समाचार

समानुपातिकतर्फ ५० प्रतिशत सहभागी गराउन माग

२०७० पुष १ गते १६:१०

काठमाण्डु–१ पुस– राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घले संविधानसभामा समानुपातिकतर्फ ५० प्रतिशतभन्दा बढी सहभागी गराउन माग गरेको छ । संविधानसभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ महिला १० जना अर्थात ४.२ प्रतिशतमात्र निर्वाचन भएको उल्लेख गर्दै महास¬ङ्घले समानुपातिकतर्फ ५० प्रतिशतभन्दा बढी प्रतिनिधित्व गराई ३३ प्रतिशत पु¥याउन माग गरेको...

चुनावमा ४ अर्ब ८४ करोड खर्च

२०७० पुष १ गते १३:४०

काठमाण्डु, १ पुस– निर्वाचन आयोगले संविधानसभा निर्वाचनमा हालसम्म करिब रु चार अर्ब ८४ करोड खर्च भएको प्रारम्भिक अनुमान गरेको छ । निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालयबाट प्राप्त भएपछि अन्तिम खर्च विवरण सार्वजनिक गरिने आयोगका प्रवक्ता वीरबहादुर राईले आज सञ्चार मन्त्रालयमा आयोजित पत्रकार...

समानुपातिक सभासद सूची बुझाउने समयसीमा सात दिन थप

२०७० पुष १ गते १२:५८

काठमाण्डु, १ पुस – निर्वाचन आयोगले समानुपातिक निर्वाचनतर्फका सभासदको नामावली बुझाउन दलहरुलाई थप एक साताको समय दिएको छ । आयोग प्रवक्ता वीरबहादुर राईले समानुपातिकर्फको नामावली बुझाउन पुस १० गतेसम्मको समय प्रदान गरिएको जानकारी दिए । दलहरुको आग्रहमा कार्यविधि संशोधन गरी समानुपातिक सभासदको समयसीमा थपिएको...

काशी तिवारी हत्याका अभियुक्त माओवादी कार्यकर्ता पक्राउ

२०७० पुष १ गते १२:४३

वीरगञ्ज, १ पुस – एकीकृत माओवादीका एक समानुपातिक उम्मेदवारलाई प्रहरीले हत्या अभियोगमा पक्राउ गरेको छ । एकीकृत माओवादी भोजपुरा राज्य  समिति सदस्य फिरोज भनिने सियाराम कुशवाहालाई पर्सा प्रहरीको विशेष टोलीले सोमबार चितवनको भण्डाराबाट पक्रेको हो । उनी हिन्दू युवा संघका तत्कालिन अध्यक्ष काशी तिवारी...

राष्ट्रिय क्रिकेट टोलीलाई सरकारद्वारा सम्मान

२०७० पुष १ गते ११:३२

काठमाण्डु, १ पुस– सरकारले संयुक्त अबर इमिरेटस(युएइ)मा हालै सम्पन्न टि ट्वान्टी क्वालिफाई प्रतियोगितामा तेस्रो स्थान प्राप्त गरी आगामी वर्ष बङ्गलादेशमा आयोजना हुने  टि ट्वान्टी वल्र्डकप प्रतियोगितामा पुग्न सफल नेपालको राष्ट्रिय क्रिकेट टिमलाई सम्मान गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित सम्मान कार्यक्रममा...

पर्यटन बोर्डलाई पर्यटन व्यवसायीको चेतावनी

२०७० पुष १ गते १०:४१

काठमाण्डु, १ पुस– पर्यटन बोर्ड समावेशी हुन नसकेको र बोर्डको बजेट हिनामिना भएको भन्दै सुदुर र मध्यपश्चिमका पर्यटन व्यवसायीहरु आन्दोलित भएका छन् । विभेद पूर्ण रुपमा पर्यटन बोर्डको कार्यक्रम लागु हुन नसक्ने ठोकुवा गर्दै उनीहरुले विभेदका विरुद्ध आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन् ।...

