म्याग्दी, ४ कात्तिक । संविधानसभा निर्वाचनका लागि नेकपा एमालेले तयार पारेको प्रचारप्रसार सामग्री तोडफोड भएको छ । आज बिहान भगवतीको आमसभाका लागि भरिया लगाएर लैजाँदै गरिएको प्रचार सामग्री पिप्लेमा तोडफोड भएको हो । तोडफोडमा संलग्नता कसको थियो भन्ने आधिकारिक पुष्टि भने भइसकेको छैन ।...
झापा, ४ कात्तिक– एकीकृत माओवादी नेता गोपाल किरातीले एमाले नेता केपी ओलीले नेपाली व्याकरण बिगारेको आरोप लगाएका छन् । क्षेत्रीय निर्वाचन परिचालन कमिटीले झापाको दमकमा सोमबार गरेको पत्रकार भेटघाटमा किरातीले उखान र टुक्का हालेर ओलीले नेपाली भाषाको व्याकरण बिगारेको बताए । किराती र ओली...
सिन्धुली, ४ कात्तिक–नेकपा एमाले सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार उमादेवी कोईरालाले चुनाव प्रचारकालागि जिल्ला निर्बाचन कार्यालयको अनुमति विना भारतीय नम्बर प्लेटका गाडी प्रयोग गरेकी छन् । नेपालको तराई क्षेत्रमा विभिन्नखाले हिंसात्मक घटनामा भारतीय नम्बर प्लेटका सवारी साधनको प्रयोग भएको भन्दै सरकारले भारतीय...
काठमाण्डु, ४ कात्तिक– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले चुनावी प्रचार प्रसारको क्रममा सोमबारदेखि राष्ट्रिय मेचीकाली एकता रथयात्रा शुरु गर्दैछ । राष्ट्रिय एकता र अखण्डताकालागि भन्दै राप्रपा नेपालले गोर्खाबाट रथयात्रा शुरु गर्न लागेको हो । गोरखाको कालीका मन्दिरमा पूजा गरी मध्यान्हदेखि रथयात्रा शुरु हुने राप्रपा नेपालका...
सिरहा, ४ कात्तिक– सिरहा सदरमुकाममा एक महिलाको शव फेला परेको छ । आँखामा चोट लागेको अवस्थामा अन्दाजी ३५ बर्षीया महिलाको शव फेला परेको हो । उनको सनाखत भएको छैन । शवलाई पोष्टमार्टमकालागि जिल्ला अस्पतालमा राखिएको छ । अन्तै हत्या गरी सिरहा सदरमुकाम ल्याएर शव...
काठमाण्डु, ४ कात्तिक– प्रत्यक्ष निर्बाचित समावेशी राष्ट्रपतिको अवधारणा सहित संघीय समाजवादी पार्टीले आफ्नो चुनावी घोषणापत्र तयार पारेको छ । संघीय समाजवादी पार्टीले राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री फरक–फरक जाति, लिङ्ग र प्रदेशको हुने अवधारणा सहितको घोषणापत्र तयार पारेको हो । घोषणापत्रमा राष्ट्रपतिको सिफारिसमा प्रधानमन्त्री संसदले...
काठमाण्डु, ४ कात्तिक– दक्षिण एसियाली राष्ट्रहरुको पाँचौं सरसफाइ सम्मेलन सोमबार भक्तपुरमा शुरु हुँदैछ । भक्तपुर दरबारक्षेत्रमा राष्ट्रपति रामवरण यादवले सम्मेलन उदघाटन गर्नुहुनेछ । सो अवसरमा भक्तपुर जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा पनि गरिने छ । शहरी विकास मन्त्रालयले आयोजना गरेको सम्मेलनमा दक्षिण एसियाका आठ...
तनहुँ, ४ कात्तिक – तनहुँका ४२ हजार ३०९ घरधुरीका मानिस विद्युत् सेवावाट वञ्चित भएका छन् । जिल्ला विकास समिति तनहुँले चालु आर्थिक बर्ष २०७०÷७१ को जिल्ला विकास योजना पुस्तिकामा तयार गरेको तथ्याङ्कमा उक्त घरधुुरीका मानिस विद्युत् सेवाबाट वञ्चित भएको देखाइएको छ । जिल्लामा रहेका...
डोटी, ३ कात्तिक– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थिर सरकार र जनपक्षीय संविधान निर्माणका लागि परिवर्तन पक्षधरलाई दुई तिहाई बहुमत दिन मतदातालाई अपिल गरेका छन् । डडेलधुरामा आइतबार भएको चुनावी सभामा बोल्दै उनले स्थिर सरकारका लागि आफ्नो पार्टीलाई बहुमत र जनपक्षीय संविधानका लागि...
बाँके, ३ कात्तिक– मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी सम्वद्ध मोर्चाले काँग्रेस सभापति सुशील कोइरालालाई संविधानसभा सदस्य उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै पत्राचार गरेको हो । मोर्चाले कांग्रेस बाँकेमा सभापति अरुण कोइरालामार्फत सभापति कोइरालालाई आइतबार पत्र पठाएको हो । ४ मंसिरको निर्वाचनका लागि चितवन– ३ र...
काठमाण्डु, ३ कात्तिक– गैरआवासीय नेपाली संघ एनआरएनको भावी नेतृत्वका लागि शेष घले र तेन्जी शेर्पाबीच प्रतिस्पर्धा भएको छ । रामप्रताप थापा, रामेश्वर शाह र हितमान गुरुङले उम्मेदवारी फिर्ता लिएपछि घले र शेर्पाबीच अध्यक्ष पदमा प्रतिस्पर्धा भएको हो । संस्थापक मध्येका एक शेर्पा यसअघि एनआरएनका...
काठमाण्डु, ३ कात्तिक– सर्वोच्च अदालतले प्रहरी जवानलाई गोडा धुवाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीविरुद्ध परेको रिट दर्ता गर्न अस्वीकार गरेको छ । बाबुराम आचार्य र पर्वतराज घिमिरेले प्रहरीलाई गोडा धुवाउन लगाएर कार्कीले अमानवीय व्यवहार गरेकाले उनीमाथि हदैसम्मको कारबाहीको माग गर्दै आइतबार...