काठमाण्डु, ८ माघ– प्रतिपक्षी दलका सभासदले संविधानसभाभित्र सहमतीय संविधानको माग गर्दै निरन्तर नाराबाजी गरिहरेका छन् । तर, मधेसी मोर्चाका संयोजक तथा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार भने आज सक्रिय देखिएका छैनन् । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता डा. बाबुराम भट्टराई,...
काठमाण्डु, ८ माघ– प्रतिपक्ष सभासदले नाराबाजी गरिरहेकै बेला एमाओवादी सभासद अमनलाल मोदी सत्तापक्षको कुर्चीमा बसेपछि हो–हल्ला भएको छ । प्रतिपक्षी सभासद सत्तापक्षको पंक्तिमा आएपछि सत्तापक्षीय सभासदले पनि नाराबाजी गरेका हुन् । सहमतीय संविधानका लागि दबाब दिन भन्दै एमाओवादी लगायत दलका सभासदले तीन दिनदेखि संविधानसभा...
सिरहा, ८ माघ– सिरहाको दक्षिणवर्ती गाविस हकपाडाकी एक महिलाले श्रीमान्को घरबाट करिब छ लाखभन्दा बढीको गरगहना लिएर अर्का केटासँग भागेकी छन् । हकपाडा–३ का जयराम यादवकी २० वर्षीया श्रीमती सुचिताकुमारी यादवले घरमा भएको सबै गरगहना लिएर सोही गाविस वडा नं ३ का सन्तोष यादवसँग...
राजविराज, ८ माघ– सप्तरीको रामनगरस्थित पोखरीमा डुबेर एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको रामनगर गाविस–८ निवासी रामबाबु यादवकी ६० वर्षीया श्रीमती इन्द्रवतीदेवी यादव रहेको प्रहरीले जनाएको छ । बुधबार पोखरीमा नुहाउन हिँडेकी इन्द्रवती राति अबेरसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा आज...
कञ्चनपुर, ८ माघ– दैजी बेलडाँडी सडकमा नकाबधारी लुटेराहरुले हतियार देखाई लुटपाट गर्न थालेपछि सर्वसाधारण यात्रु त्रसित भएका छन् । शुक्लाफाँटा वन्यजन्तु आरक्ष भएर जाने बीस किलोमिटरको सडकको बीच भागमा लुटेराहरुले यात्रुलाई रोकेर एक सातादेखि निरन्तर रुपमा लुटपाट गर्दै आएका छन् । पैदल, मोटरसाइकल र...
काठमाण्डु, ८ माघ– कांग्रेस नेता प्रदीप गिरीले संविधानसभाभित्र देखिएको गतिरोध तत्काल संविधान नबनाउने बहाना मात्रै भएको बताएका छन् । संविधानसभा भवनबाट बाहिरिँदै उनले भने– ‘यो तिमी कुटेजस्तो गर, म रोएजस्तो गर्छु भनेजस्तो भएको हो ।’ गिरीले सत्तापक्ष विपक्षीलाई दोष लगाएर संविधान निर्माणलाई पर सार्न...
काठमाण्डु, ८ माघ– एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादीकै कारण संविधान बन्न नसकेको आरोप लगाएका छन् । उनले माओवादीले संविधान नबनाउने मोर्चा बनाएका कारण संविधान बन्न नसकेको बताएका हुन् । ‘संविधानसभा भित्रबाट र बाहिरबाट पनि संविधान बन्न नदिने प्रयास भइरहेको छ,’ संविधासभा भवनबाट बाहिरिँदै...
काठमाण्डु, ८ माघ– झण्डै दुई घण्टा अवरुद्ध भएपछि संविधानसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ । सभाध्यक्ष सुवास नेम्वाङले झण्डै पाँच मिनेट लामो भाषण गरेर बैठक स्थगित गरेका हुन् । बैठक सुरु हुनासाथ प्रतिपक्षी सभासदहरुले नाराबाजी गरी संविधानसभाको बैठक अवरुद्ध गरेका थिए ।...
काठमाण्डु, ८ माघ– संविधानसभाको बिहीबारको बैठक सुरु हुनासाथ थालिएको नारबाजी एक घण्टासम्म पनि रोकिएको छैन । सभाध्यक्ष सुवास नेम्वाङ प्रतिपक्षीलाई नाराबाजीमै थकाउने रणनीतिमा लागेको बुझिएको छ । बुधबारको बैठकमा डेढ घण्टासम्म प्रतिपक्षको नाराबाजी चलेपछि बैठक स्थगित भएको थियो । बुधबार साँझ कांग्रेस–एमालेको संयुक्त बैठकले...
काठमाण्डु, ८ माघ– संविधान निर्माणका सम्बन्धमा देखिएका विवादका कारण संविधानसभामा आएको गत्यावरोधका बारेमा पार्टीको धारणा सार्वजनिक गर्न एकीकृत माओवादीले संविधानसभा भवन परिसरमै पत्रकार सम्मेलन गर्ने भएको छ । सत्तापक्षले बहुमतीय प्रक्रियाबाट संविधान निर्माण गर्न खोजेपछि एमाओवादीले सहमतीय प्रक्रियामा आउन दबाब दिने भन्दै तीन दिनदेखि...
इटहरी, ८ माघ– इटहरीको मुख्य चोकमा बिहीबार बिहान बम भएको आशङ्कामा स्थानीय जनता त्रसित बनेका छन् । मुख्य चोकमा झोला बेवारिसे अवस्थामा फेला परेपछि चोकको सुरक्षामा तैनाथ सुरक्षाकर्मीले बम हुन सक्ने आशङ्कामा सडकमा हिँड्ने जो कोहीलाई त्यसका आसपासमा हिँड्न रोक लगाएका थिए । सशस्त्र...
काठमाण्डु, ८ माघ– संविधानसभा भित्र सत्तापक्ष र प्रतिपक्षबीच असमझदारी बढ्दै गएका बेला सरकारले संविधानसभाको सुरक्षा भन्दै खानतलासीमा कडाइ गरेको छ । जननिर्वाचित प्रतिनिधिहरुलाई प्रहरीले ठाउँठाउँमा शरीर जाँच गर्ने, सोधपुछ गर्ने र निगरानी गरेपछि प्रतिपक्षी सभासदले ‘संविधानसभाको ब्यारेकीकरण’ भएको बताएका छन् । मूलगेटमै गाडीबाट झारेर...