समाचार

२०६४ देखि थालेको वार्ता किन मिलेन अझै ?

२०७१ माघ ५ गते ६:२०

धनगढी, ५ माघ– लामो समयदेखि जग्गा अधिकरण हुन नसक्दा धनगढी विमानस्थलको स्तरोन्नति गर्ने कार्य अगाडि बढ्न सकेको छैन । विमानस्थलका लागि चाहिने थप जग्गालाई वार्ताको प्रक्रियाबाट जग्गा धनीहरुबाट लिन गरिएको प्रयास असफल भएपछि स्तरोन्नतिको काम अगाडि बढ्न नसकेको विमानस्थल कार्यालयका प्रमुख राजेन्द्रसिं नायकले बताए...

माघ ८ मै संविधान माग्दै खस क्षेत्रीले पनि निकाले शान्ति जुलुुस

२०७१ माघ ५ गते ५:५५

काठमाण्डु, ५ माघ– संविधान जारी गर्ने दलहरुले तोकेको मिति नजिकिँदै गर्दा विभिन्न समुदायले दबाबका लागि प्रदर्शन गरिरहेका छन् । सोमबार संयुक्त खस क्षत्री एकीकरण समन्वय समितिले पनि निर्धारित समयमा संविधान जारी गर्नुपर्ने माग गर्दै आज राजधानीमा शान्ति पदयात्रा गरेको छ ।   काठमाण्डुको भद्रकालीबाट...

छ वर्षभित्र देश यातनामुक्तः पाठक

२०७१ माघ ५ गते ५:५४

  कञ्चनपुर, ५ माघ– राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठकले छ वर्षभित्र देशलाई यातनामुक्त बनाउने आयोगले योजना निर्माणको कार्य सुरु गरेको बताएका छन्। कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरिएको मानवअधिकारको विश्वव्यापी आवधिक समीक्षा प्रतिवेदन २०१५ प्रस्तुतिकरण कार्यक्रममा उनले सो कुरा बताएका हुन् । सदस्य पाठकले देशलाई...

यी हुन् काठमाण्डुका नौ निषेधित क्षेत्र

२०७१ माघ ५ गते ५:३०

काठमाण्डु, ५ माघ– दलहरुले प्रतिबद्धता जनाएको मिति माघ ८ मा संविधान जारी नहुने भएपछि संकटकालिन अवस्थाको झझल्को दिने गरी सरकारले राजधानीको सुरक्षा व्यवस्था कडा पारेको छ । ८ माघलाई लक्षित गरी विभिन्न राजनीतिक समूहले दबाबमुलक कार्यक्रमलाई तीव्रता दिन थालेपछि गृह मन्त्रालयले संविधानसभा भवन नयाँबानेश्वर...

घरको छानाबाट सङ्कलन भएको पानी उपभोग

२०७१ माघ ५ गते ५:२०

खोटाङ, ५ माघ– पिउने पानीको अभाव भएपछि खोटाङको पश्चिमी गाविस दुर्छिमका स्थानीयवासी घरको छानाबाट सङ्कलन भएको पानी उपभोग गर्न बाध्य छन् । नजिकैमा पानीको स्रोत नभएपछि गाविसका अधिकांश परिवार वर्षे पानी सङ्कलन गरेर उपभोग गर्न बाध्य भएका हुन् ।  घरको छानामा पाइप जडान गरेर...

माछा मार्दा करेन्ट लागेर मृत्यु

२०७१ माघ ५ गते ५:१०

  कञ्चनपुर, ५ माघ– करेन्ट लागेर घाइते भएका कञ्चनपुरको कृष्णपुर–५ का २२ वर्षीय जनक चौधरीको उपचारका क्रममा मृत्यु भएको छ । घर नजिकै माछा मार्ने क्रममा चौधरीलाई शनिबार करेन्ट लागेको थियो ।  तत्कालै उपचारका लागि कैलालीको सेती अञ्चल अस्पतालमा उपचारार्थ भर्ना गरिएका चौधरीको मृत्यु...

