समाचार

एमालेले भन्यो, ‘संविधानसभाबाटै धाँधली छानविन समिति बनाऔं’

२०७० मंसिर २३ गते १०:२९

काठमाण्डु, २३ मंसिर–नेकपा एमालेले संविधानसभा निर्वाचनमा धाँधली भएको भन्ने एकीकृत माओवादीको आशंका निवारण गर्न संविधानसभाबाटै छानविन समिति गठनको प्रस्ताव गरेको छ । लाजिम्पाटस्थित अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास पुगी एमाले नेताहरुले आइतबार यस्तो प्रस्ताव राखेका हुन् । निर्वाचनमा अनपेक्षित परिणाम व्यहोरेको माओवादीले धाँधली छानविनका...

पैसा लिएपछि स्थानीयले लगाए रंगशालामा ताल्चा

२०७० मंसिर २३ गते ९:१६

बाँके, २३ मंसिर– स्थानीयले आज नेपालगन्ज रंगशालामा मूलढोकामा तालाबन्दी गरेका छन् । रंगशालामा प्रवेश शुल्क लगाइएपछि आन्दोलित बनेका स्थानीयले तालाबन्दी गरेका हुन् । क्षेत्रीय खेलकुद विकास समितिले एक हप्ताभित्र माग पूरा गर्ने सहमति गरे पनि अहिलेसम्म कुनै सुनुवाइ नभएपछि आन्दोलन चर्काउनुपरेको संघर्ष समितिका संयोजक...

वृद्धाश्रममा वृद्धाको खाँचो

२०७० मंसिर २३ गते ५:५२

भक्तपुर, २३ मंसिर–मध्यपुरथिमिस्थित ओम वृद्धाश्रममा वृद्धाको खाँचो भएको छ । वृद्धाश्रमका अध्यक्ष प्रदीप श्रेष्ठले २० जनासम्म अट्न सक्ने क्षमता रहेको बृद्धाश्रममा हाल चारजना मात्र रहेको जानकारी दिए । असहाय वृद्धाहरुको खोजी भइरहेको पनि उनले जानकारी दिए । साठी वर्ष पूरा भएकी असहाय वृद्धाको खोजी...

ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

२०७० मंसिर २३ गते ५:२०

काठमाण्डु, २३ मंसिर–इलामको रबिबाट झापाको दमक जाँदै गरेको मे २ त ११३६ नम्बरको ट्याक्टर आइतबार विहान लारुम्बामा दुर्घटना हुँदा सहचालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथर फाक्तेपका १६ बर्षीय कान्छा राई रहेका छन् । विहान पौने ६ बजे सडकबाट झण्डै २ सय...

अपहरणकारीको आँखा छलेर भाग्न सफल

२०७० मंसिर २३ गते ५:०५

गौशाला, २३ मंसिर–महोत्तरीको बसविट्टीबाट अपहरणमा परेका एक व्यक्ति दुई दिनपछि अपहरणकारीको चङ्गुलबाट भाग्न सफल भएका छन् । जिल्लाको गैढाभेटपुर–४ बस्ने २५ वर्षीय गणेशप्रसाद यादव अपहरणकारीको चङ्गुलबाट शनिबार राति भाग्न सफल भएका इलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रहरी निरीक्षक नेत्रबहादुर बरुवालले जानकारी दिए । अपहरणकारीहरुले यादवलाई...

एमाओवादीसँग काँग्रेसको छलफल

२०७० मंसिर २३ गते ३:५०

काठमाण्डु, २३ मंसिर–नेपाली काँग्रेस र एकीकृत नेकपा माओवादी राजनीतिक सहमतिको आधारमा एक बर्षभित्र नयाँ संविधान जारी गर्न सहमत भएका छन् । दुई दलका शीर्ष नेताहरुबीच आइतबार विहान भएको छलफलमा सबै दलको सहमतिमा संविधान जारी गर्ने सहमति भएको हो । काँग्रेस नेताहरु छलफल गर्न एमाओवादी...

