समाचार

संविधानसभामा नाराबाजी, बैठक बस्न सकेन

२०७१ माघ ८ गते ७:०७

काठमाण्डु, ८ माघ– प्रतिपक्षी सभासदहरुले गरेको अवरोधका कारण संविधानसभा बैठक बिहीबार चौँथो दिन सुरु हुनासाथ नारावाजी सुरु भएको छ ।  सत्तारुढ दलले बहुमतीय प्रक्रियाबाटै संविधान निर्माण अघि बढाउन खोजेपछि एमाओवादी लगायत दलका सभासदले संविधासभा अवरुद्ध गर्दै आएका छन् । विहान ११ बजे बोलाइएको बैठक...

मुलुककै दोस्रो विद्युत् आयोजना जीर्ण

२०७१ माघ ८ गते ६:३३

इलाम, ८ माघ– लाखौँ रकम खर्चेर गोर्खेमा वर्षैँअघि निर्मित मयुँखोला साना जलविद्युत् आयोजना जीर्ण भएको छ । स्वर्गीय राजा वीरेन्द्र शाहको निर्देशनमा २०३८ सालबाट निर्माण सुरू भई २०४२ सालदेखि सञ्चालनमा आएको मयुँखोला साना जलविद्युत् आयोजना संरक्षण अभावमा जीर्ण बनेको हो । फर्पिङपछिको मुलुककै दोस्रो...

संविधान दिने वाचा गरेको दिन सरकारले विदेशी राजदूत गुहार्दै

२०७१ माघ ८ गते ६:२८

काठमाण्डु, ८ माघ– दलहरुबीच असमझदारी बढिरहेका बेला सरकारले विदेशी दूतहरुलाई राजनीतिक परिस्थितिबारे जानकारी गराउँदैछ । बिहीबार दिउँसो तीन बजे नेपाल स्थित विभिन्न देशका राजदूतहरुलाई प्रधानमन्त्रीले भेट्ने परराष्ट्र मन्त्रालयले बताएको हो ।   संविधान दिने भनेर प्रमुख दलहरुले वाचा गरेको आज अन्तिम दिन हो ।...

संविधानसभाभित्र कमान्डोसहित चारवटा घेरा

२०७१ माघ ८ गते ६:२७

काठमाण्डु, ८ माघ– सरकारले संविधानसभाभित्र सेनाको कमान्डोसहितको चारवटा घेरा बनाएर सुरक्षा व्यवस्था कडा पारेको छ । प्रतिपक्षीलाई मार्सलबाट रोकेर बहुमतीय प्रक्रिया सुरु गर्ने सत्ता पक्षको तयारी भएको प्रतिपक्षीले बताएको छ । ‘संविधानसभाभित्र वातावरण आतकिंत छ,’ एमाओवादी सभासद् शक्ति बस्नेतले भने, ‘‘संविधानसभालाई फौजीकरण गरेर लोकतन्त्रको...

१०० मिटर पुग्न एक महिना !

२०७१ माघ ८ गते ६:१८

जनकपुर, ८ माघ– रजिष्ट्री गरिएको एउटा चिठी १०० मिटरभन्दा पनि कम भएको ठाउँमा पुग्न करिब एक महिनाको समय लागेको तथ्य सार्वजनिक भएको छ । जिल्ला हुलाक कार्यालयबाट गरिएको सो रजिष्ट्री राष्ट्रिय समाचार समितिमा पुग्न करिब एक महिनाको समय लागेको हो । नागरिक समुदाय जनकपुरबाट...

प्रमुख दलको बैठक सम्पन्न, सात बजे पुनः बस्ने

२०७१ माघ ८ गते ५:४४

काठमाण्डु, ८ माघ– संविधानसभामा संविधान निर्माण बहुमतीय आधारमा गर्ने कि सहमतीय भन्ने विषयमा देखिएको विवाद समाधान गर्न सभाध्यक्षको संयोजनमा बसेको प्रमुख दलको बैठक सम्पन्न भएको छ । बैठक केही समयका लागि स्थगित गरिएको र पुनः साँझ सात बजे बस्ने बताइएको छ ।...

