समाचार

दलहरू एकैठाउँमा उभिनोस्ः नेम्वाङ

२०७१ माघ ६ गते १२:३७

काठमाण्डु, ६ माघ– संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संविधान लेखन कार्यमा सहमति जुटाएर अगाडि बढ्न आग्रह गरेका छन् । उनले राजनीतिक दलहरूबीच वार्ता आवश्यक भएको बताउँदै दलहरूलाई एक ठाउँमा उभिन आग्रह गरे । संविधानसभा भवनमा पत्रकारसँगको भेटमा उनले देश र जनतामा थप नोक्सानी हुन नदिन...

एमाओवादी र मधेसी मोर्चा बाँदर हो, केपी ओलीलाई टोक्छः देव

२०७१ माघ ६ गते १२:२७

काठमाण्डु, ६ माघ– मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका महासचिव जितेन्द्र देवले एमाले अध्यक्ष केपी ओलीलाई आफूहरुले ‘टोक्ने’ चेतावनी दिएका छौं । एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले आह्वान गरेको नेपाल बन्दको समापनअघि बिजुलीबजारमा भएको कोणसभामा बोल्दै उनले केपी ओलीलाई होसियार रहन चेतावनी दिए । ओलीले एमाओवादी...

४७ साले भूतहरुले संविधानसभाको हत्या गरे : बाबुराम

२०७१ माघ ६ गते १२:०४

काठमाण्डु, ६ माघ– एकीकृत माओवादीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानसभाभित्रैबाट जनविद्रोह सुरु भएको बताएका छन् । नेता भट्टराईले भने, ‘०४७ सालले आर्यघाटमा सेलाइसकेका भूतहरुले नयाँ संविधानसभाको हत्या गरे ।’ माओवादीले लडेर ल्याएको संविधानसभालाई वस्तुगत रुपमा हत्या गरेर कांग्रेस–एमालेले ०४७ सालको संविधान...

केपी ओलीलाई लक्षित गर्दै महराले भने, ‘हातमा सेतोपट्टि बाँधेर महाराजा बन्न खोज्दैछन्’

२०७१ माघ ६ गते १२:०४

काठमाण्डु, ६ माघ– एकीकृत माओवादी महासचिव कृष्णबहादुर महराले एमाले अध्यक्ष केपी ओली नयाँ महाराजा बन्न खोजेको आरोप लगाएका छन् । बन्दकर्तालाई मंगलबार साँझ बिजुलीबजारमा सम्बोधन गर्दै महासचिव महराले ओलीलाई लक्षित गरी हातमा पट्टि बाँध्नेहरु महाराजा बन्न खोजेको टिप्पणी गरे । ‘हातमा पट्टी बाँधेर कोही...

प्रचण्डसहित विपक्षी सभासद एक घण्टा ४० मिनेट प्रहरी घेरामा

२०७१ माघ ६ गते ११:५४

काठमाण्डु, ६ माघ– एकीकृत माओवादी र मधेसी मोर्चासहित विपक्षी सभासदको अवरोधका कारण संविधानसभाको मंगलबारको बैठक पनि अवरुद्ध भयो । सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले बैठक सुरु भएको घोषणा गरेलगत्तै विपक्षी सभासदले रोष्ट्रम घेराउ गरी नाराबाजी गरेका थिए । यो क्रम एक घण्टा ४० मिनेटसम्म रह्यो ।...

दुई तिहाईको बहुमतले संविधान ल्याएरै छोड्छः नेता खनाल

२०७१ माघ ६ गते ११:५३

  काठमाण्डु, ६ माघ– नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले एनेकपा माओवादी संविधानसभाको हत्या गर्नेतर्फ उद्धत रहेको बताएका छन् । संविधानसभाको बैठकमा माओवादी ले नारा लगाइरहेको अवस्थामा संविधानसभाबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग उनले भने, ‘संविधान ल्याउन पाएनौँ भने संविधानसभाको हत्या गरेको भएन र ?’ ‘संविधान...

