समाचार

नदीमा मकर नुहाउँदा लिम्बू बेपत्ता

२०७१ माघ १ गते ११:५०

पाँचथर, १ माघ– पाँचथर र तेह्रथुम जिल्लाको सिमानास्थित तमोर नदीमा मकर नुहाउने क्रममा पाँचथर भारपा ९ का २६ वर्षे राजेश लिम्बू बेपत्ता भएका छन् । नुहाउन नदिमा पसेका उनी एक्कासी बेपत्ता भएका हुन् । उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।...

सवारी दुर्घटनामा ६ जनाको मृत्यु, दर्जनौं घाइते

२०७१ माघ १ गते १०:४४

काठमाण्डु, १ माघ– देशका विभिन्न ठाउँमा सवारीले ठक्कर दिएर र दुर्घटनामा परेर ६ जनाको ज्यान गएको छ । फरक–फरक घटनामा दर्जनौं घाइते भएको प्रहरीले जनाएको छ । दाङ सतवरीयामा बिहिबार विहान सवारी पार्किङ स्थल नजिक ५० बर्षीया रमिया मईतो र उनको ७ बर्षीया नातिनी...

नुवाकोटको तारुकामा गोरु जुधाइ

२०७१ माघ १ गते १०:३५

नुवाकोट, १ माघ-  हरेक माघ १ गते अायाेजना हुने गाेरू जुधाइ यसपटक पनि नुवाकाेटकाे तारूकामा भएकाे छ । युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले गोरु जुधाइ मेलाको औपचारिक उदघाटन गरेका छन् । युवा तथा खेलकुदमन्त्री पौडेल र रसुवाका सभासद जनार्दन ढकाल, राखेपमा उपाध्यक्ष टेण्डी शेर्पा र सशस्त्र...

बोरिङ निर्माण सामग्री रातारात भारततर्फ…

२०७१ माघ १ गते १०:३१

महोत्तरी, १ माघ– महोत्तरीको फुलकाहा गाविसमा खानेपानी उपभोक्ता समितिले खानेपानीका लागि बोरिङ जडान गर्न ल्याइएका सामान रातारात भारततर्फ निकासी गरेको छ । गएराति खानेपानी उपभोक्ता समितिका अध्यक्ष नथुनी राउतलगायत व्यक्तिले त्यहाँ सुरक्षामा खटिएका व्यक्तिलाई कोठामा बन्द गरी बोरिङ निर्माण कार्यका आवश्यक सरसमानहरु भारततर्फ निकासी...

बहुमतीय प्रक्रियामा नजान एमाओवादीको आग्रह

२०७१ माघ १ गते १०:२२

काठमाण्डु, १ माघ– एमाओवादीले देशको मूल कानुन बनाउन अल्पमत–बहुमत गर्न नहुने भन्दै सत्तारुढ दललाई त्यसो नगर्न आग्रह गरेको छ । विगतमा प्रमुख दलबीच भएको १२ बुँदे सहमति, अन्तरिम संविधान, विस्तृत शान्ति सम्झौताको भावनाअनुसार संविधान लेखन प्रक्रियालाई सहमतिका आधारमा अगाडि बढाउन एमाओवादीले सत्तारुढ दललाई आग्रह...

छ महिनामा ४५ अर्ब ६२ करोड राजस्व

२०७१ माघ १ गते १०:२०

वीरगन्ज, १ माघ– नेपालकै प्रमुख राजस्व असुली केन्द्र वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो छ महिनामा लक्ष्यभन्दा करिब १३ प्रतिशतले बढी राजस्व असुली गर्न सफल भएको छ । चालु आर्थिक वर्षको पहिलो छ महिनाका लागि ४० अर्ब ५७ करोड तीन लाख ४२ हजार...

