समाचार

बन्दकर्ता र युवासङ्घबीच झडप, माओवादी नेता घाइते

२०७१ माघ ६ गते ८:०४

पर्वत, ६ माघ– बन्द आयोजक र बन्द खुलाउनका लागि प्रदर्शनमा उत्रिएका युवासङ्घबीच झडप हुँदा एमाओवादी नेतृत्वको आन्दोलनका संयोजक कृष्ण पराजुली गम्भीर घाइते भएका छन् । एमाओवादीका जिल्ला अध्यक्ष पराजुलीको स्थानीय मेडिकल हलमा उपचार भइरहेको छ । नेकपा एमाले निकट युवा सङ्घको नेतृत्वमा निस्किएको बजारवासीको...

धामीझाँक्रीको भर पर्दा…

२०७१ माघ ६ गते ७:५१

बैतडी, ६ माघ– बिरामी बालकको उपचार गर्न अस्पतालमा नलगी धामीझाँक्रीको भर पर्दा बैतडीमा दुर्गास्थान–६ का १८ वर्षीय जनकराज बडूको मृत्यु भएको छ । सिकिस्त बिरामी परेको दुई दिनसम्म पनि अस्पताल नलगी धामीझाँक्रीले बिरामी बडूलाई सन्चो बनाउने भन्दै पटक पटक आश्वासन दिएका थिए ।  यही...

केपी ओलीले माओवादीलाई सम्झाउने !

२०७१ माघ ६ गते ७:५१

काठमाण्डु ६ माघ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गएराति संविधानसभामा तोडफोड गरी बैठक बिथोलेका दल तथा तिनका नेताहरुलाई अझै पनि आफूहरुले सम्झाउने बुझाउने काम गर्ने बताएका छन् । सञ्चारकर्मीसँगको कुराकानीका क्रममा अध्यक्ष ओलीले एमाओवादीप्रति इंगित गर्दै उग्रपन्थीलाई १२ बुँदे सहमति गर्दै यहाँसम्म ल्याएको...

ओलीमाथिको आक्रमणबारे निर्णय गर्न एमालेले बैठक डाक्यो

२०७१ माघ ६ गते ७:१९

काठमाण्डु, ६ माघ– सोमबार राति संविधानसभा भवनभित्र प्रतिपक्षी सभासदहरुले गरेको ‘तोडफोड’को समीक्षा गर्न र नयाँ रणनीति तय गर्न एमालेले स्थायी समितिको बैठक डाकेको छ । बैठक संविधानसभा भवनभित्रै बसेको छ । सत्तारुढ दलहरुले बहुमतीय प्रक्रियाबाट संविधान निर्माण गर्न खोजेपछि सोमबार राति प्रतिपक्षी एमाओवादी लगायतका...

एमाओवादीले आन्दोलनकै बीचमा पत्रकार सम्मेलन गर्ने

२०७१ माघ ६ गते ७:१८

काठमाण्डु, ६ माघ– प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीले आज दिउँसो तीन बजे पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दैछ । संविधान निर्माणबारे पैदा भएको गत्यावरोध, सोमबार राती संविधानसभाभित्र भएको घटना, प्रतिपक्षी मोर्चाद्वारा आयोजित आन्दोलन लगायतका विषयमा पार्टीको धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्न लागेको एमाओवादीले जनाएको...

चार बजेसम्म बन्द कायम रहन्छ : प्रतिपक्षी मोर्चा

२०७१ माघ ६ गते ७:०६

काठमाण्डु, ६ माघ– एमाओवादीसहितको ३० दलीय मोर्चा, नेकपा–माओवादी र आदिवासी जनजाति राष्ट्रिय आन्दोलनले गरेको नेपाल बन्द साँझ चार बजेपछि फिर्ता हुने आयोजकले जनाएको छ । सहमतिको संविधान निर्माणका लागि दबाब दिनका लागि भन्दै प्रतिपक्षी मोर्चाले मंगलबार देशव्यापी आमहड्ताल आयोजना गरेको थियो । दिउँसो तीन...