झडपमा एमाओवादी नेता शर्मा घाइते

२०७१ माघ ६ गते ११:२६

काठमाण्डु, ६ माघ– एकीकृत माओवादी नेता जनार्दन शर्मा ‘प्रभाकर’ बन्दकर्ताकै आक्रमणमा घाइते भएका छन् । आक्रमणमा उनको टाउको फुटेको छ । एमाओवादी नेतृत्वको ३० दलीय मोर्चा र नेकपा–माओवादीसहितका विभिन्न समूहले आह्वान गरेको बन्दका क्रममा शर्मामाथि मंगलबार बानेश्वर र बबरमहलको बीचमा आक्रमण भएको हो ।...

२४ लाख लग, तरकारी खेती गर

२०७१ माघ ६ गते ११:१२

बागलुङ, ६ माघ– व्यावसायिक तरकारीखेती गर्ने बागलुङका ६० जना युवकले यो वर्ष २४ लाख रुपैयाँ अनुदान पाउने भएका छन् । सरकारले युवालक्ष्यित तरकारीखेती कार्यक्रम ल्याएपछि बागलुङका युवा पनि लाभान्वित हुने भएका हुन् । कृषि उद्यममा लागेर स्वरोजगार बन्न चाहाने १८ देखि ४५ वर्षका ६०...

सत्तापक्षको आकस्मिक बैठक संविधानसभामा, विपक्षी निस्केर सडकमा

२०७१ माघ ६ गते ११:१२

काठमाण्डु, ६ माघ– कांग्रेस, एमाले, राप्रपा लगायत सत्तापक्षीय दलहरुको आकस्मिक बैठक संविधानसभाभित्र बसिरहेको छ । एमाओवादीले संविधानसभाभित्र बैठक अवरुद्ध गरेपछि कस्तो बाटो अख्तियार गर्ने भन्ने विषयमा निर्णयमा पुग्न सत्तारुढ दलहरुको बैठक बसेको हो । प्रतिपक्षी मोर्चाका एमाओवादी, मधेसवादी लगायत दलका सभासदहरु भने संविधानसभा बैठक...

डेढ घण्टा नाराबाजी चलेपछि संविधानसभा बैठक भोलिसम्मका लागि स्थगित

२०७१ माघ ६ गते १०:३७

काठमाण्डु, ६ माघ– संविधानसभाको अfजको बैठक निर्धारित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ । विपक्षी दलले सहमतीय आधारमा संविधान निर्माण गर्नुपर्ने भन्दै अवरोध गरेपछि बैठक भोलि बिहान ११ बजेसम्मका लागि रोकिएको हो । पहिचानसहितको संघीयता पक्षधर एमाओवादी मोर्चाले सहमतिका आधारमा संविधान ल्याउनु पर्ने...

रगत र एकमुठी सास रहुन्जेलसम्म प्रक्रियाको विरोध गरिरहन्छौः मोदी

२०७१ माघ ६ गते १०:१६

काठमाण्डु, ६ माघ– एकीकृत नेकपा माओवादीका सभासद अमन लालनाथ मोदीले शरिरमा एक थोपा रगत र सास रहुन्जेलसम्म प्रक्रियाबाट संविधानजारी गर्ने योजनाको विरोध गरिरहने चेतावनी दिएका छन । रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले प्रक्रियाबाट संविधानजारी हुननदिने मर्न समेत तयार रहेको स्पष्ट पार्दै...

अवरोध छिचोलेर संविधान निर्माण प्रक्रिया अघि बढ्छ : एमाले

२०७१ माघ ६ गते १०:०४

काठमाण्डु, ६ माघ– नेकपा एमालेले संविधानसभाबाट नयाँ संविधान बनाउने आफ्नो प्रतिबद्धताबाट पार्टी विचलित नहुने जनाएको छ । संविधानसभा भवन नयाँ बानेश्वरमा भर्खरै सम्पन्न स्थायी कमिटीको बैठकपछि पार्टीका सचिव प्रदीपकुमार ज्ञवालीले संविधानसभामा नियोजित रुपमा कुर्ची तोडफोड र नेतामाथि आक्रमण भएको आफूहरुको ठहर रहेको भन्दै घटनामा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us