समाचार

केपी ओलीमाथि योजनामै आक्रमण भएको हो, फेरि हुन्छ: किराँती

२०७१ माघ ६ गते ३:३०

काठमाण्डु, ६ माघ– एकीकृत माओवादी नेता गोपाल किरातीले एमाले अध्यक्ष केपी ओलीमाथि योजनाबद्ध रुपमा आक्रमण भएको खुलासा गरेका छन् । किरातीले ओलीमाथि भएको आक्रमणबाट आफूसहित पहिचान पक्षधर जनता खुसी भएको बताए । उनले पहिचानको कुरै सुन्न नचाहने ओलीमाथि जनजाति सभासदले यसअघि नै कुटपिट गर्ने...

एमाओवादी मोर्चाको बन्दले देशभरको जनजीवन प्रभावित

२०७१ माघ ६ गते २:०४

काठमाण्डु, ६ माघ– एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले आह्वान गरेको बन्दका कारण राजधानीसहित देशभरको जनजीवन बिहानैदेखि प्रभावित भएको छ । बन्दका कारण देशभर यातायातका साधन चलेका छैनन् भने बजार–पसल, शिक्षण संस्था र कल कारखाना ठप्प छन् । राजधानीका मुख्ययमुख्य चोकमा भेला भएर बन्दकर्ताले नाराबाजी...

केपी ओलीमाथि संविधानसभामै आक्रमण, ओलीलाई हानेको माइकको झटारो विद्याको टाउकोमा

२०७१ माघ ६ गते १:५४

काठमाण्डु, ६ माघ– एमाओवादी सभासदले एमाले अध्यक्ष केपी ओलीमाथि आक्रमण गरेका छन् । गएराति अबेरसम्म बसेको संविधानसभा बैठकमा तोडफोडमा उत्रिएका माओवादी सभासदले ओलीलाई माइकले छातीमा हिर्काएका हुन् । बैठकपछि सञ्चारकर्मीसँग ओलीले आफूलाई नै ताकेर आक्रमण भएको बताए । उनले आक्रमणबाट आफू नतर्सने उल्लेख गरे...

महासंघले हस्ताक्षर दुरुपयोग गरेकोमा जनजाति सभासद्को आपत्ति

२०७१ माघ ५ गते १६:२१

काठमाण्डु, ५ माघ–फरक प्रसङ्गमा गरेको हस्ताक्षरको दुरुपयोग भएको भन्दै ३० आदिवासी जनजाति सभासद्ले आपत्ति प्रकट जनाएका छन् । नेपाल आदिवासी जनजाति महासङ्घले यही माघ ४ र ५ गते आयोजना गरेको आमन्त्रित पुस्तिकामा गरिएको हस्ताक्षर दुरुपयोग भएको उनीहरुको भनाइ छ । नेपाली काँग्रेस, एमाले र...

विप्लवका कार्यकर्ताले ग्यास कब्जामा लिएर उपभोक्तालाई सितैंमा बाँडे

२०७१ माघ ५ गते १५:५०

काठमाण्डु, ५ माघ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले ललितपुरस्थित एक ग्यास डिपोबाट लुकाइएका सिलिन्डर नियन्त्रणमा लिएर उपभोक्तालाई बाँडेको छ । चन्दका नेवा: राज्य समिति र जनस्वयं सेवक ब्युरोका कार्यकर्ताले ग्वार्कोस्थित हिमाल ग्यास कम्पनीको मुख्य डिपोबाट सोमबार १ हजार ५ सय बढी सिलिण्डर कब्जामा...

चौथो शक्तिलाई निषेध गरिएकोमा राष्ट्रपतिसँग कमल थापाको गुनासो

२०७१ माघ ५ गते १३:०९

काठमाण्डु, ५ माघ– दोस्रो संविधानसभामा सभासदको संख्याका आधारमा चौथो शक्तिका रुपमा उदाएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले राष्ट्रिय राजनीतिमा आफूहरुको भूमिकालाई नजरअन्दाज गरिएको भन्दै राष्ट्रपतिसँग गुनासो गरेको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज राष्ट्रपति रामवरण यादवलाई भेटी आफ्नो दललाई चौथो शक्तिका रुपमा उचित...

