समाचार

प्रहरी नायब उपरीक्षक घुस लिदालिदै पक्राउ

२०७१ माघ ८ गते १२:११

काठमाण्डु, ८ माघ– प्रहरी नायब उपरीक्षक रमेश तामाङलाई ५० हजार घुस लिँदै गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । तामाङलाई घुस लिँदै गरेको अवस्थामा काठमाण्डुको नयाँ बानेश्वरस्थित एभरेस्ट होटल नजिकैबाट पक्राउ गरिएको आयोगका सहप्रवक्ता केशव घिमिरेले जानकारी दिए । तामाङलाई...

केपी ओली किन ढिला आइपुगे बैठकमा ?

२०७१ माघ ८ गते १२:०१

काठमाण्डु, ८ माघ– चार प्रमुख पक्षको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली ढिला आइपुगेका छन् । संविधानसभा भवनभित्रै बसेको सत्तारुढ दल कांग्रेस, एमाले तथा प्रतिपक्षी एमाओवादी एवम् मधेसी मोर्चाबीच सुरु भएको वार्तामा अध्यक्ष ओली झण्डै डेढ घण्टापछि आइपुगेका हुन् । ओली बैठक सुरु हुने...

यो महाभारतका पात्र को को ?

२०७१ माघ ८ गते ११:५९

राजनीतिक विश्लेषण/कुसुम भट्टराई काठमाण्डु, ८ माघ– अक्टुबर क्रान्तिपछि लेनिनले रुसमा संविधानसभाको निर्वाचनमा जोड दिएका थिए । संविधानसभाको निर्वाचन भयो पनि । तर, विडम्बना लेनिनका विरोधीहरुले पो चुनावमा बहुमत ल्याए । करीब ७ सय सदस्य भएको संविधानसभामा लेनिनको बोल्सेभिक पार्टीले १ सय ६८ र अन्य...

सरकारको आयु लम्बियोः मन्त्री बस्नेत

२०७१ माघ ८ गते ११:३१

भक्तपुर, ८ माघ– उद्योगमन्त्री महेश बस्नेतले माघ ८ मा संविधान जारी हुन नसक्दा सरकारको आयु लम्बिएको बताएका छन् । रफत सञ्चार क्लब भक्तपुरले आयोजना गरेको अन्तरक्र्रियामा उनले संविधान जारी नभएसम्म यही सरकार रहने बताउँदै बताए । उनले भने,  ‘माघ ८ मा संविधान जारी गर्न...

सत्तारुढ दलले पञ्चायती शैलीमा हुकुम लाद्न खोज्यो : एमाओवादी

२०७१ माघ ८ गते ११:२८

काठमाण्डु, ८ माघ– प्रमुख प्रतिपक्षी दल एकीकृत माओवादीले संविधानसभाको बिहीबारको बैठकमा सरकारले पञ्चायती शैलीमा संगीनका बलमा हुकुम लाद्न खोजिएको बताएको छ । बिहीबार अपरान्ह प्रेस विज्ञप्ति जारी गर्दै एमाओवादीले प्रतिपक्षी दलका सभासदलाई अपमानपूर्ण व्यवहार गरिएको भन्दै त्यसको भत्र्सना गरेको छ । प्रतिपक्षी दलका बेन्चबाट...

स्थानीय जागरुक नहुँदा योजनामा सम्झौता भएनन्

२०७१ माघ ८ गते ११:२६

चरिकोट, ८ माघ– जिल्ला विकास समिति दोलखाको चालु आर्थिक वर्ष २०७१/७२ का लागि तय गरिएका अधिकांश योजनाहरू आर्थिक वर्षको माघको पहिलो सातासम्म पनि सम्झौता भएका छैनन् । जिल्लाका विभिन्न पूर्वाधार सडक, खानेपानी, सिँचाइ, कृषिलगायतका क्षेत्रमा छुट्याइएको बजेटमा उपभोक्ता समिति बनाई कार्य गर्ने भनिए पनि...

