समाचार

६ सय १ सभासदविरुद्ध ठगी मुद्दा

२०७१ माघ ९ गते १५:१८

दाङ, ९ माघ– संविधानसभाका सबै ६ सय १ सभासदविरुद्ध ठगी मुद्धा दर्ता भएको छ । जनतालाई एक वर्षभित्र संविधान दिने बाचा गरेर सभासदले जनता ठग्ने काम गरेको भन्दै जिल्ला प्रहरी कार्यालय दाङमा शुक्रबार उजुरी दर्ता भएको हो । लमही नगरपालिका–११ का डिल्लीराज खनालले इलाका...

संविधानसभा विपक्षीको उत्तेजनात्मक गतिविधिको शिकारः प्रधानमन्त्री (सम्बोधनको पूर्ण पाठसहित)

२०७१ माघ ९ गते १४:३१

काठमाण्डु, ९ माघ– प्रधानमन्त्री सुशील कोइरालाले संविधानसभा विपक्षीको उत्तेजनात्मक र अराजक गतिविधि र तोडफोडको शिकार भएको आरोप लगाएका छन् । शुक्रबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै उनले विपक्षीको अवरोधका कारण संविधानसभाबाट ८ माघमा संविधान जारी गर्न नसकिएको बताए । प्रतिबद्धता गरिएको मितिमा संविधान ल्याउन...

वैद्य माओवादीले प्रचण्डलाई भन्यो, ‘कुर्सी भाँचेकामा माफी माग्ने काम नगर’

२०७१ माघ ९ गते १४:०७

सिन्धुली, ९ माघ– नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले एमाओवादीसहित विपक्षी सभासदले माफी माग्नु नपर्ने बताएका छन् । सिन्धुलीमा शुक्रबार भएको पत्रकार सम्मेलनमा उनले विपक्षी सभासदले कुर्सी र माइक तोडफोड गर्नु सामान्य घटना भएको बताए । ‘संसदीय व्यवस्था भएका अरु मुलुकमा संसदमा ढाडै भाँच्ने घटना भएका...

तीन लाख घुस लिँदालिँदै पासवान पक्राउ

२०७१ माघ ९ गते १३:१५

झापा, ९ माघ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज झापाको काँकरभिट्टाबाट सेवाग्राहीसँग तीन लाख रुपैयाँ घुस लिँदालिँदै नापी कार्यालयका एक अमिन ९सर्भेक्षक० लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीन नम्बर नापी टोली काँकरभिट्टाका अमिन रवीन्द्र पासवान रहेको आयोगको पूर्वक्षेत्रीय कार्यालय इटहरीका प्रमुख डुल्लुराज...

मैनबत्तीको आगो सल्केर जब ज्यानै गयो

२०७१ माघ ९ गते १३:०५

बाँके, ९ माघ– बाँकेमा मैनबत्तीबाट आगलागी हुँदा एकजनाको ज्यान गएको छ । चिसापानी–४ बस्ने ४२ बर्षीया पदमाकुमारी थापाको आगोमा परेर ज्यान गएको हो । आफ्नै घरको कोठामा बिहिबार राति मैनबत्ती बालेर सुतेको अवस्थामा मैनबत्तीबाट आगलागी हुँदा जलेर घटनास्थलमै उनको मृत्यु भएको बाँके प्रहरीले जनाएको...

भ्रष्टाचारीको सूची तयार गर्दैछ विप्लव माओवादी

२०७१ माघ ९ गते १३:०१

रोल्पा, ९ माघ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले भ्रष्टाचारीहरुको सूची तयार गर्ने भएको छ । भ्रष्टाचारीमाथि जनकारबाही गर्ने भन्दै चन्द माओवादीले सूची तयार गर्न लागेको हो । केन्द्रीय सदस्य सन्तोष बुढामगरले गृहजिल्ला रोल्पा सदरमुकाम लिवाङमा शुक्रबार भएको पत्रकार सम्मेलनमा भ्रष्टाचारीलाई नछाडिने चेतावनी दिए...

