समाचार

एमाओवादी मोर्चा र वैद्य माओवादीले आज देशभर प्रदर्शन गर्ने

२०७१ माघ ८ गते ३:३२

काठमाण्डु, ८ माघ– एमाओवादी नेतृत्वको ३० दलीय मोर्चा र मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी र पद्मरत्न तुलाधरले नेतृत्व गरेको जनजाति आन्दोनले संविधानसभाबाट संविधान जारी गर्ने भनिएको दिन आज देशैभर प्रदर्शन र विरोधसभा गर्ने भएको छ । विगतका सहमति, सम्झौता र प्रतिबद्धताअनुसार सहमतिमै संविधान जारी गर्न...

उपत्यकाको सुरक्षा कडा, सेनासमेत ‘हाई अलर्टमा’

२०७१ माघ ८ गते ३:२३

काठमाण्डु, ८ माघ– सरकारले काठमाण्डु उपत्यकाको सुरक्षा व्यवस्था कडा पारेको छ । संविधान जारी गर्न दलहरुले प्रतिबद्धता जनाएको दिन आज संविधानसभाबाट संविधान नआउने भएपछि सम्भावित सुरक्षा खतरालाई मध्यनजर गर्दै सरकारले सुरक्षा सतर्कता बढाएको हो । गृह मन्त्रालयले मातहतका तीनवटै निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी...

मोरङमा सुपारी प्रशोधन केन्द्र सञ्चालनमा

२०७१ माघ ८ गते ३:१२

मोरङ, ८ माघ– सुपारीखेतीमार्फत किसानको आयस्तरमा वृद्धि गर्ने उद्देश्यले मोरङको लेटाङमा सुपारी प्रशोधन केन्द्र सञ्चालनमा ल्याइएको छ । उत्तरी मोरङ सुपारीखेती विकास संस्था स्थापना गरी त्यस क्षेत्रका कृषक व्यावसायिक सुपारीखेतीमा जुट्न थालेका हुन् । स्थानीय कृषकले उत्पादन गरेको सुपारी गाउँमै प्रशोधन हुने भएपछि मोरङका...

कञ्चनपुरमा हात्ती आतंक

२०७१ माघ ८ गते ३:०६

कञ्चनपुर, ८ माघ– जंगल हात्तीले कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिकामा स्थानीयवासीका चार घर भत्काएका छन् । दोधारा–चादँनी नगरपालिकाको शिवनगर र बडुवाल टोलमा मध्यरातमा आएका भारतीय जंगली हात्तीले स्थानीय प्रेम सुनार, कैलाश बडुवाल, करन दमाईं र जयसरा दमाईंको घर भत्काएको इलाका प्रहरी कार्यालय दोधारा–चाँदनीले जनाएको छ ।...

भारतमा नेपाली मजदुरको मृत्यु

२०७१ माघ ८ गते २:५१

भीमदत्तनगर, ८ माघ– अछामका एक युवकको भारतमा करेन्ट लागेर मृत्यु भएको छ । कामको सिलसिलामा भारत पुगेका अछाम हिम्चा–५ का २२ वर्षीय विरु नेपालीको करेन्ट लागेर मृत्यु भएको हो । भारतको हैदरावादमा काम गर्दै आएका नेपालीको पानी तान्ने मोटर चलाउँदा करेन्ट लागेर मृत्यु भएको...

प्राथमिक उपचार केन्द्रबाट १० हजार लाभान्वित

२०७१ माघ ८ गते २:४६

म्याग्दी, ८ माघ– पाँचौँ म्याग्दी महोत्सव एवं माघे संक्रन्ति तथा कृषि औद्योगिक व्यापार मेलाको अवसरमा खुल्लामञ्चमा राखिएको प्राथमिक उपचार केन्द्रबाट करिब १० हजार जनाले सेवा लिएका छन् । अस्पताल विकास समितिको पहलमा जिल्ला जनस्वास्थ्य कार्यालयले राखेको शिविरबाट सिटामोल, एम्लोर, एमोक्सिलिन, जीवनजल, डाइजिन, डेसिङलगायत आवश्यक...