दुर्घटनामा काँग्रेस नेता गम्भीर घाइते

२०७१ माघ ५ गते १२:२८

भक्तपुर, ५ माघ– नेपाली काँग्रेसका भक्तपुरका युवा नेता रोशन पौडेल दुर्घटनामा परी गम्भीर घाइते भएका छन् । काँग्रेस भक्तपुर जिल्ला सदस्य चाँगुनारायण नगरपालिका–९ का पौडेल आफैँले चलाएको वा३च ४६१८ नंको आफ्नै कारमा भक्तपुरबाट घर फर्कने क्रममा घर नजिकै सडकबाट १५ फि तल खस्दा घाइते...

कक्षा ११ को परीक्षाफल आयो, ४७.२६ प्रतिशत उत्तीर्ण

२०७१ माघ ५ गते १२:०६

भक्तपुर, ५ माघ– उच्च माध्यामिक शिक्षा परिषद्ले आज कक्षा ११ को परीक्षाफल सार्वजनिक गरेको छ । परीक्षामा नियमिततर्फ दुई लाख २५ हजार तीन सय ७३ परीक्षार्थी सहभागी भएकामा एक लाख छ हजार पाँच सय १७ जना अर्थात ४७.२६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक...

ओलीले जब माओवादी र मधेसवादीलाई बाँदर भने…

२०७१ माघ ५ गते १२:०४

काठमाण्डु, ५ माघ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजधानीमा आयोजित कार्यकर्ता भेलामा माओवादी र मधेसवादी दलले संविधान निर्माण प्रक्रिया बिथोलेको आरोप लगाए । उनले संविधानसभामा ‘बाँदर’हरु प्रवेश गरेर हाँगा हल्लाएको भन्दै संविधानसभारुपी रुख नहल्लने चेतावनी पनि दिए । उनले नयाँ शक्तिका रुपमा आएका माओवादी...

विश्व भ्रमणका क्रममा सिक्का बाबा रामपुरमा

२०७१ माघ ५ गते ११:३१

पाल्पा, ५ माघ– विश्व भ्रमण गरी पैसा जम्मा गरी नयाँ कीर्तिमान कायम गर्ने र गिनिज बुकमा नाम लेखाउने उद्धेश्य लिएर भ्रमणमा निस्केका ‘सिक्का बाबा’ रामपुर आइपुगेका छन् । पहिलो चरणमा नेपालको ७५ जिल्लाका मुख्य शहरहरु भ्रमण गरेर विश्व भ्रमणमा निस्कने उद्धेश्य लिनुभएका कास्की जिल्ला...

उज्यालो नेटवर्कका मालिकबीच यस्तो घम्साघम्सी !

२०७१ माघ ५ गते ११:२५

काठमाण्डु, ५ माघ– उज्यालो नाइन्टी नेटवर्ककका सञ्चालकबीच संस्था कब्जा गर्ने होडबाजी सुरु भएको छ । दुईपक्ष मुद्दा मामिलामै उत्रेका छन् । कार्यकारी अध्यक्ष गोपाल गुरागाइँले संस्था आफ्नो एकलौटी बनाउने कोसिस गरेपछि अरु शेयर सदस्य त्यसको विरोधमा उत्रिएका छन् । गुरागाइँले आफूले अब ‘एकल ढंगले...

आठ हजार ग्राहकलाई आठसय सिलिन्डर

२०७१ माघ ५ गते ११:१४

पर्वत, ५ माघ– विगत ३ महिनादेखि ग्यासको हाहाकार भएको पर्वतमा सोमबार आठ सय सिलिन्डर ग्यास भित्रिएको छ । पर्वत उद्योग वाणिज्य सङ्घ र जिल्ला प्रहरी कार्यालय पर्वतको पहलमा बजारमा ग्यास भित्रिएपछि उपभोक्ताको भीड लागेको थियो । आठसय ग्यास लिन आठ हजारभन्दा बढी उपभोक्ताको भीड...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us