समाचार

संविधानसभालाई समावेशी बनाउन अन्तर्राष्ट्रिय समुदायको आग्रह

२०७० पुष ४ गते १६:५४

काठमाण्डु, ४ पुस–अन्तर्राष्ट्रिय समुदायले संविधानसभालाई समावेशी बनाउन नवनिर्वाचित राजनीतिक दलहरूलाई आग्रह गरेको छ । अन्तर्राष्ट्रिय समुदायका तर्फबाट काठमाण्डुस्थित राष्ट्रसङ्घीय संयोजकले बिहिवार जारी गरेको विज्ञप्तिमा समावेशी एवम् प्रजातान्त्रिक संविधान निर्माण तथा विगतका उपलब्धिको रक्षाका निम्ति महिलालगायत विविधतायुक्त सबै नेपाली नागरिकलाई संविधानसभामा समाहित गर्न अनुरोध गरिएको...

गुटका आधारमा सभासद नछान्न काँग्रेसलाई चुनौती

२०७० पुष ४ गते १६:४८

काठमाण्डु, ४ पुस–नेपाली काँग्रेसको जारी केन्द्रीय समितिको बैठकमा सरकार गठन, संविधान लेखन, निर्वाचन, समानुपातिक उम्मेदवारको मापदण्ड बनाएर नामावलीको टुङ्गो र संविधानसभा छिटो क्रियाशील बनाउनुपर्ने सहितका समसामयिक राजनीतिक विषयमा छलफल चलेको छ । बैठकमा केही केन्द्रीय सदस्यले अन्य दलसँग हुने सहमतिका बारेमा पार्टीभित्र औपचारिक निर्णय...

स्वास्थ्यकर्मीमाथि सुर्खेतमा गोली प्रहार

२०७० पुष ४ गते १४:३८

सुर्खेत, ४ पुस- सुर्खेतमा एकजना स्वास्थ्यकर्मीमाथि गोली प्रहार भएको छ । विहीबार बेलुकी दैलेखमा कार्यरत स्वास्थ्यकर्मी प्रेम न्यौपानेमाथि गोली प्रहार भएको हो । वीरेन्द्रनगर स्थायी घर भएका न्यौपानेलाई घर नजिकै दुई जनाले गोली हानेको सुर्खेत प्रहरीले जनाएको छ । उनीहरुको खोजी भइरहेको प्रहरीको भनाइ...

पाठ्यपुस्तक छाप्न ऋणको पर्खाइमा जनक शिक्षा

२०७० पुष ४ गते १३:१३

काठमाण्डु, पुस – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आगामी शैक्षिकसत्रमा पाठ्यपुस्तकको अभाव नगराउन शिक्षा मन्त्रालयलाई निर्देशन दिए पनि पाठ्यपुस्तक छपाइ गर्ने निकाय जनक शिक्षा सामग्री लिमिटेड भने कागज खरिदका लागि ऋणको खोजीमा छ । आयोगले शिक्षा मन्त्रालय र सम्बद्ध निकायलाई गत मङ्सिर ३० गते ध्यानाकर्षण...

‘नत्र प्रतिपक्षमा बस्छौं’

२०७० पुष ४ गते १२:०१

काठमाण्डु, पुस ४- एमाले नेता माधवकुमार नेपालले सरकार निर्माणको क्रममा कांग्रेसले ल्याउने प्रस्ताव कुरेर बसेको भन्दै चित्तबुझ्दो प्रस्ताव नल्याए विपक्षमा बस्ने चेतावनी दिएका छन् । उनले काग्रेंसले सबै पद आफैंले लिने गरी प्रस्ताव ल्याए एमालेले त्यसलाई नमान्ने बताए । उनले एमाले प्रतिपक्षमा बसे कांग्रेसले...

राजमार्गको होटलमा सिलबन्दी

२०७० पुष ४ गते ११:४२

हेटौंडा, ४ पुस– मकवानपुरको नेवारपानीमा रहेको हिलटप होटलमा सिलबन्दी गरिएको छ । मकवानपुरका प्रजिअ एकनारायण अर्यालको नेतृत्वमा गएको अनुगमन टोलीले होटलमा सिलबन्दी गरेको हो । यसैगरी अनुगमन टोलीले विहीबार नै थानाभञ्याङ, मनहरी, ज्यामिरे र लोथर बजारमा रहेका रेष्टुराँ र होटलको स्थलगत अनुगमन गरेको थियो...

