समाचार

नेपाल बारको बैठक चितवनमा

२०७० मंसिर २५ गते ४:०७

चितवन, २५ मंसिर–नेपाल बार एशोसिएसनको ४१ औं कार्यकारणी परिषदको बैठक मंगलबार चितबनमा हुदैछ । विहान ११ बजेपछि भरतपुरको क्यान्सर अस्पतालको सभाहलमा सुरु हुने बैठकको नेपाल बार एसोसिएसनका अध्यक्ष बरिष्ठ अधिबक्ता हरिकृष्ण कार्कीले एक समारोहका विच उदघाटन गर्ने चितवन बारका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए...

महिला हिंसा विरुद्धको १६ दिने अभियान सकिदै

२०७० मंसिर २५ गते ३:५८

काठमाण्डु, २५ मंसिर– महिला माथि हुने हिंसा विरुद्धको १६ दिने अभियान मंगलबार सम्पन्न हुँदै छ । ‘घर शान्ति नै विश्व शान्तिको आधार, महिला हिंसा विरुद्ध शून्य सहनशीलता कायम गरौं’ भन्ने नारा सहित गत नोभेम्बर २५ देखि अभियान शुरु भएको थियो । १६ दिनभरी नै...

वैद्यको प्रतिवेदनमा आज पनि छलफल

२०७० मंसिर २५ गते ३:१५

काठमाण्डु, २५ मंसिर– नेकपा–माओवादीको जारी केन्द्रीय कमिटी बैठकमा मंगलबार पनि अध्यक्ष मोहन वैद्यको राजनीतिक प्रतिवेदनमा छलफल हुने भएको छ । पार्टीको आगामी कार्ययोजना समेटिएको राजनीतिक प्रस्तावमा समूहगत छलफलका साथै केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम पनि जारी रहने माओवादीले जनाएको छ । अध्यक्ष वैद्यको राजनीतिक...

एमाले केन्द्रीय कमिटी बैठक जारी

२०७० मंसिर २५ गते ३:०५

काठमाण्डु, २५ मंसिर–समानुपातिक सभासदको सूची तयार पार्न नेकपा एमालेको केन्द्रीय कमिटी बैठक मंगलबार पनि बस्दै छ । बैठकबाट सभासद छनौटको मापदण्ड बनाएर सूची तयार पार्ने एमालेले जनाएको छ । सचिव युवराज ज्ञवालीले दिउँसो एक बजे बस्ने बैठकमा सभासद छनोट, आगामी महाधिवेशन, अध्यक्ष झलनाथ खनालको...

अन्तर्राष्ट्रिय चलचित्र महोत्सव बुधबारदेखि काठमाण्डुमा

२०७० मंसिर २५ गते २:३४

काठमाण्डु, २५ मङ्सिर-अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सवले बुधबारदेखि आगामी मङ्सिर ३० सम्म काठमाण्डुमा हुनेभएको छ ।  सो महोत्सवमा लागि ५० मुलुकबाट ३०० वटा चलचित्र प्राप्त भएको र नेपालमा बनेको ५५ वटा चलचित्र समावेश हुनेछन । महोत्सव आयोजक संस्थाका किफका अध्यक्ष बसन्त थापाले महोत्सवमा अन्तर्राष्ट्रिय प्रतियोगितामा...

माओवादीका कार्यकर्ता धरौटीमा रिहा

२०७० मंसिर २५ गते २:३०

चितवन २५ मंसिर– चितवनको नारायणगढ–मुग्लीन सडक खण्डको कविलासमा गुडीरहेको बसमा पेट्रोल बम प्रहार गरेको अभियोगमा पक्राउ परेका नेकपा–माओवादीका एक कार्यकर्तालाई जिल्ला अदालत चितवनले धरौटीमा रिहा गरेको छ । गत कात्तिक २६ गते सो घटनामा संलग्न भएको अभियोगमा पक्राउ परेका शक्तिखोरका २८ वर्षीय छलाङ उपनामका...

