समाचार

मधेसमा प्रदर्शनकारी र प्रहरीबीच झडप, प्रहरीद्वारा पत्रकारमाथि पनि दुव्र्यवहार

२०७१ पुष २९ गते ८:१९

सिरहा, २९ पुस– एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले गरेको मधेस बन्दका कारण सिरहाको लहानसहितको विभिन्न स्थानमा झडप भएको छ । सिरहाको लहानमा बन्दकर्ता र सुरक्षाकर्मीबीच भएको झडपमा दुई जना गम्भीर घाइते भएका छन् । दर्जनौ प्रर्दशनकारी घाइते भएको बन्दकर्ताले जनाएका छन् । घाइतेको फोटो...

जनजाति महासंघका अध्यक्षलाई सरकारले किन सभासद बनायो ?

२०७१ पुष २९ गते ८:०२

काठमाण्डु, २९ पुस– नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष नगेन्द्रकुमार कुमाललाई सरकारले सभासद बनाएको छ । पद्मरत्न तुलाधरको नेतृत्वमा आदिवासी जनजाति आन्दोलन चलिरहेका बेला कुमाल र आन्दोलनरत पक्षबीच खटपट भएको बताइएको थियो । पहिचानसहितको संघीयताका पक्षमा जनजाति आन्दोलन चलिरहेका बेला कांग्रेसले कुमाललाई संविधानसभामा लगेको हो...

कोही आएन भन्दैमा प्रक्रिया रोकिन्न, अब अघि बढिन्छ : ओली

२०७१ पुष २९ गते ७:५०

काठमाण्डु, २९ पुस– एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिपक्षी मोर्चाले संविधान सभा बहिष्कार गरे पनि अब प्रक्रिया नरोकिने दाबी गरेका छन् । अध्यक्ष ओलीले एमाओवादीलगायतको मोर्चाले संविधान निर्माण गर्नुपर्ने बेलामा संविधान नबनाउन मोर्चाबन्दी गरेको आरोप समेत लगाए । मंगलबारको संविधानसभा बैठकबाट निस्कँदै ओलीले आजैदेखि...

बन्दकर्ताले इटहरी बन्द नगर्ने

२०७१ पुष २९ गते ७:४७

इटहरी, २९ पुस– उद्योग वाणिज्य सङ्घ इटहरी र बन्दकर्ता राजनीतिक दलबीच मंगलबार बिहान भएको वार्तापछि मध्याह्न १२ः३० बजेदेखि इटहरी र आसपासका क्षेत्रका बजार पसल खुलाउने सहमति भएको छ । लगातारको बन्दले उद्योगी व्यापारी र व्यवसायी मारमा परेपछि बन्दल फिर्ता लिने सहमति भएको जनाइएको छ...

हिउँ छल्न हिमाली गिद्ध नवलपरासीमा

२०७१ पुष २९ गते ७:१२

नवलपरासी, २९ पुस– जाडोसँगै हिउँ छल्न हिमाली गिद्धहरु नवलपरासी आउने क्रम बढेको छ । नौ प्रजातिका गिद्धमध्ये अहिले विभिन्न चार प्रकारका गिद्ध जिल्लामा आउने क्रम बढेको हो । जिल्लामा अहिले लोपोन्मुख मानिने डङ्गर गिद्धसहित हिमाली, राज, सेतो र खैरो गरी चार प्रकारका गिद्ध देख्न...

क्रान्तिकारीका संयोजक रमेश मल्ल पक्राउ

२०७१ पुष २९ गते ६:४८

काठमाण्डु, २९ पुस– विपक्षी मोर्चाले गरेको बन्दका क्रममा प्रदर्शनीमार्गबाट पाँचजना विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेका छन् । अखिल क्रान्तिकारीका केन्द्रीय संयोजक रमेश मल्ल, केन्द्रीय सदस्य डिबी साउद, यमनाथ गिरी, गणेश मैनाली र दीपक पाण्डेलाई पक्राउ गरेको हो । मल्ल अघिल्लो साता मात्रै अखिल क्रान्तिकारीको...

