समाचार

आन्दोलनकारीद्वारा सप्तरीमा एमाले कार्यालय र सिडिओ कार्यालय तोडफोड

२०७१ माघ ६ गते ९:५८

राजविराज, ६ माघ– प्रमुख प्रतिपक्षी एमाओवादी लगायतका दलहरुले सहमतीय संविधान निर्माणमा दबाब दिने भन्दै आयोजना गरेको आमहड्तालमा राजविराजको मदननगरस्थिति एमाले पार्टी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा तोडफोड भएको छ । राजविराजमा नेपाल बन्द सफल पार्न सडकमा निस्केका प्रदर्शनकारीलाई प्रहरी प्रशासनले दमन गर्न खोजेपछि आन्दोलनकारीले...

नेपालीले नक्कली मह बेचेपछि…

२०७१ माघ ६ गते ९:५०

कैलाली, ६ माघ– कैलालिमा चिनीको चास्नीमा अखाद्य पदार्थ मिसाई बनाइएको मह नस्ट गरिएको छ । पहाडको मौरीको मह भन्दै बिक्री गरिरहेका मसुरिया–८ का ताराबहादुर नेपालीको मह मौरीपालक किसानको रोहवरमा इलाका प्रहरी कार्र्यालय मसुरियाले नष्ट गरेको हो । जिल्लाका ग्रामीण क्षेत्रमा चिनीको चास्नीमा सोप, दाह्री...

छ दिनसम्म भेटिएनन् शर्मा

२०७१ माघ ६ गते ९:४७

रसुवा, ६ माघ– यही माघ १ गतेदेखि हाकु गाविसस्थित त्रिशूली नदीमा खसी हराइरहेका राष्ट्रिय योजना आयोगका पूर्वसदस्य रामकुमार शर्मा अहिलेसम्म पनि भेटिएका छैनन्। सशस्त्र प्रहरी प्रमुख जीवन केसीका अनुसार घटनास्थलमा सशस्त्र प्रहरीका गोताखोरले दुई वटा डटपेन फेला पारे पनि हराइरहेका वातावरणविद् शर्माको पत्तो नलागेको...

व्यवसायी र बन्दकर्ताबीच झडप, पाँच जना घाइते

२०७१ माघ ६ गते ९:३९

धनकुटा, ६ माघ– धनकुटामा बजार खुलाउँदै हिँडेका व्यवसायी र बन्दकर्ताबीच झडप हुँदा पाँच जना घाइते भएका छन् । शान्ति जुलुससहित पसल खुलाउँदै हिँडेका व्यवसायी र बन्दकर्ताबीच धनकुटाको मदनचोक र चुवाको बोट नजिक दुई ठाउँमा झडप भएको थियो । झडपमा व्यवसायीतर्फका दुई र आन्दोलनकारीतर्फका तीन...

मरेकाको नामबाट नागरिकता लिन खोजेपछि…

२०७१ माघ ६ गते ९:३७

गौशाला, ६ माघ– जिल्ला प्रशासन कार्यालय महोत्तरीले आज दिउँसो नेपाली नागरिकता लिन खोजेका एक भारतीय नागरिकसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय युवक मञ्जुर मोमिन, महोत्तरीको सिमरदही–५ बस्ने मोकिम मोमिन र उनका छोरा मोलवी अन्सारी रहेको जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रशासकीय...

विपक्षी सभासदद्वारा संविधानसभाको बैठक सुरु हुनासाथ नाराबाजी

२०७१ माघ ६ गते ९:११

काठमाण्डु, ६ माघ– सोमबार प्रतिपक्षी सभासदद्वारा अवरुद्ध भएको बैठक मंगलबार पनि सुरु हुनासाथ नाराबाजी भएको छ । संविधानसभा भवनभित्र अहिले एमाओवादी लगायतका सभासदहरुले सहमतीय संविधानका पक्षमा चर्को नारबाजी गरेका छन् । एमाओवादी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता बाबुराम भट्टराई पनि नारा लगाइरहेका छन् ।...