घाइते भएको चार वर्षपछि अस्पताल

२०७१ माघ ५ गते ५:०३

खोटाङ, ५ माघ– चार वर्षअघि भएको सडक दुर्घटनामा घाइने बनेका खोटाङ छितापोखरी ५ का २१ वर्षीय जितबहादुर खड्कालाई उपचारका लागि अस्पताल पुर्याइएको छ । आर्थिक अभावमा उपचार गराउन नसकेका खड्कालाई चन्दा उठाएर शिक्षण अस्पताल काठमाण्डु पुर्याइएको हो । बसले किचेर पाकेको खुट्टा चार वर्षसम्म...

बानेश्वरमा प्रचण्ड र केपी ओलीबीच किन भयो गोप्य वार्ता ?

२०७१ माघ ५ गते ४:१२

काठमाण्डु, ५ माघ– सार्वजनिक रुपमा एकअर्काप्रति कठोर आलोचनामा उत्रँदै आएका एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । संविधानका विवादमा सहमति खोज्न चार पक्षका शीर्ष नेताको बैठकअघि दुई नेताबीच छुट्टै भेटघाट भएको हो । संविधानसभा भवन...

कुकुरले घिसार्दै गरेको अवस्थामा शिशुको शव फेला

२०७१ माघ ५ गते ३:१४

झापा, ५ माघ– भद्रपुरस्थित मेची अञ्चल अस्पताल नजिकै एक नवजात शिशु मृत फेला परेका छन् । अस्पतालको पूर्वपट्टि रहेको झाडीमा टाउको बिनाको शिशुको शव फेला परेको हो । टाउको बिनाको शव कुकुरले घिसार्दै गरेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । वडा प्रहरी...

नेपाली टिम विजयी, नेदरल्यान्डस दुई विकेटले पराजित

२०७१ माघ ४ गते २२:१७

काठमाण्डु, ५ माघ- बलियो प्रतिस्पर्धी मानिएको नेदरल्यान्ड्सलाई नेपाली टिमले २ विकेटले हराएको छ । नेपालले १ सय ५९ रनको लक्ष्य निर्धारित ५० ओभर सकिन ३ बल बाँकी रहँदा पूरा गरेको हो । शरद भेषवाकरले अन्तिम विजयी रन बनाए । भेषवाकर २४ मा र शक्ति गौचन २...

सभासद्लाई दाल-चामल उपहार

२०७१ माघ ४ गते १५:१७

काभ्रे,४ माघ- प्रेस चौतारी नेपाल काभ्रेपलाञ्चोकले माघ ८ मै संविधान लेख्न सभासद्लाई दबाब दिने उद्देश्यले आज प्रमुख जिल्ला अधिकारीमार्फत दाल, चामल, नुन, तेल, कापी कलमलगायत सामान पठाएको छ । चौतारीका अध्यक्ष नवराज बजगाईंले धुलिखेलमा प्रजिअ केदार न्यौपानेलाई सो समान हस्तान्तरण गर्दै ज्ञापनपत्र बुझाए ।...

संग्रौलाको अनुवादमा आयो बेपत्तामाथिको भारतीय संस्मरण

२०७१ माघ ४ गते १३:४६

काठमाण्डु, ४ माघ– ‘बेपत्ता छोरोमाथि लेख्ने पिताको अनुभूति जति मार्मिक छ, वर्णन शैली त्यत्तिकै सुन्दर, मैले अनुवाद गरेका किताबहरूमा मलाई सबैभन्दा बढी यही किताबले हल्लायो,’ लेखक खगेन्द्र संग्रौलाले भने । उनले बेपत्ता परिवारमा जन्मिने क्लेश, पीडा र सन्तापलाई ‘एक पिताका सम्झनाहरु’ पुस्तकले निकै मिहीन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us