समाचार

करेन्ट लागेर मृत्यु

२०७० पुष ५ गते ४:२२

विराटनगर, ५ पुस–मोरङको इटहरामा खाद्यान्न मिलमा काम गर्ने एक युवकको करेन्ट लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मोरङको भाथिगछ–८ बस्ने १८ वर्षीय फुच्चे टुडुको इटहरा–५ स्थित आरके खाद्यान्न मिलमा काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । बिहीबार साँझ करेन्ट...

राष्ट्रिय पोलियो खोप अभियानको उदघाटन आज

२०७० पुष ५ गते ३:४३

काठमाण्डु, ५ पुस– राष्ट्रिय पोलियो खोप अभियान कार्यक्रमको शुक्रबार पर्साको वीरगन्जबाट उदघाटन गरिदै छ । नेपालमा सबैभन्दा धेरै पोलियोका बिरामी तराइ क्षेत्रमा देखिएकाले सरकारले वीरगन्जका बालबालिकालाई पोलियो थोपा खुवाएर अभियानको शुरुआत गर्न लागेको स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता कविराज खनालले जानकारी दिए । १५ औं...

काँग्रेसमा सभासद चयन प्रक्रिया जटील

२०७० पुष ५ गते २:५९

काठमाण्डु, ५ पुस–सभापति सुशील कोइराला र बरिष्ठ नेता शेरबहादुर देउवापक्षबीच भागबन्डा नमिल्दा नेपाली काँग्रेसमा समानुपातिक सभासद चयन प्रक्रिया जटील बनेको छ । यसअघि भागबन्डा नमिलेकै कारण निर्वाचन आयोगलाई सभासदको नामावली बुझाउने समयसीमा बढाउन लगाएको काँग्रेस भागबन्डाको राजनीतिबाट अझै उम्किन सकेको छैन । नेताहरुको खल्तीबाट...

दहचोकमा काँडेभ्याकुर कम देखिन थाले

२०७० पुष ५ गते २:२९

कीर्तिपुर, ५ पुस–नेपालमा मात्रै पाइने विश्वकै दुर्लभ चरा काँडेभ्याकुर काठमाण्डुको दहचोकमा पनि निकै कम देखिन थालेको छ । काठमाण्डु पश्चिमभेगस्थित दहचोकको जङ्गलमा पहिले प्रशस्तै देखिने काँडेभ्याकुरको सङ्ख्या पछिल्लो समयमा निकै कम हुँदै गएको स्थानीयवासी बताउँछन् । विशेषगरी नेपालको ललितपुरको चापागाउँ बज्रबाराही जङ्गल आसपास र...

गोरखामा सहिद स्मृति कार्यक्रम

२०७० पुष ५ गते २:०६

गोरखा, ५ पुुस–एकीकृत माओवादीले गोरखाको गाईखुर गाविसमा सहिद स्मृति कार्यक्रम गरेको छ । २०६० साल पुस ४ गते गोरखाको थुमी गाविसस्थित आर्खेत बजारमा नेपाली सेनाको गिरफ्तार पछि हत्या गरिएका मिलन पाण्डे र हुकुम ओलीको १० औं स्मृतिमा कार्यक्रम गरिएको हो । कार्यक्रमलाई सम्वोधन गर्दै...

आई पिङ र डा. भट्टराईबीच भेटवार्ता

२०७० पुष ५ गते १:३०

काठमाण्डु, ५ पुस–नेपाल भ्रमणमा रहेको उच्चस्तरीय चिनियाँ टोलीले शुक्रबार पनि राजनीतिक भेटवार्ता जारी राखेको छ । चिनियाँ कम्युनिष्ट पार्टीका विदेश मामिला सम्वन्धि उपमन्त्री आई पिङ नेतृत्वको टोलीले शुक्रबार एमाओवादी बरिष्ठ नेता डा. बाबुराम भट्टराईसँग भेटवार्ता गरेको छ । भेटवार्ताको लागि आई पिङ भट्टराई निवास...

