काठमाण्डु, २८ पुस– प्रतिपक्षी मोर्चाले गरेको मधेस बन्दका क्रममा जनकपुरमा प्रहरीले गोली चलाएको छ । प्रहरीको दमनबाट मोर्चाका कार्यकर्ता राजाराम झाको मृत्यु भएको छ । त्यस्तै सिराहाको लाहानमा पनि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपमा एमाओवादी केन्द्रीय सदस्य हरिनारायण झा घाइते भएको एमाओवादी...
लहान, २८ पुस– मधेस बन्द आह्वान गरेको एनेकपा माओवादीसहितको ३० दलीय मोर्चाका कार्यकर्ता र प्रहरीबीच आज सिरहाको लहानमा झडप हुँदा पूर्वमन्त्री राजलाल यादवसहित पाँचजना प्रदर्शनकारी घाइते भएका छन् । बन्द सफल बनाउन सडकमा ओर्लेको मोर्चासँग आबद्ध नेता कार्यकर्ता र प्रहरीबीच सिरहाको लहानस्थित पेट्रोलपम्प नजिकै...
कैलाली, २८ पुस– बन्दको अवज्ञा गरी सवारी चलाएको भन्दै आन्दोलनरत पक्षले कैलालीको मसुरियामा तीनवटा गाडी नियन्त्रणमा लिएको छ । यात्रुलाई बोकर अत्तरियाबाट लम्कीतर्फ गइरहेको सं१ज ४०२ नम्बरको म्याजिक, ना५ख १११ नम्बर ट्रक र सामान बोक्ने ना२च ९७२९ नम्बरको जिप आन्दोलानकारीले नियन्त्रणमा लिएको हो ।...
कञ्चनपुर, २८ पुस– सुदूरपश्चिममा चालु आर्थिक वर्षको पाँच महिनामै ८१ जनाको सवारी दुर्घटनामा परी ज्यान गएको छ । सुदूरपश्चिम क्षेत्रीय ट्राफिक कार्यालयले दिएको जानकारीअनुसार दुर्घटनामा परी ९१ जना गम्भीर र १२० जना सामान्य घाइते भएका छन् । ट्राफिक अभिलेखअनुसार सुदूरपश्चिममा सडक दुर्घटना दोब्बरले बढेको...
इटहरी, २८ पुस– पहिचानसहितको संघीयता र सहमतिका आधारमा संविधान निर्माण गर्नुपर्ने भन्दै एकीकृत नेकपा माओवादी सहित मधेसी मोर्चाको ३० दलीय गठबन्धनले आह्वान गरेको मधेस बन्दको कर्मचारीले पनि समर्थन गरेका छन् । बन्दको समर्थन गर्दै इटहरी घरेलु तथा साना अद्योग कार्यालयका कर्मचारी आफ्रनो कार्यालय बन्द...
धनुषा, २८ पुस– एकीकृत माओवादी नेतृत्वको ३० दलीय मोर्चाले आह्वान गरेको बन्द सफल पार्न हिंडेका एक बन्दकर्ताको जनकपुरको भरमरापुरमा मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी इकरहियाका २७ वर्षीय राजाराम झा रहेको प्रहरीले जनाएको छ । एकीकृत माओवादी र अनिल झा नेतृत्वको संघीय समाजवादी...
तनहुँ, २८ पुस– तनहुँसुर गाविसमा रहेको झन्डै १४६० वर्ष पुरानो ऐतिहासिक तनहुँसुर दरबारको पुरातत्व विभागले दोस्रो चरणको उत्खनन कार्य पूरा गरेको छ । विभागको टोलीले लम्बाइ र चौडाइ २०÷२० मिटर क्षेत्रको उत्खनन गरेको हो । उत्खननका क्रममा १० इन्टु ८ दशमलव ५ मिटरको प्राचीन...
काठमाण्डु, २८ पुस– एकीकृत माओवादी नेता गोपाल किरातीले प्रधानमन्त्री हुने रहर पूरा गर्ने भए आफ्नो पार्टीमा आउन एमाले अध्यक्ष केपी ओलीलाई आग्रह गरेका छन् । उनले एमालेलाई एमाओवादीमा गाभेर एकीकृत पार्टीको नेतृत्व आफ्ना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बनाउन तयार भए आफूहरुले नै ओलीलाई...
काठमाण्डु, २८ पुस– एमाओवादी नेतृत्वको प्रतिपक्षी मोर्चाले माघ ८ को मितिले असहमति बढाएको भन्दै थप छलफलको माग गरेको छ । सिंहदरबारमा सोमबार बसेको प्रमुख दलहरुको बैठकमा मोर्चाले सहमतिमा पुग्न अरु समयको खाँचो पर्ने बताएको हो । बैठकबाट बाहिर निस्कँदै कांग्रेस उपसभापति रामचन्द्र पौडेलले प्रतिपक्षी...
खोटाङ, २८ पुस– खोटाङमा एक युवती मृत फेला परेकी छिन् । नेर्पा ७ की २१ वर्षीया सपना राई दिक्तेल नगरपालिका ६ मा पर्ने छेपे खोलास्थित मुर्दाघरमा मृत फेला परेकी हुन् । खेतमा पानी हाल्न गएका स्थानीयवासीले मुर्दा घरमा युवतीको शव फेला पारेपछि प्रहरीलाई खबर...
काठमाण्डु, २८ पुस– संयुक्त राष्ट्रसंघले नेपालमा दलीय सहमतिमै संविधान जारी होओस् भन्ने चाहना प्रकट गरेको छ । नेपाल भ्रमणमा रहेकी राष्ट्रसंघीय राजनीतिक मामला हेर्ने चिफ अफ एसिया प्यासिफिक डिभिजनका प्रमुख मारी यामासिताले सोमबार काँग्रेस उपसभापति रामचन्द्र पौडेलसँगको भेटमा सहमतिमै संविधान ल्याउन आग्रह गरेका हुन्...
विराटनगर, २८ पुस– मोरङमा सशस्त्र प्रहरीका एक हवल्दार मृत अवस्थामा फेलापरेका छन् । बेलबारीस्थित सशस्त्र प्रहरी गण लक्ष्मी मार्गमा कार्यरत सुनील श्रेष्ठ मृत अवस्थामा फेलापरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । सर्लाही जिल्लाको लोकठ ५ स्थायी घर भएका उनी आइतबार लिम्बूवान बन्दको अवस्था...