म्याग्दी, ९ माघ–बाबुआमा दुवैले छाडेर गएपछि दुई बालबालिका अलपत्र परेका छन् । गोरखा जिल्लाबाट म्याग्दीमा आई ज्याला मजदुरी गर्ने कृष्णबहादुर गुरुङ र उनकी श्रीमती एकाएक हराएपछि उनीहरुका एक छोरा र एक छोरी अलपत्र परेका हुन् । म्याग्दीको बराङजा गाविसबाट विवाह गरेका गुरुङको श्रीमती अर्कैसँग...
काठमाण्डु, ८ माघ– एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाओवादीलाई राम्रो शिक्षा दीक्षा दिन नसक्नु आफ्नो कमजोरी भएको टिप्पणी गरेका छन् । संविधानसभा परिसरमा बिहीबार राति सञ्चारकर्मीसँग ओलीले माओवादीलाई राम्ररी पराजित गर्न नसक्नु र राम्रो शिक्षा दिन नसक्नु आफूहरुको कमजोरी रहेको बताएका हुन् । ‘माओवालीलाई चुनावमा...
काठमाण्डु, ८– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काँग्रेस–एमालेलाई प्रतिगामी संविधान ल्याउनबाट रोकेकामा आफूलाई गर्वको महसुस भएको बताएका छन् । संविधानसभा भवन नयाँबानेश्वरबाट बाहिरने क्रममा बिहीबार राति सञ्चारकर्मीसँग कुरा गर्दै उनले बहुमतको आडमा विगतका सहमति र सम्झौता तथा विभिन्न आन्दोलनका क्रममा व्यक्त जनभावनाविपरीत...
काठमाण्डु, ८ माघ– दलहरुबीच भएको सहमति प्रयास विफल भएपछि संविधानसभाको बिहीबारको बैठक पनि विपक्षीले अवरोध गरेका छन् । दुई पटकसम्म बसेको बैठकमा विपक्षी सभासदले रोष्ट्रम घेराउ गरी नाराबाजी गरेका थिए । सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले राति झण्डै पौने १२ बजे शुक्रबार दिनको एक बजेसम्मका लागि...
काठमाण्डु, ८ माघ– एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत माओवादी संविधानसभामा आएका कारण मुलुकले दुःख पाएको आरोप लगाएका छन् । संविधानसभा बैठकबाट बाहिरिने क्रममा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले उनले एमाओवादी संविधानसभाबाहिरका शक्तिसँग मिलेर संविधान बन्न नदिने खेलमा लागेको बताए । सञ्चारकर्मीको एक जिज्ञाशाको...
काठमाण्डु, ८ माघ– एमाले नेता माधवकुमार नेपालले तोकिएकै समय माघ ८ मा संविधान जारी हुन नसकेकामा जनतासँग माफी माग्ने पक्षमा एमाले नरहेको प्रष्ट पारेका छन् । संविधानसभा भवनबाट बाहिरिने क्रममा बिहीबार राति सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूहरु माफी माग्ने पक्षमा नरहेको बताए । एकीकृत...
काठमाण्डु, ८ माघ– सहमतिको सम्भावना सकिएको भन्दै बहुमतीय प्रक्रियाबाट संविधान जारी गर्नुपर्ने अडानमा रहेको सत्तापक्षले अन्तर्राष्ट्रिय समुदायलाई भने सहमतिमै संविधान जारी हुने भन्दै ढाँटेको छ । नेपालस्थित कुटनीतिक नियोगका प्रमुखहरुलाई बिहीबार लाजिम्पाटस्थित एक होटलमा भेला गराएर परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र अर्थमन्त्री रामशरण महतले सहमतिमा...
काठमाण्डु, ८ माघ– प्रधानमन्त्री सुशील कोइराला अस्वस्थ भएका छन् । कार्यतालिकामा उल्लेख भएअनुसार संविधान जारी गर्ने भनिएको दिन उनलाई पाखाला लागेको हो । संविधानसभा बैठकमा सहभागी हुन बानेश्वर पुगेका प्रधानमन्त्री एक्कासि पखाला लागेपछि बिहीबार दिउँसो ३ बजे बालुवाटार पुगेका थिए । पखाला लागेपछि उनी...
काठमाण्डु, ८ माघ– एकीकृत माओवादी नेतृत्वको १९ दलीय मोर्चाका सभासदले संविधानसभाको बैठक फेरि अवरुद्ध गरेका छन् । दलहरुबीच सहमति प्रयास विफल भएपछि दोश्रोपटक साढे आठ बने सुरु भएको बैठक विपक्षी सभासदले नाराबाजीसहित अवरुद्ध गरेका हुन् । सभाध्यक्ष सुवास नेम्वाङको बैठकको कारबाही सुरु भएको घोषणा...
माघ– सरकारले बिहीबार संविधानसभा बैठकको सुरक्षा व्यवस्था अत्यन्तै कडा पा¥यो । संविधानसभाभित्रै सभासदहरुबीच भिडन्त हुन सक्ने भन्दै ५ सय बढी मर्यादापालक थपिए । सम्भावित सुरक्षा खतरालाई मध्यनजर गर्दै प्रहरी र सशस्त्र प्रहरी पनि बाक्लो संख्यामा संविधानसभा परिसरमा उतारिए । अनौठो कुरा त के थियो भने सभासदलाई भित्र...
काठमाण्डु, ८ माघ– प्रधानमन्त्रीले जनताका नाममा गर्ने भनिएको सम्बोधन अचानक स्थगित भएको बताइएको छ । दलहरुबीच सहमति नभएको भन्दै प्रधानमन्त्री सुशील कोइरालाले सम्बोधन नगर्ने भएका हुन् । प्रधानमन्त्री कोइरालाले बिहीबार राति राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम थियाे । एक वर्षभित्र संविधान ल्याउने प्रतिबद्धता गर्दै प्रधानमन्त्री चुनिएका...
काठमाण्डु, ८ माघ– माओवादी नेता नेत्रविक्रम चन्द ‘विप्लव’ले संविधानसभाभित्र भएको विवाद छाडेर बाहिर आउन एमाओवादी नेतृत्वलाई आव्हान गरेका छन् । नेकपा–माओवादीबाट सम्बन्धविच्छेद गरेर नयाँ नेकपा माओवादी बनाएका विप्लवले संसदवादी दलहरुले सत्ता कब्जा गर्न लागेको समेत बताएका छन् । बिहीबार विज्ञप्ति जारी गर्दै विप्लवले संसदवादी...