दमक, ३० मंसिर–केही दिनयता बढेको चिसोसँगै यहाँका बालबालिकामा निमोनियाको प्रकोप बढ्न थालेको छ । चिसोले गर्दा बालबच्चासँगै अन्य उमेर समूहका मानिससमेत प्रभावित हुँदै आएका छन् । चिसो बढ्दै जाँदा बालबालिकामा ज्वरो आउने, रुघाखोकी लाग्ने, कोल्ड डाएरियासँगै निमोनिया हुने गरेको चिकित्सकहरुले जनाएका छन् । स्वास्थ्य...
काठमाण्डु, ३० मंसिर– सूचना तथा सञ्चारमन्त्री माधवप्रसाद पौडेलले नवनिर्वाचित जनप्रतिनिधिलाई कार्यभार हस्तान्तरण गर्न सरकार आतुर रहेको बताएका छन् । उनले भने, ‘नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न यो सरकार आतुर छ । त्यसपछि मात्रै हाम्रो कार्यभार पूरा हुनेछ ।’ नेपाल पत्रकार महासंघ शिक्षा विभागको सहयोगमा...
काठमाण्डु, ३० मंसिर–प्रमुख दल सम्वद्ध उच्चस्तरीय राजनीतिक समिति बैठक आज पुन: बस्दैछ । बैठक अपराह्न ४ बजेपछि बबरमहलस्थित शान्तिकोषको सचिवालयमा बस्ने नेताहरुका सहयोगीले बताएका छन् । बैठकअघि दलहरु आन्तरिक तथा बाह्य छलफलमा जुट्दैछन् । काँग्रेस–एमालेले एकीकृत माओवादीलाई मनाउन मध्यमार्गी प्रस्ताव ल्याउने तयारी गरेका छन्...
काठमाण्डु, २९ मंसिर– मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले राजनीतिक एवम् संवैधानिक व्यवस्थाअनुसार संविधानसभाको बैठक आयोजना गर्ने प्रक्रियामा मुलुक पुगेको उल्लेख गर्दै त्यससँगै सरकार गठन र संविधानलेखनको काम सुरु हुने बताएका छन् । समाजशास्त्र समाज नेपालद्वारा आज ललितपुरमा आयोजित ‘नेपालको रुपान्तरणका सामयिक गति’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनको...
काठमाण्डु, २९ मंसिर– एमालेका अध्यक्ष झलनाथ खनालले नेपाली काँग्रेससँग आफ्नो पार्टीको प्रतिस्पर्धा र सहकार्य एकै साथ हुने बताएका छन् । नेकाका विभिन्न कार्यकर्ताको पार्टी प्रवेशका लागि केन्द्रीय कार्यालय बल्खुमा आयोजित कार्यक्रममा अध्यक्ष खनालले संविधानसभा निर्वाचनको जनादेशअनुसार आफूहरूले काँगेससँग मुख्य प्रतिस्पर्धा र सहकार्य गर्दै लोकतान्त्रिक...
काठमाण्डु, २९ मंसिर– एकीकृत माओवादीले संविधानसभा निर्वाचनको विश्वसनीयतामाथि उठेको प्रश्नको समाधान नभई संविधानसभामा सहभागी नहुने पार्टीको निर्णय कायम नै रहेको जनाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार आयोजित नियमित प्रवक्ता–सञ्चारकर्मी भेटको अवसरमा सो पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले निर्वाचनको वैधतामाथि प्रश्न उठिसकेपछि त्यसको छिनोफानो...
काठमाण्डु, २९ मंसिर– एकीकृत माओवादी नेतृत्वको प्रस्तावित संघीय लोकतान्त्रिक गठबन्धनको एक पार्टी संविधानसभामा जाने भएको छ । राजेन्द्र महतोको सद्भावना पार्टीले संविधासभामा जाने निर्णय लिएको हो । निर्वाचनमा धाँधली भएको भन्दै छानबिन आयोगको गठन गर्न माग गरेको सदभावना गठबन्धनको निर्णय विपरित संविधानसभामा जान लागेको...
काठमाण्डु, २९ मंसिर– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाले आफ्नो पसल तथा व्यवसायमा मूल्यसूची टाँस गर्न र उपभोक्तालाई सही सूचना दिन निर्देशन दिएका छन् । कालिमाटी तरकारी तथा फलफूल बजारमा शनिबार आयोजित कार्यक्रममा उनले स्थानीय व्यापारी तथा व्यवसायीहरूलाई मूल्यसूची टाँस्न र आफ्नो सामानको...
खोटाङ, २९ मंसिर– बाटोमा हिँडिरहेकी एक महिलाको खोटाङमा गहना लुटिएको छ । दिक्तेलस्थित रत्नपार्कमा शुक्रबार राति हिँडिरहेको अवस्थामा सप्तेश्वर–३ घर भई हाल सोही स्थानमा बसोवास गर्ने मनुहिमाल राईको कानमा लगाएको एक तोला सुनको रिङ लुटिएको हो । आफन्तकोबाट कोठामा फर्कने क्रममा बाटो ढुकेर बसिरहेका...
झापा, २९ मंसिर– सभासद रविन कोइरालाले भारतको बंगाल सरकारसँग वार्ता गरेर हात्तीको समस्या समाधान गर्ने बताएका छन् । उनले बङ्गाल सरकारकी मुख्यमन्त्रीसँग वार्ता गरी हात्ती प्रकोप न्यूनीकरणका लागि ठोस कार्यदल बनाई समस्या समाधान गरिने बताएका हुन् । झापाको बाहुनडाँगीमा सरस्वती माध्यमिक विद्यालय र नागरिक...
चितवन, २९ मंसिर– जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले भरतपुर नगरपालिकामा डेङ्गु सार्ने लामखुट्टे र त्यसको लार्भा तथा प्युपा खोजेर नष्ट गर्ने अभियान शनिबार पनि जारी राखेको छ । बिहीबारदेखि सुरु भएको अभियान शुक्रबार पनि जारी रहेको कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक रामकुमार केसीले जानकारी दिए ।...
चितवन २९ मंसिर–जिल्ला शिक्षा कार्यालय चितवनले चार वटा निजी विद्यालय बन्द गरेको छ । यहाँका विभिन्न क्षेत्रमा अनुमति नलिई सञ्चालनमा रहेका विद्यालयलाई बन्द गरिएको चितवनका जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले जानकारी दिए । बन्द भएका विद्यालयमा सबै पूर्वी चितवनका छन् । बन्द गरिएका नीजि...