना तर्जुमा गोष्ठी दलीय असहमतिका कारण अवरुद्ध भएको छ । जुम्लाका राजनीतिक दलहरुले यो वर्ष जुम्ला न्यूनतम सर्त मापनमा फेल हुनु, जिल्लाको विकासका लागि स्वयम् कार्यालय प्रमुख तथा कर्मचारीबाट पारदर्शी आर्थिक...

लायन्स क्लबस् अन्तर्राष्ट्रिय सम्मेलन आज

२०७० मंसिर २० गते १:५९

काठमाण्डु, २० मंसिर–लायन्स क्लबस् अन्तर्राष्ट्रियको ४१औं क्षेत्रीय सम्मेलन विहीबारदेखि काठमाण्डुमा सुरु हुदै छ  । हायात रिजेन्सी होटलमा हुने सम्मेलन आउँदो शनिबारसम्म चल्ने छ । राष्ट्रपति डा. रामवरण यादवले उदघाटन गर्ने उक्त सम्मेलनमा युरोप, अमेरिका र अस्ट्रेलियाका आमन्त्रित पाहुनाहरू समेत सहभागी हुने आयोजक समितिका सभापति...

हिमालय क्षेत्रको जीवनस्तरमा सुधार ल्याउने प्रतिबद्धता

२०७० मंसिर २० गते ०:०४

काठमाण्डु, २० मङ्सिर–हिमालय क्षेत्रको विकास र उत्थानका लागि यस क्षेत्रका मुलुकहरूको सहकार्यलाई अझ मजबुद बनाउँदै यहाँको जनताको जीवनस्तरमा सुधार ल्याउने प्रतिवद्धताका साथ हिन्दूकुश हिमालय क्षेत्रमा गरिबी र जोखिमसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सकिएको छ । राष्ट्रिय योजना आयोग र एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड)...

काँग्रेस र एमालेले भटाभट कार्यकर्ता निकाल्न थाले

२०७० मंसिर १९ गते १४:११

सप्तरी, १९ मंसिर- संविधानसभा निर्वाचनको परिणामसँगै नेपाली काँग्रेस र नेकपा एमालेमा नेता तथा कार्यकर्तालाई निष्कासन गर्ने क्रम बढेको छ । निर्वाचनमा असहयोग गरेको भन्दै काँग्रेस र एमाले सप्तरीमा आफ्ना विभिन्न तहका नेता तथा कार्यकर्तालाई निष्काशन गर्ने क्रम चलिरहेको हो । काँग्रेसका केन्द्रीय सदस्य तथा...

साँस्कृतिक क्रान्तिका नेता लु सुनको सम्झना काठमाण्डुमा

२०७० मंसिर १९ गते १३:५३

काठमाण्डु, १९ मंसिर– चिनियाँ साहित्यकार लु सुनको स्मृति दिवसका अवसरमा देवकोटा–लु सुन प्रज्ञाप्रतिष्ठानले यही मंसिर २१ गतेदेखि लु सुनको जीवन र लेखनसम्बन्धी दुई दिने प्रदर्शनीसहित विशेष कार्यक्रम गर्ने भएको छ । आधुनिक चीनको साँस्कृतिक क्रान्तिका अगुवा लु सुनले सन् १९१७ देखि साहित्य लेख्न थाल्नुभएको...

‘हारेको होइन हराइएको हो’

२०७० मंसिर १९ गते १३:४४

म्याग्दी, १९ मंसिर– एकीकृत नेकपा माओवादीका मगराँत समिति इञ्चार्ज लोकेन्द्र विष्टले हारेको नभएर हराइएको दावी गरेका छन् । धाँधलीपूर्ण निर्वाचन परिणामबाट निराश नबन्न आग्रह गर्दै उनले एमाओवादी अब फरक ढङ्गले अघि बढ्ने बताए । दास्रो संविधानसभा निर्वाचनमा पराजित भएका विष्टले बुधबार भुरुङ तातोपानीमा आयोजित...

गर्भवती र नवजात शिशुबारेको सम्मेलन सकियो

२०७० मंसिर १९ गते १३:३२

काठमाण्डु, १९ मंसिर– गर्भवती महिला तथा नवजात शिशुको हेरचाहबारेको नवौं अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । गर्भवती महिला तथा नवजात शिशु समाजद्वारा आयोजित सो सम्मेलनमा बेलायत, भारत, बंगलादेश, जापान र नेपालका स्त्री तथा प्रसूति विशेषज्ञ तथा बाल रोग विशेषज्ञ गरी करिब १७५ जनाको सहभागिता...

जनादेशअनुरुप अघि बढ्नुपर्ने नेतहरुका कुरा

२०७० मंसिर १९ गते १३:२३

काठमाण्डु, १९ मंसिर– सत्ता र कुर्सीको खेल छाडेर संविधान निर्माणको दिशामा अघि बढ्नुपर्नेमा विभिन्न राजनीतिक दलका नेताहरुले जोड दिएका छन् । संवाद क्लबले आयोजना गरेको अन्तक्र्रियामा सहभागी वक्ताहरुले संविधान मुलुकको साझा दस्तावेज भएकाले सबै राजनीतिक दलको सहमतिमा राष्ट्रिय सरकार गठन गरी यसको  निर्माण गरिनुपर्ने...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us