झापा, ९ माघ– आफैँले तोकेको समयसीमाभित्र दलहरुले संविधान जारी गर्न नसकेको भन्दै दक्षिणी झापाको गोलधाप निवासी एक व्यक्तिले आत्महत्या गरेका छन् । माघ ८ मा नै संविधान जारी गर्ने विषयलाई लिएर छिमेकीहरुसँग संविधान जारी हुन्छ भन्दै बाजी राखेका गोलधाप–१ निवासी ६५ वर्षीय विष्णुप्रसाद उप्रेतीले...
काठमाण्डु, ९ माघ– तीन घण्टा ढिलो गरी सुरु भएको संविधानसभा बैठक आइतबार एक बजेसम्मका लागि स्थगित भएको छ । विपक्षी सभासदहरुले सहमतीय संविधानका पक्षमा नाराबाजी गरिरहेपछि सभाध्यक्ष सुवास नेम्वाङले बैठक स्थगित गरेका हुन् । मंगलबार बिहानदेखि संविधानसभाको बैठक अवरुद्ध हुँदै आएको छ । सत्तारुढ...
काठमाण्डु, ९ माघ– एमाले अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक राजनीतिक सहमति तथा संवाद समितिको अध्यक्ष एमाओवादीलाई दिनु नै गल्ती भएको बताएका छन् । कांग्रेस–एमालेको संयुक्त बैठकपछि बोल्दै ओलीले एमाओवादी नेता डा. बाबुराम भट्टराईलाई जिम्मा दिएकै कारण सहमति नभएको आरोप लगाएका हुन् । कांग्रेस एमालेको...
चरिकोट, ९ माघ– राष्ट्रिय गौरवको आयोजनाका रुपमा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण करिब ७२ प्रतिशत पूरा भएको छ । विभिन्न चार चरणबाट निर्माण सुरु गरिएको आयोजनाको कार्य प्रगति प्रतिवेदनअनुसार ७२ प्रतिशत निर्माण पूरा भएको हो । मासिक भुक्तानी प्रतिवेदनको आधारमा ७२...
भक्तपुर, ९ माघ– उद्योग मन्त्री महेश बस्नेतले एनेकपा माओवादी र मधेसवादी दलको अवरोधका कारण माघ ८ मै संविधान जारी गर्न नसके पनि निराश नहुन आमनागरिकलाई अपिल गरेका छन् । गैरसरकारी संस्था महासङ्घ भक्तपुरको पाँचौँ जिल्ला अधिवेशन एवम् १२औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले...
काठमाण्डु, ९ माघ– तीन घण्टा ढिलो सुरु भएको संविधानसभा बैठकमा विपक्षी सभासदले नाराबाजी गरिरहेका छन् । सभाध्यक्षले सहमति बिना नै बहुमतीय प्रक्रिया सुरु गरेको भन्दै विपक्षी सभासदले ‘प्रक्रिया मिच्न पाइँदैन’, ‘सहमतिको संविधान जारी गर’ लगायतका नारा लगाइरहेका छन् । सोमबार रातिददेखि निरन्तर अवरोध भइरहेको...
काठमाण्डु, ९ माघ– प्रतिपक्षी दलहरुले सहमतीय संविधानका पक्षमा संविधानसभा अवरुद्ध गरिरहेका बेला सत्तापक्षको बैठकले संविधानको अवरोध रोके वार्ता गर्न सकिने बताएको छ । संविधानसभा भवनभित्रै बसेको कांग्रेस–एमाले लगायतको सत्तारुढ दलको बैठकले अवरोध नरोकेसम्म वार्ता नगर्ने बताएको हो । बैठकमा सहभागी एमाले महासचिव ईश्वर पोखरेलले भने,...
हुम्ला, ९ माघ– जिल्ला सदरमुकाम सिमिकोटलगायत स्थानमा बिहीबार १२ बजेदेखि हिमपात भइरहेको छ । अहिले सदरमुकाम आसपास करिब एक फिटसम्म हिउँ जमेर आवतजावतसमेत बन्द भएको छ । हिमपातबाट सदरमुकाममा नागरिकता बनाउन तथा दैनिक उपभोग्य सामग्री लिन सदरमुकाम आएका उत्तरी भेग डाँडाफ्या, स्याडा, हेप्का, खगाल...
काठमाण्डु, ८ माघ– प्रतिपक्षी दलहरुले सहमतीय प्रक्रियाको माग गर्दै सभा अवरुद्ध पारेपछि सरकारले सुरक्षाका लागि भन्दै संविधानसभामा सयौं प्रहरी परिचालन गरेको छ । सभासदहरुलाई ठाउँठाउँमा चेकिङ गर्ने र खानतलासी लिने काम भएको छ । सत्तारुढ दलहरुले बहुमतीय प्रक्रिया नै एक मात्र विकल्पका रुपमा अघि...
काठमाण्डु, ९ माघ– नेपाली काँग्रेस, नेकपा एमाले लगायत सरकारलाई समर्थन गर्ने आठ दलका नेताबीच संविधानसभाले प्रस्ताव प्रश्नावली समिति गठन गर्ने प्रस्ताव अघि नबढाएसम्म विपक्षी दलसँग वार्तामा नबस्ने निर्णय गरेको छ । बैठकमा सहभागी एमालेका महासचिव ईश्वर पोखरेलले संविधान निर्माणको प्रक्रियालाई अघि बढाउने विषयलाई नै...
काठमाण्डु, ८ माघ– सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना सभासदहरुलाई संविधानसभाभित्रको गतिविधिबारे सार्वजनिक टिप्पणी नगर्न ‘सर्कुलर’ गरेका छन् । औपचारिक निर्देशन नदिइएको भए पनि अनौपचारिक रुपमा ‘मिडियामा नबोल्नू’ भनिएका कारण कांग्रेस–एमालेका सभासद अहिले मौन बसेका छन् । संविधानसभाको बैठकमा सहभागी हुनका लागि...
काठमाण्डु, ८ माघ– प्रमुख दलहरुबीच बिहीबार भएको बैठकमा मधेसी मोर्चाका नेता विजय गच्छदारले राखेको प्रस्तावका कारण प्रतिपक्षी मोर्चामा तरंग उठेको छ । सिंहदरबारमा शुक्रबार बसेको तीस दलीय मोर्चाको बैठकमा एमाओवादी अध्यक्ष प्रचण्डले गच्छदारलाई त्यस्तो प्रस्ताव किन राखेको भनेर सोधेका छन् । संविधानसभामा प्रतिनिधित्व गर्ने...