काठमाण्डु, ७ पुस–नेकपा एमालेका सचिव शंकर पोखरेलले एकीकृत नेकपा माओवादीले समानुपातिकको सूचि नबुझाए पनि ब्यवस्थापिका संसद सञ्चालन हुने बताएका छन् । उनले एमाओवादीले नामावली नबुझाए पनि सूचि क्रियाशिल रही ब्यवस्थापिका संसद सुझारु हुने र नाम बुझाएपछि संविधानसभामा चल्ने स्पष्ट पारे । उनले भने–‘कुनै दलले...
इलाम, ७ पुस – संविधानसभाका सदस्य तथा इलाम क्षेत्र नं २ बाट निर्वाचित सभासद सुवासचन्द्र नेम्बाङले संविधानसभा गठनमा धेरै जटिलता उत्पन्न भएको बताएका छन् । इलाममा आइतबार पत्रकारहरुसँग कुराकानी गर्दै नेम्बाङले अघिल्लो संविधानसभाले गरेका महत्वपूर्ण उपलब्धिलाई संस्थागत गर्दै थप उपलब्धि हासिल गर्नुपर्नेमा जोड दिए...
काठमाण्डु, ७ पुस – घरेलु हिंसाबाट प्रभावित महिलाका लागि सञ्चालित केन्द्र र उपकेन्द्रले सेवा प्रदान गर्न थालेपछि घरेलु हिंसाका मुद्दामा वृद्धि भएको छ । घरेलु हिंसामा परेका महिला खुलेर आफ्नो अधिकारका लागि मुद्दा दर्ता गर्न आउन थालेका छन् । घरेलु हिंसाबाट प्रभावित महिलालाई लक्षित...
काठमाण्डु, ७ पुस–पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार भारत प्रस्थान गरेका छन् । उनी सपरिवार राजस्थानको अजमेर गएका हुन् । भारत प्रस्थान गर्नुअघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै शाहले जनचाहना अनुसार राजनीतिक दलहरु अघि बढे मुलुकले निकास पाउने धारणा राखे । नेपालमा संविधानसभा निर्वाचन परिणाम...
काठमाण्डु, ७ पुस– काठमाण्डुको शङ्खमूलमा आइतबार विहान आगलागी हुँदा करिब २० लाख रुपैयाँको क्षति भएको छ । आगलागीबाट भाडामा रहेको कपास पसल, फर्निचर पसल, टिभी, डेक, मोबाइल र ६५ हजार नगदसमेत गरी करिब २० लाखको क्षति भएको घरधनी लालबहादुर भुजेलले बताए । आगलागीको कारण...
काठमाण्डु, ७ पुस–जन्मेदेखि पाँच वर्षमुनिका बालबालिकालाई आइतबार पनि पोलियो थोपा खुवाइदैछ । शनिबार खान छुटेका बालबालिकालाई आइतबार दोस्रो दिन पनि पोलियो थोपा खुवाउन लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय बालस्वास्थ्य महाशाखाले राष्ट्रिय पोलियो खोप अभियान अन्तरगत शनिबारदेखि पहाड र तराईका ६८ जिल्लामा पहिलो...
घोराही, ७ पुस–दाङको नारायणपुरमा ट्रिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । घोराहीबाट तुलसीपुरका लागि छुटेको रा १ क १३८ नम्बरको ट्रिपरले रा १ प ५३९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुबैजनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख...
सिरहा, ६ पुस– सिरहाको माडरमा बिजुली सर्ट भई आगलागी हुँदा तीन परिवारका सात वटा घर जलेर पूर्ण रुपमा नष्ट भएको छ । आगलागीबाट १० लाख रुपैयाँ भन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक रमेश तामाङका अनुसार...
गोरखा, ६ पुस– गोरखाको उत्तरी क्षेत्रका सिर्दीवास, सामागाउँ, विही, प्रोक, ल्हो, छेकम्पार, चुम्चेत गाविसमा रहेका २३ प्रावि, एक निमावि र एक मावि गरी कुल २५ विद्यालय बन्द भएको छ । हिमपात हुन थालेपछि बढेको जाडोका कारण दुई महिनाका लागि विद्यालय बन्द गरिएको सिर्दीवासस्थित बुद्ध...
काठमाण्डु, ६ पुस– कांग्रेसको अनुसासन समितिले चुनावमा अन्तर्घातको आरोप समानुपातिकतर्फका उम्मेदवारलाई ४८ घण्टाको समय दिएर स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । शनिबार काठमाडौंमा बसेको समितिको बैठकले यस्तो निर्णय दिएको हो । करिब ३० जना विरुद्ध परेको उजुरीमाथि प्रारम्भिक अध्ययन गर्दै समितिले यस्तो निर्णय गरेको...
काठमाण्डु, ६ पुस– दाङमा ट्रिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । दाङको नारायणपुरमा रोकिराखेको मोटरसाइकललाई ट्रिपरले ठक्कर दिँदा नारायणपुर ३ का ३८ वर्षका हिमबहादुर भण्डारी र रोल्पाको डुब्रि गाविसका ४० वर्षका शेरबहादुर भण्डारीको मृत्यु भएको हो । रा १ क १३८ नम्बरको ट्रिपरको...
काठमाण्डु, ६ पुस – नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले एक वर्षभित्र नयाँ संविधान जारी हुन नसके समस्यालाई अल्झ्याएर नराखी विवादित विषयमा जनमतसङ्ग्रह गरिनुपर्ने बताएका छन् । वज्रयोगिनी गाविसमा शनिबार भवन शिलान्यास कार्यक्रममा नेता नेपालले ६ महिनाभित्र मस्यौदा र एक वर्षभित्र संविधान जारी...