काठमाण्डु, ८ माघ– दिउँसो एक बजे बस्ने तय भएको संविधानसभा बैठक अझसम्म बस्न सकेको छैन । तीन दिनदेखि लगातार अवरुद्ध भएको संविधानसभामा सत्तारुढको बहुमतीय प्रक्रियामा जसरी पनि जाने र प्रतिपक्षीको जसरी पनि रोक्ने रणनीतिले बैठकमा गतिरोध देखिएको हो । शुक्रबार प्रक्रियामा जाने भन्दै संविधानसभाका...
विराटनगर, ९ माघ– मालवाहक ट्रकको ठक्करबाट एक प्रहरी नायब निरीक्षकको घटनास्थलमै मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय पकली सुनसरीमा कार्यरत प्रहरी सहायक निरीक्षक तोलेन्द्र अधिकारीको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । पूर्व–पश्चिम राजमार्गअन्र्तगत भादगाउँ सिनुवारी–२ मा गएराति पश्चिमतर्फ जाँदै...
काठमाण्डु, ९ माघ– संविधानसभाका मर्यादापालकहरुले महिला सभासदमाथि जबर्जस्ती व्यवहार गरेको भन्दै महिला सभासदहरुले सभाध्यक्ष सुवास नेम्वाङको ध्यानाकर्षण गराएका छन् । संविधानसभामा विपक्षी सभासदहरुलाई लक्षित गर्दै सरकारले सयौँ मर्यादापालक र सादा पोसाकका प्रहरी खटाएको थियो । शुक्रबार एकीकृत माओवादी सम्बद्ध मोर्चाका महिला सभासदहरुले सभाध्यक्ष नेम्वाङलाई...
रौतहट, ९ माघ– रौतहटको भेडियाही चोकमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका एक वृद्धको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको भेडियाहीबाट सुकदेव चोकतर्फ जाँदै गरेको ना२८प ६८०२ नम्बरको मोटरसाइकलले बिहीबार साँझ स्थानीय ७० वर्षीय अनुपलालराय यादवलाई ठक्कर दिई गम्भीर घाइते बनाएको थियो । ठक्करबाट...
बनेपा, ९ माघ– काभ्रेपलाञ्चोक जिल्लामा मृर्गौला तस्करीमा संलग्न झण्डै चार वर्षदेखि फरार तीन अभियुक्तलाई अझै पनि प्रहरीले पक्राउ गर्न सकेको छैन । उनीहरूलाई पक्राउ गर्ने प्रयत्न जारी रहेको र अभियुक्तको हुलियासहित प्रहरीको सबै इकाइमा पत्राचार भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक पुजा...
डडेल्धुरा, ९ माघ– व्यवस्थापकीय कमजोरीका कारण डडेल्धुरामा रहेको उपक्षेत्रीय अस्पतालले सेवा दिन नसक्दा अस्तव्यस्त बनेको छ । सुदूरपश्चिमका सातवटा पहाडी जिल्लाको सबैभन्दा ठूलो अस्पताल दक्ष जनशक्ति अभावमा आजभोलि सुनसान बन्द थालेको छ । जनशक्ति अभावमा अस्पतालले गुणस्तरीय सेवा दिन नसक्दा बिरामी अस्पतालमा नै जान...
भीमदत्तनगर, ९ माघ– झण्डै एक सातायता सुदूरपश्चिममा पेट्रोलियम पदार्थको कालोबजारी बढ्दै जान थालेको छ । सरकारी बिदा र बन्दको मौका छोपी कञ्चनपुर, कैलालीसँगै सुदूरपश्चिमका पहाडी जिल्लामा समेत पेट्रोलको कालोबजारी बढेको हो । माघ ६ गते विभिन्न दलहरुले गरेको बन्द र माघ ७ गते परेको...
वीरेन्द्रनगर, ९ माघ– राकममा रहेको फेरीबाट यात्रुले सुविधा थोरै सास्ती धेरै पाउने गरेका छन् । छिन्चु जाजरकोट सडकखण्डमा पर्ने सो फेरी महिनौं दिन बन्द भई केही दिनमात्रै सञ्चालनमा आउँदा सुविधाभन्दा सास्ती धेरै भएको हो । राकममा पक्की पुल निर्माण नहुँदा सवारी साधन र यात्रु...
काठमाण्डु, ८ माघ– एकीकृत माओवादी नेतृत्वको तीस दलीय मोर्चाको बैठकले संविधान निर्माणमा बहुमतीय प्रक्रिया जारी रहुन्जेल प्रतिवाद गरिरहने निर्णय गरेको छ । एमाओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले सहमतीय प्रक्रियाका लागि दबाब दिने निर्णय गरेको हो । संविधानसभामा प्रतिनिधित्व गर्ने १९ दलसहितको बैठकले...
काठमाण्डु, ९ माघ– एमाओवादी वरिष्ठ नेता बाबुराम भट्टराईले तोकिएकै मितिमा संविधानसभाबाट संविधान दिन नसकेकामा मतदातासँग माफी मागेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले संविधानसभाबाट संविधान जारी हुन नसकेकामा आफ्नो हिस्साको जिम्मेवारी लिँदै माफी मागेका हुन् । यद्यपि उनले सहमतिमै संविधान जारी गर्ने सम्भावना अझै...
काठमाण्डु, ९ माघ– गत वर्षको भदौमा भएको बर्डफ्लुको माहामारीमा परेका कुखुरापालक व्यावसायीमध्ये ८० प्रतिशत व्यावसायी आफ्नो पुरानो व्यवसायमा फिर्ता भएका छन् । बर्डफ्लुको मारका कारण उपत्यकामा मात्रै कुल रु तीन अर्बको क्षति भएपछि केही व्यवसायी बाध्यात्मक अवस्थामा पुरानो व्यवसायबाट अन्य व्यवसायमा लागे पनि ८०...
खोटाङ, ९ माघ– जिल्लाको मनमायाँ राई खानीडाँडा विमानस्थलमा कालोपत्रेको काम सुरु भएको छ । चन्दा संकलन गरेर निर्माण गरिएको खानीडाँडा विमानस्थल नागरिक उड्डयन प्राधिकरणको रु ६ करोड ८० लाखको लागतमा कालोपत्रेको काम सुरु गरिएको हो । सेर्पा कन्स्ट्रकसन प्रालि काठमाण्डुले जिम्मा लिएको कालोपत्रेको काम...