काठमाण्डु, ३ माघ– संविधानका विवादित विषयमा सहमति नजुटिरहेको बेलामा सत्तारुढ दल नेकपा एमालेले राजधानीमा बृहद् कार्यकर्ता भेला डाकेको छ । माघ ५ गते हुने भेलाको तयारीका लागि शनिबार केन्द्रीय कार्यालय बल्खुमा उपत्यकाका पार्टी कमिटी प्रमुख, जनसङ्गठनका प्रमुख र केन्द्रीय तथा अञ्चल सम्पर्क कमिटीका अध्यक्ष...
पर्सा, ३ माघ– पर्साको पोखरिया नगरपालिका वडा नं ११ शिवबर्वामा पञ्च वा समाजका भद्रहरुका बीचमा कुटपिट हुँदा नौजना घाइते भएका छन् । स्थानीय दुईजना व्यक्तिबीच भएको झगडा मिलाउनका लागि आज बसेको पञ्चायती अर्थात छलफलमा पञ्चहरुबीच नै विवाद भई कुटाकुट भएको हो । गाउँमा रहेको...
कञ्चनपुर, ३ माघ– कञ्चनपुर जिल्लामा ब्रोइलर कुखुराको मासुको मूल्यमा एक महिनाको अवधिमै दोब्बर वृद्धि भएको छ । एक महिनाअघि १८० प्रतिकिलोका दरले बिक्री हुँदै आएको ब्रोइलर कुखुराको मासुको मूल्यमा वृद्धि भई २४० पुगेको छ । बजारको मागअनुरुप ब्रोइलर कुखुराको आपूर्ति नहँुदा मासुको मूल्यमा दोब्बर...
रौतहट, ३ माघ– रौतहटको टेंग्राहा गाविसमा प्रहरीले आज एक बालिकाको शव फेला पारेको छ । केही दिनदेखि घरबाट अचानक हराएकी ती बालिकाको शव गाउँदेखि दक्षिणमा रहेको उखुबारीमा शव फेला परेको हो । शव स्थानीय टेंग्राहा गाविस ७ बस्ने मनोज साहको चार वर्षीया छोरी रुवी...
काठमाण्डु, ३ माघ–संविधानसभाको शनिबारको बैठकमा बोल्दै एमाले उपाध्यक्ष भीम रावलले एमाओवादी र मधेसवादी दल पुरानो प्रतिबद्धताबाट पछि हटेको आरोप लगाए । उपाध्यक्ष रावलले अघिल्लो संविधानसभाको अन्त्यतिर पनि अन्तरवस्तुमा भएको सहमतिमा एनेकपा माओवादी र मधेसी दल नै पछि फर्केको दाबी गरे । उनले एक वर्षभित्र...
दोलखा, ३ माघ– दोलखामा आत्महत्या गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाको तथ्याङ्कअनुसार आर्थिक वर्ष ०७१÷०७२ मा १५ जनाले झुन्डिएर आत्महत्या गरेका छन् । यस्तै छजनाले विष सेवनगरी, एकजनाले खोलामा हाम फालेर र भवितव्यमा परी १४ जनाको ज्यान गएको उल्लेख छ...
बारा, ३ माघ– शिक्षा मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनानुसार जिल्ला शिक्षा कार्यालय बाराले हिजोेदेखि जिल्लामा रहेका ३१ वटा झोले विद्यालय बन्द गरिएको जिल्ला शिक्षा अधिकारी तुलाराम भण्डारीले बताए । बन्द गरिएको विद्यालय सञ्चालन अवधिको लेखा परीक्षण प्रतिवेदन, विद्यालयको चल अचल सम्पत्तिको विवरणसमेत...
काठमाण्डु, ३ माघ– काँग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले संविधानसभाले पारित गरेको कार्यतालिका अनुसार भदौ महिनामा गर्नुपर्ने काम आजसम्म पनि हुन नसकेको भन्दै असन्तुष्टि जनाएका छन् । सिटौलाले संविधान पारित गरेर जारी गर्न राष्ट्रपतिसमक्ष पेस गर्ने समय आइसक्दा असहमतिका विषयलाई के गर्ने भनेर छलफल गर्न विवश...
नेपाली राजसंस्थामा कुनैबेला रत्न मानिने पूर्वबडामहारानी रत्न राज्यलक्ष्मी शाहको दैनिक अचेल दयनीय र निरस छ । उमेर र स्वास्थ्यका कारण कमजोर बन्दै गएकी उनी पारिवारिक रुपमा पनि एक्लै छिन् । तत्कालिन युवराज महेन्द्रसँग बिहे गरेर दरबारमा भित्रिएकी रत्न आफ्नो जमानामा शालीन महारानीका रुपमा चिनिन्थिन्...
सुनसरी, ३ माघ– जिल्ला कृषि विकास कार्यालय सुनसरीले युवा कृषक व्यावसायिक कार्यक्रम कमिसन लिएर छनोट गरेको कृषकले गुनासो गरेका छन् । जिल्ला कृषि कार्यालय सुनसरीले लक्षित व्यावसायिक तरकारीखेती, युवा लक्षित व्यावसायिक च्याउखेती, साना सिँचाइ कार्यक्रम, सहकारी खेतीमा आधारित साना सिँचाइ स्किम, सहकारीखेती स्किमलगायतमा छनोट...
काठमाण्डु, ३ माघ– सरकारमा एमाले, सडकमा पनि एमाले । एमालेका उपाध्यक्ष वामदेव गौतम उपप्रधान तथा गृहमन्त्री छन् । उनकै पार्टीको भातृसंगठन युवासंघ नेपालले शनिबार सडकमा ‘देश टुक्राउन पाइँदैन’ भन्दै संघीयताविरोधी नारा लगायो । एमाले निकट युवासंघ नेपालले नयाँ बानेश्वर संविधानसभाको भवनबाहिर अर्धनग्न जुलुस निकालेको...
काठमाण्डु, ३ माघ– संविधान लेखनमा देखिएका विवादलाई अन्त्य गर्न भन्दै शनिबार बिहान बसेको प्रमुख राजनीतिक दलको बैठकमा संंघीयताको विषयमा कुरा नमिलेपछि बैठक स्थगित भएको छ । बैठकमा सत्तारुढ कांग्रेस–एमालेले संघीयताका विषयमा आफ्नो अडान छाडन् नमानेपछि बैठक दिउँसोसम्मका लागि स्थगित भएको हो । संविधानसभाका अध्यक्ष...