अन्तराष्ट्रिय मानव अधिकार दिवस आज

२०७० मंसिर २५ गते २:०८

काठमाण्डु, २५ मंसिर–६५ औं मानव अधिकार दिवस मंगलबार विश्वभर मनाइदै छ । ६४ बर्षअघि १० डिसेम्बरको दिन संयुक्त राष्ट्रसंघको महासभाले मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेको थियो । यसैको सम्झनामा हरेक बर्ष १० डिसेम्बरको दिन विश्वभर मानवअधिकार दिवस मनाउने गरिन्छ । नेपालमा मानवअधिकारको क्षेत्रमा क्रियाशील...

श्रीमान लिन आएपछि श्रीमतीले गरिन् आत्महत्या

२०७० मंसिर २४ गते १४:१९

रौतहट, २४ मंसिर– घर लैजानका लागि श्रीमान लिन आउँदा माइतमा बस्दै आएकी एक महिलाले रौतहटमा आत्महत्या गरेकी छिन् । विवाह भएको सात महिनापछि घर भित्र्याउन आइतबार साँझ श्रीमान माइत बस्दै आएकी श्रीमती लिन गएका थिए । विवाह भएपछि केही महिनाका लागि श्रीमानले श्रीमतीलाई माइती...

माधव नेपाललाई अदालतमा हाजिर हुन अल्टिमेटम

२०७० मंसिर २४ गते १४:१६

काठमाण्डु, २४ मंसिर– रौतहट–१ को निर्वाचनमा धाँधली गरेको आरोपसहित परेको उजुरीमा संविधानसभा अदालतले एमालेका नेता माधवकुमार नेपाललाई १० दिनभित्र संविधान संविधानसभा अदालतमा उपस्थित हुन आदेश जारी गरेको छ । सो अदालतका अध्यक्ष कल्याण श्रेष्ठ तथा सदस्य सुशीला कार्कीको इजलासले नेता नेपालका साथै निर्वाचन आयोग,...

१७ किलो सुन ल्याउनेले धरौटी तिर्न सकेन

२०७० मंसिर २४ गते १३:३३

 चौतारा, २४ मंसिर– चीनबाट तातोपानी नाका हुँदै १७ किलो सुन ल्याउनेमध्येकी सिन्धुपाल्चोक मार्मिङ–८ की २५ वर्षीया ल्हामु तामाङसँग मागेको चार करोड ७ लाख ५४ हजार रुपैयाँ धरौटी बुझाउन नसक्दा पूर्वक्षका लागि थुानमा राख्ने आदेश भएको छ । भन्सार कार्यालय प्रमुख मिमांशा अधिकारीको थुनछेकको आदेशअनुसार...

कमल थापालाई रोक लगाउँदै राप्रपा नेपालका युवाहरुद्वारा आगजनी

२०७० मंसिर २४ गते १३:२४

हेटौंडा, २४ मंसिर– मकवापुरबाट पनि समानुपातिक सभासद पर्नुपर्ने माग गर्दै राप्रपा नेपाल मकवानपुरका युवाहरुले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी तथा आगजनी गरेका छन् । राप्रपा नेपालका भातृ संगठन राष्ट्रिय युवा मोर्चाका युवाहरुले पार्टी अध्यक्ष कमल थापाले निर्वाचन अघि जनाएको प्रतिवद्धताअनुसार मकवानपुरबाट सभासद नबनाएको भन्दै थापालाई...

अख्तियारले राष्ट्रपतिलाई बुझायो ११ हजार उजुरीको प्रतिवेदन

२०७० मंसिर २४ गते १२:००

काठमाण्डु, २४ मंसिर– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति डा. रामवरण यादवसमक्ष वार्षिक प्रतिवेदन बुझाउँदै ११ हजार २ सय ९८ उजुरी परेको जनाएको छ । अख्तियारका प्रमुख आयुक्त लोकमानसिहं कार्कीले सोमबार राष्ट्रपतिलाई प्रतिवेदन बुझाउँदै ६ हजार ६ सय ७२ वटा उजुरीहरु फछ्र्यौट भएको जनाएका हुन्...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us