संविधानसभाको क्षति बुझ्न गृहमन्त्री संविधानसभामा

२०७१ माघ ६ गते ६:४८

काठमाण्डु ६ माघ –संविधानसभा भवनको बैठक कक्षमा गए राति भएको घटनाको क्षति विवरण लिन गृहमन्त्री बामदेव गौतम संविभानसभा भवन पुगेका छन् । उनले त्यहाँ भएको टोडफोड र त्यसबाट पुगेको क्षतीको बारेमा जानकारी लिएका थिए । व्यवस्थापिका–संसद् सचिवालय,ं अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी एवं प्राविधिकले क्षतिको...

आन्दोलनकारीले बिजुलीबजारमा एक मोटरसाइकल जलाए

२०७१ माघ ६ गते ६:०३

काठमाण्डु, ६ माघ– प्रतिपक्षी मोर्चाले गरेको आमहड्तालको अवज्ञा गर्ने एक व्यक्तिको मोटरसाइकलमा आन्दोलनकारीले आगो लगाइदिएका छन् । राजधानीको बिजुलीबजार पुलछेउमा आन्दोलनकारीलाई नटेरेर चलाइरहेको नम्बर नखुलेको कालो पल्सर मोटरसाइकल जलाइएको हो । आगजनीबाट मोटरसाइकल पुरै ध्वस्त भएकाले नम्बर थाहा हुन नसकेको हो । सोमबार रातिको...

बन्द शान्तिपूर्ण, जनजीवन प्रभावित

२०७१ माघ ६ गते ५:५८

भक्तपुर, ६ माघ– एकीकृत नेकपा माओवादी, मधेसी मोर्चासहितको ३० दलीय मोर्चा र नेकपा–माओवादीका साथै आदिवासी जनजाति राष्ट्रिय आन्दोलनले आह्वान गरेको नेपाल बन्दका कारण जनजीवन प्रभावित भएको छ । भक्तपुर नगरका बजार, विद्यालय, क्याम्पसलगायत व्यापारिक प्रतिष्ठान बन्द रहेका छन् । सडकमा फाट्टफुट्ट मोटरसाइकल, निजी सवारी...

सभामुखले नै भिडन्त निम्त्याएका हुन् : एमाओवादी

२०७१ माघ ६ गते ५:५५

काठमाण्डु, ६ माघ– सोमबार संविधानसभा भवनभित्र भएको भिडन्त सभामुख सुवास नेम्वाङले नै निम्त्याएको एमाओवादीले जनाएको छ । साँझ कार्यव्यवस्था समितिको बैठकमा सहमति नै नगरी नेम्वाङले संविधानसभामा प्रश्नावली समिति बनाउने प्रस्ताव ल्याएका कारण प्रतिपक्षी सभासदले प्रतिवाद गरेको एमाओवादी प्रवक्ता दीनानाथ शर्माले बताए । ‘सोमबार साँझ...

तीनवटा ट्रकमा आगजनी

२०७१ माघ ६ गते ५:२५

चितवन, ६ माघ– एकीकृत नेकपा माओवादी सम्मिलित मोर्चा र नेकपा–माओवादीसहितका दलले गरेको बन्दका कारण आज चितवनमा बिहानैदेखि जनजीवन प्रभावित भएको छ । बिहानै बन्दकर्ताले चितवनमा तीनवटा ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । चितवनको खैरहनी र भरतपुरका विभिन्न दुई स्थानमा...

दुई सय पचास केजी सुपारी बरामद

२०७१ माघ ६ गते ४:५८

   राजविराज, ६  माघ– नेपाल–भारत सीमाबाट भन्सार छलेर अवैध रूपमा भित्रिएको दुई सय ५० केजी सुपारी मंगलबार राजविराज नगरपालिका–३ स्थित कुनौली मोडबाट बेवारिसे अवस्थामा प्रहरीले फेला पारेको छ ।      पाँचवटा बोरामा फेला परेको सो सुपारी जिल्ला प्रहरी कार्यालय सप्तरीले राजविराज भन्सार कार्यालयमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us