समाचार

अङ्कगणितीय संविधान जबर्जस्ती जारी भए विद्रोह : प्रचण्ड

२०७१ पुष ३० गते १४:२०

लहान, ३० पुस– प्रमुख प्रतिपक्षी नेता तथा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अङ्क गणितीय आधारमा जबर्जस्ती संविधान जारी भए जनताले विद्रोह गर्ने चेतावनी दिएका छन् । नवघोषित सिरहाको गोलबजार नगरपालिकाको पहिलो नगरपरिषद्को आज उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले विगतको सम्भौता र अन्तरिम संविधानको...

वामदेव भन्छन्– ‘माघ ८ मै संविधान आउँछ’

२०७१ पुष ३० गते १३:५३

बर्दिया, ३० पुस– उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले अझै पनि माघ ८ मै संविधान आउने दाबी गरेका छन् । एमाले उपाध्यक्ष समेत रहेका गौतमले प्रतिपक्षीले आन्दोलन जारी राखे पनि संविधान निर्माण प्रक्रिया नरोकिने बताएका हुन् । गृहजिल्ला बाँकेमा आएका गौतमले संविधान निर्माण कार्यलाई कसैले...

एकेडेमीले कविता महोत्सव गर्ने

२०७१ पुष ३० गते १३:००

काठमाण्डु, ३० पुस– नेपाल प्रज्ञा प्रतिष्ठानले माघ २५ गते कविता महोत्सव गर्ने भएको छ । यसअघि प्रतिष्ठानको स्थापना दिवसका दिन असार ९ गते गरिने महोत्सव यो वर्ष पदाधिकारीविहीन भएकाले स्थगित भएको थियो । प्रतिष्ठानले बुधबार पत्रकार सम्मेलन गरेर माघमा महोत्सव गर्न लागिएको जनाएको हो...

राष्ट्रपतिसँग किन भेटे नेम्वाङले ?

२०७१ पुष ३० गते १२:४६

काठमाण्डु, ३० पुस– राष्ट्रपति डा रामवरण यादवसँग संविधानसभा अध्यक्ष सुवास नेम्वाङले आज भेटवार्ता गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा उनीहरुबीच भएको भेटवार्तामा संविधान निर्माणमा सहमतिका लागि भइरहेको प्रयास र संविधान लेखनको प्रगतिबारे केन्द्रित रहेर छलफल भएको थियो । सो अवसरमा राष्ट्रपति यादवले संविधान...

सिके राउतले भने– नेपालका मानवअधिकारकर्मी र मिडिया किन मौन छन् ?

२०७१ पुष ३० गते ११:४४

काठमाण्डु, ३० पुस– स्वतन्त्र मधेसको माग गर्दै आन्दोलनरत सामाजिक अभियन्ता सिके राउतले नेपालका मानवअधिकारकर्मी र मूलधारका मिडिया सरकारी दमनका मौन बसेको भन्दै आलोचना गरेका छन् । राउतले भने, ‘सरकारले हामीमाथि चरम दमन गरेको छ, प्रहरीले मेरो खुट्टा भाँचेको छ तर कुनै पनि मिडिया वा...

एमाओवादी मोर्चा, वैद्य माओवादी र पद्मरत्न अब एकै ठाउँ

२०७१ पुष ३० गते ११:१६

काठमाण्डु, ३० पुस– एमाओवादीसहितको ३० दलीय मोर्चाले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी र पद्मरत्न तुलाधर नेतृत्वको आदिवासी–जनजाति आन्दोलनसँग मिलेर सडक आन्दोलन गर्ने भएको छ ।   बुधबार एमाओवादी, माओवादी र जनजाति आन्दोलनबीच संयुक्त रुपमा आन्दोलन गर्ने सहमति भएको हो । सहमतिपछि यसअघि माओवादीले माघ तीन...

बागलुङमा मध्य जाडोमा लहरै काँक्रा

२०७१ पुष ३० गते १०:५४

बागलुङ, ३० पुस– मध्य जाडोमा बागलुङका एक किसानले काँक्रा फलाएका छन् । प्रविधि र मेहनतले बागलुङ नगरपालिका ४ का वैकुण्ठ सापकोटा चिसो याममा पनि काँक्रा फलाउन सफल भएका हुन् । पूर्ण बन्द प्लास्टिक घर ९टनेल०मा तापमान बढाएर लगाउँदा काँक्रो उत्पादन भएको सापकोटाले बताए ।...

बनेपामा भारतीय तरुल, सातामै २५ लाखको कारोबार

२०७१ पुष ३० गते १०:४५

बनेपा, ३० पुस– स्थानीय रुपमा तरुलको उत्पादन नभएपछि काभ्रेपलाञ्चोकको बनेपास्थित बजारमा भारतीय तरुल छ्याप्छ्याप्ती देखिएको छ । गत वर्षको तुलनामा यसवर्ष झन्डै २५ प्रतिशत तरुल बढी आएको तर बन्दको प्रभावले कम खपत भएको चण्डेश्वरी भेजिटेबल सप्लायर्स बनेपाका सञ्चालक भगवान श्रेष्ठले जानकारी दिए । उनले...

लुम्बिनीलाई शान्ति क्षेत्र घोषणा गर…

२०७१ पुष ३० गते १०:०७

रुपन्देही, ३० पुस– विभिन्न पार्टी तथा समूहले गर्ने बन्द हडतालबाट विश्व सम्पदा सूचीमा सूचीकृत विश्व शान्तिको केन्द्र लुम्बिनीमा आउने पर्यटकलाई नराम्रो असर परेको महसुस गर्दै यहाँका जनताले लुम्बिनीलाई शान्ति क्षेत्र घोषणा गर्नुपर्ने माग अघि सारेका छन् । बन्द हडतालका कारण पर्यटन क्षेत्र पूर्णरुपमा प्रभावित...

गाविस सचिवलाई कारबाही…

२०७१ पुष ३० गते ८:५१

कपिलवस्तु, ३० पुस– नियम मिचेर काम गरेको आरोपमा कपिलवस्तु प्रशासनले एक गाविस सचिवलाई कारबाही गर्न निर्देशन दिएको छ । प्रशासनले गाउँमै गर्नुपर्ने गाविस परिषदको बैठक सदरमुकाममा गरेपछि बिजुवा गाविसका सचिव अयोध्याप्रसाद विश्वकर्मालाई विभागीय कारबाहीको निर्देशन दिएको हो । सरकार र जिविसको निर्देशन अवज्ञा गर्दै...

चार जना फरार अभियुक्त पक्राउ

२०७१ पुष ३० गते ८:३४

  गौशाला, ३० पुस । महोत्तरी प्रहरीले आज चारजना फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको भ्रमरपुरा गाविस–५ का शिवचन्द्र शर्मा, कोल्हुवा बगेया–५ का जिन्दु दास तत्मा, मझौरा विसनपुर–९ का रामप्रसाद ठाकुर र जोगी ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ...

लेवनानमा यातनासँगै कैद भोगेर फर्किन् नेपाली चेली

२०७१ पुष ३० गते ८:१३

कञ्चनपुर, ३० पुस– कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिकाकी एक युवती विदेशमा यातना र कैद सजाय भोगेर घर फर्किएकी छिन् । घरपरिवारको ऋण तिर्ने र घरजग्गा जोड्ने सपना बुनेर झण्डै अठार महिनाअघि दुवई हुँदै लेवनान पुगेकी पुनर्वास १ बीचफाँटाकी मन्दरा राना क्षेत्रीले त्यसको साटो अकल्पनीय यातना...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us