मर्यादापालकले महिला सभासदको संवेदनशील अंग सुम्सुम्याएपछि…

२०७१ माघ ९ गते १२:४१

काठमाण्डु, ९ माघ– एकीकृत माओवादीसहित विपक्षी दलका सभासदले मर्यादा पालकले संविधानसभाभित्र आफूहरुमाथि दुव्र्यवहार गरेको भन्दै आपत्ति जनाएका छन् । उनीहरुले शुक्रबार संविधानसभा भवन नयाँबानेश्वरमा सभाध्यक्ष सुवास नेम्वाङलाई भेटी त्यसबारे सामूहिक रुपमा ध्यानाकर्षण गराएका हुन् । महिला सभासदका साथमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि...

काँग्रेस प्रमुख सचेतक श्रेष्ठ विपक्षीको कब्जामा

२०७१ माघ ९ गते १२:२६

काठमाण्डु, ९ माघ– नेपाली काँग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठलाई विपक्षी दलका सभासदले नियन्त्रणमा लिएका छन् । संविधानसभाको शुक्रबारको बैठकमा विपक्षी सभासदले उनलाई केहीबेर नियन्त्रणमा लिएका हुन् । बैठक औपचारिक रुपमा सुरु हुनुअघि राष्ट्रिय गान बजेलगत्तै श्रेष्ठ आफू बसेको सिटबाट उठेर हतारहतार रोष्ट्रतमर्फ अघि बढेका...

विवाहका लागि सामान किनेर आउँदा किचिएर मृत्यु

२०७१ माघ ९ गते १२:२०

महोत्तरी, ९ माघ– टायरगाडामा किचिएर गएराति महोत्तरीको किसाननगरमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा किसाननगर–७ बस्ने ५५ वर्षीय कृष्णबहादुर डुम्रे रहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।  छोरीको विवाहका लागि छिमेकी जिल्लाको धनुषाको बडहरी बजारबाट सरसामान किनेर टायरगाडामा राखी घर आउने...

सुवास नेम्वाङको घोषणा– ‘आइतबारदेखि नयाँ प्रक्रिया सुरु हुन्छ’

२०७१ माघ ९ गते ११:५८

काठमाण्डु, ९ माघ– संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले आइतबारदेखि नयाँ प्रक्रिया सुरु हुने दाबी गरेका छन् । शुक्रबारको बैठकबाट बाहिरिँदै अध्यक्ष नेम्वाङले आजसम्मको प्रक्रिया आजै अन्त्य भएको बताएका हुन् । सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेम्वाङले संविधानसभाको निरन्तर अवरुद्ध भएको बैठक आइतबारदेखि नहुने संकेत गरेका हुन्...

विदेशीको नाम लिँदै जब देउवा झोक्किए‍‍‍…

२०७१ माघ ९ गते ११:४८

काठमाण्डु, ९ माघ– कांग्रेसका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशीले नेपाली राजनीतिक प्रक्रियामा सल्लाह दिएकोमा आपत्ति जनाएका छन् । शुक्रबार संविधानसभा बैठकबाट बाहिरिँदै उनले नेपालको संविधान निर्माण नेपालीले नै सम्पन्न गर्ने बताएका हुन् । देउवाले विदेशीले आफ्नो मुलुकमा लोकतन्त्रको अभ्यास गर्दा भोटिङ गर्ने...

गच्छदार भन्छन्, ‘मैले कांग्रेस–एमालेलाई ४० वर्षदेखि चिनेको छु’

२०७१ माघ ९ गते ११:३७

काठमाण्डु, ९ माघ– मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले आफूले माघ ८ मै संविधानको सुनिश्चितता हुने प्रस्ताव गरेको दाबी गरेका छन् । शुक्रबार संविधानसभा बैठकबाट बाहिरिँदै गच्छदारले भने, ‘मैले राजनीति गर्न थालेको ४०/४२ वर्ष भयो, म कांग्रेस–एमालेलाई पनि राम्रैसँग चिन्छु ।’ उनले आफूलाई...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us