काठमाण्डु, २७ मंसिर–एकीकृत माओवादीले संविधानसभा निर्वाचनमा भएको धाँधली छानविनका लागि उच्चस्तरीय स्वतन्त्र आयोग गठन नभएसम्म पार्टीले पाउने समानुपातिक सभासदको सूची निर्वाचन आयोगमा नबुझाउने भएको छ । प्रवक्ता अग्नि सापकोटाले धाँधली छानविन नभएसम्म सूची नबुझाउने अडानमा पार्टी कायमै रहको बताए । ‘छानविन आयोग बनेर रिपोर्ट...
काठमाण्डु, २७ मंसिर– मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले मुलुकमा भ्रष्टाचार बढ्नुमा अपारदर्शी राज्य व्यवस्था र राजनीतिक अस्थिरता मूल कारण रहेको औंल्याएका छन् । भ्रष्टाचारविरुद्ध क्रियाशिल अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनलले राजधानीमा बिहीबार गरेको कार्यक्रममा उनले भ्रष्टाचार नियन्त्रणमा सबै एक जुट भएर लाग्नुपर्ने बताए । भ्रष्टाचार नियन्त्रणका...
अर्घाखाँची, २७ मंसिर– एमाओवादी नेता टोपबहादुर टोपबहादुर रायमाझीले काँग्रेस–एमाले आफ्नो पार्टीलाई पाखा लगाएर अघि बढ्न खोजे फेरि पनि संविधानसभाबाट संविधान नबन्ने बताएका छन् । अर्घाखाँचीको खन गाउँमा विजयी सभालाई बिहीबार सम्बोधन गर्दै पुर्वमन्त्रीसमेत रहेका रायमाझीले परिवर्तनको नेतृत्वकर्ता आफ्नो पार्टीलाई पाखा लगाएर अघि बढ्न खोजिए...
काठमाण्डु, २७ मंसिर– अर्थमन्त्री शंकरप्रसाद कोइरालाले बजेट वक्तव्यमा बोलिएका विषय राष्ट्रको संकल्प भएकाले त्यसलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्न सरोकारवालाहरुलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा भएको विकास आयोजनाहरुको चौमासिक समीक्षा बैठकमा मन्त्री कोइरालाले बजेटले प्राथमिकतामा राखेका विकास आयोजनामा कुनै समस्या आएको भए समन्वय...
खलंगा, २७ मंसिर–छ महिना अघि नेपाल टेलिकमको स्काइ मोबाइलको टावरले काम गर्न छोडेपछि बैतडीको पुरचौडी क्षेत्रका एक दर्जन गाविस फोन सम्पर्कविहीन भएका छन् । जिल्लाको दुर्गम क्षेत्रका रुपमा रहेको पुरचौडीमा सबैभन्दा प्रभावकारी सञ्चारका साधनका रुपमा रहेको स्काइ मोबाइलले काम गर्न छोडेपछि समस्या भएको हो...
सिरहा, २७ मंसिर–माओवादीका जिल्ला नेतालाई हत्या गरी फरार रहेका एक आरोपी युवकलाई प्रहरीले चार वर्षपछि पक्राउ गरेको छ । घर बाहिर लुकीछिपी बस्दै आएका कारण प्रहरीले लामो समयदेखि उनलाई पक्राउ गर्न सकेको थिएन । पक्राउ पर्नेमा रामनगर मिर्चैया–७ का ३० वर्षीय खुशीलाल ठाकुर रहेका...
भक्तपुर, २७ मंसिर–भक्तपुर जिल्लालाई पूर्ण सरसफाइयुक्त जिल्ला बनाउन जिल्ला विकास समिति भक्तपुरले दिगो सरसफाइ कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसका लागि पोष्ट ओडिएफ कार्यक्रमअन्तर्गत दिगो सरसफाइका लागि कार्ययोजना निर्माण अन्तिम चरणमा पुगेको जिविसले जनाएको छ । कार्ययोजनाको प्रारम्भिक खाका तयार भएको र सो...
जनकपुर, २७ मंसिर–धनुषाको बटेश्वर गाविसमा डाँका समूहले एक महिलाको हत्या गरेको छ । बटेश्वर गाविस ८ की बबिता यादवको डाँका समूहले हत्या गरेको हो । बुधबार राती १२ बजे हतियारधारी समूहले लुटपाट गर्न थालेपछि बबिताले प्रतिकार गरेकी थिइन् । नकाबधारी समूहले धारिलो हतियार प्रहार...
काठमाण्डु, २७ मंसिर–दार्चुलाको धुलिगौंडास्थित मालपटियामा जिप दुर्घटना हुदाँ चालकको घटनास्थल मै मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय २८ बर्षीय दिपक सिंह धामी रहका छन् । बुधबार राति ११ बजे से १ ज ४९२२ नम्बरकोे जिप तिव्र गतिका कारण सडकबाट अन्दाजी ५० मीटर तल...
कञ्चनपुर, २७ मंसिर–भीमदत्त नगरपालिका–१० तिलकेनीस्थित विष्णु प्राथमिक विद्यालयका प्रधानाध्यापक वीरबहादुर कोलीले नौं महिनादेखि तलब पाएका छैनन् । निजी स्रोतमा कार्यरत प्रधानाध्यापक कोलीले गत चैतदेखि पारिश्रमिक नपाएका हुन् । विद्यालयमा आर्थिक स्रोत नभएका कारण चैतदेखि तलब नपाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर कोलीले जानकारी दिए...
बर्दिवास, २७ मंसिर–महोत्तरीका व्यापारीहरुले आन्दोलनका सबै कार्यक्रमहरु फिर्ता लिएका छन् । गत सोमबार साँझ जनकपुरबाट जलेश्वर आउँदै गरेको किराना सामानसहितको ट्रकलाई सुरक्षाकर्मीले जलेश्वरको जिरोमाइल नजिकै नियन्त्रणमा लिएपछि उद्योगी व्यापारीहरुले तीन दिनदेखि हड्ताल गर्दै आएका थिए । गएराति दुवै पक्षबीच सुरक्षाकर्मीले नियन्त्रणमा लिएको ट्रकमा रहेका...
रोल्पा, २७ मंसिर–घरछेउमै खेलिरहेकी पाँच वर्षीया बालिकाको एक महिलाले हत्या गरेकी छिन् । ह्वामा गाविस–७ का ओबिराज पुनकी पाँच वर्षीया छोरी ज्योतिमायाँ पुनलाई काकी नाता पर्ने एक महिलाले खाना पकाउने पनिउँले हान्दा उनको मृत्यु भएको प्रहरीले बताएको छ । गोठनजिकै चारपाँचजना समूहमा साथीहरुसँग खेलिरहेकी...