समाचार

जाँदाजाँदै कामचलाउ सरकारले गर्‍यो सरुवा बढुवा

२०७० पुष ४ गते ७:५४

काठमाण्डु, ४ मंसिर–अन्तरिम चुनावी सरकारले सरुवा बढुवाको निर्णय गरेको छ । विहीबार बसेको मन्त्रिपरिषद बैठकले सहन्यायाधीवक्ता महेश कुमार थापालाई न्यायाधीवक्तामा बढुवा गरेको छ । यसैगरी नेपाली सेनाको रिक्त रथी पदमा प्रदीप विक्रम राणालाई बढुवा गरी बलाध्यक्ष रथीमा पदस्थापन गरेको छ । यस्तै रथी पवन...

छिट्टै नयाँ संविधान बन्ने चीनको विश्वास

२०७० पुष ४ गते ५:५०

काठमाण्डु, ४ पुस– नेपाल भ्रमणमा रहेको चिनियाँ उच्चस्तरीय टोलीले विहीबार पनि राजनीतिक भेटवार्ता जारी राखेको छ । टोलीले विहीबार नेपाली काँग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुसँग छुट्टा छुट्टै भेटवार्ता गरेको छ । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तराष्ट्रिय मामिला उपमन्त्री आई पीङ नेतृत्वको टोलीले दुबै भेटमा...

गाडि दुर्घटनामा २ जनाको मृत्यु

२०७० पुष ४ गते ४:३५

काठमाण्डु, ४ पुस– पाँचथर र नुवाकोटमा भएका छुट्टा छुट्टै सवारी साधन दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । पाँचथरको नागीमा ट्याक्टरको ठक्करबाट विहीबार विहान एकजनाको मृत्यु भएको छ । आफ्नै घरमा रोकिराखेको ट्याक्टर चलाउने क्रममा ओट झिक्न खोज्दा गुडेर ठोक्किदा ट्याक्टर चालक नागी गाविस...

विद्यार्थीले समयमै पाठ्यपुस्तक नपाउने

२०७० पुष ४ गते ४:३०

काठमाण्डु, ४ पुस–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आगामी शैक्षिकसत्रमा पाठ्यपुस्तकको अभाव नगराउन शिक्षा मन्त्रालयलाई निर्देशन दिए पनि पाठ्यपुस्तक छपाइ गर्ने निकाय जनक शिक्षा सामग्री लिमिटेड भने कागज खरिदका लागि ऋणको खोजीमा छ । आयोगले शिक्षा मन्त्रालय र सम्बद्ध निकायलाई गत मंसिर ३० गते ध्यानाकर्षण गराउँदै...

युवा समूहको आक्रमणबाट प्रहरी जवान घाइते

२०७० पुष ४ गते ३:०७

फिदिम, ४ पुस– पाँचथर सदरमुकाम फिदिममा स्थानीय युवाको आक्रमणबाट एक प्रहरी जवान घाइते भएका छन् । आक्रमणबाट प्रहरी जवान पिङ्कु जयसवाल घाइते भएका हुन् । टाउकोमा गम्भीर चोट लागेका उनको जिल्ला अस्पतालमा उपचार भैरहेको छ । आक्रमणकारीमध्ये दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय...

सरकार स्थानीय निकाय चुनावको तयारीमा

२०७० पुष ४ गते २:५५

काठमाण्डु, ४ पुस–सरकारले स्थानीय निकाय निर्वाचनका लागि आवश्यक ऐन तथा नियम संशोधनको खाका तयार पारेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले निर्वाचका लागि आवश्यक पर्ने ऐननियम संशोधनको खाका तयार गरी यसपछिका अरू प्रक्रिया अगाडि बढाएको छ । ‘छिटोभन्दा छिटो निर्वाचन होस् भनेर...

माओवादीसँग नजिकिएको होइन : कोइराला

२०७० पुष ४ गते २:५२

काठमाण्डु, ४ पुस नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले एकीकृत माओवादीसँग कांग्रेस नजिकिएको भन्ने कुरा गलत भएको बताएका छन् । काठमाण्डुमा जारी कांग्रसको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले सरकार गठनका सन्दर्भमा नेतृत्व माओवादीसँग नजिकिएको भन्दै प्रश्न उठाएपछि कोइरालाले यस्तो जवाफ दिएको केन्द्रीय सदस्य रामशरण महतले...

हिरासतबाट थुनुवा फरार

२०७० पुष ४ गते २:३३

जनकपुर, ४ पुस–बलात्कार अभियोगका थुनामा रहेका एक जना थुनुवा प्रहरीको हिरासतबाट फरार भएका छन् । जबर्जस्ती करणीको अभियोगमा पक्राउ परेका धनुषा पुष्पलपुरका ज्ञानबहादुर घिसिङ थुनुवा कक्षबाट शौचालय जानेक्रममा भागेको धनुषाका प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिए । घिसिङ गएको मंसिर २७ गते ढल्केबरकी १२...

चिसोले जनजीवन प्रभावित

२०७० पुष ४ गते २:१२

सोलुखुम्बु, ४ पुस–अत्यधिक चिसोका कारण सोलुखुम्ब र जिल्ला सदरमुकाम सल्लेरीका स्थानीय बासिन्दा एवम् कर्मचारीहरुको कामकाज प्रभावित भएको छ । तीन दिनदेखि अप्रत्याशित रुपमा बाक्लो कुहिरो लाग्ने, सिमसिम पानी पर्ने र चिसो हावा लाग्ने गरेकाले सदरमुकामलगायत आसपासको जनजीवन प्रभावित बनेको हो । पछिल्लो समयमा सोलुखुम्बु...

काठमाडौं महानगरपालिकाका वरिष्ठ इन्जिनियरविरुद्ध अख्‍तियारमा मुद्दा

२०७० पुष ३ गते १४:२१

काठमाण्डु, ३ पुस- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाण्डु महानगरपालिकाका वरिष्ठ इन्जिनियर देवेन्द्र डंगोल र उनका भतिजा अनुजबहादुर सिंहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । डंगोलले पदीय दुरुपयोग गरी गैरकानूनीरुपमा १ करोड ४१ लाख ९३ हजार ९ सय ४८ र ४ पैसाको स्रोतसमेत प्रमाणित...

हत्या आरोपमा दुई पक्राउ

२०७० पुष ३ गते १३:५०

काभ्रे, ३ पुस– काभ्रेमा सवारी दुर्घटनामा परी घाइते भएका एक व्यक्तिको हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीले सीपाली चिलाउने का २५ वर्षीय रामप्रसाद मैनाली र मेथिनकोट का ३२ वर्षीय गणेशबहादुर मैनालीलाई पक्रेको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार मंसिर...

मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण समिति गठन

२०७० पुष ३ गते १३:२१

काठमाण्डु, ३ पुस– मानव बेचबिखनमा परेका महिला तथा बालबालिकालाई उद्दार गर्न ७५ वटै जिल्लामा मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण जिल्ला समिति गठन गरिएको छ । समितिले सचेतनासम्बन्धी कार्यक्रम तथा उद्दारसम्बन्धी कार्य गर्दै आएको महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us