सेनाको बस दुर्घटना, तीन सैनिकसहित २८ घाइते

२०७१ माघ १ गते ९:४०

दमौली, १ माघ– पृथ्वी राजमार्गको दमौली कोत्रे सडकखण्डमा पर्ने तनहुँको शुक्ला गण्डकी नगरपालिका ९ स्थित मालेबगरमा नेपाली सेनाको स्कुल बस बिहीबार बिहान दुर्घटना हुँदा तीन सैनिकसहित २८ जना घाइते भएका छन् । कक्षा १२ मा पढ्ने विद्यार्थीलाई शैक्षिक भ्रमणमा लैजान पोखराबाट काठमाण्डुतर्फ जाँदै गरेको...

मारुती भ्यानमा ल्याउँदै गरेको लागुऔषध बरामद

२०७१ माघ १ गते ९:३९

विराटनगर, १ माघ– मारुती भ्यानको ढोकामा लुकाएर ल्याइएको लागुऔषध प्रहरीले बिहीबार बरामद गरेको छ । विशेष सूचनाका आधारमा सीमा सुरक्षा चौकी रानीबाट खटिएको टोलीले विराटनगर २१ स्थित ढाटमा भारतबाट भित्रिएका को१ज १७२४ नम्बरको मारुती कारको जाँच गर्दा लागुऔषध भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको...

नेम्वाङले भने- ‘माघ ८ पछि मुलुक अफ्ठेरोमा जान सक्छ’

२०७१ माघ १ गते ९:१०

काठमाण्डु, १ माघ– संविधान सभाका सभाअध्यक्ष सुवास नेम्वाङले दलहरुबीच सहमति नभए माघ ८ पछि मुलुक अफ्ठ्यारोमा अवस्थामा जान सक्ने चेतावनी दिएका छन् । उनले दलहरुले तत्काल सहमति नगरे संविधानसभाबाट नियमावलीको प्रक्रियाअनुसार अघि बढ्ने पनि बताए । माघ ८ मै संविधान जारी गर्न दबाब दिने...

गाविस सचिवहरुको दुखेसोः ‘तलब थोरै भयो’

२०७१ माघ १ गते ८:३८

दोलखा, १ माघ– लामो समयदेखि स्थानीय निकायको निर्वाचन हुन नसक्दा देशभरका स्थानीय निकाय अस्तव्यस्त छन् । जनप्रतिनिधिविहीन गाविस सचिवको भरमा चल्दै आएको वर्षै भयो । अध्यक्षको समेत जिम्मेवारी बहन गरेर गाविस चलाउँदै आएका सचिवहरुको भने आफ्नै गुनासो छ,  ‘तलब थोरै भयो ।’ गाउँ र...

मध्यपुर उज्यालो अभियान सुरु

२०७१ माघ १ गते ८:०६

भक्तपुर, १ माघ– मध्यपुरथिमि नगरपालिकाले मध्यपुरथिमिभित्र रहेका ऐतिहासिक तथा पुरातात्विक सम्पदा, सडक एवम् चोकलाई उज्यालो बनाउन ‘मध्यपुर उज्यालो’ अभियान सुरु गरेको छ । नगरपालिकाले कुल २५ लाख रुपैयाँको साझेदारी लगानीमा मध्यपुर उज्यालो अभियान सुरु गरेको मध्यपुरथिमि नगरपालिकाका कार्यकारी अधिकृत मित्रमणि पोखरेलले आज पत्रकारसम्मेलन गरी...

गोरु जुधाउन गएका मन्त्री भन्छन्– ‘बहुमतीय प्रक्रियाको संविधान आउन पनि चार महिना लाग्छ’

२०७१ माघ १ गते ७:५९

काठमाण्डु, १ माघ– युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले बहुमतीय प्रक्रियाको संविधान आउन पनि अझै तीन÷चार महिना लाग्ने दाबी गरेका छन् । नुवाकोटको तारुकामा माघे संक्रान्तिका अवसरमा हुने गोरु जुधाइ खेलको उद्घाटन गर्न गएका मन्त्री पौडेलले माघ ८ मा संविधान आउने सम्भावना न्यून भएको दाबी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us