किन थप्यो सरकारले ३ सय मर्यादापालक ?

२०७१ माघ ६ गते ९:०७

काठमाण्डु, ६ माघ– संविधानसभामा बहुमतीय प्रक्रियाबाट संविधान जारी गर्ने कि सहमतीय प्रक्रियामा जाने भन्ने विवादका कारण देखिएको द्वन्द्व आज पनि दोहोरिने सम्भावना छ । सरकारले माओवादी सभासदहरुको प्रतिवाद गर्नका लागि आज थप ३ सय मर्यादापालकहरु थपेको छ । सोमबार प्रतिपक्षी सभासदहरुले बहुमतीय प्रक्रियामा जान...

पेटीमा सुतेकालाई कम्बल

२०७१ माघ ६ गते ९:०६

वीरगन्ज, ६ माघ– चिसो बढेसँगै राति सडकको फुटपाथमा कष्टकर जीवन गुजार्दै आएकाहरुलाई ‘लायन्स क्लब अफ वीरगन्ज कपल’ नामक गैरसरकारी सामाजिक संस्थाले न्यानो कपडा सहयोग गरेको छ । वीरगन्जको छपकैयादेखि गण्डक चोकसम्मको मूल सडक तथा बसपार्क क्षेत्रमा सडकको पेटीमा सुतेर रात बिताउने अतिगरिब, विपन्न र...

बाघको छालासहित भारतीय नागरिक पक्राउ

२०७१ माघ ६ गते ८:५७

कञ्चनपुर, ६ माघ– दुर्लभ वन्यजन्तु बाघको छाला, हाड र पेस्तोलसहित एक भारतीय पक्राउ परेका छन् । सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलबाट खटिएको क्षेत्रीय अनुसन्धान टोली महाकालीले गएराति बेलौरी–१ वैशाखा क्षेत्रबाट २३ वर्षीय भारतीय नागरिक अनुजकुमार पाण्डेलाई पक्राउ गरेको हो । क्षेत्रीय अनुसन्धान टोली महाकाली...

सत्तारुढ दलहरुको निष्कर्ष : ‘माओवादीको प्रतिवाद गरौँ, प्रक्रियामा अघि बढौं’

२०७१ माघ ६ गते ८:५२

काठमाण्डु, ६ माघ– सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले एमाओवादीको प्रतिवाद गर्ने र बहुमतीय प्रक्रिया अघि बढाउन सभाध्यक्षलाई अनुरोध गर्ने निर्णय गरेका छन् । दुई पार्टीको छुट्टाछुट्टै बसेको बैठकले यस्तो निर्णय गरेको हो । ‘यो एमाओवादी सभासदको अलोकतान्त्रिक, असभ्य र निन्दनीय कार्य हो,’ एमाले...

अभिनेता भुवन केसीको आत्मवृत्तान्त आउँदै

२०७१ माघ ६ गते ८:२४

  काठमाण्डु– नायक भुवन केसीको चार दशक लामो कला यात्राका रोचक र रहष्यात्मक प्रसँग समेटीएको आत्मवृत्तान्त आउने भएको छ । आत्मवृत्तान्त हालसम्म दुई सय ५० पृष्ठ तयार भइसकेको पुस्तकका लेखक पत्रकार कमल ढकालले बताएका छन् । यसमा नायकको पहिलो चलचित्र ‘जुनी’देखी पछिल्लो कालखण्डमा एमालेले...

बन्दको प्रतिकारमा उत्रेकालाई लखेट्न गएका प्रचण्ड पुत्र प्रकाशले खाए प्रहरीको लाठी

२०७१ माघ ६ गते ८:०६

काठमाण्डु, ६ माघ– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्र प्रकाश दाहाललाई प्रहरीले लाठी हानेको छ । प्रहरीको लाठीबाट प्रकाश सामान्य घाइते भएका छन् । उनको ढाडमा निलडाम बसेको छ । ३० दलीय मोर्चाको बन्दका क्रममा प्रहरीले उनीमाथि माइतीघर मण्डलामा मंगलबार लाठी हानेको छ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us