समाचार

पाँच विमानस्थल रात्रिकालीन उडानका लागि योग्य

२०७१ माघ ४ गते १२:११

  काठमाण्डु, ४ माघ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित मुलुकका पाँच विमानस्थल अबदेखि रात्रिकालीन उडानका लागि योग्य भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० का अनुसार विराटनगर, भैरहवा, नेपालगञ्ज र सिमरा विमानस्थल रात्रिकालीन उडानका लागि योग्य भएका हुन् । यसअघि त्रिविसहित विराटनगर, भैरहवा र नेपालगञ्जले...

विपक्षी मोर्चाले आन्दोलन नरोक्ने

२०७१ माघ ४ गते १२:००

काठमाण्डु, ४ माघ– प्रमुख दलहरुबीच सहमतिका लागि अन्तिम प्रयास भइरहे पनि विपक्षी मोर्चाले आफ्नो आन्दोलनको कार्यक्रम फिर्ता नलिने बताएको छ । संविधान अन्तर्वस्तुमा चार प्रमुख दलहरुबीच आइतबार पनि छलफल भएको छ ।   ‘संविधानका अन्तर्वस्तुहरुमा प्रमुख दलहरुबीच गम्भीर छलफल भइरहेको छ तर अहिलेसम्म ठोस...

चौधरी मृत फेला

२०७१ माघ ४ गते ११:३५

धनगढी, ४ माघ– कैलालीको टीकापुर नगरपालिका ९ मा स्थानीय एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्। टीकापुर नगरपालिका ९ वनगाउँका अन्दाजी ३५ वर्षीय चतुरमान चौधरीलाई आफ्नो घरदेखि करिब चार किलोमिटर टाढा मृत फेला पारिएको घटनास्थलमा रहेको टीकापुर इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रवीन्द्र...

पश्चिमाञ्चलमा टेलिकमका २२ लाख ग्राहक

२०७१ माघ ४ गते ११:०८

बुटवल, ४ माघ– नेपाल टेलिकमको टेलिफोन, मोबाइल तथा इन्टरनेट सेवा प्रयोग गर्ने ग्राहक पश्चिमाञ्चल क्षेत्रमा २२ लाख नाघेका छन् । पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी, गण्डकी र धवलागिरि अञ्चलका १६ जिल्लामा गत असार मसान्तसम्ममा करिब एक्काइस लाख १० हजार ग्राहक पुगेका थिए । त्यसयता कात्तिक...

पेट्रोलियम पदार्थको मूल्य घट्यो

२०७१ माघ ४ गते ११:०३

काठमाण्डु, ४ माघ– नेपाल आयल निगमले अाइतबार बिहान देखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँ घटाएको छ । निगमले १५/१५ दिनमा स्वचालित मूल्य प्रणाली लागू गरेकोले अन्तर्राष्ट्रिय बजारअनुसार समायोजनका लागि मूल्य घटाएको निगममा प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले राससलाई जानकारी दिए...

‘तपाईंहरु दुई तिहाइ खोज्दै गए हामी पनि विप्लव र वैद्य खोज्दै जान्छौं’– एमाओवादी नेता शर्मा

२०७१ माघ ४ गते १०:५३

काठमाण्डु, ४ माघ– सत्तारुढ दलले दुई तिहाइ बहुमतबाट संविधान ल्याउने तयारी गरे आफूहरुले संविधानसभाबाहिरका शक्तिसँग मोर्चाबन्दी गर्ने एमाओवादी नेताले चेतावनी दिएका छन् । एमाओवादी नेता जनार्दन शर्मा ‘प्रभाकर’ले संविधानसभामा बोल्दै भने, ‘तपाईंहरु दुई तहाई खोज्दै जाने हो भने हामी पनि विप्लव र वैद्य खोज्दै...

ठक्कर, मृत्यु, फरार, पक्राउ…

२०७१ माघ ४ गते १०:१२

झापा, ४ माघ– दुईजनाको ज्यान जानेगरी पछाडिबाट ठक्कर दिई फरार भएका बस चालक भीमबहादुर राजवंशी आज पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । विर्तामोडबाट झापाको बनियानीतर्फ आइरहेको मे १ ख ४२३ नं को यात्रुबाहक बसले भद्रपुर नगरपालिकाको भानुचोक स्थित को४प ४०८० नं...

एमाले भातृसंगठनहरु माघ ८ का पक्षमा सडकमा

२०७१ माघ ४ गते १०:०४

काठमाण्डु, ४ माघ– समयमा पूर्ण प्रेस स्वतन्त्रतासहितको संविधान निर्माणका लागि दबाब दिन भन्दै आइतबार प्रेस चौतारी नेपालले नयाँ बानेश्वरमा खबरदारी सभा आयोजना गरेको छ । एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारीको उपत्यका र प्रतिष्ठान अञ्चल कमिटीको संयोजनमा गरिएको सो कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष...

दुई दशकमै कैलालीको वन सकिने

२०७१ माघ ४ गते ९:५२

कैलाली, ४ माघ– दिगो वन व्यवस्थापनमा ध्यान नदिए कैलालीको वन दुई दशकमै पूर्णरुपमा विनाश हुने सरोकारवालाले दाबी गरेका छन् । जिल्लामा वन संरक्षणमा क्रियाशील सङ्घ संस्था तथा राजनीतिक दलले यस्तो दाबी गरेका हुन् । देशमै सबैभन्दा बढी दुई लाख पाँच हजार ९३९ हेक्टर वन...

ल्होसारलाई महोत्सवका रुपमा मनाउन माग

२०७१ माघ ४ गते ९:०६

काठमाण्डु, ४ माघ– ल्हुक ल्होसार २८५१ बृहत् मूल समारोह समितिले राज्यले नै सोनाम ल्होसार महोत्सव मनाउनुपर्नेमा जोड दिएको छ । विश्वको सबैभन्दा पुरानो सभ्यता भएको सोनाम ल्होसार तामाङ जातिमा मात्र सीमित नरहेको र यो राष्ट्रको गौरवमय संस्कृति र सभ्यतासँग जोडिएको पर्व भएको तर्क समितिको...

पानी किन्नुपर्ने भएपछि जनता बसाइँ सर्न थाले

२०७१ माघ ४ गते ८:२४

पाँचथर, ४ माघ– जिल्लाका सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएका चार गाविसमा अहिले पानी किनेर पिउनुपर्ने अवस्था छ । दक्षिणी गाविस रानीगाउँ, स्याब्रुम्वा, याशोक र मौवा गाविसमा अहिले प्रतिलिटर डेढ रुपैयाँका दरले पानी किनेर पिउनुपर्ने बाध्यता रहेको छ । पछिल्लो दुई वर्षको अवधिमा मात्रै १५ स्थानीयवासीले...

प्रमुख दलको बैठकमा सहमति हुन सकेन

२०७१ माघ ४ गते ८:२३

काठमाण्डु, ४ माघ– संविधानसभा भवनभित्रै बसेको प्रमुख दलहरुको बिहानको बैठक बिना निष्कर्ष टुंगिएको छ । दलहरुले संघीयताका विषयमा सहमति गर्न नसकेको बैठक स्रोतले बतायो । संविधान जारी गर्ने मिति माघ ८ आउन ४ दिन मात्रै बाँकी हुँदा प्रमुख दलबीच संविधानका विवादति विषयमा सहमति हुन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us