परालमा लागेको आगोमा जलेर मृत्यु

२०७० पुष ४ गते १०:३०

धनकुटा, ४ पुस– धनकुटामा परालमा लागेको आगोमा जलेर एक जनाको मृत्यु भएको छ । धनकुटा नगरपालिका १ सुकेपोखरीमा थुपारेर राखिएको परालमा विहीबार विहान आगलागी हुँदा स्थानीय गौरीशंकर टोलका ५० वर्षीय दिलबहादुर खड्काको मृत्यु भएको हो । आगोले जलेर गम्भीर घाइते भएका खड्काको जिल्ला अस्पताल...

कुशवाहाको पक्राउप्रति एमाओवादीको आपत्ति

२०७० पुष ४ गते १०:२२

काठमाण्डु, ४ पुस- एकीकृत माओवादीले भोजपुरा समिति सचिवालय सदस्य तथा समानुपातिक उम्मेदवार सियारामप्रसाद कुशवाहा (फिरोज)लाई प्रहरीले गिरफ्तार गरेकोमा विरोध जनाएको छ । माओवादी प्रवक्ता अग्नि सापकोटाले विज्ञप्ती निकालेर त्यसको विरोध गरेका हुन् । सापकोटाले काशीप्रसाद तिवारी हत्या आरोप लगाइएको भएपनि कुशवाहाको उक्त घटनामा कुनै...

१० किलो गाँजा सहित एक फक्राउ

२०७० पुष ४ गते १०:१५

विराटनगर, ४ पुस– मोरङको रंगेलीबाट प्रहरीले १० केजी गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरी निरीक्षक वेदप्रसाद गौतमको नेतृत्वमा खटिएको टोलीले रङ्गेली ८ मा दर्वेशा गाविस ६ का ३४ वर्षीय कर्ण ऋषिदेवलाई गाँजासहित पक्रेको प्रहरीले जनाएको छ । प्रहरीले उनीमाथि सोधपूछ गरिरहेको जनाएको...

काँग्रेस महामन्त्री सिंहको चुनावी खर्च कति होला ?

२०७० पुष ४ गते ९:१०

काठमाण्डु, ४ पुस–नेपाली काँग्रेसका महामन्त्री तथा काठमाडौं क्षेत्रनम्बर १ का विजयी उम्मेदवार प्रकाशमान सिंहले यही मंसिर चार गते सम्पन्न संविधानसभा चुनावमा भएको खर्च विवरण पेश गरेका छन् ।...

देवघाट–रामनगर पर्यटन मार्गको निर्माण सुरु

२०७० पुष ४ गते ९:०५

चितवन, ४ पुस– चितवन, नवलपरासी र तनहुँलाई जोड्ने गरी देवघाट–रामनगर धार्मिक पर्यटन मार्गको निर्माण प्रक्रिया सुरु भएको छ । पवित्र तीर्थस्थल देवघाटबाट सुरु भई ठिमुरा, रामनगर हुँदै राजमार्ग निस्किने र नवलपरासीको गैंडाकोटबाट मौलाकालिका हुँदै पुनः देवघाटमा जोड्ने धार्मिक पर्यटन मार्गको निर्माण प्रक्रिया सुरु गरिएको...

पाँच वर्षीया बालिका बलात्कृत

२०७० पुष ४ गते ८:४६

जाजरकोट, ४ पुस– जाजरकोटमा पाँच वर्षीया एक बालिका बलात्कृत भएकी छिन् । जगतिपुर १ कासतराका १५ वर्षीय सुरेन्द्रबहादुर नेपालीले स्थानीय पाँच वर्षीया बालिकालाई बलात्कार गरेका हुन् । घर नजिकै एक्लै खेलिरहेको बेला नेपालीले बालिकालाई नजिकैको बयरझाडीमा लगेर जबरजस्ती बलात्कार गरेको प्रहरीले जनाएको छ ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us