जुम्ला, २९ मंसिर–कालीकोटको नाग्मदेखि जुम्ला सदरमुकामतर्फ आइरहेको ना४ख ६७२३ नं को कर्णाली यातायातको बसले किच्दा २० वर्षीय खलासी लोकेन्द्र कठायतको घटनास्थलमै मृत्युभएको छ । मृतक कठायत तातोपानी–२ राका जुम्लाका हुन् । बसको पछिल्लो पाङ्ग्राले च्याप्दा रारा लिही–२ को गाडगडेनी नजिक कठायतको मृत्यु भएको प्रहरी...
काठमाण्डु २९ मंसिर–काँगेस महामन्त्री प्रकाशमान सिंहले अनैतिक र अराजनीतिक तर्क नगर्न एमालेका नेताहरुलाई चुनौती दिएका छन । एमालेका नेताहरुले आफूहरु काँग्रेस जत्तिकै समानान्तर शक्ति भएको अभिव्यक्ति दिएको सन्दर्भमा सिंहले त्यस्तो चुनौती दिएका हुन । काठमाण्डुको क्षेत्र नम्बर १ स्थित बिजुलीबजारमा शनिवार मतदाता सम्पर्क कार्यालयमा...
काठमाण्डु, २९ मंसिर–उच्चस्तरिय राजनीतिक समिति कायम राख्ने कि बिघटन गराउने भन्नेमा राजनीतिक दलवीच विवाद देखिएको छ । प्रधानन्यायधिश खिलराज रेग्मी नेतत्वको सरकार रहुन्जेल समिति रहनु पर्नेमा काँग्रेस,एकीकृत माओवादी र मधेशवादी दलका तर्क छन भने संबिधानसभा निर्वाचनको परिणाम आइसकेको अवस्थामा त्यसको औचित्य नरहेको एमालेको अडान...
काठमाण्डु २९ मंसिर–मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले आगामी राजनीतिक कदमका वारेमा राजनीतिक दलहरुलाई रोडम्याप दिएका छन । अमेरिका,जापान,अष्टे«लिया,भारत,श्रीलंका र नेपालका समाजशास्त्री तथा मानवशास्त्रीसँगको छलफलमा अध्यक्ष रेग्मीले निर्वाचित संबिधानसभाले नयाँ सरकार गठन गर्ने र संबिधानको मस्यौदा तयार गर्ने रोडम्याप दिएका हुन । ‘नेपाल संक्रमणकालमा छ र...
वीरगन्ज,२९ मंसिर–नेपाल आयल निगमको ट्याङ्करबाट पेट्रोलियम पदार्थ चोरी हुने गरेको खुलासा भएको छ । टयाङकरबाट तेल चोरी गरिरहेको अवस्थामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार राति वीरगन्जको प्रतिमाचोकस्थित बाइपास सडकमा रोकिराखेको ना२ख ७०३ नंको तेल ट्याङ्करबाट तेल चोरी गरिरहेको अवस्थामा चालक र...
भक्तपुर, २९ मंसिर–इँटा बनाउने समय सुरु भएपछि इँटा उद्योगमा कार्यरत मजदुरका छोराछोरीलाई लक्ष्य गरी फैढोका निमाविले विशेष पढाइ सुरु गरेको छ । फैढोका निमाविमा तीनकोठे भवन निर्माण गरिएपछि यस वर्षबाट पढाइ सुरु भएको हो । विद्यालयका प्रधानाध्यापक महावीर अमात्यले मजदुरका सन्तानका लागि छुट्टै पढाइ...
काठमाण्डु, २९ मंसिर– संविधानसभा निर्वाचनबाट चौथो शक्तिका रुपमा स्थापित भएको पूर्वपञ्चहरुको पार्टी राप्रपा नेपालभित्रको भाँडभैलो थप चर्किने भएको छ । सभासद छनोटको विवाद चर्किंदै गएका बेला आज असन्तुष्ट पक्षका केन्द्रीय सदस्यहरुको छुट्टै बैठक बस्न लागेको छ । बैठकको स्थान र समय भने गोप्प राखिएको...
गोरखा, २९ मंसिर– गोरखा गाईखुरकी एक महिलाले आफ्ना दुई नाबालक सन्तानसँगै आत्महत्या गरेकी छन् । गाइखुर–६ की ३० वर्षीया शारदा चापागाईंले ५ वर्षीय छोरा ईश्वर र ८ वर्षीया छोरी स्मतिसँगै आत्महत्या गरेको इलाका प्रहरी कार्यालय गाइखुरले जनाएको छ । श्रीमानसँग सामान्य झगडा भएपछि माइती...
काठमाण्डु, २९ मंसिर– राजधानीमा जारी नेकपा–माओवादीको केन्द्रीय समिति बैठकमा आज अध्यक्ष मोहन वैद्यले आफ्नो प्रतिवेदनमा सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदैछन् । बैठक आज पनि बिहान ११ बजेपछि पार्टी कार्यालय बुद्धनगरमा बस्ने बताइएको छ । आजको बैठकमा बोल्न बाँकी केही सदस्यले धारणा राखेपछि अध्यक्ष वैद्यले...
काठमाण्डु, २८ मंसिर–व्यवस्थापिका–संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले संविधानसभालाई सफल बनाउन संसद सेवाअन्तर्गतका कर्मचारीहरूको महत्वपूर्ण भूमिका हुने भएकाले यसपटक पनि सो भूमिका इमान्दारीपूर्वक पूरा गर्न आग्रह गरेका छन । व्यवस्थापिका–संसद सेवा दिवस २०७० को अवसरमा यहाँ आयोजित कार्यक्रममा उनले विगतमा पनि संसद सेवाअन्तर्गतका कर्मचारीहरूको...
सुर्खेत,२८ मंसिर– सुर्खेतको वीरेन्द्रनगरमा नेपाल व्यापार तथा पर्यटन मेलाको उदघाटन गर्न आइपुगेका राष्ट्रपति डा. रामवरण यादवलाई शुक्रबार २१ किलोको मालाले स्वागत गरिएको छ । मेला मूल आयोजक समितिका संयोजक तथा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष पद्मबहादुर शाही र वाणिज्य संघका पूर्व अध्यक्षले संयुक्तहरुपमा राष्ट्रपतिलाई...
काठमाण्डु, २८ मंसिर– सर्वोच्च अदालतले जनतान्त्रिक तराई मधेस मुक्ति पार्टीका अध्यक्ष भगत सिंह भनिने अर्जुन सिंहसँग भएको सहमतिका कागजात र उनले हतियार बुझाएको भरपाईसहित तीन दिनभित्र उपस्थित हुन सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीश रामकुमारप्रसाद साहको एकल इजलासले शुक्रबार जारी गरेको कारण...