समाचार

बेलायतले ३० वर्षसम्मका लाहुरेका सन्तानलाई आवासीय भिसा दिने

२०७१ माघ २ गते ११:४५

काठमाण्डु, २ माघ– बेलायत सरकारले गोरखा सैनिकका ३० वर्षसम्मका सन्तानलाई आवासीय भिसा दिने नयाँ निर्णय गरेको छ । यसअघि गोरखा सैनिकका १८ वर्षसम्मका सन्तानलाई मात्रै आवासीय भिसा दिने व्यवस्था थियो । गोरखा भूतपूूर्व सैनिक संघ ‘गेसो’ले भने सबै गोरखा सैनिकका सन्तानले आवासीय अधिकार पाउनुुपर्ने...

टाटासुमो दुर्घटनामा चारको मृत्यु

२०७१ माघ २ गते ११:४१

हेटौँडा, २ माघ– काठमाण्डुबाट हेटौँडातर्फ जाँदै गरेको ना१ज ४२७५ नम्बरको टाटासुमो भीमफेदी ६ जुरीखेतमा आज अपराह्न सडकबाट करिब ३० फि तल खस्दा चार यात्रुको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन् । अहिलेसम्म मृतकको सनाखत हुन बाँकी रहेको र घाइतेलाई...

माघ ८ मा संविधान जारी गर्न सकिन्छः सभाध्यक्ष

२०७१ माघ २ गते १०:३५

काठमाण्डु, २ माघ– संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले विषय र प्रक्रियामा सहमति गरेमा अझै पनि माघ ८ मा संविधान जारी गर्न सकिने बताएका छन् । सम्पादक समाज नेपालले आयोजना गरेको ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार वितरण तथा सम्मान’ कार्यक्रममा उनले दलहरुले विषय र प्रक्रियामा सहमति गरेमा...

भरूवा बन्दुक बरामद

२०७१ माघ २ गते ९:५०

इलाम, २ माघ– कोल्बुङ ९ किटेनीबाट प्रहरीले शुक्रबार दुई थान भरूवा बन्दुक बरामद गरेको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक ईश्वर थापाको नेतृत्वमा खटिएको गस्ती टोलीले कोल्बुङको हडिया जङ्गलमा बेवारिसे अवस्थामा भरूवा बन्दुक फेला पारेको हो । बरामद बन्दुकलाई जिल्ला प्रहरी कार्यालय...

सुनसरी प्रहरीमा दलालको बिगबिगी

२०७१ माघ २ गते ९:३०

सुनसरी, २ माघ– जिल्ला प्रहरी कार्यालय सुनसरीमा केही दलालको बिगबिगी बढेको प्रहरी स्रोतले जनाएको छ । प्रहरीमा एउटै अनुहारका ८ देखि १० जनासम्म दैनिकजसो प्रहरी कार्यालयमा देखिने गरेको एक प्रहरी अधिकृतले जानकारी दिए । राजगन्ज सिनुवारीका दुईजना, इनरुवाका दुईजना, भोक्राहा र बबियाका एक–एकजनासहित ८...

देश संविधान निर्माणतिर, एमाले कार्यकर्ता भेलातिर

२०७१ माघ २ गते ९:२५

काठमाण्डु, २ माघ– एक वर्षमा संविधान निर्माण गर्ने वाचा गरेको नेकपा एमाले तोकिएको मिति आउँदै गर्दा पार्टीको आन्तरिक भेलाको तयारीमा लागेको छ । पूर्वनिर्धारित माघ ८ गते आउनै लाग्दा एमालेले राष्ट्रिय कार्यकर्ता भेला गर्न लागेको हो । एमालेले माघ ५ गते काठमाण्डुमा भेला गर्दैछ...

बहुमतीय प्रक्रियामा जान नदिने एमाओवादीको निर्णय

२०७१ माघ २ गते ९:१४

काठमाण्डु, २ माघ– प्रमुख प्रतिपक्षी दल एकीकृत माओवादीले बहुमतीय प्रक्रियाबाट संविधान ल्याउन खोजे त्यसलाई रोक्ने निर्णय गरेको छ । शुक्रबार बिहान एमाओवादी संसदीय दलको कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । ‘संविधान भनेको सहमतिबाटै निर्माण गर्नुपर्छ,’ एमाओवादी संसदीय दलका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले...

फाइल मन्त्रालयमै थन्किएपछि मेडिकल कलेजको निर्माण कार्य अबरुद्द

२०७१ माघ २ गते ८:४३

धनगढी, २ माघ– कैलालीको साविक गेटा गाविसमा निर्माण गरिने प्रस्तावित मेडिकल कलेजको निर्माण कार्य छ महिनादेखि रोकिएको छ । निर्माणस्थलमा रहेका रूख कटान आदेशका लागि छ महिनाअघि वन मन्त्रालयमा पठाइएको फाइल मन्त्रालयमै थन्किएपछि कलेजका भौतिक संरचनाको निर्माण कार्यअघि बढ्न नसकेको मेडिकल कलेज प्रवद्र्धन समितिका...

‘संविधान पनाति पुस्तासम्मको हो भन्ने मनन गरौँ’ : सभापति भट्टराई

२०७१ माघ २ गते ८:०८

काठमाण्डु, २ माघ– संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले अब बन्ने संविधान अहिलेको पुस्ताको मात्रै नभएकोले नेतृत्वले जिम्मेवारीपूर्ण ढंगले निर्णय गर्नुपर्ने बताएका छन् । सभापति भट्टराईले भने, ‘संविधान हाम्रा छोरा, नाति, पनातिसम्मको पुस्ताको निम्ति हो । यसलाई मनन गर्दै हामी सबैले भूमिका...

बन्ने होइन त नायब सुब्बा ?

२०७१ माघ २ गते ८:०६

काडमाण्डु, २ माघ– लोकसेवा आयोगले यस वर्षका लागि चार सय ८२ नायव सुब्बाको विज्ञापन प्रकाशित गरेको छ । यस वर्ष आयोगले निजामती सेवाका लागि विभिन्न क्षेत्रमा गरी सो विषापन प्रकाशित गरेको हो । लोकसेवा आयोगले लिने परिक्षालाई निजामती सेवामा प्रवेश गर्ने ढोकाका रुपमा लिइन्छ...

नेता नेपालसँग डेनिश राजदूतको भेट

२०७१ माघ २ गते ७:३२

काठमाण्डु, २ माघ– नेकपा एमालेका नेता माधवकुमार नेपालसँग नेपालका लागि डेनमार्कका राजदूत किस्र्टन जिलानले भेटवार्ता गरेका छन् । नेता नेपालको निवास कोटेश्वरमा भएको भेटमा उनीहरुबीच संविधान निर्माण प्रक्रिया, दलहरुबीचको सहमति प्रयास तथा डनेमार्क–नेपाल सम्बन्धका विविध पक्षमा कुराकानी भएको थियो । डेनिश राजदूतले नेपालमा संविधान...

अधिकांश सरकारी भवन भूकम्पीय दृष्टिले उच्च जोखिममा

२०७१ माघ २ गते ७:१५

प्यूठान, २ माघ– प्यूठान जिल्लाका अधिकांश सरकारी भवन भूकम्पीय दृष्टिकोणले उच्च जोखिममा रहेका छन् । जिल्लाका नवनिर्मित सरकारी भवनमा भवन आचार संहिता २०६० कार्यान्वयन भए पनि यहाँ अधिकांश पुराना र जीर्ण भवन भएकाले भूकम्पीय दृष्टिले उच्च जोखिममा रहेको जिल्ला इन्जिनियर पुष्परत्न रञ्जितले बताए ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us