दिनदहाडै एउटी महिला लुटिइन्

२०७० पुष १ गते १०:३०

महोत्तरी, १ पुस– महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरमा सोमबार दिनदहाडै एउटी महिलाको २० हजार रुपैयाँ नगदसहित महत्वपूर्ण कागजात लुटिएको छ । नगरस्थित राष्ट्रिय वाणिज्य बैंकबाट नगद झिकेर घर फर्कन लागेकी जिल्लाकै इकरहिया–९ की सिहन्तादेवी कापरको नगदसहित महत्वपूर्ण कागजात राखिएको झोला सदरमुकामको अति व्यस्त मटिहानीचोकमा...

शान्ति सम्झौता खारेज भएको घोषणा

२०७० पुष १ गते ९:३०

काठमाण्डु, १ पुस– नेकपा–माओवादीले दोस्रो संविधानसभापछि मुलुक २०४७ सालमा फर्किएको निश्कर्ष निकाल्दै १२ बुँदे सम्झौता र विस्तृत शान्ति सम्झौता खारेज भएको घोषणा गरेको छ । केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्ने क्रममा सो माओवादी अध्यक्ष मोहन वैद्यले देश पहिलेकै अवस्थामा पुगेको बताउँदै भने, ‘१२ बुँदे...

अटेरी अस्पतालमा तालाबन्दी

२०७० पुष १ गते ९:२६

चितवन, १ पुस– मापदण्ड पूरा नगरी सञ्चालन गरेका निजी अस्पताललाई बन्द गर्न दिएको निर्देशन अटेर गरेपछि जिल्ला प्रशासन कार्यालय चितवनले सोमबार ती अस्पतालमा तालाबन्दी गरेको छ । दर्ता नभएको, नवीकरण नगरेको र अन्य मापदण्ड पूरा नगरेको देखिएपछि जिल्लाका चारवटा निजी अस्पताललाई बन्द गर्न एक...

म्याद थप्ने भन्दै काँग्रेसमा छलफल भएन

२०७० पुष १ गते ९:२१

काठमाण्डु, १ पुस– उच्चस्तरीय समितिको बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुबीच समानुपातिकतर्फको उम्मेदवारहरुको नामावली बुझाउने अन्तिम म्याद एक हप्ता थप्न निर्वाचन आयोगलाई आग्रह गर्ने सहमति जुटेपछि काँग्रेसको संसदीय समितिको बैठकमा समानुपातितर्फको नामावलीबारे कुनै छलफल भएन । यसैबीच काँग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले समानुपातिक उम्मेदवारको नामावली...

‘काँग्रेस–एमालेबाटै धाँधली भएको पुष्टि’

२०७० पुष १ गते ९:१९

काठमाण्डु, १ पुस– एकीकृत माओवादीका पोलिटब्युरो सदस्य टोपबहादुर रायमाझीले कतिपय जिल्लामा काँग्रेस र एमालेबाट समेत गत संविधानसभा निर्वाचनमा धाँधली भएको भन्ने आवाज उठेकाले पनि धाँधली भएको पुष्टि भएको बताएका छन् । संवाद क्लब नेपालद्वारा आयोजित  ‘निर्वाचनसम्बन्धी छानबिन आयोग गठनको औचित्य र आधार’ विषयमा आयोजित...

सहमतिको विकल्प छैनः सिंह

२०७० पुष १ गते ९:१७

काठमाण्डु, १ पुस– नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले मुलुकमा विद्यमान राजनीतिक गतिरोध अन्त्यका लागि दलबीच सहमतिको विकल्प नरहेको बताए । काठमाण्डु निर्वाचन क्षेत्र नं १ का महिलाले सोमबार बानेश्वरमा आयोजना गरेको कार्यक्रममा उनले लामो समयसम्म देशलाई अनिर्णयको बन्दी बनाउन नहुनेमा जोड दिँदै अहिले ठूला...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us