काठमाण्डू, २४ असार– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंह चीन भ्रमणमा निस्किएका छन् । पार्टीको नेतृत्वसँग असन्तुष्ट भइरहेका बेला उनी चारदिने भ्रमणको लागि चीन प्रस्थान गरेका हुन ।
आज (बुधबार) चीन प्रस्थान गरेका उनी शनिबार फर्किने जानकारी उनीनिकट स्रोतले दिएको छ । तर, उनी कुन कार्यक्रमको लागि गएको भन्ने बारे केहि पनि खुलाइएको छैन् ।
यद्यपि, रास्वपा नेतृत्वको सरकारका गतिविधि र रास्वपाको महाधिवेशनका बेला सिंह असन्तुष्ट बनेका थिए । सात दिनसम्म चितवनमा महाधिवेशन भए पनि अमरेश सहभागी भएका थिएनन् ।
संसदबाटै सिंहको सरकारको कार्यसम्पादनप्रति तीव्र असन्तुष्टि जनाएका थिए । उनै असन्तुष्ट अमरेशको चीन भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।