काठमाण्डु, ७ माघ– प्रतिपक्षी सभासदहरुले गरेको अवरोधका कारण संविधानसभा बैठक बुधबार तेस्रो दिन सुरु हुनासाथ स्थगित भएको छ । सत्तारुढ दलले बहुमतीय प्रक्रियाबाटै संविधान निर्माण अघि बढाउन खोजेपछि एमाओवादी लगायत दलका सभासदले संविधासभा अवरुद्ध गर्दै आएका छन् । बैठक आजै दिउँसो एक बजे पुनः...
काठमाण्डु, ७ माघ– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री सुशील कोइरालाका कारण बन्नै लागेको सहमति भाँडिएको आरोप लगाएका छन् । उनले संघीयतामा कुरा मिले शासकीय स्वरुपलाई थाती राखेर अन्य विषय मस्यौदा समितिमा पठाउने सहमति भए पनि प्रधानमन्त्रीले अन्तिम समयमा ‘सहमति भनेर हुँदैन,...
काठमाण्डु, ७ माघ– एकीकृत माओवादी वरिष्ठ नेता बाबुराम भट्टराईले संविधानसभा बैठकमा भएको अराजक गतिविधि आफूहरुको नीति र योजनाविपरीत भएको बताएका छन् । संविधान निर्माण र पछिल्लो अवस्थाबारे जानकारी दिन बुधबार बिहान राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले आफूहरु घटनाका लागि जिम्मेवार नरहेको बताए । ‘संसदमा...
धादिङ, ७ माघ– बालबालिकालाई विष खुवाएको आरोप लागेका धादिङ कटुञ्जेका नरबहादुर गुरुङलाई मंगलबार जिल्ला अदालत धादिङले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ । गत पुस ७ गते तीन बालबालिकालाई विष खुवाएको आरोप लगाउँदै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय धादिङमा कर्तव्य ज्यानअन्तर्गत मुद्दा दायर...
इलाम, ७ माघ– दलालको प्रलोभनमा परी रोजगारीका लागि भारतीय सहरमा जाने भन्दै हिँडेका १६ युवती अझै बेपत्ता छन् । माइती नेपाल पशुपतिनगर आवधिक गृहले दिएको जानकारीअनुसार सन् २०१४ मा भारतमा हराएका भनी ३३ जनाको निवेदन परेको थियो । तीमध्ये १७ जनालाई फेला पारी आफन्तको...
बम्याग्दी, ७ माघ– म्याग्दीको कुहुँ–२ पूर्णगाउँस्थित राष्ट्रिय जनजागृति माध्यमिक विद्यालयलाई कम्प्युटर खरिदका लागि एक व्यक्तिले मंगलबार रु ६ लाख सहयोग गरेका छन् । विद्यालयमा आवश्यक पर्ने कम्प्युटर खरिदका लागि स्थानीय जमनबहादुर बानियाँले विद्यालयमा आयोजित कार्यक्रममा प्रधानाध्यापक टेकबहादुर राम्जालीलाई रु ६ लाख सहयोग लाख हस्तान्तरण...
काठमाण्डु, ७ माघ– राष्ट्रपति रामवरण यादवले सोनाम ल्होसारका अवसरमा शुभकामना सन्देश व्यक्त गरेका छन् । उक्त सन्देशमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति र समृद्धिको कामना गरिएको छ । उनले आज एक सन्देश दिँदै विशेष गरी तामाङ समुदायले आफ्नो परम्पराअनुसार मनाउँदै आइरहेको...
सप्तरी, ६ माघ–अज्ञात समूहले राजविराज– ५ स्थित एमाले पार्टी कार्यालयमा आज आगजनी गरिएको छ । सयौँको संख्यामा आएका अज्ञात समूहले आगो लाउँदा सो पार्टी कार्यालयमा रहेका फर्निचर, पार्टीका कागजात जलेर नष्ट भएको छ । पार्टीका सप्तरी अध्यक्ष गोविन्द न्यौपानेका अनुसार आगजनीबाट करिव नौ लाख...
डडेलधुरा, ६ माघ– डडेलधुरामा बजार बन्द गराउँदै हिँडेका एमाओवादीका एक स्थानीय नेता प्रतिकारमा घाइते भएका छन् । काँग्रेस, एमाले कार्यकर्ता र स्थानीय व्यापारीको कुटाइबाट एमाओवादी जिल्ला इन्चार्ज पदमराज जोशी, सचिव उमेश भट्ट घाइते भएका हुन् । बन्दकर्ता र प्रतिकारमा उत्रिएको समूहबीच बागबजार र तुफानडाँडामा...
दाङ, ६ माघ ६– एकीकृत नेकपा माओवादीका नेता लोकन्द्र विष्ट मगरले जहाँ दमन हुन्छ त्यहाँ प्रतिरोध र विष्फोट सामान्य हुने बताएका छन् । रिपोटर्स क्लब नेपाल जिल्ला शाखा दाङले मंगलबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वमन्त्रीसमेत रहेका विष्टले संविधानसभाको घटना दुखद् भए पनि त्यो बाध्यताको...
काठमाण्डु, ६ माघ– संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनको फोर्स कमाण्डरमा नेपाली सेनाका उपरथी पूर्णचन्द्र थापा नियुक्त भएका छन् । नेपालका तर्फबाट संयुक्त राष्ट्र सङ्घ स्थायी नियोगको सैनिक सहचारी योगराज शर्माका अनुसार थापा हिजो फोर्स कमाण्डरमा नियुक्त भएका हुन् । उनले यसअघि विभिन्न नेपाली सेनाका चार...
काठमाण्डु, ६ माघ– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि आक्रमण प्रयास भएको छ । संविधानसभा बैठक अवरुद्ध भएपछि जुलुसहित कोणसभामा सहभागी हुन बानेश्वरबाट बबरमहलतर्फ जाँदै गर्दा बिजुली बजार पुलमा उनीमाथि भीडबाट ढुंगा प्रहार भएको हो । ढुंगा हान्नेको पहिचान भएको छैन । आन्दोलनकारीको...