प्रतिपक्षी सभासद बस्ने पंक्तिका माइक हटाइए

२०७१ माघ ८ गते ५:४४

काठमाण्डु, ८ माघ– संविधानसभा भित्र प्रमुख प्रतिपक्षी र प्रतिपक्षी दलका सभासद बस्ने टेबलका सबै माइकहरु झिकिएको छ । संविधानसभा प्रशासनले प्रतिपक्षहरुका माइकहरु मात्रै छानेर हटाएको एक सभासदले बताए । मंगलबार बिहान संविधानसभा अवरुद्ध हुँदा भएको होहल्ला र झडपका क्रममा केही माइकहरु पनि तोडिएका थिए...

प्रस्ताव अघि बढाउन खोजे एमाओवादीले कडा प्रतिवाद गर्ने

२०७१ माघ ८ गते ५:३५

  काठमायडु, ८ माघ– बिहीबार बस्ने संविधानसभा बैठकमा संविधान निर्माणका लागि प्रस्ताव अघि बढाए एकीकृत नेकपा माओवादीले कडा प्रतिवाद गर्ने भएको छ । संविधानसभाको बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा एमाओवादीको संसदीय दलको कार्यालयमा आज भएको सभासद्हरुको छलफलमा सो निर्णय गरिएको हो ।  सत्ता...

संविधानसभाभित्र चार पक्षका नेताको बैठक

२०७१ माघ ८ गते ५:१४

काठमाण्डु, ८ माघ– संविधानसभाभित्र प्रमुख चार पक्षका नेताहरुको बैठक सुरु भएको छ । सत्तारुढ कांग्रेस, एमाले, प्रमुख प्रतिपक्षी एमाओवादी र मधेसी मोर्चाका शीर्ष नेताहरुबीच छलफल सुरु भएको हो । सत्तारुढ दल र प्रतिपक्षीहरुबीच संविधान निर्माणमा बहुमतीय प्रक्रिया अपनाउने कि सहमतीय भन्ने विषयमा विवाद भइरहेका...

कुखुरा फारममा आगलागी, लाखौँको क्षति

२०७१ माघ ८ गते ४:५४

  विराटनगर, ८ माघ– मोरङमा बिहीबार बिहान कुखुरा फारममा आगलागी हुँदा करिब पाँच लाख मूल्य बराबरका क्षति भएको छ । भौंडाहा–४ बस्ने राजन सरदारको कुखुरा फारममा आज बिहान ३ बजे विद्युत् सर्ट भई आगलागी हुँदा सो बराबरको क्षति भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले...

सुवास नेम्वाङ काँग्रेस–एमाले बैठकमा गएकामा एमाओवादी आक्रोशित

२०७१ माघ ८ गते ४:१७

काठमाण्डु, ८ माघ– एकीकृत माओवादीले संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ सत्तारुढ दलहरुको बैठकमा सहभागी भएको भन्दै आपत्ति जनाएको छ । पदीय मर्यादा र तटस्थ भूमिका बिर्सिएर नेम्वाङ का“ग्रेस–एमालेको बैठकमा सहभागी भएको उनको भनाइ छ । सभाध्यक्ष नेम्वाङ बुधबार राति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता पक्षका...

एमाओवादी मोर्चाका कार्यकर्ताले फुटाए एमाले नेताको टाउको

२०७१ माघ ८ गते ३:४३

सप्तरी, ८ माघ– एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाका कार्यकर्ता एमाले कार्यकर्ताबीच सप्तरीको राजविराजमा झडप भएको छ । बुधबार साँझ भएको झडपमा स्थानीय नेता चोकमा भएको झडपमा एमाले जिल्ला कमिटी सदस्य शुभकलाल राम घाइते भएका छन् । उनको टाउकोमा गम्भीर चोट लागेका उनको गजेन्द्रनारायण सगरमाथा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us