प्रहरी हुँ भन्दै बलात्कार गर्ने कर्मचारी थुनामा

२०७१ माघ ७ गते १४:२३

इलाम, ७ माघ– आफूलाई प्रहरी हुँ भन्दै बलात्कार गरेको आरोपमा पक्राउ परेका एक कर्मचारीलाई जिल्ला अदालत इलामले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । जिल्ला अदालतले पाँचथर ओयाम–१ का ३१ वर्षीय दुर्गाप्रसाद नेपालीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो। जिल्ला प्राविधिक कार्यालय...

सीतारामले पाए १४ वर्षपछि साङ्लोबाट मुक्ति

२०७१ माघ ७ गते १४:१९

मोरङ, ७ माघ– मानसिक सन्तुलन गुमेर १४ वर्षसम्म साङ्लोेले रुखमा बाँधेर राखिएका एक मानसिक रोगीले अहिले नयाँ जीवन पाएका छन् । राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालयको पहलमा निःशुल्क उपचार भएपछि मोरङ मृगौलिया– ४ का सीताराम घिमिरेले नयाँ जीवन पाएका हुन् । मानसिक सन्तुलन गुमाएका...

अस्पतालबाट प्रभाकरले भने, ‘बामदेवले भिजिलान्ते लगाएर मेरो टाउको फुटाए’

२०७१ माघ ७ गते १४:०४

काठमाण्डु, ७ माघ– एकीकृत माओवादी नेता जनार्दन शर्मा ‘प्रभाकर’ ले आफूमाथि राज्यद्वारा परिचालित ‘भिजिलान्तेले’ आक्रमण गरेको बताएका छन् । नर्भिक अस्पतालमा उपचाररत शर्माले बुधबार स्वास्थ्य अवस्था बुझ्न गएका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ साग त्यस्तो बताएका हुन् । शर्माले उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमको...

बोकोहरामसँग तुलना गर्दै ओलीले बालकोटबाट घोषणा गरे माओवादीलाई आतंककारी

२०७१ माघ ७ गते १३:०१

काठमाण्डु, ७ माघ– एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाओवादीलाई नाइजेरियामा सक्रिय अन्तर्राष्ट्रिय आतंकवादी समूह बोकोहरामसँग तुलना गरेका छन् । एमाओवादीले संघीयताका नाममा विभिन्न जातजातीलाई उछालेर जातीय युद्ध निम्त्याउन खोजेको आरोप लगाए । ‘एमाओवादी बोकोहरामको भूमिकामा देखिन खोजेको छ’,आफ्नै निवास बालकोटमा बुधबार साँझ सञ्चारकर्मीसँग ओलीले...

वार्ता र सहमतिमा जोड दिन अन्तर्राष्ट्रिय समुदायको आग्रह

२०७१ माघ ७ गते १२:०६

काठमाण्डु, ७ माघ– प्रमुख दलहरुबीच असहमति बढ्दै गएका बेला अन्तर्राष्ट्रिय समुदायले भने वार्ता र सहमतिमै ध्यान दिन आग्रह गरेको छ । केही दिनयता दलहरुबीच असहमति बढेपछि संयुक्त राष्ट्रसंघले पनि चासो राखेको हो । माघ ८ भित्र संविधान जारी गर्ने प्रतिबद्धता सार्वजनिक गरेर संविधानसभामा प्रतिनिधित्व...

प्रचण्ड–बाबुरामले पत्तै नदिई पत्रकार सम्मेलन गरेको भन्दै नारायणकाजी फायर

२०७१ माघ ७ गते १२:०१

काठमाण्डु, ७ माघ– एकीकृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ आफूलाई ढाँटेर पत्रकार सम्मेलन गरेको भन्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता बाबुराम भट्टराईसँग आगो भएका छन् । संविधान निर्माण र मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी दिन बानेश्वरको बल्फाबिटामा बुधबार भएको पत्रकार सम्मेलनमा श्रेष्ठ उपस्थित थिएनन्...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us