कार्यकर्ता पक्राउको विरोधमा एमाओवादी आन्दोलित

२०७० मंसिर २३ गते ३:४०

चितवन, २३ मंसिर– गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या प्रकरणमा आफ्ना पार्टीका कार्यकर्ता पर्शुराम पौडेललाई प्रहरीले पक्राउ गरेको विरोधमा एमाओवादीले आन्दोलन थालेको छ । पौडेललाई तत्काल रिहाइको माग गर्दै आन्दोलन थालेको चितवन जिल्ला ईन्चार्ज घनश्याम दाहालले जानकारी दिए । दाहालका अनुसार अपरान्ह ३ बजेदेखि ४...

सार्क २९ औं बर्षमा प्रवेश

२०७० मंसिर २३ गते ३:३५

काठमाण्डु, २३ मंसिर–दक्षिण एसियाली मुलुकहरूबीच क्षेत्रीय सहयोग प्रवद्र्धन गर्दै ति मुलुकका जनताको कल्याणका निम्ति सामूहिकरूपमा काम गर्ने उद्देश्यका साथ स्थापना भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) आइतबारदेखि २९ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाकालमा दक्षिण एसियाका सात मुलुक संस्थापक सदस्य रहेका सार्क...

नेकपाऔमाओवादी केन्द्रीय समिति बैठक अाजदेखि

२०७० मंसिर २३ गते ३:०२

काठमाण्डु, २३ मंसिर– संविधानसभा निर्वाचन बहिस्कार गरेको नेकपा–माओवादीको केन्द्रीय समिति बैठक आइतबारदेखि सुरु भएकाे छ । ललितपुरको कुपण्डोलस्थित नेवाः राज्य समितिको कार्यालयमा विहान ११ बजेदेखि बसिरहेकाे बैठकमा संविधानसभा निर्वाचन बहिस्कार र निर्वाचन परिणामबारे समिक्षा गर्दै आगामी कार्ययोजनाबारे छलफल भइरहेकाे माओवादीले जनाएको छ । माओवादी...

सामाजिक सुरक्षा भत्ता वितरण ठप्प

२०७० मंसिर २३ गते १:५७

कञ्चनपुर, २३ मंसिर–कञ्चनपुरको पिपलाडी गाविसका ज्येष्ठ नागरिकले दसैंअघि नै पाउनुपर्ने सामाजिक सुरक्षाअन्तर्गतको ज्येष्ठ नागरिक भत्ता हालसम्म पाउन सकेका छैनन् । जिल्ला विकास समिति कञ्चनपुरले भदौमा गाविसको खातामा रकम निकासा पठाए पनि गाविस सचिवको अभावमा हालसम्म भत्ताको रकम वितरण हुन नसकेको हो । गाविसमा कार्यरत...

११९ बालबालिकाको स्वास्थ्य परीक्षण

२०७० मंसिर २३ गते १:५४

दमौली, २३ मंसिर–तनहुँको क्यामिन–१ कलेस्तीस्थित दोभान बोर्डिङ स्कुलमा निःशुल्क स्वास्थ्य शिविरमा ११९ जना बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको छ । हल्यान्डबाट आएका चिकित्सकहरुले ती बालबालिकाको स्वास्थ्य परीक्षण गरेका हुन् । मणिपाल शिक्षण अस्पतालको प्राविधिक सहयोगमा शनिवार विद्यालयमा शिविर सञ्चालन भएको विद्यालयका प्रधानाध्यापक सिकन्दर गुरुङले जानकारी...

दलित समुदाय पुर्ख्यौली पेसाबाट विस्थापित

२०७० मंसिर २३ गते १:५२

तानसेन, २३ मंसिर–पाल्पाका दलित समुदायका युवा पुर्ख्यौली पेसाबाट विस्थापित बन्न थालेका छन् । जिल्लाका अधिकांश दलित समुदायका युवा पुर्खाले अँगालेका तामाका भाँडा बनाउने, कृषि औजार, सिलाइ व्यवसाय र छालाका जुत्ता बनाउने पेसाबाट विस्थापित बनेका हुन् । महिलाहरुले सिलाइ पेसा अँगाल्न थालेपछि परियार जातिका युवाले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us