काठमाण्डु, ३० मंसिर– मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी केन्द्रीय समिति बैठकले एकीकृत माओवादी उम्मेदवारलाई पराजित गराउन काँग्रेस–एमाले उम्मेदवारका पक्षमा भोट माग्ने र जीवन हत्केलामा राखेर सशक्त बहिस्कार आन्दोलन सञ्चालन गर्ने दुवैथरी नेता कार्यकर्ता सही ठहर्याएको छ । अध्यक्ष मोहन वैद्यले पेश गरेको राजनीतिक प्रस्तावमाथि धारणा...
भक्तपुर, ३० मंसिर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राष्ट्रपति आफैं चुप लागेर बस्नु देशका लागि घातक हुने बताएका छन् । राष्ट्रपतिबारे विवाद सिर्जना भएको अहिलेको अवस्थामा राजनीतिक अन्योलताको अन्त्यका लागि राष्ट्रपतिले नै मध्यमार्गीको भूमिका निर्वाह गरेर अगाडि बढ्नु पर्ने उनले बताए ।...
काठमाण्डु, ३० मंसिर– एकीकृत माओवादीले निर्वाचनको धाँधली छानविन गर्नुपर्ने र संविधान निर्माण सबै पक्षको सहमतिमा गर्नुपर्ने अडान कायम राखेको छ । एमाओवादीले उच्चस्तरीय राजनीतिक समितिलाई कायम राख्नुपर्ने निर्णय पनि गरेको छ । पूर्वपोलिटव्युरो समितिको आइतबार बसेको बैठकले पार्टीले पछिल्लोपटक लिएका अडान उपयुक्त रहेको भन्दै...
खोटाङ, ३० मंसिर– खोटाङमा एक महिलाको बिभत्स हत्या भएको छ । महादेवस्थान–१ हलेसीकी ४० वर्षीया सुगा राईको शव बिभत्स अवस्थामा भेटिएको हो । चिया पसल गर्दै आएकी सुगाको छिमेकी गाविस धितुङ–९ को लोकेबर जङ्गलमा हत्या भएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक...
काठमाण्डु, ३० मंसिर– नागरिक समाजका केही अगुवाहरुले संविधानसभा निर्माण भइसकेको अवस्थामा विभिन्न अभिव्यक्ति दिएका छन् । रिपोटर्स क्लबमा आइतबार आयोजित साक्षात्कारमा उनीहरुले नयाँ जनादेश आइसकेको भन्दै संसविधानसभाबाट समस्या हल गर्नुपर्ने बताउँदे बाहिर छलफल गरेर पहिलेजस्तै जनतामाथि षडयन्त्र भएको बताएका छन् । साक्षात्कारमा नागरिक अगुवाहरुले...
चितवन, ३० मंसिर– जाडो छल्न कर्याङकुर्याङ नामका चरालगायत विभिन्न प्रजातिका चरा तिब्बतबाट चितवन आउने क्रम सुरु भएको छ । चितवनमा भन्दा तिब्बतमा यो समयमा जाडो हुने र आहाराका लागि पनि कर्याङकुर्याङ चरा यहाँ आउने गरेको बर्ड एजुकेसन सोसाइटी सौराहाका अध्यक्ष वासु विडारीले जानकारी दिनुभयो...
काठमाण्डु, ३० मंसिर– एकीकृत माओवादी लगायतका विभिन्न १८ राजनीतिक दलले छानबिन आयोग गठन गर्ने अन्तर्राष्ट्रिय प्रचलन भएकाले सोही प्रचलनअनुसार आयोग गठनको माग अगाडि सारिएको बताएका छन् । एमाओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार बसेको ती दलको बैठकपछि संविधानसभा निर्वाचनको छानबिनका लागि उच्चस्तरीय स्वतन्त्र आयोग गठनको...
काठमाण्डु, ३० मंसिर– नेपाली काँग्रेस संसदीय समितिको बैठक समानुपातिक सभासदको सूची तयार पार्न आइतबार पनि असफल भएको छ । आइतबार सहमति हुन नसकेपछि थप छलफलका लागि भन्दै सोमबार बिहानसम्मका लागि बैठक स्थगित गरिएको छ । काँग्रेस संसदीय बोर्डका सदस्य तथा सहमहामन्त्री पूर्णबहादुर खड्काले शीर्ष...
भक्तपुर, ३० मंसिर– दुवै मिर्गौला असफल भएपछि विगत आठ वर्षदेखि नियमितरुपमा औषधि उपचार गराउँदै आएकी एक महिलाले मिर्गौला दिने व्यक्ति पाए पनि यसका लागि लाग्ने खर्च अभाव भएपछि मिर्गाैला प्रत्यारोपण गर्ने कार्य रोकिएको छ । भक्तपुरको दधिकोट गाविस–७ गाम्चाकी ३९ वर्षीया कमला श्रेष्ठलाई मिर्गौला...
कञ्चनपुर, ३० मंसिर– कञ्चनपुरको कृष्णपुर गाविस–८ मौरीफाँटाका छ जनाभन्दा बढी दलित परिवारका बालबालिकाले पोषणभत्ता पाउन सकेका छैनन् । महर थरका दलित परिवारका बालबालिकाले अनुसूचीमा थर समावेश नगरिँदा भत्ता पाउन नसकेका हुन् । गाविसमा भत्ताका लागि निवेदन दिँदा गाविस सचिवले अनुसूचीमा दलित भनेर सूचीकृत नगरिएकाले...
काठमाण्डु, ३० मंसिर– आगामी शैक्षिक सत्रमा पनि पाठ्यपुस्तक अभाव भएमा जिम्मेवार निकायका पदाधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगरानीमा राख्ने बताइएको छ । अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले विद्यार्थीले समयमा पाठ्यपुस्तक नपाउनेस्थिति आएमा सम्बन्धित निकायका जिम्मेवार अधिकारीलाई अनुगमनको दायरामा ल्याइने बताएका हुन् । शैक्षिक सत्रमा पाठ्यपुस्तक...
काठमाण्डु, ३० मंसिर– एकीकृत माओवादीले राजधानीमा उपलब्ध पूर्वपोलिट्ब्युरो सदस्यहरुको बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बिहान बसेको हेर्डक्वाटर बैठकले उच्चस्तरीय राजनीतिक समिति बैठकअघि पूर्वपोलिट्ब्युरोको बैठक बोलाएको हो । बैठक दिउँसो २ बजेपछि बस्ने नेता पोष्टबहादुर बोगटीले काठमाण्डु टुडेलाई जानकारी दिए ।...