संविधानसभालाई समावेशी बनाउन अन्तर्राष्ट्रिय समुदायको आग्रह

२०७० पुष ४ गते १६:५४

काठमाण्डु, ४ पुस–अन्तर्राष्ट्रिय समुदायले संविधानसभालाई समावेशी बनाउन नवनिर्वाचित राजनीतिक दलहरूलाई आग्रह गरेको छ । अन्तर्राष्ट्रिय समुदायका तर्फबाट काठमाण्डुस्थित राष्ट्रसङ्घीय संयोजकले बिहिवार जारी गरेको विज्ञप्तिमा समावेशी एवम् प्रजातान्त्रिक संविधान निर्माण तथा विगतका उपलब्धिको रक्षाका निम्ति महिलालगायत विविधतायुक्त सबै नेपाली नागरिकलाई संविधानसभामा समाहित गर्न अनुरोध गरिएको...

गुटका आधारमा सभासद नछान्न काँग्रेसलाई चुनौती

२०७० पुष ४ गते १६:४८

काठमाण्डु, ४ पुस–नेपाली काँग्रेसको जारी केन्द्रीय समितिको बैठकमा सरकार गठन, संविधान लेखन, निर्वाचन, समानुपातिक उम्मेदवारको मापदण्ड बनाएर नामावलीको टुङ्गो र संविधानसभा छिटो क्रियाशील बनाउनुपर्ने सहितका समसामयिक राजनीतिक विषयमा छलफल चलेको छ । बैठकमा केही केन्द्रीय सदस्यले अन्य दलसँग हुने सहमतिका बारेमा पार्टीभित्र औपचारिक निर्णय...

स्वास्थ्यकर्मीमाथि सुर्खेतमा गोली प्रहार

२०७० पुष ४ गते १४:३८

सुर्खेत, ४ पुस- सुर्खेतमा एकजना स्वास्थ्यकर्मीमाथि गोली प्रहार भएको छ । विहीबार बेलुकी दैलेखमा कार्यरत स्वास्थ्यकर्मी प्रेम न्यौपानेमाथि गोली प्रहार भएको हो । वीरेन्द्रनगर स्थायी घर भएका न्यौपानेलाई घर नजिकै दुई जनाले गोली हानेको सुर्खेत प्रहरीले जनाएको छ । उनीहरुको खोजी भइरहेको प्रहरीको भनाइ...

पाठ्यपुस्तक छाप्न ऋणको पर्खाइमा जनक शिक्षा

२०७० पुष ४ गते १३:१३

काठमाण्डु, पुस – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आगामी शैक्षिकसत्रमा पाठ्यपुस्तकको अभाव नगराउन शिक्षा मन्त्रालयलाई निर्देशन दिए पनि पाठ्यपुस्तक छपाइ गर्ने निकाय जनक शिक्षा सामग्री लिमिटेड भने कागज खरिदका लागि ऋणको खोजीमा छ । आयोगले शिक्षा मन्त्रालय र सम्बद्ध निकायलाई गत मङ्सिर ३० गते ध्यानाकर्षण...

‘नत्र प्रतिपक्षमा बस्छौं’

२०७० पुष ४ गते १२:०१

काठमाण्डु, पुस ४- एमाले नेता माधवकुमार नेपालले सरकार निर्माणको क्रममा कांग्रेसले ल्याउने प्रस्ताव कुरेर बसेको भन्दै चित्तबुझ्दो प्रस्ताव नल्याए विपक्षमा बस्ने चेतावनी दिएका छन् । उनले काग्रेंसले सबै पद आफैंले लिने गरी प्रस्ताव ल्याए एमालेले त्यसलाई नमान्ने बताए । उनले एमाले प्रतिपक्षमा बसे कांग्रेसले...

राजमार्गको होटलमा सिलबन्दी

२०७० पुष ४ गते ११:४२

हेटौंडा, ४ पुस– मकवानपुरको नेवारपानीमा रहेको हिलटप होटलमा सिलबन्दी गरिएको छ । मकवानपुरका प्रजिअ एकनारायण अर्यालको नेतृत्वमा गएको अनुगमन टोलीले होटलमा सिलबन्दी गरेको हो । यसैगरी अनुगमन टोलीले विहीबार नै थानाभञ्याङ, मनहरी, ज्यामिरे र लोथर बजारमा रहेका रेष्टुराँ र होटलको स्थलगत अनुगमन गरेको थियो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us