सुशील कोइराला हतारहतार बालुवाटार

२०७१ माघ ८ गते १०:५३

काठमाण्डु, ८ माघ– संविधानसभा बैठक बस्ने टुंगो नभइरहेका बेला प्रधानमन्त्री सुशील कोइराला हतारहतार बालुवाटार पुगेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सरकारका तर्फबाट विदेशी राजदूतहरुलाई भेट्न उनी त्यता पुगेको बताइएको छ । संविधानसभा भवनमा भने प्रमुख दलका नेताहरुबीच छलफल भइरहको छ । छलफलको संयोजन सभाध्यक्ष...

सबै दलका प्रमुखलाई बोल्न दिने नेम्वाङको प्रस्ताव

२०७१ माघ ८ गते १०:३१

काठमाण्डु, ८ माघ– प्रमुख दलहरुबीचको विवादका कारण संविधानसभाभित्र देखिएको द्वन्द्व रोक्न भन्दै सभाध्यक्ष सुवास नेम्वाङले संविधानसभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरुसँग परामर्श गरेका छन् । प्रमुख सचेतकहरुसँगको परामर्शपछि सभाध्यक्ष नेम्वाङ सबै दलका प्रमुखलाई संविधानसभामा आफ्ना कुरा राख्न समय दिन तयार भएको बताइएको छ ।...

ओलीले बहुमतीय प्रक्रियाकै अडान राखेपछि सहमति अनिश्चित

२०७१ माघ ८ गते १०:११

काठमाण्डु, ८ माघ– एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधानसभामा बहुमतीय प्रक्रिया आजै सुरु गर्नुपर्ने अडानका कारण प्रमुख चार दलको बैठक निष्कर्षविहीन भएको छ । अन्य दल र नेताले संविधान ल्याउन नसकेकोमा सामूहिक आत्मालोचना गर्दै नयाँ मिति तोक्ने प्रस्तावलाई अध्यक्ष ओलीले अस्वीकार गरेको बताइएको छ...

चार पक्षको बैठकमा ओली र कोइराला बसेनन्

२०७१ माघ ८ गते ९:४८

काठमाण्डु, ८ माघ– संविधानसभाभित्र बसिरहेको चार पक्षको बैठकमा प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी छैनन् । सत्तारुढ र प्रतिपक्षी दलको संयुक्त बैठकमा एमाओवादीका अध्यक्ष प्रचण्ड र मधेसी मोर्चाका संयोजक विजय गच्छदार भने सहभागी छन् । संविधान जारी गर्न दलहरुले प्रतिबद्धता...

कांग्रेस, एमालेले जनता झुक्याउन खोजेः भट्टराई

२०७१ माघ ८ गते ९:४५

काठमाण्डु, ८ माघ– एकिकृत नेकपा आमोवादीका नेता बावुराम भट्टराईले कांग्रेस, एमालेले जनतामा भ्रम छरेर माओवादीलाई दोष लगाउन खोजेको बताएका छन् । संविधानसभामा संचारकर्मीहरुसँग कुरा गर्दै  भट्टराईले धेरै विषयमा सहमति भइसकेको र राज्य पुर्न संरचनामा कुरा मिले शासकिय स्वरुपका विषयमा आफुहरु लचिलो हुने बताए ।...

संविधान माग्दै विभिन्न समूहको धर्ना, निषेधित क्षेत्र तोड्न खोज्दा घम्साघम्सी

२०७१ माघ ८ गते ९:०९

काठमाण्डु, ८ माघ– संविधान जारी गर्न माग गर्दै विभिन्न राजनीतिक दलका भ्रातृ सङ्गठन तथा जनजाति सङ्गठन, महिला समूहलगायतले अहिले धर्ना तथा विरोधका कार्यक्रम गरिरहेका छन् । संविधानसभा नजिक, नयाँ बानेश्वर चोकदेखि बिजुलीबजारसम्म विभिन्न समूहको विरोधका कार्यक्रमले सडक ठप्प भएको छ, सवारी साधन चल्न नसक्दा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us