विपक्षीले बहष्किार गरेपछि छोटो समय बस्यो संविधानसभा

२०७१ पुष २९ गते ६:३१

काठमाण्डु, २९ पुस– विपक्षी मोर्चाले बहिष्कार गरेपछि संविधानसभाको बैठक छोटो समयमै स्थगित भएको छ । एमाओवादीलगायतका दलहरुले बैठक स्थगित गर्न अनुरोध गरे पनि सभाध्यक्षले अस्वीकार गरेका थिए । संविधान सभाको मंगलबारको बैठकमा संवैधानिक सहमति तथा राजनीतिक संवाद समितिको प्रतिवेदन पेश गरिएको छ । संवाद समितिका...

माघ ८ को कुनै अर्थ छैनः गुरुङ

२०७१ पुष २९ गते ६:२६

गोरखाबजार, २९ पुस– नेकपा–माओवादीका सचिव देव गुरुङले दलहरुबीच सहमति नजुट्ने दाबी गर्दै प्रक्रियामा गए पनि संविधान जारी हुनै नसक्ने ठोकुवा गरेका छन् । गोरखा सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गुरुङले भने ‘प्रक्रियाबाट संविधान बन्ने भए पहिलो संविधानसभाले नै संविधान जारी गर्थ्यो, सर्वपक्षीय सभा गरेर...

भट्टराईले बुझाए ‘असहमतिको प्रतिवेदन’

२०७१ पुष २९ गते ५:४५

काठमाण्डु, २९ पुस– संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले मंगलबार संविधान सभाध्यक्ष सुवास नेम्वाङलाई समितिको प्रतिवेदन बुझाएका छन् । भट्टराईले दलहरुबीच सहमति हुन नसकेको बेहोरा उल्लेख गरेर संक्षिप्त प्रतिवेदन बुझाएका हुन् । आफू दलहरुबीच सहमतिका लागि चार दिनसम्म निरन्तर छलफलमा गम्भीरतापूर्वक...

चिसो बढेपछि विद्यालय बन्द

२०७१ पुष २९ गते ५:३७

कञ्चनपुर, २९ पुस– अत्यधिक चिसो बढ्न थालेपछि कञ्चनपुरका सामुदायिक विद्यालयमा एक साताका लागि छुट्टी दिइएको छ । जिल्लाको पूर्वी क्षेत्रका झलारी र कृष्णपुर स्रोत केन्द्रअन्तर्गतका झन्डै आठ दर्जनभन्दा बढी सामुदायिक विद्यालयमा छुट्टी दिइएको हो । कुहिरो र शीतलहर चल्न थालेपछि विद्यालयमा पढ्ने विद्यार्थी विद्यालयमा...

विद्युत् प्राधिकरणका कारण नगरवासी अन्धकारमा

२०७१ पुष २९ गते ५:३०

रौतहट, २९ पुस– नेपाल विद्युत् प्राधिकरण गौर शाखाको निष्क्रियताका कारण नगरवासी धेरै विद्युत्भार कटौतीको मारमा परेका छन् । विद्युत्कटौती भारबाहेकका समयमा कहिले सर्ट लागेर त कहिले फेजमा खराबी भएर विद्युत् सेवा अवरुद्ध हुने गरेको कारण उनीहरु अन्धकारमा बस्न बाध्य भएका हुन् । प्राधिकरणका कर्मचारीलाई...

शिक्षक राजनीति र सङ्घसंस्थामा विधार्थी महँगो ट्युसनमा

२०७१ पुष २९ गते ४:५६

रौतहट, २९ पुस– रौतहट जिल्लाका सहरी तथा ग्रामीण भेगमा रहेका विद्यालयमा शिक्षकले नपढाउँदा विद्यार्थी महँगो शुल्क तिर्न बाध्य छन् । उनीहरु समयमै कोर्ष पूरा नगरी विद्यार्थीलाई नपढाउँदा चर्को शुल्क तिरेर ट्युसन पढ्न बाध्य भएका हुन् । विशेषगरी कक्षा १० का विद्यार्थीलाई यो समस्या परिरहेको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us