काठमाण्डू, २४ असार– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिवशंकर यादवले मधेशमा लोडसेडिङ सुरु भएको बताएका छन ।
बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सांसद यादवले यस्तो बताएका हुन । उनले भने, ‘म भर्खर आज १० बजे मधेशबाट काठमाण्डू आएको छु ।
र मधेशका जनताहरूले आज फेरि पनि एक चोटी लोडसेडिङ भएको महसुस गरिरहेको अवस्था छ ।’ मधेश प्रदेशमा पटक–पटक बत्ती जाने समस्या रहेको दोहोर्याउँदै उनले यसमा सरकारको ध्यानाकर्षण समेत गराएका छन । उनले भने, ‘मेरो जिल्लाको सिराहा जिल्लामा २८ ठाउँमा ट्रान्फर्मरको आवश्यकता छ ।
त्यो ट्रान्फर्मर प्रतिस्थापन भएको छैन र बत्ती गइराखेको अवस्था छ’,उनले भने, ‘के सरकारले ट्रान्फर्मर किन्न छैन कि बजेट छैन रु त्यो सदनलाई जानकारी दिनुपर्यो । र बत्ती जाने जुन समस्या छ त्यो समाधान गर्नुपर्यो ।’